छरपष्ट आशाका किरणहरु
सौन्दर्य बनेको क्याक्टस
त्यो मरुभुमिको हेर्दै लोभ लाग्दो
हावाको बेग सँग छचल्किएको त्यो मरुभुमीय मोती
रेतहरु!
आहा! जिउनुको मजा यहाँ जस्तो कहाँ होला ?
कुन त्यस्तो शहर होला ?
अनी कस्तो अजिब रहर होला ?
जिउने अनि जीवन देखाउने ?
एक झोक्का समुन्द्री हावाले
पछारेको चिसो बतास जस्तै अदभुत तृष्णाहरु
उज्यालो त्यो उँटबस्तीहरु लहरै लागेका जिन्दगीहरु
रेतको घुम्टो ओढी लजाएको क्षितिज
यौवनका अन्तरिम रहरहरु !!
खुलस्त छन जताततै सहृदयीहरु सहयोगको लागि,
क्याक्टसको घना बस्तीमा
रहरको फूल खोज्ने म कस्तो अन्जान् ?
उत्तर आधुनिक सजावट भन्दा धेरै फरक
यहाँको मनमोहक दृष्यहरु ।
नियाल्दै छु क्षितिजमा
लालिमाको चुम्बन अनि खोज्दैछु आफ्नो स्टारे तम्बु!
यहाँको बहु प्रचलित “खेमा” !!!!
नवीन लामा `सुरेश`
पृथ्वीनगर १ झापा नेपाल
(स्रोत : Nabin Lama’s Blog )