~दीपेन्द्र रोकाहा~
सँधै जस्तो आज पनि बिहान आठ बजे उठ्छु। घामले मेरो कोठा एकछत्र राज गरिसकेछ। खाना प्राय :स्कुल मै खान्छु। अब तयार भएर ९ बजे स्कुल पुग्नु छ। जागिरे जिन्दगी। हप्ताभर एकतमासको दिक्क लाग्ने दिन हुन्छ। ९ देखि ४ को ह्याङ्गले हप्ताभर पिरोल्छ। ६ वर्ष भो काठमांडू छिरेको। खै सोचेजस्तो केहि गर्न सकेको होइन। घर बाट फोन आउंछ “यो महिना जसरी भएपनि समय मिलाएर घर आएस् एउटी केटी हेरेका छौं।” केहि नबोली फोन राखिदिन्छु।
बिनुसँगको ब्रेक अप पछी साच्चै बिहे गर्न मन छैन। हतार पनि त छैन। उमेश , दिपेश , शीला ,महेशले पनि त बिहे गरेका छैनन्। त्यसो त हतार नभा’को पनि होइन। अरु साथि हरु बर्सै पिच्छे पालैसँग विदेशबाट आउदै बिहे गर्दै जान्छन्। कसै’का त केटा केटि पनि हुर्की सके। बुढा पाका हरु भन्छन् बिहे भनेको समयमै गर्नु पर्छ। कोहि कोहि त लौरो टेक्ने बेलामा छोरा छोरीको हात थाम्दै हिड्नु पर्ला भनी जिस्काउँछन। हुन पनि त हो, उमेरले आधा जिन्दगी जान लागि सक्यो। आफ्नो भने बिहेको केहि चाँजो पाँजो छैन। जहाँ गए पनि जो आफन्त साथीभाई भेटे पनि बिहे कै कुरा चल्छ। बिहे कैले गर्ने भनेर एउटै प्रश्न ले दिक्क बनाउंछन। आफै पनि अभ्यस्त भएर हो वा किन हो अचेल त कोहि अबिबाहित साथि भेट्यो कि सोधिन्छ “अनि बिहे कैले गर्ने त , भोज कैले खुवाउने ?”
भोलि मेरो जन्मदिन। उमेर ले ३० टेक्दै छु। अरुले के भन्छन कुन्नि। दिपेश ले यो उमेर लाइ जवानीको गोल्डेन एज भन्छ। यो उमेरमा उसलाई जो केटि देखे पनि झम्टी हालूं झैँ लाग्छ रे।
स्कुलको दिक्क लाग्ने समय एकाउन्टेन्टको जागिर। जागिरमा प्रेसर त छैन तर टिचर लाइ जस्तो सम्मान र वास्ता नहुने। आज मेरो जन्मदिन। दिपेशले फोन गरिहाल्यो। शीला ,दिपेश ,महेश लाइ पनि खबर गरिसक्यो रे। आज त बबाल गर्नु पर्छ उसले उर्दी हाल्यो।
शीला , दिपेश , महेश , म संगै कलेज पढेका। संयोग ले हामि सबै काठमाडौँ मै छौ। यस्तै कुनै बिशेष अवसरमामात्र गेट टुगेदर हुन्छ। शीला कन्सल्टेंसीमा काम गर्छे। यहि मंगसिरमा अस्ट्रेलिया बाट फर्केको केटासँग बिहे गर्दै छे। दिपेश बैंकमा काम गर्छ। पैसा कमाउन सकिएन , उमेर ढल्किदै गयो , बिहे गर्नु छ आदि आदि उसको अहिलेको जल्दोबल्दो चिन्ताको बिषय हो। जैले आफ्नो क्यारियर र भबिष्य प्रति चिन्तित।
दिपेश कलेज पढाउछ। गन्ने हो भने १५-२० जना गर्ल फ्रेन्ड घुमाइसक्यो। कहिले काहीं आफ्नै स्टुडेन्ट पनि बाँकी राख्दैन। बिहे गर्न हतार छैन उस्लाई।
स्कुल सकेर सबैजना भेट हुन्छौं गुरुङ दाइको रेस्टुरेंटमा। गुरुङ दाइको पसल निम्न वर्ग देखि हामि जस्ता मध्यम बर्गकामानिसहरुको मन बिसाउने ठाउँ। मन बिसाउने के भन्नु सोझो भाषामा महिनाको तलब घटाउने ठाउँ। सेकुवा मगाइयो , छोइला मगाइयो , नेवारी खाजा सेट मगाइयो अनि सोमरस त नहुने कुरै भएन। कुनै बेला कलेज पढ्दा हामि हप्तामा एकपटक नापीई नहुने आज भोलि यो जमघट कम भा’छ। यहि जमघट नभयपनी जागिर फरक हुँदा पिउने साथि पनि फेरिएका छन्। अचेल त झन् कुनै अवसर नै चाहिन्न पिउन लाइ। एउटा १५०० को जुत्ता किने पनि पिउनु पर्ने साथि बनाइया’छ।
“हेर आफु त २०० नपुर्याई बिहे गर्दै गरिन्न , ३५ बर्ष सम्म टार्गेट पुरा गर्ने हो अनि १८ बर्ष कि भर्जिन केटि बिहे गर्ने हो’’ दिपेश ले म तिर हास्दै सोझै नहिच्किचाई भन्यो।
“ आफु चाहि दुनिया केटिसँग मोज गर्दै हिन्ने अनि बिहे गर्न जम्मा १८ बर्ष कि तेही पनि भर्जिन हुनु पर्ने ? शेम अन यु !”शीला ले चुरोट सल्काउदै असन्तुष्टिको धुँवा फ्याँकी।
“ साग त कलिलो नै मीठो हुन्छ नि , छिप्पेको साग कसलाई मीठो लाग्छ र ?” दिपेश बोल्यो।
“यो दिपेश किन होला यसको त हर्मोन नै बढी छ झैँ लाग्छ, जैले घुमाइ फिराइ उही कुरो गर्छ ”- शीला हामि दुइतिर नजर फ्याँक्दै बोलि।
“तलाई थाहा नहोला भन्ठानेको यो के रे” , “हर्मोन हैन?” , तेरो पनि त थ्यो नि पैले त्यो लोर्के , ऐले पो अस्ट्रेलिया भन्दै हिडेकी छेस र , बिचरा अस्ट्रेलिया वाला सुहागरातमा झसङ्ग हुने भो।” दिपेश ले शीला लाइ गिज्याउदै भन्यो।
“के गर्ने त मेरो के दोष ?, मैले त भनेकै हो विदेश एप्लाई गरौँ भनेर , बडो आदर्शवान बन्छ बिदेश त जादै नजाने रे के गर्ने यहाँ बसेर खोया ? आफ्नो क्यारियर पनि त हेर्नु पर्यो।माया प्रेम तेस्तै हो आफ्नो सोच्ने हो पैले।” शीला एकाएक आन्दोलित भै। हामि हेर्या हेरे भयौं।
महेश लाइ यति भएपछी पुगी हाल्यो। निराशाको पन्तुरो फुकाउन्दै मुख फोर्यो “गाउँ तिर साला फुच्चेहरु पनि कोरिया , जापान , खाडी गयर टन्न पैसा कमाएर आएर बिहे गर्छन, आफु भने यतिका उमेरसम्म पनि केहि उखेलिने भएन , अचेल त घर जाने मन पनि लाग्दैन यार पुरै फ्रस्टु भइन्छ।”
बोतलको पानीको लेभल घट्दै छ। नशा बढ्दै गा’छ। महेश झन् भन्दा झन् चिन्तित हुदै छ। कैले काही त नशाको सुरमा भाबुक भएर रोइ पनि हाल्छ। गफ गाफ मै पिउँदा पिउंदै २ घण्टा बितिसकेछ। सफ्ट ड्रिंक लिएकी शीला ले बिदामागेर हिंडी।
***********************
नशामा सब अँध्यारो मीठो , गाढा भएर आउछ। बाटोमा गुड्ने गाडी,मान्छे ,घर अनि ल्याम्प पोष्ट पुरै शुन्दर भएर आउँछ। लाग्छ पुरानोमायालु बीना रगत रगतमा बसेकी छे र दौडिरहेकी छे प्रत्येक मस्तिष्क र हृदयको कुनामा। मन पुरै डल्लो परेर गरुङ्गो ढुंगा झैँ छातीमा डेग नचली बसेको आभाष हुन्छ। लाग्छ उजेलो हुन्जेल यत्तिकै हिंडीरहुँ बाटोभर। मन मनै हास्छु साला यो समय नै यस्तै हो। रेस्टुरेन्ट बाट निस्केर तिनै जना डेरातिर लागियो।चुरोट , रक्सि अनि उकालो बाटोको सास्ती। सास फुलाउँदै बाटोमा हिडदै थियौं दिपेश लडबडाउंदै बोल्यो “साला एरेन्ज म्यारिज त गर्दै गर्दिन अस्ति केटि हेर्न गा’को केटिलाइ र मलाई ढोका थुनेर छोडिदिए मलाई अड्डामा केटि गर्न गा’झै भो”।
“अलिबेर छोडेको भए यो मुला चढीसक्ने’थ्यो” महेश खित्का छाड्दै हास्यो। हामी एक साथ् फेरी हास्दै हिड्यौं। यत्तिकैमा दीपेश खाल्डोमा परेर लड्यो। हामी दुइको हाँसो दोब्बर बढ्यो।
डेरामा तिनै जना आइपुगियो। महेश नबोली नबोली बिस्तारामा पल्टीहाल्यो। दिपेश अर्को कोठामा केटिसँग फोन लगाउँदैमा ब्यस्त छ। मलाइ भने कता कता एक्लोपन ले समात्यो। एक्लोपनको साथि नारायण गोपाल। उनकै गीत गुनगुनाउदै पल्टिए। यस्तैमा दिपेश उछिट्टीदै कोठाबाट निस्क्यो। म झसङ्ग भएँ। “ओए महेश त्यो श्रेयाको नम्बर दे त” दिपेशले महेशलाई उठाउँदै भन्यो।
“को श्रेया ?थाहा छैन मलाइ ”
“साले अस्ति मैले तेरो कोठामा ल्याको चिक्स के, तँलाई मैले नम्बर देको थें नि , ल्याङ्ग नगर्न उठ्न”
महेश झर्कोमान्दै बोल्यो “मोहन लेख्या’छ मेरो मोबाइलको कन्ट्याक्ट लिस्टमा हेर्”
“साले नाम त चेन्ज गरेर राख्या रै’छ के गरी खान्छस “
दिपेश अर्को कोठामा फोनमा ब्यस्त छ। “के लगाकी छौ” , “खोलन” “कसरि गरम्” आदि आदि हुँदै श्वासको धड्कन बढ्दै छ र आवाज पनि बिस्तारै बिलिन हुँदै गा’छ। म झ्याल तिर निस्केर हेर्छु पल्लो घरको झ्यालमा बत्ति न निभाई सुरु भए’छन एक जोडी। दिक्कमान्दै टिभी खोलें च्यानलमा हिन्दि फिल्म दिइरा’को रैछ। एक्कासी बत्ति गयो। आँखामा टिभी कोमाथिल्लो कुनामा लेखिएको टर्निंङ्ग थर्टी शब्दमात्र क्याप्चर भो। मस्तिष्कमा पुरै टर्निंङ्ग थर्टीको अक्षर तैरिरह्यो। मन एक्कासी चिसो भएर आयो। झसंग भएँ। भोलि देखि ३० पो पुगिन्छ त। के गरूँ कसो गरूँको उकुसमुकुसमा निर्णय गर्छु। यसपाली त जसरी भएपनि बिदा लिएर घर जानु पर्छ।
(स्रोत : My Sansar)