(शिखरिणी छन्दमा)
नेपालीको झंटा, तन बिच परेथ्यो जब अनि।
ज्ञानु बोल्यो क्वाँ क्वाँ ,गरिकन कठै ब्याकुल बनि ॥
म मर्ने बेला भो, तर मेरो पुतर अधम ता ।
कता भाग्यो तेस्को, भर सक बुझे है तिमी पता ॥१॥
न सक्थेँ त्यो आँशु, टप टप टिपी चप्प पिउन ।
नपाउछु रक्सिले, दिनभर अघाएर जिउन ॥
नसक्थेँ ति टाउका, टपटप टिपी माला सिउन ।
चुँडेँ बेर्थै मैले, नेपाली जनको जिवन किन ॥२॥
दुबै बाबु छोरा, हर बखत पालो गरि गरि।
भरि दिन्थौँ गोलि, अकेला जनताको मुख भरि ॥
अकेली फर्सी त्यो, अब शिब हरे दिन बिचरी।
गुजारा गर्लि त्यो, कसरी जेलको दिन् हरु गनी ॥३॥
न चाडो जाने भो, सहज सित यो प्राण पवन।
न सक्छु यो बाधा, सहन अथवा शान्त रहन ॥
न थामिन्छन् आँशु, न त छ अरु क्यै जिवन गति।
कठै कस्तो पापी, कति कुपित म क्रुर नियति ॥४॥
जनतै हो देशको, अति चहकिलो पारसमणी ।
प्रजाकै शासन हो, यस बिपत्तिको मुख्य तरणी ॥
कुरो यस्तो बुझि, किन म त यो हिंसा तिर झुकेँ ।
न मार्छन् सहजै, हेर मत नराम्रो सित चुकेँ ॥५॥
*** *** *** *** *** *** *** *** *** ***
(माथिको कविता लेखनाथ पौडेलको “चरिको विलाप” (तरुणतपसी) भन्ने कविताको रि-मिक्स हो)
(स्रोत : Sandesh’s Blog)