****भुल भुलैया ****
रंग बिरंगी भुल भुलैया ,
खेल हो बश यो मनको।
भ्रमको पर्दा हटाई प्रभु,
सत्यमा म बाच्न सकूँ।
दुखमा कोहि नहुदा देख्दछु,
प्रभु नै एक सहारा।
नौका माझी बिनाको देख्छु,
प्रभु नै एक किनारा। .
रंग बिरंगी भुल भुलैया ,
खेल हो बश यो मनको।
भ्रमको पर्दा हटाई प्रभु,
सत्यमा म बाच्न सकूँ।
तिमीले चाहे सबै हुन्छ,
पर्दा भ्रमको हटाई देऊ।
बिषै पनि अमृत बन्छ ,
चरण शरणमा अब लेऊ।
बिक्रम श्रेष्ठ “सागर”
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्’ बाट पठाईएको । )

