~परिहास सुब्बा~
नेपालीलाई खुशी फेरी आउने हुन् कि होईनन्
सन्ततीले ‘नेपाल’ भन्न पाउने हुन् कि होईनन्
भावी दिनमा सारा नेपाल खरानी पो हुने हो कि
नेपालीलाई सधैं चिसो सिरानी पो हुने हो कि
गाथाहरु सगरमाथा धाउने हुन् कि होईनन्
सन्ततीले ‘नेपाल’ भन्न पाउने हुन् कि होईनन्
एउटै गाथा एउटै भाकामा गाउने नेपालीले
सेतो हिमाल संग मायाँ लाउने नेपालीले
डर छ फेरी एउटै भाका गाउने हुन् कि होईनन्
सन्ततीले ‘नेपाल’ भन्न पाउने हुन् कि होईनन्
(स्रोत : Dobato)