१
भर्खरै जेठ महिनाको चौंथो हप्ता शुरु भएको थियो Iम विस्तरामा बसेर टोलाइ रहेको थिएँ Iकोठामा अकास्मात आमा-बा आउनु भयो I”के झोक्राई राखेको बाबु? झट्टै नुहाई धुवाई गरेर तयार होऊI हामीलाई अलि हतार छ ”,आमाले भन्नुभयो।यतिका वर्षपछि आउनु भएको बा-आमा त्योपनि हतारमा! मैले सोचें सायद बा-आमा मलाई केहि काम गराउन चाहनु हुन्थ्यो।यसै पनि पहिल्यैदेखि आमा-बाले घरायसी कामहरु मलाई नै गर्न लगाउनु हुन्थ्यो।म नुहाई धुवाई गरेर तयार भै बैठकमा आएँ।उता आमा पनि पुजाथाली लिएर पुजाकोठाबाट बैठकमा आउनुभयो।आमालाई पुजाकोठाबाट निस्कनु भएको देखेर मलाई अचम्म लाग्यो।आमा ईश्वरको तस्वीरमा पुजा गरेर समय खेर फाल्ने मान्छे हुनुहुन्थेन।‘अनुष्ठानहरूमा होम गरेर खरानी बनाएको धानले लाखौंलाख चरा चुरुंगीहरुको भोक मेटिन्छ र धुँवा भएर उड्ने घ्यूले हजारौं घरमा चोखिन् चल्छ’ भन्ने आमाको धारणामा म संधैं सहमत थिएँ।तर आज मेरी आमाको हातमा फूलाक्षता सहितको पुजाथाली थियो।बा अघिदेखि नै सोफामा आराम गरि रहनु भएको थियो।
आमा सरासर म उभिएको ठाउँमा आउनुभयो र बा पनि। दुवै जनाले फूल र अक्षताले मलाई पर्सिनु भयो र पालैपालो मेरो निधार भरि राता अक्षता लागाइ दिनु भयो।मलाई टिका लगाउँदा लगाउंदै दुबैजना भक्कानिएर रुन थाल्नुभयो। म दंग परें र मनमनै सोचें आज के बार तिथि वा पर्वहो? किंतु उत्तर थिएन।छेवैमा बसेको छोरालाई खसखस लागेछ।”मेरो बाबालाई किन टिका लगाउनु भएको?” उसले सोधिहाल्यो। आमाले उसलाई काखमा लिंदै भन्नुभयो,“आज मेरो नातुको बाबाको जन्मदिन हो नि त।बरु आऊ म तिमीलाई पनि टिका लगाइ दिन्छु।” “अँ हुन्छ नि आजै; बाबाको जन्मदिन त माघमा पो हो”,उसले टिका थाप्दै प्रतिवाद गर्यो।आमा अलिबेर घोरिनुभयो ।बाबुलाई चिरञ्जिवी भएस् भनेर आफ्ना आँखा पुछ्दै भन्नुभयो,”त्यो त तिम्रो बाबाको पुर्वजन्मको जन्मदिन हो, बाबु”आमाले उसलाई म्वाई खाँदै भन्नुभयो,”बाबाको यो जन्मको जन्मदिन त आजै हो-जेठ बाईस गते।तिम्रो बाबा आजदेखि तीस वर्षर्को भयो।”
आमाको हातबाट थाल लिंदै बाले टिका र आशिर्वाद दिनुभो,”तिम्रो पूनर्जन्मको यात्रा सफल रहोस्।जाबो घाँघर खोला त के, मेरो छोरा, तिमीले जिवनको प्रशान्त महासागर पौडेर तयगर्न सके।तिम्रो बाटोका हरेक काँढा तिम्रो स्पर्शले फूल बनून्।थालेका सबैकाम सफल होऊन्। पूर्वजन्मको कुनैकाम बाँकी भए यस जन्ममा पुरा होउन्।”यति भनेर बाले मेरो हातमा एक थुँगा फूल राखिदिनु भयो।मैले फूल आमा-बाको चरणको बिचमा राखेर दुवैजनालाई ढोगें।बाआमा दुवैले आफ्नोहात मेरो शिरमा राखेर चिरञ्जिवी आशिर्वाद दिनु भयो।
ल बाबाको काखमा जाऊ भनेर आमाले छोरालाई मतिर पठाउनु भएको मात्र के थियो, मेरो आँखा अगाडि हजार सूर्यको तेज आयो, ती यसरि तिर्मिराए कि मैले केहि देख्नै सकिन। मेरो अघिल्तिरका आमा-बाको आकृति विस्तारै धमिलिदै गयो र अन्तमा वहाँहरू मेरोदृश्टी पर्दाबाट गायब हुनुभयो।
२
“बाबा, के पूनर्जन्म?” छोराले मलाई कोट्याएर सोधे पछि मलाई लाग्योकि म सपनामा बर्बराएछु।उठेर पानी पिएँ।पानीको घुट्को पेटमा पुग्दा नपुग्दै म अतितको गर्भमा पुगें जहाँबाट मैले पूनर्जन्मको इतिहास खोतलेर बाबुलाई सुनाएँ।
वर्ष२०४२ जेश्ठ २१ गते बिहानी कछ्यामा जन जिवन माध्यमिक विद्यालयको सातौ तहका विग्यान विषयका शिछ्यक लछ्मण रेग्मीले कालोपाटीमा एउटा तेर्सो सिधाधर्का तान्नुभयो र धर्काको तलमाथि कल्यांकुलुङ्ग बक्ररेखा कोरेर रेखाको दुई छेउलाई एउटा ब्याट्रीको चित्रको धनात्मक र ऋणात्मक चिह्नमा जोडदै चित्रको माथि लेख्नुभयो-‘विद्युतिय चुम्बक’।झण्डै साठीको हाराहारीमा रहेका बाबुरा बबुरी मध्ये आधाआधी जसो ट्वाँ परेर भित्तामा हेर्न थाले।पछाडिबाट कसैले भन्यो यस्तो पनि चुम्बक हुन्छ?सरले पालैपालो सोध्नुभयो-चुम्बक कस्तो हुन्छ? चुम्बक पासाको गोटी जस्तो, एक रुपैयाँको सिक्का जस्तो, मसीको सिसीको बिर्को जस्तो, घोडाको खुरमुनिको टाप जस्तो, थुप्रै प्रकारका हुँदा रहेछन्।तर विद्युत चुम्बकको बारेमा कसैले यसै भन्न सकेनन्।
कुनैपनि चुम्बकीय बस्तुको वरिपरी कुचालाक लगाइएको तामाको तार फन्फनि बेरेर तारको दुवै छेउमा विद्युत प्रवाह गरेमा उक्त चुम्बकीय बस्तु अस्थायी रुपमा चुम्बक बन्दछ र यसैलाई विद्युत चुम्बक भनिन्छ,” छलफलको क्रममा रेग्मी सरले भन्नुभयो, “हाम्रो गाउँघरमा बिजुलीको तार पाइँदैन कतै दुई हातलामो तार र ब्याट्री पाए त कछ्यामै चुम्बक बनाएर हेर्नु हुन्थ्यो,”लछ्मण सरले गम्भिर भएर भन्नुभयो।
गाउँमा जो कसैको घरमा विजुलीको तार पाउनु भनेको पौष माघमा आँप फलाउनु जस्तै हुन्थ्यो।त्यसैमापनि गाउँघरको सरकारी पाठशालामा प्रयोगातमक कछ्या हुनु भनेको ठुलो कुरा थियो।विद्यार्थीहरू माझ एकछण खासखुस चल्यो।अन्तमा कछ्याभरिको सानो केटाले उठेर भन्यो,“हाम्रो गाउँमा लाहुरेहरूको घरमा कपडा सुकाउने किलामा कालो तार बाँधेको हुन्छ।त्यसले हुन्छ भने म मागेर ल्याउँछु।”सवैको अनुहार उज्यालो भयो।अन्तमा विद्यार्थीहरूले एकजोर ब्याट्री र तारको जोहो गरेर भोलि कछ्यामा विद्युत चुम्बक बनाएर हेर्ने नै भए।
सानो केटोलाई कहिले चार बज्ला र गाउँ पुगेर विद्युतीय चुम्बक बनाएर बा-आमालाई देखाउँला भनेर मनमा हुटहुटी चल्न थाल्यो।उसलाई यदि चित्रमा देखाए झैं गरि चुम्बक बन्ने भए आफूले कछ्यामा सवैभन्दा पहिले चुम्बक बनाएर देखाउन पाउने कुराले भित्रभित्रै खुब हर्षित बनाएको थियो।
जेठको निक्लँदो बेला हुनाले साँझ विद्यालय छुट्टी हुनु अगाडिनै पूर्वबाट कालो बादल मडारिएर आयो र आकाश पुरै ढाक्यो र हेर्दा हेर्दै घनघोर वर्षाभयो।विद्यालय छुट्टी भएपछि अन्य विद्यार्थीि र गुरुहरू वर्षा थामिने छणको प्रतिछ्या गर्न लागे तर सानो केटोलाई अघिनै घर कुद्ने हतार भैसकेको थियो।ऊ र उसका हितैषी स्कुले केटाहरू कर्कलाको पातै ओढेरै भएपनि घरतिर कुदे।उनिहरुलाई भोलिकोलागि एकजोर ब्याट्री र तारको जोहो गर्नु थियो।अझै भन्नु पर्दा भोलि कछ्यामा आफूले तयार गरेको बिद्युतीय चुम्बक देखाउने सवालमा एउटा अघोसित रुपमा प्रतिस्प्रधा नै सुरु हुने संकेत मिलेको थियो।
सानोकेटो, खेम नाम थियो उसको। निकैफुर्तिलो र चञ्चल स्वभावको थियो ऊ।पढाईमा पनि अब्बल नै थियो।खेमको नेतृत्वमा हरि दाइ, सन्त, सुर्य, राजमान, लगायतका आधा दर्जन केटा लाहुरे कर्कलोको पात, प्लास्टिक, छाताजे छ ओढेर पूर्वतिर कुलेलम ठोके। झण्डै सवा-डेढघण्टाको कुदाईमा निस्कने बेलामा विद्यालयका कार्यालय सहायक ओमकान्त न्यौपानेले भन्नु भयो, “ए, झोला नलैजाओ मोरा हो; कापी किताब गलेर फाँडो हुन्छन्।” “भित्रप्लास्टिक बेह्रेको छ दाइ” भन्दै पिठ्यूँमा झोला बोकेर उनिहरु रफु चक्कर भए।
बाटोमा पर्ने चापागाईंको खोल्सो, खरकट्टाखोला, घाँघरखोला, टम्टाखोला, फेरिटम्टा खोला, अनिफेरि टम्टा खोला; त्यसपछि नयाँ घरेको खोल्सो गरि बाढिन आउँदै सात खोला खोल्सी तरेमा केटाहरू घर पुग्दथे नत्र भगवान भरोसा।कसैले पाइन्ट पट्याएर घुँडा माथि पुर्याएका, कसैले खोलेर काँधमा बाँधेका र कसैले झोलामा कोचेका स्कुले केटाहरू हातमा चप्पल लिएर प्रकृतिलाई चुनौति दिंदै दौडदै एकैचोटि टम्टा बजार पुगेर मात्र रोकिए।
मुख्य बजारमा थियो मोतिलाल भण्डारीको नामुद ‘भण्डारी किराना पसल’।यो नामले किेराना पसल थियो तर असलमा थियो गाउँघरको ‘संयुक्त भेराईटी सेन्टर’।पसलको अग्र भागमा सुन्दर अछ्यरमा लेखिएको थियो- ‘आज नगद भोलि उधारो’ तैपनि खेमले उधारोमै एकजोर एभरेडि ब्याट्री लियो नै र साथमा एउटा चार ईञ्चको किला पनि।
केटाहरू सिधै खेमको घरको पिंढीमा पुगेर अडिए।सवैका कपडा काढिए, निचोरिए, फड्कारिए र अन्तमा हुक र बटनहरू यथा स्थानमा पुगेर टाँसिए।एकछणहै भनेर सानो केटो छिमेकिकातिर लाग्यो। ऊ फर्केर आउँदा साथीहरू आँखा चिम्लेर पोलेका मकै र मोही खाँदै थिए।कुरुछेत्रको युद्द जिते झैं ऊ रमाउँदै आयो। नाजिकै आएर उसले साथीहरूलाई भन्यो, “पाएँ।”उसको हातमा दुई हात लामो बिजुलीको तार झुण्डिइ रहेको थियो।कसैले ब्याट्रीको रातो सिल तोडे, कसैले विग्यान किताबमा देखाए झैं लामो किलाको वरिपरि कालो तार फनफनि बेह्रे।राजमानका ठुलाहातले एउटा ब्याट्रीको ऋणात्मक भाग अर्को ब्याट्रीको धनात्मक भागमा जोडेर दुवै ब्याट्रीलाई सिधा पारेर चपक्क समाते।सुर्य र हरिले किलामा बेह्रेको तारको एक एक छेउलाई ब्याट्रीको एकएक छेउमा लगेर छुवाए।खेमले चप्पलमा गाडेका खाजा छुट्टिमा ओमकान्त दाइसँग लिएका आलपिन निकाल्दै सन्तलाई दिंदै गर्यो।सन्तले तिनलाई लिएर किलाको साम्नेमा लगेर हत्केला पसार्यो।
ट्याक,ट्याक,टयाक ट्याक भएजति सवै आलपिन किलाको दुई टुप्पोमा घिरौंला चिचिण्डा झैं झुण्डिन पुगे।केटाहरूले बिजयोत्सवमा खुशीले ताली बजाए। तार छुटे।एकछण केहिभएन तर एकैछणमा फ्यात्त फ्यात्त फ्यात्त फयात्त गर्दै सवै पिन पाकेका आँप झैं भुईंमा झरे।फेरि ब्याट्रीमा तार जोडियो-छणमै सवै पिन किलामा पिङ खेल्न थाले।उनिहरुले अरु दुई चारपटक विद्युत चुम्बकको रामिता हेरे र भोलि छिट्टै विद्यालय जाने निधो गरेर उनिहरू आ॒॒-आफ्नो घर लागे।
३
त्योरात खेमको जिवनकै सवैभन्दालामो रात थियो।उसलेे पटक पटकउठेर बालाई “बा,कातिबज्यो?”भनेरसोध्यो।दुई तीन पटक त वहाँलेबताइ दिनु पनि भयो तर पछि केभएछ कुन्नि वहाँले झर्केरभन्नुभयो,“तँलाईघडिमा समय मिलाएर मर्न जानुछ र?हैनभनेबेला न कुबेला यो रातिबिख किनचाहियो समय ?”ऊकेहि बोलेन चुपचाप सुतेकोअभिनय गर्यो तर सकेन। बाँकिरात उसले कोल्टो फेरेरै बितायो।हरि कृष्ण पौडेल गुरु भन्नुहुन्थ्यो,“ पर्खाईकोएक छण,घण्टाभन्दा लामो हुन्छ।” यहाँत बबुरोलाई सिङ्गै प्रहरपर्खेरै बिताउनु थियो।उसलेहरि दाइको नाडिघडि संझियो रमनमनै भन्यो म पनि लाहुरे बाअर्को छुट्टी आउँदा एउटा घडिल्याइदिनु भनेर चिठ्ठी लेख्छु।
लाहुरेबालेपठाउनु भएको घडिले भालेकोडाँको जस्तै घन्टी बजाउनेरहेछ। ऊ पहिलो घण्टीमै उठ्योर उसलाई आभाष भयो कि ऊ हिजोबेलुकि नयाँ घडिको कल्पनागर्दा गर्दै निदाएछ।उसलाईअघिल्लो साँझको विद्युत चुम्बकपनि कतै सपना त हैन भन्ने डरलाग्यो।गोडामुनिको डसनापल्टाएर हेर्यो-उसकोप्रयोगशाला बिपनामा पनि ज्युँका त्युँ थियो।ऊ एक फन्कोनाच्यो र गोठतिर लाग्यो।बडोमलाई घडि हेरेर मर्न जान लागिस्भन्ने हेर्नुस् आज तँपाईनउठ्दै म केके गर्छु उसलेमनमनै भन्यो।ताउलोमा गाईकोकुँडो पाक्दै गर्दा भकारोसफा भैसकेको थियो्।गाई दुहेरपुजामा चोखो पानी फेरेर ऊ दहीमथ्न बसेको थियो। ‘रातभरिघडि सोधेर ठिकसँग सुत्न दिएनअहिले पनि ठेको बजाएर घरैउचाल्यो डाँकाले’भन्दैबा उठेर थन्थनाउँदै काँधमाफेरफारका कपडा र हातमा तामाकोगाग्री र अंखोरा लिएर बापँधेरातिर लाग्नुभयो।
आमानुहाएर आउँदासम्म उसले बिहानकोघरधन्दा सबै सकि सकेको थियो।आमा अल्सरको पुरानो रोगीहुनुहुन्थ्यो त्यसैले भान्साउहि संहाल्थ्यो। भान्साकोकाम सिक्दा ऊ कसौंडी भन्दासानो थियो र गाउँमा उसको बोलाउनेनाम नै ‘सानोमान्छे’थियो।
त्यसदिनउसले खानामा कसैलाई कुरेन।एक्लै पस्केर खायो।कपडाछाम्यो। सुकि सकेका थिए।झोलाचिसै रहेछ।उसले एउटा प्लास्टिकमाअघिल्लो दिनका विद्युतीयसामग्री,किला,आलपिनआदि सवै राखेर पाइन्टको अघिल्लोखल्तिमा कोच्यो।आफ्नो राजेशखन्ना मार्का पाइन्टका मोहतापट्याएर साँप्रामाथि सम्मपुर्यायो।एउटा हातले किताबर चप्पल काखमा ल्याएर च्याप्योर अर्को हातले छाता समातेर ऊबेतोडले पश्चिमतिर कुद्यो-बाँध्नबिर्सेको लैनो बाच्छो जस्तै:छप्ल्याङ्गछुप्लुङ्ग छप्ल्याङ्गछुप्लुङ्ग।ऊ एकनाससँग कुदिरह्यो कुदि रह्यो।उसको छाताबाटबलेनी तररररररर चुहि रहेकोथियो।अघिल्लो साँझ पानि पारेकोभएपनि बेलुका आकाश शान्त थियोतर फेरि बिहान देखि पानी पर्नशुरु भएको थियो।आकाश कत्तिकोमातेको थियो सानोमान्छेलाईहेक्का थिएन। उसलाई यत्तिमात्र थाह थियो कि ऊ खोला नबढ्दैविद्यालय पुगेर अरु साथीहरूभन्दा अगाडि नै आफ्नो कामलछ्मण सरलाई देखाउनु थियो।
उसलेनयाँघरेको खोल्सो,सुबेदारबाजेको टम्टा खोला,खड्काबाको टम्टा खोला,चश्मेडाक्टरको टम्टा खोला एक्लैपार गर्यो।बर्खामा गाउँकाठाडा खोला र जिरे खुर्सानीउस्तै हुन।तर उसले पार गरुन्जेलयी खुर्सानी खोलाहरू छिप्पिइसकेका थिएनन्।खेम पछाडिनहेरिकन एकनासले कुदि रहेकोथियो-बाटोमाभेटेकालाई आज आफ्नो कछ्यामाआउन निमण्त्रणा गर्दै तिनलाईपछि छोड्दै र अगाडिकालाई भेटेरउछिन्ने कोशिश गर्दै।ऊ घाँघरखोलामा पुग्दा मुक्तिरामगुरु तिरमा बसेर सुरुवालखोल्दै हुनुहुन्थ्यो भनेआठौं तहका खड्कबहादुर छेत्रीर उसका सहपाठी राजमान दुराखोलापारी पुग्न लागेका थिए।उसलेजोडले सोध्यो,“कतीछ?”
“घुँडाघुँडा”पारिबाटजवाफ आयो।
उसलेछाता बन्द गरेर पछाडि कम्मरमाघुसार्यो,एकपटक पाइन्टको मोहता मिलाएरजाँघ देखिने गरि दोबार्यो,किताबर चप्पल बलियो गरेर समात्यो,एकपटक पछाडि हेरेर गुरुलाईभन्यो,“छिटोआउनु गुरु,बहुलाहाखोलाको के भर कतिखेर उर्लेरआउँछ आउँछ।यति भनेर ऊ नदीमापस्यो। “धमिलोखोलालाई गालि गर्नु हुन्न,”गुरुलेसुरुवाल घाँटीमा मिलाउँदैभन्नुभयो।वहाँ अझै तिरमैहुनुहुन्थ्यो।
लछ्मणसरलाई भेट्न अब आधा घण्टाबाँकि छ,उसलेमनमनै भन्यो।खोला शान्त नैथियो। सानोमान्छे लगातारअगाडि बढ्यो।पानीले घुँडाघुँडाहुँदै साँप्रा भेट्यो,ऊअलि छिटो छिटो उफ्रदै कुद्नखोज्यो।बिचमा पुग्दा त्यसलेजाँघ चाट्यो।केटो अलि छड्केछड्के हुँदै नदी तर्ने कोशिशगर्दै अगाडि बढ्यो।पारिपट्टिपुग्न एक चौथाईं भाग बाँकिछँदा पछाडिबाट कसैले ‘सुईय’सुसेल्यो।मुक्तिरामगुरु,सन्त,सुर्य,हरिदाइवा अरु कोही होला भनेर उसलेयसो पछाडि हेर्यो र हेरेकोहेर्यै भयो।
पहाडजत्रो छाल उसको विद्युत चुम्बकहेर्न उसलाई पछ्याउँदै परसोमेस्वर पहाडबाट आउँदैरहेछ।उसको जिउ सिरिङ्ग भयो;ऊअत्तालिएर भाग्न थाल्यो तरनदी पारि हैन रहेछ।नदिको बहावसँगै।पर्वत जत्रो छालले आएरउसलाई गम्ल्यांङ्ग अँगालोहालेको के थियो;उसकोकानमा आधा मुक्तिराम गुरुकोआवाज र आधा नदीको पानी भरियो।गुरु भन्दै हुनुहुन्थ्यो,”एबचाऊ,बचाऊ,सानामान्छेलाईखोलाले लग्यो। उसलाई नदीकोछालले एउटा ठुलो अजिंगरलेमृगको पाठो बेह्रे झैं बेह्रेकोथियो।ऊ घरि पानीको सतहमा अझैसतह माथि हुन्थ्यो,किनारैकिनार घरि मुक्तिराम गुरु तघरि राजमान र खड्क दाइ गुहारगुहार को कोहोलो लगाउँदैकुदेको देख्दथ्यो ।अर्को पलऊ नदीको गर्भमा ढुङ्गा बालुवार जरा मुङ्ग्रासँग पैँठेजोरिखेल्दै अकाल मृत्यू स्वीकार्नेतयारिमा हुन्थयो। उसले अन्तिमपटक मानव आवाज सुन्यो जब ऊरेवा नदी र घाँघर खोलाको दोभानमापानीको बहाव सँगै जाँतो जस्तैफन्फनि घुमि रहेको थियो। कोहिभन्दै थिए,”हेराम हे शिव यो के न्याय हो?”
त्यसपछिसवै थोक शान्त,शुन्य,आँशुर विगतको सम्झना मात्र।
४
एउटामानव मुढो शिवद्वार गाउँकाबाबुराम दर्जीका घरनेर रेवानदीको किनारमा पल्टिइ रहेकोथियो बेखवर,काँसकोजरामा बेरिएर।वरपर मृत्यूशून्यता छाएको थियो।माथिआकाशमा कालो वादल मुनि फन्कालगाइरहेका चिल खै किन हो तलबगरमा ओर्लेर आफ्नो भाग्यजाँच्ने जमर्को गर्न सकि रहेकाथिएनन्।नजिकै काँसघारीमाडेरा गरेका एक जोडि स्याल पनिमिठो मसिनो खान नजिक आउन हतारगरिरहेका थिएनन्।विस्तारैमुढोमा प्राण वायु भरियो।मुढोचल्यो,चल्मलायो,पुर्लुङ्गपल्टेर घोप्टि पर्यो,दुईहल्का पानी छाद्यो र लामो लामोश्वास लिन थाल्यो।उसको मुखबाटघुँक्क घुँक्क आवाज आउन थालेपछिस्यालका जोडि सुँ सुँ गर्दैबालुवा सुँघ्दै पर पर भागे।
अचानकमानव मुढो जुरुक्क उठेर बगरकोढुङ्गामा टुक्रुक्क बस्यो।उसलेवरिपरि नियालेर हेर्यो। नजिकमाउसको आफ्नो भन्ने केही थिएनआकाशका चिल पनि वादलमा गायबभैसकेका थिए। छेवैमा रेवानदी जिवन र जगतलाई ठाडो चुनौतिदिंदै बगि रहेको थियो।एकछणअगाडिको घटनट उसको मस्तिष्कमाचलचित्र बनेर प्रश्तुत्भयो।घाँघर खोलाले आँफूलाईरेवानदीमा ल्याएर मिसाएपछिऊ दोभानमा घट्टको मधानी जस्तैफनफनि घुमेको थियो।उसका चप्पलघरि उसको अगाडि हुन्थे त घरिपछाडि पर्दथे।दोँभानमै उसलेआफ्नो छाता र एकदुई किताब पनिदेखेथ्यो कि क्याहो तर तीकतिखेर नदीको गर्भमा बिलाएथेउसले यसै भन्न सकेन।अघि घाँगरखोलाको किनारै किनार हार गुहारगर्दै कुदेका मुक्तिराम गुरु,राजमानर खडक बहादुर दाइ अहिले दृष्यमाथिएनन्।ऊ बगरमा पुर्पुरोसमातेर त्यसै रोइरह्यो।केहिबेरपछिऊ धर्मराइ धर्मराइ खडाभयो रखल्ति छाम्यो।खल्तीभरि बालुवाकोचिएको रहेछ। उसले त्यसलाईटक्टक्याउँदै भित्रै सम्महात घुसारेर त्यहाँबाट एउटाप्लास्टिकको पोको बाहिरनिकाल्यो।बिस्तारै मुखकोगाँठो खोल्यो।ब्याट्रीकोबाहिरि भाग भिजेको भएपनि खासैबिग्रेका रहेनछन्।उसको ओठबाटरुन्चे मुस्कान बाहिर आयो।’टाईगरब्याट्री किन्नु पर्नेरहेछ,’उसलेमनमनै भन्यो,’त्यसमाधातुको खोल हुन्छ’।
उसलेएउटा ब्याट्रीको दुवैछेउमातारको दुई टुप्पा टपक्क टाँसेरप्लास्टिकको थैलाको मुखमालग्यो।जव थैलीमा सुतेका आलपिनजर्याक जुरुक उठे,उसकोआखामा यसरि भेल आयो जसले उसकोदुवै गाला र चिउँडोको बालुवापखालेर लग्यो।त्यसपछि ऊ डराइडराइ नदीको किनारमा गयो।कपडाखोलेर बालुवा पखाल्यो,निचोर्यो,झट्कार्योर फेरि लगायो अनि हातमा विद्युतचुम्बकको थैली बोकेर गाउँजाने बाटो पैल्याउन हिंड्यो।झण्डैआधा -पौनेघण्टामा ऊ विद्यालयको मूलप्रवेश द्वारमा थियो भनेवरपरका मानिसहरु ट्वाल्लपरेर उसैलाई हेरि रहेका थिए।ऊभित्र पस्यो।अरुदिन सिङ्गैमन्द्राचल पहाडै उठाउने श्वरसुनिने उसको विद्यालय त्यसबेलापूर्ण रुपमा सुनसान थियो।
५
कार्यालयसहायक ओमकान्त दाइ नजिकै आएरकेहि नबोलि उभिनुभयो।उसकागहभरि आँशु झरे। उसले विस्तारैभन्यो,“दाइ”।ऊबोल्दा उसका ओठहरु अझै थरथरकाँपि रहेका थिए।दाइले अलिनजिकै आएर डराइ डराइ सोध्नुभयो,”तिमीकृष्णनगरको खेमलाल पहारी नैहो त?ऊकेहि बोलेन,मात्रहो भन्ने ईशारामा शिर हल्लायोर डाँको छोडेर रोयो।दाइलेउसलाई पहिले विस्तारै छुनुभयोर तत्छण दुवै पाखुरामा च्याप्पसमातेर जुरुक्क उचालेर आफ्नोकोठामा लानुभयो।भाउजुले उसकाकपडा खोलेर टाँगामाझुण्ड्याइदिनुभयो।यि कबिलाईएक गिलास दुध तताएर खान दे तम खोलातिर गएर आउँछु”,दाइलेभाउजुलाई अह्राउनु भयो।”किनर दाइ?”उसलेसोध्यो। दाइले गम्भिर मुद्रामााभन्नुभयो,”यहाँत कवि,तिमीखोलामा बगेर मरेको भन्ने खवरआएको थियो।ठुला कलासका दाइहरूर सरहरू तिम्रो सास नपाएनिलास सम्म पाइन्छकि भनेर खोलाकोतिरैतिर खोज्दै जानु भएको छ।अरु केटाकेटी कोहि घर गए,कोहीमिसहरूसगै कलासमै होलान्।”यतिभनेर दाइ जोडले ‘कविआए’बनेरचिच्याउनुभयो र बेतोडलेशिवद्वारतिर कुद्नुभयो।
दाइगैसकेपछि उसलाई उसको एकजनासहपाठी आफन्त खेम भुजेलकोघरमा लगियो जहाँ उसले आफूलाईमिल्ने कपडा लगायो र ठूलोगिलास भरि तातो दुध पियो।त्यसकोएक घण्टामा नदीमा उसको सासवा लास केहि भेट्न दौडेका शिछकविद्यार्थी फर्केर आउँदा ऊविद्यालयको चहुरमा घाम तापिरहेकोथियो। दिनभर उसले पूनर्जिवनपाएकोमा बधाई थाप्यो भनेविद्यालयमा रहेका सवै जनालेबाहिर चहुरमा बसेर विद्युतचुम्बकको करामत हेरेर रमाइलोगरे।नदी घटेपछि बुबा दगुर्दैविद्यालयमा आइ पुग्नु भयो रसाँझमा ऊ बुबाको बुई चढेर घरपुग्यो।
“बाबात्यो खोलामा अहिले पुल बनेकोछ त?”कथासुन्दै गरेको उसको छोरालेसोध्यो।”छैनछोरा,”
उसलेउत्तर दियो। “अनिअरु विद्यार्थीले पनि पूनर्जिवनपाउँछन् त?”छोरालेअर्को प्रश्न गर्यो।
एउटारुमाल बाबु छोराको बिचमाफ्यात्त खस्यो जुन उसकी आमाकोआँशु र सिंगानले पुरै भिजेकोथियो।
अस्तु।।
(स्रोत : Chitwanonlinefm)