मौसमसँग बदलिएको ऋतु, बसन्तसँग फक्रिएको फूल, कल-कलाउँदो जवानी जिन्दगीको खेल बन्छ । यसरी नै रुपा पनि आफ्नो कल-कलाउँदो जवानी मरुभुमिमा फूले जस्तो भईन, रुपाको जिम्मेवारीमा चार बहिनिहरु परेका थिए । बिचरी आमा भोको पेट पटुकी कसी छोरीहरुको मुखमा आहारा पुर्याउँथिन तर रुपाकी आमालाई दिन-दिन मुटुको रोगले शिथिल पारिसकेको थियो त घर व्यवहार रुपाको काँधमा पर्यो । झरी-बादल न भनी आमा बैनिहरुलाई बिहान बेलुकाको छाक जुटाउँथिन रुपा, रोगि आमा साना बैनिहरु र आयस्रोत कतैबाट नहुँदा पढाईलाई अगाडि बढाउन सकिनन् रुपाले, बाबाको पनि जन-आन्दोलनमा परि मृत्यु भयो भनि रुपाको घरमा बिहान बेलुका चुलो बाल्न पनि धौ-धौ थियो । बलेको आगो पो सबले ताप्छन निभेको कस्ले ताप्ने ? सोह्र सत्र बर्षकी रुपा घरदेखी लिएर बाहिरको काम धन्दा सबै सिध्याउन पर्थ्यो । समयमा स्कुल जना पनि पाउँथिन सोह्र सत्र बर्षको उमेरमा कसलाई रहर हुँदैन र मीठो खान राम्रो लाउन तर रुपाको इच्छा आकांक्षा भने सपना जस्तै भयो, रुपाको मनमा एउटै मात्र सोच पैसा कसरी धेरै कमाउने आमा र बैनीहरुलाई सुखमा राख्ने चाहना भयो ।
रुपाकी साथी रेनु पोखरा डान्सबारमा काम गर्थी, उसले रुपालाई पनि डान्सबारमा काम लगाईदिई, रुपा डान्सबारमा काम गर्न थालिन, रुपामा रुपको कुनै कमि थिएन, जिउडाल मिलेकी करिश्मा भन्दा कमी थिएन तालमा चाल मिलाउन बसेकाको पनि के कम त्यस्ती राम्री पाए पछि त नम्बर वान बनाउनी नै भए बिचरी रुपालाई के थाहा उसको शरीरको बिक्री भईराखेछ भनेर । एग्रिमेन्टमा पनि पन्ध्र हजारको नगद पाउँदा रुपाले बैनीहरुको पढाई र आमाको उपचार हुने भयो भनि खुशिले आँखाभरी आँशु पारि रुपा गरिबीले गर्दा आफ्नो जिन्दगीको कुनै ख्याल राखीन । रुपाको एउटा मात्र लक्ष्य थियो बैनीहरुले चाहेसम्म पढाउने र आमाको मुटुको उपचार गर्ने दिन बित्दै रुपाको जवानी फूल्दै गएको थियो रुपालाई नचाउनको लागी कहिले धरान कहिले काठमान्डौ त कहिले बिर्तामोड पुराउन थाले । रातको बाह्र बजे एक्लै कोठामा जानुपर्ने यसै क्रममा रुपालाई ठमेलमा पुलिसले बेश्या बृतिको आरोपमा पक्राउ गर्यो सरकारको नुन खाएर कानुन चलाउन बसेकाको के कुरा जता सङ्ख फूक्यो उतै कुकुर भूक्यो भने झै जेल भित्र पनि उनको शरीरमा हातपात गर्न थाले ।
बिचरी रुपा कलिलै उमेरमा भोग्नु परेको यातना धेरै पिडादायी भयो । आफूलाई काम दिने साहुले पनि कुनै वास्ता गरेन, रुपालाई त्यो नर्क जस्तो जेलबाट कसले निकाल्ने ? जेलबाट निस्कन पनि बिस हजार धरौटी राख्नुपर्ने हुँदा उनले चार पाँच महिना जेलमै गुजार्न बाध्य भयो । हाम्रो देशमा सरकारले कानुन बनाएको के त्यस्तै गरिबिमा पिल्सिएकाहरुको लागी हो ? यसै कारण गरिब जनताहरु आक्रोशको ज्वाला निकाली आतंकबाद बन्न पुगेका हाम्रो देशमा गरिबहरुको लागि कानुन छैन जहाँ जसले पैसा फ्याँक्यो त्यहाँ तमसा देख्यो । हो आज रुपालाई प्रत्येक ठाउँमा नचाई पैसा बर्षायो त्यही साहु मदनले रुपाको पिठ पछाडी छुरा धस्यो । केही महीना पछी रुपा जेलबाट निस्की घरमा पुग्दा आमा मृत्युको मुखमा पुगिसकेकी थिईन । आफ्नी आमालाई अन्तिम पटक पनि मुखमा पानी दिन पाईन बैनीहरुलाई गाउँका छिमेकीले घाँस दाउरा गर्नको लागी गोठालो राखेछन्, रुपालाई गाउँमा देखेपछि गाउँ समाजले थुक्न थाले यस्ती बेस्या यो गाउँमा बसि भने त हाम्रो गाउँको छोरीचेली पनि बिग्रन्छन आज रुपालाई आफ्नो गाउँ समाजले शरण दिनुको सट्टा गाऊँबाटै निकाला गरिदियो ।
बिचरी रुपा जाओस कहाँ बैनीहरुलाई लिएर फेरी काठमान्डौ लागी गहभरी आँशु लिएर । बैनीहरुको मुखमा हैर्दै आफूलाई धिकार्न थालि बौद्धमा उनले चिनेकी एक दिदी थिईन, आफुसंगै डान्सबारमा नाच्ने गर्दिरहिछिन उन्को कोठामा दुइचार दिनको बसाई भयो । साथमा चार बैनी भएकोले धेरै दिनसम्म कहाँ आश्रय मिल्थ्यो र ? होटलमा भाँडा माझी बैनिहरुको पेट भर्ने गर्थिन, होटलको साहुले रुपालाई बिदेश जानको लागि सल्लाह दियो, रुपाले बैनिहरुको लागी केही न केही काम गर्न पर्थ्यो, उन्ले इन्कार गर्न पनि सकिनन तर बैनिहरुको कुनै बसोबास नहुँदा अन्यौलमा परि होटल मालिकले अनाथ आश्राममा लगी छोडिदियो । रुपा बैनिहरुलाई झम्टी रुन थालि । उता भने होटल साहु मादन दलाल भनाउँदोले रुपालाई कति खेर बिदेश पठाउने र एक, डेढ लाख हात पार्ने दाउमा थियो । रुपाले बैनीहरुसंगै बसि घरेलु कारखानमा काम गर्ने कुरा बताईन तर दलाली गर्न पल्केकाहरु अनेक थरि बाहना बनाई रुपालाई बिदेश भित्रायो जब रुपा कुवेत एयपोर्टमा पुगिन, उनलाई कुवेती सेंठ लिन आयो र रुपलाई हसबिया पुर्यायो । घर भित्रको काम इङ्गिलिश थाहा थिएन र अरबिक भाषा नबुझ्दा काम गर्न साह्रै गाह्रो भएको थियो, उता भने दलालीले रुपालाई बेचि एक लाख हात पार्यो । यता भने रुपा पिँजडामा थुनिएको मैना चरी जस्तै भइन ।
आफ्नो भन्ने बैनिहरु थिए, बैनिहरुसंग पनि सम्पर्क बिहीन भईन आफ्नो भन्ने कोही भएन । अरबिकको घर भित्र गर्न परेको काम भने रुपालाई अति नै गाह्रो भयो, ईलेक्ट्रिकबाट चल्ने भ्याकुम मेशिन चलाउन देखी घर भित्रको काम सबै सिध्याउन पर्थ्यो, घरको सारा काम एक्लै गर्नु पर्दा रुपा बिमार परिन । साहुले बिमार हुँदा पनि सारा काम न सिध्याए कोर्राले उनको जिउभरी निलडाम बस्नेगरी पिट्थे त कहीले तातो पानी शरीरमा खनाई दिन्थे । बिचरी रुपाको चित्कार कस्ले सुनीदिने ? उ माथि भएको अत्यचार देखी भागेर पनि कहाँ जाओस, हसबीया जस्तो ठाँउबाट निस्केर हिड्न पनि खतरा थियो । आज रुपाको त्यो सौन्दर्य रुप रुपाको भएन तातो पानी र खजुरको डाँठले छियाछिया भएको छ, यस्तै अन्याय अत्यचार सहँदा सहँदै सात आठ महिना गुजारिन ।
रुपालाई अब बाँकी रहेको एकमुठी सास बैनीहरु सामु पुराउने आशमा अरबिको घरबाट भागिन तर बाहीर पनि त्यही त हो बाटो ढुकेर बसेका ब्वाँसा शिकार खेल्नको लागी दाउ पारेका हुन्छन एउटी कामवालीसंग उसको भेट भयो । काम लगाई दिने आशमा कोठी भित्र पुराइ त्यहाँ पनि आफ्नो जिन्दगीको खेती लगाउन पर्यो रुपालाई, हजारौ दिदीबैनी आ-आफ्नो बाध्यताले जिन्दगिको गुजरा चलाउन परेको छ रुपालाई सधैभरी दु:ख र कठीनाईले पछ्यायो । बिचरी रुपा सपनाको संसारमा डुब्न छोडि आफ्नो जिन्दगीको दु:खाईलाई अन्तिम घडिसम्मको बाटो सम्झेकी छे । हो आज रुपालाई बिदेशमा भोग्नु परेको यातना अब कुनै दिदीबैनीलाई भोग्न नपरोस भनी आवाज उठाएकी छे, दलालीको फन्दामा परी बिदेश भित्रीएका चेलीहरुको लागी कुनै पनि कानुन नभएको हुँदा बिदेश भित्रनेको क्रम बढ्दै गएको छ, अनि गाईबस्तु सरह बेचीनु परेको छ । त्यसैगरी रुपालाई पनि होटल साहु मादनले पैसाको लालाच देखाई माछोमाछो भ्यागुतो बनाएको छ । दलालबाट ठगिएकी रुपा यो मरुभुमिमा अनेकौ यातना भोग्नु पर्यो, आज रुपाले जिउनको लागी जिन्दगीलाई एक मसिहा खेल बनाउन बाध्य भइन, समाजको तिरस्कार रेगिस्तानको यातना मुटु भित्रको रोग बनेको छ, रुपा र उनको बसन्तको बहारमा फूलेको रुप आँशुको तलाउमा डुबेको छ ।
[यो एउटा कथा मात्र हो कसैको वास्तविकतामा मेल खाएमा संयोग मात्र हुनेछ ।-Writer ]
जानकी ‘जानु’
खैरेनीटार ८ तनहुँ
हाल : कुवेत
(स्रोत : Ekabita.blogspot.com )