छोडी आएँ परदेश यो पराईको ठाउँ
सम्झी आएँ पहाडमुनि
गुराँस फूल्ने प्यारो मेरो गाउँ
उ…उ…उ…हो…हो……हो
धेरै हण्डर थोरै सुख
आरामको त छँदै छैन नाउँ
दुःख-सुख जे भए नि
सम्झिरहने जन्मिएको ठाउँ
हो…हो……जन्मिएको ठाउँ
समुद्र तर्दा हिमालको याद
महलमुनि सधैंको त्रास
मुग्लानमा कति गरौं परायाको आस
झुप्रोमा रम्ने बानी कसरी हो छोडने
शिरमाथि पहाड बोकी आँगनीमा खेल्ने ।
शेखर ढुँगेल, क्यालिफोर्निया
shekhar1962@gmail.com
(स्रोत : Khasskhass.com )