कलेजको पहिलो दिन म कक्षामा पस्दा बेन्चहरू लगभग भरिइसकेका थिए।लास्ट बेन्चमा एउटि केटि मात्र बसिरहेकि थिई।सायद ऊ मभन्दा केहि समय अघिमात्र आएकि थिई।म सरासर त्यहि बेन्चको छेउमा गएर बसेँ।उसलाई पुलुक्क हेरेँ, ऊ पनि अनुहारको भाव नबिगारिकन मुस्काई।पहिलो दिनको क्लास भएर होला खासै पढाइ भएन।साथीहरू एकआपसमा चिनजान गरिरहेका थिए तर हल्ला भने वर्षौँको चिनजान भएकाहरूको जस्तो आइरहेको थियो।त्यो हल्ला बिचमा मौन थियौँ त उनी र म।
‘उषा,कति राम्रो नाम।’उसको कपि हेर्दै मैले मौनता चिर्दै जिस्काएँ।
‘सुरेश,छ्या कति नराम्रो नाम!’ उसले मलाई जस्तालाई तेस्तै भनेजसरि बदला लिई।
‘यति राम्रो नाम छ किन नराम्रो नि?’ मैले रिसाएजस्तो गरेँ।
‘अर्थ न बर्थको नाम!’
‘अर्थ छ त’
‘के छ अर्थ?’,उसले नाक खुम्च्याउँदै सोधि।
‘तेत्तिस कोटि देउताहरू मध्य एउटाको नाम हो सुरेश।’
‘हाहाहा! टोइट गफाडि! तेत्तिस करोडमा को हो को हो!’ ऊ बेस्सरि हाँसि।हाँस्दा उसका गाजलु आँखा चिम्म भए। गाला पनि पुक्क परेका राता देखिए।उसका मिलेका दन्तलहर पनि सबै देखिए।मलाई उसको हाँसोले आनन्द बनायो।यहि हाँसो र यहि स्वरूप जिन्दगीभर हेरिरहन पाए हुनेजस्तै लाग्यो।मलाई पहिलो भेटमै उषासँग प्यार भएजस्तै लाग्यो।
उषा खासै अरूहरूसँग घुलमिल भइन।ऊ क्लासमा मसँगै बस्थि।अरूले बोलाए भने हाँसेर बोलिदिने तर आफु भने कसैसँग बोल्न नजाने स्वभाव थियो उसको।म भने सबैसँग घुलमिल भैसकेको थिएँ।
हामी केहि केटाहरू क्लासहरूको बिचमा बाहिर निस्केर चुरोट खाने गर्दथ्यौँ। बाहिरबाट आउँदा म सधैँ उषालाई ‘हल्स’ चॉकलेट दिन्थेँ। ऊ पनि हाँस्दै खाइदिन्थि। हामी केटाहरू क्लासमा पस्दा पुरा क्लासले नाक छोप्थे। कोहि चुरोट गनायो भन्दै गाली गर्थे तर सँगै बस्दा पनि उषाले मसँग कहिल्यै गुनासो गरिन।
मलाई लाग्थ्यो उषाले मसँग गुनासो गरोस्।’चुरोटले राम्रो गर्दैन सुरेश,प्लिज नखाउ न ल!’भनोस् तर अहँ उसले कहिल्यै यस्तो भनिनँ।मैले पनि साथीहरूको लहडमा खाएको थिएँ।आफैँलाई कत्ति मन पर्दैनथ्यो तर उषाको आग्रह आएदेखि चुरोट छाड्ने प्रण गर्रेको थिएँ।
एकदिन आफैँले उसको अघि मुख खोलेँ,’तिमिलाई चुरोट खाने मान्छेहरू कस्ता लाग्छन्?’
‘खासै केहि लाग्दैन।सबैको आ-आफ्नै जिन्दगी हो।जसलाई जे मन लाग्छ त्यहि गर्छन्,खान्छन्।सहि के हो ख़राब के हो बुझ्ने मान्छेहरूलाई सिकाइरहनु पर्दैन नि हैन र! बरू कोहि-कोहिलाई त चुरोट खाएको पनि क्या सुहाउँछ नि है?’ उसले प्रतिप्रश्न गरि।
हो भन्ने संकेतस्वरूप मुण्टो हल्लाउँदै मैले सहमति जनाएँ।त्यो दिनदेखि मैले चुरोट खान पनि छाडिदिएँ जसले उषाको दिलमा केहि प्रभाव पार्न सकेन।
एकदिन मैले ‘क्लिनसेभ’ गरेर दार्हि काटेर कलेज गएँ।उषाले जिस्काउँदै सुहाएन भनि।
‘हल्का मसिनो दाह्रि पो राम्रो देखिन्छ त।के बनाको यस्तो खसी खुइलाएको जस्तो।’ उसले कटाक्ष गर्दै जिस्काई।मलाई त्यो दाह्रि नपलाउन्जेल तनाव भइरह्यो केहि दिन।
मैले उसलाई न त प्रभावित गर्न सकेँ न त उसको चाहना बुझ्न नै सकेँ।बस् अब सिधै प्रेमको प्रस्ताव गर्छु भन्ने सोच पलायो।
उषालाई प्रेमप्रस्ताव राख्ने दृढ अठोट लिएर म एकदिन कलेज पुगेँ।अहँ त्यो दिन उषा आइन।पहिलो,दोस्रो,तेस्रो गर्दै सबै कक्षाहरू सकिए तर मेरा आँखाहरूले ढोकाबाट नजर हटाएनन्।तर पनि उषालाई देखेनन्।साँझ मैले उसलाई फोन गरेँ तर सम्पर्क हुन सकेन। यसरि नै पाँच दिन बिते तर उषाको अत्तोपत्तो थिएन। एकदिन अकस्मात् उसको फोन लाग्यो।मैले घुर्क्याउँदै रिसाएजस्तो गर्दै उसलाई किन सम्पर्कविहिन भएको भनेर सोधेँ।
‘हेरन सुरेश त्यस्तै इमरजेन्सि परेर गाउँ आएको थिएँ क्या!’
‘के थियो नि त्यस्तो इमरजेन्सि,हामिलाई भन्न मिल्छ कि?’
‘तिमि रिसाउने पो हो कि?’ खित्खिताउँदै उसले भनि।
‘अहँ रिसाउँदिनँ।बरू कुरा के हो भन न। मैले सोधेँ।
‘मैले बिहे गरेँ के अस्ति।तिमिलाई बोलाउन त परै जावस् खबर पनि गर्न पाइएन।कस्तो अप्ठेरो लागिराको छ।माइण्ड नगर ल! एकदम हतारमा भयो के।’
‘ओए के भनेको मजाक नगर न।’मैले ससंकित हुँदै भनेँ।
‘मजाक हैन यार,सत्य हो।उहाँ डेनमार्कबाट आएपछि स्पाउज भिसाको लागी कागजपत्र मिलाउन हतारमा बिहे गर्नु पर्यो यार।’
म जिल्ल परेँ।बोल्न पनि सकिनँ। बस् यति आवाज निस्कियो मुखबाट,’अब कलेज कहिले आउँछौ त?’
‘म अबदेखि कलेज आउँदिन सुरेश।लगभग डेढ़ महिनामा भिसा लागिसक्छ होला।डेनमार्क जानुअघि मिल्यो भने साथीहरू सबैसँग भेट्ने मन छ। सबैलाई सोधेको छ भन्देउ ल।’
मैले कतिबेला ‘हस्’ भनेँ,कतिबेला फोन राखेँ थाहै भएन।म रातभर रोएछु।भोलीपल्ट आँखा र अनुहार पुरै फुलेर सुन्निएछ।
मैले अब राम्रैसँग आदत बनाएँ चुरोट पिउन।दाह्रि पनि लामा लामा हुन थाले।अहँ मलाई केहि परवाह थिएन।म पुरै वैरागीजस्तो देखिन थालेँ।
एकदिन सपनामा उषा आई।मलाई गाली गर्न लागी,’ल हेर! के हुलिया बनाको सुरेश यस्तो? तिमिलाई त दाह्रि काटेको पो सुहाउँछ त! छि:छि चुरोट पनि खान थाल्यौ फेरि? प्लिज नखाउ न ल!’यति भनेर ऊ खै कता हो हराई।
बिहान उठ्दा मलाई आफैँदेखि घिन लागेर आयो।सपनाले धेरै कुरा सिकायो मलाई।जसको निम्ति म यति निराश छु उसलाई मेरो भावनाबारे थाहा नै छैन भने मैले किन आफैँले आफैँलाई सजाय दिनु? मैले ठानेँ कि अब उषा नामको विगतलाई भुल्नुपर्छ र सम्हाल्नु पर्छ आफुलाई सुन्दर भविष्यका निम्ति।त्यसपछि मैले दाह्रि कपाल काटेर नुहाएँ र सरासर कलेजतिर लागेँ।।
(स्रोत : Suresh Badal’s Blog )