यस पृथिवीमा—
कहाँबाट आयौ तिमी ?
कहाँबाट आएँ हूँला म ?
….
पहिला— तिमी आयौ कि म ?
कुन नदी पछ्याउँदै
कुन बतासको वेग समातेर
आयौँ होला हामी ?
….
आएपछि पृथिवीमा
सबभन्दा पहिले—
खोस्रियौँ हामीले माटो
र रोप्यौँ पसिनासँगै सपनाहरू… !
ंंंंं……………
हाम्रा सपनाहरू
खोला भए र पृथिवीभरि दगुर्न थाले,
हिमाल भए र अग्लिन थाले,
फुले फूलहरू ढकमक ढाकेर पृथिवी नै !
….
यसरी—
आआफ्ना पौरखले/सीपले/कलाले
सिँगा-यौँ एकसाथ हामीले पृथिवी,
त्यसैले त यत्ति सुन्दर छ यो !
तर, चिन्तित छु म आज
कसरी जोगाइराख्ने होला
हाम्रो यो पौरखलाई ?
(स्रोत : Blog)