ढुङ्गा भएर पूजिने
म मानव कस्तो ?
पत्थर माथि पलाएको
पिपलको बोट जस्तो ।
रङ्गि विरङ्गी अत्तरले सजाइने
म मानव कस्तो
दोबाटोमा उभ्याएको
शहिदको मुर्ति जस्तो ।।
बाँचुन्जेल अपहेलित हुने
म मानव कस्तो
मरे पछि पूजिने
आदिकविको सालिक जस्तो ।।
धिप् धिप् दियो झैं रहने
म मानव कस्तो
विहानीको किरण सँगै नाशिने
जुनकीरीको उज्यालो जस्तो ।।
अन्धकारसँगै चम्कने
म मानव कस्तो
सागरभरि रित्तिएर हराउने
चन्द्रमाको रोशनी जस्तो ।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )