केटाकेटी हुदा लाग्थ्यो यि विदेशीहरु यस्तो उकालोमा लठ्ठी टेकेर यत्रो झोला बोकेर किन हिडेका होलान ? हामिले खेल्ने गरेको चियाबारीमा किन घुमेका होलान ?आहिले थाहा हुदैछ यात्राको महत्व ,फिरन्ते हुनको स्वाद ।
सूर्य उदाउ“दाको सुन्दर दृष्य, लहरै सेता अविछिन्न हिमचुचुराहरु, पूर्वाञ्चलका १६ जिल्ला र त्यसका शहरी क्षेत्र, भारतको दार्जिलिङ, सिक्किम, कालिङपोङ, सिलिगुढीसमेतलाई हेरेर मनमोहकता स्पर्स गर्न सकिने कुरा जानकारीमा रहेपनि पाँचथरको लिम्बा गाविसको अधिकाश भुभाग र थप तिन जिल्लाको सिमानामा रहेको मिक्लाजोङ पुग्ने अवसर पाएको थिईन । महाभारत पर्वत श्रृखलामा पर्ने धार्मिक, सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक महत्व वोकेको पर्यटकिय क्षेत्र ‘मिक्लाजोङ’ पुग्ने अवसर नेपाल पत्रकार महासंघ पाँचथर शाखाले युनिसेफले जिल्लामा सञ्चालन गरेको डकाव कार्यक्रमको अभिलेखिकरण का लागि सञ्चालन गरेको कार्यक्रमले दिलायो ।जुन नविसर्ने गरी सम्झनाको कलिभरमा अटो ग्राफ बनेर बसेको छ ।
यात्रा रहेछ जीन्दगी …. भन्ने गित त्यसै लेखीएको ,होईन गाईएको होइन लाग्ने गरिरहदा लिम्बा गाविसमा अभिलेखिकरण कार्यक्रम को लागि सम्पन्न गर्नुपर्ने अन्तक्र्रिया कार्यक्रम चल्दैगर्दा स्थानिय सामाजिक कार्यकर्ता तथा मिक्लाजुङ पर्यटकिय क्षेत्र विकास समितीका सदस्य सुविन्द्र तामाङ सँग मिक्लाजोङ पहाडको यात्रा तय गर्ने सल्लाहा भयो । सोहि सल्लाह जीवनको एउटा नविनतम यात्राका लागि कोसेढुङ्गा बन्न सफल बन्यो । सो क्षेत्रको लागि नयाँ भएतापनि पत्रकारीता का कारणले चाडैँ वनेको सामिप्यताले हामिलाई मिक्लाजोङ सम्म को यात्रामा साथ दिने साथिहरु पनि भेटिए । सुर्याेदयको दृष्य अत्यान्त राम्रो देखिने गन्तव्यको रुपमा पछिल्लो समयमा पुर्वाञ्चलमा चर्चित वन्दै गएको मिक्लाजोङवाट सुर्योदयको दृष्य हेर्ने रहरमा रमाउदा रमाउदै कार्यक्रम सक्दा साझको ४ बझिसकेको थियो ।
कार्यक्रम स्थलवाट सोहि रात वास वस्नकालागि मिक्लाजोङ आधार क्षेत्र लेकगाँउ भन्ने ठाँउमा पुग्नै पर्ने रहेछ नत्र सुर्योदय हेर्न नपुगिने । रात भएर केभो मन आत्मिय छन् यस्तै यस्तै लागेर सिरेटो मस्त रातमा यात्रालाई आफ्नो बनाउने रहर गरियो । सर केहि खानु पर्छ नत्र पुगिदैन हाम्रो यात्राका सहकर्मीहरु ले भने । केहि भित्र त चाउचाउ र त्यो ठाँउमा पाउने सिक्खीमे (रक्सी) पो रहेछ । प्रेसर लो ले रक्सि खान छोडेको एक महिना भइसकको थियो रक्सि नखाई रातको समयमा उकालो चढ्न नसकीने कुरा चलेपछि विखलवन्दमा परियो । सुविन्द्र जि तथा लेकगाँउकै हाम्रो यात्रका सहयात्रि हस्त किसोर राई र कृष्णभानु राईको जवरजस्तिका कारण आधा क्वाटर जति सिखिमे खाएर निस्कियौ । यतिका अलमलले पाँच बझिसकेको थियो । साझ छिप्पिदै थियो,तन विस्तार विस्तार तात्दै गयो । मन गुलाफ बनेर मगमगाए जस्तो थियो अनुभुत्तिको तहमा ।तातो जोश लिएर उकालो लाग्न थाल्यौ । त्यहि वेला तिमिलाई सम्झिरहे ,सम्झिए तिमी अर्थात प्रियतामा । यो यात्रामा तिमि भएकी भए कति मज्जा हुन्थ्यो होला ? आखाँ भरि तिम्रै तश्विर झल झली आहिरहयो ।
कार्तिकको पहिलो साता चिसोले मटु छुन खोजेपनि मनको तातो धकेल्नि खोजीरहेको थियो । केहि वेरमै टर्ज र मोवाईको उज्यालोमा उकालोमा चार जना हिडिरहयौँ । मोटरसाईकलमा पछाडि स्थानिय दुई युवा घनश्याम घिमीरे र रामु वाँस्कोटा आहिरहेको सुचना पाइरहेका थियौँ । निक्कै उकालीएपछि सडकै सडक हिड्नु पर्ने रहेछ । एक हप्ताको लागि पाँचथर जिल्लाको दक्षिणी क्षेत्र हिडेकाले मेरो झोला निक्कै गरुङ थियो ।एककिसिमको सुमधुर जोश पैदा भएर हिडिरहयौ हिडिरहयौ ।थोरै वोल्यौ धेरै हिड्यो,बिशेषता भन्दा फरक भईएछ यसपाली ।नबोली हिडिरहदा तिम्रो याद आहिरयो आहिरयो…. ।रातको गन्तव्यको आधावाटो पार गरेका रहेछौ सुवेन्द्र जीले भन्नुभो सर मे १ ठ (मेची अञ्चलको एक नम्बर ठर्रा ) हालौन । नाम सुन्दा निक्कै हास उठ्यो । झोलामा बोकेको उहि सिक्खीमे चुसेर यात्रामा लाग्यौँ । दिनभरको धावा थकानले सिमा काट्दै थियो ।वोतलवाटै घट घट रक्सी खाईयो कलेजोको विरुद्धमा ,सुर्योदयको उत्कट चाहानमा ।वदलवाट रक्सिखादा कोक्याएको घाटि लिएर उकालीयौ कार्ययोजनको मार्गमा ।
करिव नौ वजे लेक गाँउ पुगियो ।लेकगाँउ कस्तो छ अध्यारोमा के ठम्याइन्छर ? अगाडि जता जता हिड्छन् उतै उतै सुमु सुमु । घनश्यमा जि र रामु भाई पनि आहिपुगे । अध्यारोमा खासै ठम्याउन नसकेको लेक गाँउमा मिक्लाजोङलाई मध्यनजर गरेर होमस्टे वनाइएको रहेछ । हाम्रो वासको व्यवस्था हस्तकिसोर दाईमा रहेछ । सुविन्द्र जी र कृष्णभानु दाईले लोकल कुखुरा खोजेर ल्याउनु भयो बेजोडको आतिथ्यता थियो त्यहाँ ।
अव थत्तेरीका (कुखुरालाई साथिहरुले भन्ने नाम) र झैकट्टे (लोकल रक्सिलाई साथिहरुले भन्ने नाम) सँग जम्नु पर्छ भन्दै साथिभाई तयारीमा लागे म भने तिमीलाई फोन गर्न थाले । रक्सि खाने होईन्नी मान्छे घटेर ४२ केजी भईसक्यो ,कता जाने भनेर कता पुग्छ तिमीले यसै भनेकी थियो खै मन कहाँ मन्छर ? आखिर मान्छेको मन न हो ।म त्यतै हराएछु …
कुखुराको तिते र ग्रेभी बनाएर साथिहरुले वोलाउनु भयो ।विशिष्ठ पाउनलाई मात्र दिनलाई राखेको स्थानिय चुथ्रोको फलवाट वनेको रक्सि कोमा (हजुरआमालाई राई भाषामा कोमा भनिन्छ )ले अगाडि राखिदिनु भयो ।बटुकामा चुथ्रोको रक्सि ,अगाडि कुखुराको मासु साझ विस्तार जम्न थाल्यो । म त हेर्दा हेर्दै जडाह पो हुन थाले । चुथ्रोको रक्सित वावा सवै झ्याप ।घनश्याम जी पिउदाँ पिउदै भन्ने गित गाइरहनु भएको थियो । साथ हस्त र भानु दाईले दिईरहेका थिए । मोवाईलवाटै मादकता भरिएको भाव फेसवुकमा पोष्ट गरिरहयौ ।कमेन्ट र लाइकको केहि मतलव भएन त्यति वेला । फरी तिमीले फोन गर्न थाल्यो मत उहि भिजेको विरालोन भए ।डाक्टर नखानु भनेकै छ ,स्वास्थ्यले पनि कहाँ साथ दिएको होर तर त्यो प्यारो आत्मिय आत्थ्यितालाई कसरी नर्कान सक्थे होलार ? पिउदा पिउदै निक्कै धेरै मातिएछ ,रातपनि निक्कै वितेछ सम्भु राईको कैले रमाइलो हुन्छ भेटघाट हुदामा ….भन्ने गित धेरै पल्ट दोहोराईयो । ।करिव १२ बजे ओच्छ्यान लाग्यौ विहान दुइ वजे उठेर सुर्योदय जाने तालिका वनाएर ।
एकै चोटि सवैको मोवाईलमा अर्लराम कराएपछि हामिले निन्द्रालाइ धकेल्यौँ ।टाउको भारी थियो । लेकको चिसोले मुटुलाई खेलाईरहेको थियो । रक्सिले पिल्साएको घाटि वलिरहेको जस्तो लाग्दै गयो ।तिमीले भनेकै होनी नखानु भनेर खाईहालीयो ओफ मनमा यस्तै तर्कना आए । मनैवाट आएको अभिलासालाई कस्ले छेक्छर ?प्यारो निद्रा त्यागेर जर्याक्क जुरुक उठेर उकालीयौ । झैकट्टेले दुखाएको टाउको ,खहरीएको तन लिएर पाँच जना सुनसान उकालो लागिरहयौँ ,लागिरहयौँ , अनेकन घुर्मिला डाँडा पार गरिरहयौँ । विहानिकोयात्रा को गति तिव्र भयो घामको पहिलो झुल्को हेर्ने चाहाना झनै । पशिना तप तप चुहिरहयो ,सायद चुथ्रोको रक्सि पनि वगिरहेको हुनु पर्छ । खुट्टा वाउडिन खोजे तर सुर्योदयको दृष्य उम्किने डरले हाम्रो यात्राले निरन्तरता पाईरहयो । पोलेको छाति ,दुखेका टाउको न पानी न खाजा सपनाको वाटोमा परिकल्पनाको छाँया सजाउदै हिडिरयौ चुप चाप ।चुप चाप हिड्नुको मज्जा फेरी अर्को पल्ट भोगियो तिमी सँगको पहिलो भेटमै बनेको यात्रा पनि त यस्तनैत थियो । तिमीले मलाई हेरेर लजाउथ्यौ ,म लजाउथे अनि चुपचाप चुपचाप … वर्षाको समय वाटो जंगलै जंगल थियो सितले पेन्ट भिज्यो,अल्लोेले ठाँउ ठाँउमा पोल्यो र पनि हामि हिडिरहयौ । तिर्खालागेर अत्यान्त गारो भयो दुर्भाग्य पानी खान पाइएन ।सुख्खै निम्स खाएर उकालो हिड्नुको नमज्जा बेसरी भोगियो यस पल्ट ।
हाम्रो पदपर्दशक हस्तकिसोर दाई वाहेक स्थानिय भएतापनि अरु साथिहरुले सुर्योदयको अवलोकन गर्न पाएका रहेन्न छन् । सुविन्द्र जिहरुले केहि पल्ट प्रयास गरेपनि मौसमले साथ नदिएको रहेछ ।धार्मिक महत्व वोकेको मिक्लाजोङलाई प्रार्थना गरिरहयौँ मौमस राम्रो होस भनेर यस्तै मौका न रहेछ भगवानलाई सम्झने अरु वेला त उहि गुच्चा न हो । मिक्लाजोङ डाँडा ,जति हिड्यो उति टाढा यता त प्रचलित गितनै रहेछ । एक डाँडा काट्यो अर्को डाँडा आहिहाल्ने ।तन थाके पनि मन कहाँ थाकेको थियो र ? बल्ल साढे चार वजे मिक्लाजोङ पुग्यौँ । पुर्वीय क्षितिमा सुनौला किरणहरु मस्त सँग लुकामारि खेल्दै थिए तर सुर्योदय हेर्नकालगि भनेर वनाइएको भ्युटावरलाईत अग्ला अग्ला रुखले छेकेको रहेछ । फसाद सुरु भयो ।
हामि पुरै सुर्योदय हेर्नका साथै तश्विर कैद गर्ने चाहाना वोकेर त्यहा पुगेका थियौ ।झनै मेरो पत्रकारीताको क्षेत्रले । फिदिमवाट विरैलै पत्रकार पुग्ने ठाँउ भएकाले बेग्लै किसिमको अनुभुत्तिले राज नगरेको होइन । हाम्रो चाहानालाई अग्ला अग्ला रुखले छेकेका थिए । हामि विकल्पको खोजीमा लाग्यो ।हामि हार्ने सुरमा छदै थिएनाँै । एउटा अग्लो रुखको हागा फाडेर रुखवाट सुर्योदय हेर्ने योजना वन्यो । सुविन्द्र जीले रुखका हागा काटेर नयाँ भ्युटावर वनाउनु भयो दुखको कुरा म कम रुख चड्न वानी नभएकोले निक्कै गारो भएको थियो । साथिहरुले तानेर ,जवरजस्त रुखमा चडियो । २५ सय मिटरको उचाई भएकाले चिसो अत्याधिक थियो । मसँग त टोपि पनि थिएन । पाँच जना एकै रुखका विभिन्न हाँगामा वसेर सुर्योदयको प्रतिक्षा गरिरहयौ पुर्वीय क्षितिज निहाल्दै ,आकास प्रष्ट थियो । यति अग्लो रुखमा पहिलो पल्ट चढेको गर्व म सँग थियो घरमा फोन गरे दिदिले निन्द्रमै उठाउनु भयो रुख चढेको कुरा कहाँ सुनाउन पाईयोर ?अग्गो पहाडको रुखवाट फेरी तिमीलाई सम्झिए ।भाग्यमानिलाई वधाई छ जहिले घुम्न एक्लैत जाने होनी बैमानी अल्लि ढर्रा पार्दै तिमीले यस्तै भनेकी थियौ । म पनि कस्तो मान्छे है कहिले सँगै घुम्न गएको होईन सिवालय मन्दिर वाहेक ।
सुर्योदयको प्रतिक्षामा हामि वस्न थाल्यौ अह सुर्योदय भएकै होईन । पखाईको पिडा त्यहि वेला भोगियो वेसरी ।कलेज जादा विहान तिमीलाई दस मिनेट पर्खदा कति गारो हुन्थ्यो अहिले त झन दश मिनेट कहाँ होर ? प्रेमीकाको पर्खाईमा उद्देलित भएर वसेको प्रेमी झै घामको पहिलो झुल्कोको प्रतिक्षामा वसिरहयौँ । चिसोका कारण हात ठि¥यायो । जिउ लग लग काम्न थाल्यो । रुखको हागा समाएको हात चिसाले वाउडिन खोजीरहयो ,खुटा सहि ठाँउमा टेकिएको होईन ।जाडोले कम्पन दिईरहयो सुर्योदय भएको होइन ।रुखपनि उस्तै आफ्ठ्र्यो सम्झदा अहिले पो डर लाग्छ । हामि पुर्वी आकासमा फैलीएको रातो रेश्मी हेरीरहयौ हेरीरहयौ । चिसोले वेसरी च्यापेपछि पटक पटक झैकट्ट,मे१ठ नसम्झेको होईन तर सम्झेजति ,चाहेजति कहाँ हुन्छर तिमीले यसै भनेकी थियौ ।निक्कै समयको प्रतिक्षा पछि सुर्योदय भयो तर हामिले हेरेको ठाँउमा होइन ,त्यहा भन्दा निक्कैतल वाट ,जहाँवाट पहाडमा सुर्योदयको छाया लागिरहेको थियो । अत्यान्त सुन्दर,भव्य मनमोहक किसीमले सुर्योदय हुदो रहेछ । मैले त सोचे भन्दा फरक देखे आहाँ ….हेर्ने ,क्यामेरामा कैद गर्ने र रुखमा अडिने प्रयास हाम्रो जारी रहिरहयो ।सुर्यले विभिन्न चरण पार गरेको अत्यान्त आर्कषक दृष्यले मोहित भएका हाम्रो मुखवाट वाओ वाओ वाओ आवाज आहिरहयो ,आहिरहयो .. दुखको विचवाट तिम्रो अङ्गालोको सुमधुर भान भईरहको थियो मलाई । स्थानिय भएर पनि पहिलो पल्ट सुर्योदय भोगिरहेका रामु,सुविन्द्र र धनश्याम जि अत्यान्त हर्षित देखिन्थे । सुर्योदयले आकार लिन केहि समय लाग्दो रहेछ । राम्रो थोरै हुन्छ,सुन्दरताको समय कम हुन्छ यस्तै भोग्यौ हामिले । हामिलाई त कता कता संसारकै सवैभन्दा महत्वपुर्ण चिज पाएजस्तो भयो ,तिमीलाई घर भित्र्याएको जस्तो अनुभुक्ति गरे । साच्चै सुन्दर र आर्कषक सुर्योदयको दृष्य देख्न पाईने रहेछ मिक्लाजोङवाट । घनश्याम जि र मैले रुखकै टुप्पावाट फेसवुकममा स्टाटस भर्यौ ,लग्गत्तै तिम्रो कमेन्ट आयो ल ल वधाई छ बैमानी हे हे हे । केहि आत्मिय साथिहरुलाई फोन गरेर सुर्योदय हेरेको खवर बाढ्यौ । भावनमा अति वगिरहे ,मुटुको चाल सँगै । उता घरवाट फोन आयो आज सुर्य पश्चिमवाटै उदाउनु पर्ने हो ,यति विहानै फानेमा गफ भयो ममिले भन्दै हुनुहुन्थ्यो ।
रुख त चढियो ओर्लन कति गारो हुदो रहेछ वाफरे ।रुखवाट ओर्लिएर रुखका पातहरु भेला गरेर केहि समय आगो ताप्यौ । भ्युटावरवाट देखिने पुर्वका जिल्लाहरु र छिमेकी भारतका क्षेत्रहरु अवलोक गर्यौ ।मन हावसरी वगिरहेको थियो । नधोएको चेहेर मन्द मन्द मुस्कान छरिरहेको जस्तो लग्थ्यो । मैले केहि विस्कुट बोकोको थिए खायौ । उकालो हिड्दै सुकेको मुख झन सुकिरहयो । हामि मिक्लाजोङवाट देखिने दृष्य अवलोकन गरेपछि अन्य धार्मिक सम्पदाको अवलोकनमा लाग्यौ । मिक्लाजोङ अत्यान्त वृहद,सम्पदाको खानी ,थप विकास गर्न सके अत्यान्त आर्कषक पर्यटकिय गन्तव्य रहेछ । केहि भौतिक विकासको अपेक्षा रहयो हाम्रो । मिक्लाजोङ डाडाँ एक फन्को लगाएर प्राकृतिक सुन्दरता,धार्मिक सम्पदा अवलोकन गर्दै ओरालीयौ विशाल जंगलको विचवाट लेकगाँउ तिर । फेरी आउछौ है भन्दै मिक्लाजोङलाई विदा मागेर ।प्रिय मिक्लाजोङको मन्द मुस्कानको विदाई साच्चै भव्य थियो ,उसको मुस्कान तिम्रो जस्तै थियो ।साच्चै प्यारो ,साँच्चै आत्मिय ।
वस यति ।
(स्रोत : Rajbanskota.wordpress.com)