रातो कुर्सी, नीलो कुर्सी, पहेँलो कुर्सी, सेतो कुर्सी, कालो कुर्सी । भाइ कुर्सी, भतिजो कुर्सी, भाञ्जो कुर्सी, सालो कुर्सी, साली कुर्सी । नरम कुर्सी, कडा कुर्सी, सानो कुर्सी, ठूलो कुर्सी । अप्रत्याशित प्राप्त यही कुर्सीका प्रतापले कैयौं अदक्ष पनि अध्यक्ष भएका छन् । अथिति भएकाहरू अतिथि भएका छन्, सभापति, महासचिव भएका छन् । सपनामा नै नसोचेकाहरू पनि मन्त्री, उपमन्त्री भएका छन् ।
अचेल हाम्रो देश कृषिप्रधानबाट कुर्सी प्रधान भएको छ । यति छोटो अवधिमा देशले यति ठूलो फड्को मार्नु लरतरो कुरो होइन । जङ्गल मासिए पनि कुर्सी उद्योगहरू फस्टाएकै छन् । काठको नहोस् फलामका, टिनका, बाँसका वा बेतका कुर्सीहरूको खपत बढेकै छ । कुर्सीका लागि परस्पर तानातान र सिँगौरी हानाहानका दृश्य(परिदृश्य अहिलेका जल्दाबल्दा र चल्दा दृश्य भएका छन् ।
हाम्रो देशका सरकार, राजनीतिक पार्टी र नेताहरू जनतालाई सुविधा, राहत दिने कुरामा चुइँया अर्थात् लोभी कञ्जुस भए तापनि आफू बसेको बाहेक अन्य कुर्सी दिने कुरामा उदार छन् । उनीहरू यति उदारमना हुनु अग्रगामी मन उदार हुनु हो । साँच्चै भन्नु हो भने कुर्सी वितरण कार्यमा यति उदार विश्वको कुनै देश पनि छैन । खुला उदार नीति छ हाम्रो देशमा, कुनै उत्सव वा आमसभा, स्तुतिसभा वा विरोधसभामा खोलिएको रङ्गशालाको ढोकाजस्तै हृवाङ्ग छ ।
कुर्सी प्रदान उदारता हाम्रो अपूर्व प्रजातान्त्रिक उपलब्धि हो । वास्तवमा २०४६ सालदेखि हाम्रो देशले विभिन्न जात, धर्म, लिङ्ग, वर्ण चरित्रका मान्छेलाई रङ रङका कुर्सी दिएको छ ( रातो कुर्सी, नीलो कुर्सी, पहेँलो कुर्सी, सेतो कुर्सी, कालो कुर्सी । भाइ कुर्सी, भतिजो कुर्सी, भाञ्जो कुर्सी, सालो कुर्सी, साली कुर्सी । नरम कुर्सी, कडा कुर्सी, सानो कुर्सी, ठूलो कुर्सी । अप्रत्याशित प्राप्त यही कुर्सीका प्रतापले कैयौं अदक्ष पनि अध्यक्ष भएका छन् । अथिति भएकाहरू अतिथि भएका छन्, सभापति, महासचिव भएका छन् । सपनामा नै नसोचेकाहरू पनि मन्त्री, उपमन्त्री भएका छन् । त्यति मात्र नभएर यो कुर्सी हस्तान्तरण उदारता केन्द्रबाट विकेन्द्रित हुँदै गाउँ(गाउँसम्म पुगेको छ । बुथ कमिटी, सुत कमिटी, बस कमिटी, उठ कमिटी । जन सरकार, वन सरकार, धन सरकार । थरीथरीका छन् सरकार । सर्वत्र छ्यापछ्याप्ती छन् कुर्सी । यो विभिन्न सङ्घ, सङ्गठन, केन्द्र, मञ्चमा विभाजित छ । एउटै सङ्गठन, पार्टीका सुग्रीवहरू कुर्सी नपाएर तीन(चार वटा पार्टी भएर फुटेका छन् ।
तपाईं आफ्नो घरबाट यसो बाहिर निस्कनुस््, लाइन छ कुर्सी प्रमुखहरूको । सहिद दिवस वा प्रजातन्त्र दिवसका दिन कुनै सभापति चौतारोमा बसेर बाघचाल, लुँडो खेल्दै हुन्छन् । कुनै सचिव गाउँको टुकुरे चियापसलमा तासमा व्यस्त देखिन्छन् । कुनै अध्यक्ष काम नभएर लुतो कन्याउँदै हुन्छन् । कुनै सदस्य बाख्रा चराउँदै गरेका भेटिन्छन् । कुर्सी महिमा पनि अपरम्पार छ । असन्तुष्ट पक्षलाई फ्याट्ट एउटा कुर्सी अर्थात् पद दिनुस् लन्ठासाफ । तपाईं फलानो समितिको, तपाईं फलानो कमिटीको । त्यो कुर्सी र पद ’खाई न पाई छालाको टोपी लाई’ भए पनि र केही लिन खान नपाए पनि पद हात लागेपछि ऊ गजक्क पर्छ । उसलाई जोत्नुस्, जति जोत्न सक्नुहुन्छ । कुर्सी दिनेका लागि ऊ घाँस पनि हाल्न नपर्ने, कुँडो पानी पनि दिनु नपर्ने इमानदार गोरु भएर जोतिन्छ । कुर्सी दिने दाताले आफ्नै दानापानी लुँड्याएको पनि उसलाई पत्तै हुँदैन । त्यसपछि ऊ चाहिने(चाहिने कुरा भरिएको एउटा क्यासेट नै हुन्छ । जता पनि बज्ने, जहाँ पनि बज्ने । ऊ ट्याउँ(ट्याउँ रटिरहन्छ प्रायोजित गोपीकृष्ण । आफ्नो पार्टी र संस्था जतिको आदर्शवादी, नैतिकवान र उत्कृष्ट अर्को पार्टी र संस्था छैन, अरू सबै काम नलाग्ने ।
तपाईं हामीलाई यसो बाहिर निस्कन पनि डरमर्दो । सबैतिर पदाधिकारीहरू मात्र, पदवाला, कुर्सीवाला । सबैलाई अभिवादन टत्र्mयाउँदाको हैरान, अभिवादन खाँदाको हैरान । कोही आफूभन्दा ठूला, कोही आफूभन्दा साना । कतै जयनेपाल, कतै लालसलाम, कतै प्रणाम, कतै नमस्ते, कतै जदौ, कतै फ्याँफुल्ला, कतै ज्वज्वलप्पा । कतै रामराम । यता कुर्सी, उता कुर्सी । शक्तिमान कुर्सी, अर्धशक्तिमान कुर्सी, थामथुम कुर्सी, निरीह कुर्सी । जसको जस्तो बुद्धि र कर्म छ, त्यही अनुरूप कुर्सी उपलब्ध हुँदारहेछन् तर कहिलेकाहीं अपवाद पनि भइदिँदोरहेछ । सर्वशक्तिमान कुर्सीमा विराजमान हुनेहरू पनि निरीह हँुदारहेछन् अरूले बाल्दा बल्ने, थिच्दा निभ्ने । अनि निरीह थामथुमे कुर्सीमा विराजमान हुनेको पनि कहिलेकाहीँ दिन फिर्दारहेछन् । यी कुरा हृयाउ हुने र नहुनेहरूमा निर्भर हुँदोरैछ । निरीह थामथुमे कुर्सीमा विराजमान तर हृयाउ हुनेले ताल परे न्याउरीले सर्प खाएझैं क्वाप(क्वाप सम्पूर्ण अवसर, देश, जनतालाई खाइदिँदा रहेछन् । हृयाउ नहुने बर्खे भ्यागुता जस्तै आली, कान्लामा, खाल्डाखुल्डी र खोल्सीमा, सडकमा ट्वार(ट्वार कराई मात्र रहँदा रहेछन् ।
कुर्सीको कुरा गर्दा तपाईहरू जङ्गिनुहोला ’नेपालको धन हरियो वन’ भन्ने उखानलाई लोप्पा खुवाउँदै । भन्नुहोला सम्पूर्ण वन मासिसक्यो, यो फुसुन्डो कुर्सीको कुरा गर्छ । काठ नै नभएपछि कहाँबाट पुग्नु त्यत्रालाई कुर्सी ? हो, तपाईंले ठीक भन्नुभयो । जङ्गलभन्दा बढी काठ चिरान गर्ने मिलहरू खुलेको हाम्रो देशमा अचेल हाम्रो सरकार र पार्टीहरू कुर्सी निर्माण कार्यमा लागेका छन् । सबै नेपालीलाई एक(एक वटा कुर्सी पुगोस् भन्ने चाहना छ उनीहरूको । त्यसैले उनीहरूको चाहना बमोजिम नै हाम्रो देश कृषिप्रधान देशबाट कुर्सी प्रदान देश भएको हो । कुर्सी भनेको त भूत, प्रेत, लागो पन्साउने एउटा प्रक्रिया न हो अथवा भनौं एउटा पद । काठको कुर्सीले नै नपुगे पनि ’ला गरी खा’ भनेर सोझा नेपाली जनतालाई एउटा पद दिइसकेपछि उनीहरू बसेको ढुङ्गा, मुढा, गुन्द्री, पिरा पनि कुर्सी हुन्छन् । आखिर कुर्सी भनेको एउटा सन्तुष्टि र स्वार्थको पीँध अड्याउने एउटा टेको त हो । बहुदलीय व्यवस्थाको बहुअर्थमा त्यही टेकोलाई त कुर्सी भनिन्छ नि ! हाम्रो देशको सङ्कटमोचन नै कुर्सीदान हो . त्यसैले अहिले हाम्रो देश कुर्सीदानको महान् कार्यमा लागेको छ । त्यसैले त भनिन्छ ः कुर्सीदान ( महादान, महाकल्याण ।
(स्रोत : युवामञ्च, जेठ २०६९)