मेरो गाउँ ज्यामिरे, जमुनीको छोरो म
काले भन्छन् मलाई, तर मान्छे गोरो म
सबै पढ्न गएछन्, जान्ने सुन्ने भएछन्
म त अझै गोठमा,छैन हाँसो ओठमा
किन किन मन यो दुखे दुखे जस्तो छ
यो ज्यामिरे गाउँमा कुरो मात्र सस्तो छ
सबै भन्छन् मलाई स्कुल किन नगाको
कसैले नि बुझेनन् कापी कलम नभाको
मेरो सानो गोठ नै मेरो सानो स्कुल
गोबरका अक्षर पढ्न लेख्न मुस्किल
स्वर : वि.स. २०३७-२०३८मा स्वर्णिम स्कुलका विद्यार्थीहरु : अँजु, टेम्डो, चेतना मानन्धर, सोनिका, सुमित्रा, रुसिला चित्रकार
शब्द /संगीत : रामेश श्रेष्ठ