कोठाको दलिनमा भुन्डेको लास मलाई आफ्नै झै लाग्छ। त्यसका निर्जीव आखाहरु, स्पन्दनहीन मुटुमा साटिन्छन्। म त्यस्तै निर्जीव, शून्य र स्पन्दहीन हुन्छु। बाहिर जाडो बढ्दै छ। यस वर्ष जाडो छिटो आयो। बाहिरबाट आउने प्रत्येक आवाजले मलाई सर्तक गराउछ। म सकेसम्म छिटो उठ्छु र झ्यालबाट हेर्छु अध्यारो उस्तै छ, शून्य उस्तै छ र बाहिर केही परिवर्तन छैन। जाडो भने आफ्नै किसिमले बढ्दै छ। जाडो आइरहेछ र म अनुभव गर्छु – यसपालिको जाडो म सायद सहन सक्तिन। यो चिसो सिरेटो र ठण्डीले म भित्र काडा उम्रन्छन्। म काडैकाडाको एउटा नाङ्गो रुख भएको अनुभव गर्छु। जो हिउको बीच उम्रेको हुन्छ, जसलाई रातभरिको तुसारो र दिनभरिको हुस्सुले कोतरेको हुन्छ। केटो अघि नै निदाइसकेको छ। दिउसो त्यो बूढी आएकी थिई। बूढी सम्झादा जीउ मेरो फेरि एकतमासको भएर आउछ। आफै भित्र लोलाएर आउछ। मेरा आखाहरु बन्द हुन खोज्छन्। तर मैले बाध्य भएर स्वीकार्नु पर्छ। हो त्यो बूढी आएकी थिई सधैको जस्तो आखाभरि विवशता बोकेर।
“फेरि आउनुभो माइजू” (म सोध्छु अलमलिएर। केटाकेटीहरु बाहिर चोकमा खेलिरहेछन्। त्यहा झगडा जस्तो पनि भइरहेछ। एउटा केटो रोएको आवाज आउाछ। जुन आवाज मेरा छोराको जस्तै छ। म झ्यालमा नगई सक्तिन्, जान्छ र हेर्छु (हो मेरो छोरो रोइरहेछ) पूरा चोक नै खलबलाएर। वल्लोपल्लो घरका झ्यालहरु खुलेका छन् र त्यहाबाट पनि स्वास्नीमान्छेहरु हेर्न लागेका छन्।
“ए दीपू। माथि आइज – म झपार्छु र बस्छु। माइजू अलिकति मुस्काए जस्तो गर्नु हुन्छ। म पनि मुस्काउन खोज्छु। तर ओठ सुकेजस्तो लाग्छ। म राम्ररी मुस्काउन सक्तिन्। बूढीको अनुहार हेर्छु। गालाहरु चाउरी पर्न खोजिरहछन्। निधार शुष्क जस्तो छ। आँखामा पनि कौतूहल छ। एउटा रहस्य छ, एउटा जिज्ञासा जस्तो छ। त्यो आँखा भित्रको पानीको माछा सलबलाउँछ। छिनमा त्यो माछाको आकारमा परिवर्तन हुन्छ र फेरि यौटा साप फुङ्कार लिएर मलाई हेरिरहेछ। म पूरा आखा खोलेर हेर्न सक्तिन्। म डराउछु।
“किन आराम भएन र त्यो बूढी खिस्स हास्छे। त्यसका दातहरु मिलेका छैनन्। मलाई घिन लाग्छ।
“किन ठूली भएकी नि। आराम भएन ” ऊ दोहार्याउछे।
“हो। त्यस्तै भयो। ”
“के हुन्छ ”
“टाउको रिङरिङाइरहन्छ। जीउ भारी हुन्छ कस्तोकस्तो भइरहेछ। ”
“दीपुका बा। ……” अहिले माइजू डराएकी जस्ती देखिन्छे। उसका मसिना आखाहरु वरिपरि निहार्छन्। अलि हलुको जस्तो अनुभव गरेर ऊ विस्तारै भन्छे – अड्डामा हो।
“हो ” को टाउको हल्लाए म भन्छु – पाच बज्न धेरै समय बाकी छ। माइजू चुपचाप गइदिए पनि हुन्थ्यो – मलाई लाग्छ। तर म भन्न कमजोर हुन्छु। मेरो मुटु थर्के जस्तो हुन्छ। धेरै कुराहरु थिए, जसलाई सम्झनु थियो, अहिले भुलेजस्तो हुन्छ।
बाहिर …… बाहिरको चोक सामसुम छ। शून्य जस्तो छ।
“आज नआउने भान्जी”
“आउने। किन र। ”
माइजूका आाखामा आश्र्चय देखा पर्छ र हराउछ। पुराना दिनहरु आएर मेरा घाटी समात्छन्। मलाई सव सपना सपना जस्तो लागिरहन्छ। एउटा यस्तै दिन आउछ – जुन बेला माइजू भर्खरकी तरुनी थिइन्। उनका आाखाका परेली परेलीमा सपना खेलिरहेका थिए, मुटुका टुक्राटुक्रामा ढुकढुकी बढिरहेका थिए। उनी राम्री थिइन् धेरै राम्री। तर मामाको मृत्यु भइसकेको थियो र त्यो सौन्दर्य अज्ञात पोखरी जस्तो थियो, जहा हावाले आफ्नै किसिमले लहर उठाउथ्यो र पानीका लहरहरु उठ्थे आकाश छुन। छेउको रुखलाई टोलाएको टोलाएझै पारेर लहर र्फकन्थे र आकाश जिल्लिन्थ्यो। त्यो रुख पुरानो भइसकेको थियो मेरो मामा जस्तै।
“तिमी राम्री छयौ । ” माइजू भन्नुहुन्थ्यो – ´एउटा केटा तिमीलाई असाध्यै मन पराउछ, ´
माइजूको घरमा जादा त्यो मलाई मन पराउने केटो बसिरहेको हुन्थ्यो। उसका ओठ सुन्तलाको केस्रा जस्तो रातो थियो, अनुहारमा प्रौढता चढिसकेको थिएन। माइजू बाहिर हुनुहुन्थ्यो। बैठक कोठामा त्यो केटा एउटा खोल्चामा रक्सी पिइरहेथ्यो। रिकापीमा खुर्सार्नीको पिरो अचार। एउटा केटो तिमीलाई असाध्यै मन पराउाछ – यो त्यही केटो थियो। कोठामा एक्कासि एउटी युवतीलाई देखेर त्यो केटा तस्र्यो, अलिकति लजाए जस्तो गर्यो र ठाउ छोडेर बस्यो।
“माइजू कहा जानु भो ” नया परिचयमा नम्र भएर म सोध्छु। हेर्दाहेर्दै त्यो केटोको गालामा रंग चढेर आउछ। ऊ रक्तिम देखिन्छ।
“तिमी …………. तिमी सुभद्रा हौ ”
“अ” म लजाउछु र भाग्छु। यसरी शुरु भएको त्यो केटाको परिचयले अझ मलाई छाड्न सकेको छैन माइजू हुनुहुन्थ्यो। म थिए र एउटी धनी साहुको छोरो त्यो केटो थियो। त्यो केटा मलाई बिहे गर्छ – एउटा विश्वासमा म बग्दै गए। तर त्यो भएन र त्यो केटो एक्कासि मेरो इतिहासबाट ओझेल पर्यो। अनि एक साझ सजिलै माइजू भनिदिनुहुन्छ – काजीलाई अर्को चाहियो रे। खबर पठाउनु भएको रहेछ। म एकदम जिल्लिए। माइजूको अनुहारमा केही परिवर्तन थिएन। स्वरमा केही परिवर्तन थिएन। “एउटा केटो तलाई असाध्य माया गर्छ” त जस्तै काजीलाई अर्की चाहियो रे। त्यसपछि धेरै दिन म माइजूकहा गइन। मेरो आवश्यकता अनुभव गर्नु भएन उहाले सायद।
मेरो मुक्ति छैन। फेरि एक साझ आउछ। माइजू हासेर भन्नुहुन्छ -आज त नगइ भएन म चुपचाप जान्छु। केही विरोध छैन। केही विकृति छै पहिलेको भन्दा माइजूको कोठा धेरै सिगारिएको थियो। अव त्यहा केही कुर्सीहरु र टेवल पनि थपएका थिए। तन्ना सफा थियो र राम्रोसाग कस्सिएको थियो।
“माइजूको कोठाले त रुप फेरेछ नि। ”
एकछिन नीलो अनुहार लाएर फेरि हास्न खोजेर माइजू भन्नुहुन्छ के रुप फेरेको छ र सुभद्रा। तिमी धेरै पछि आयौ – कोठा नया लागेर होला।
माइजूसगका ती निकट दिनहरु एकनास म सम्झन्छु। एउटा बाध्यता मसाग छ – मैले नसम्झी हुन्न। घाम डुब्न लागेको छ। हेर्छु – माइजूको अनुहार जस्तै छ। कोठाको रहस्य उस्तै छ।
उही परिचित आवाज छ – भोज छ भनेर आउनु नि। फरक नपरोस् है भान्जी। आज मलाई हतार पनि छ। जाऊ है। माइजू जानुहुन्छ। उहाको आाखामा विश्वास छ र यो रात जस्तै त्यो विश्वास भने म भित्र पातलिदै छ। म त्यो विश्वास जित्ने बल गर्छु। त्यो आसमा फेरि नडुव्न बल गर्छु। बाहिर केही आवाज छैन। चोक एकदमै सुनसान छ। रातको गहनता बढ्दै छ। दीपूका बा भने अझ फर्केका छैनन्। तर …….तर माइजू मेरा आाखाभरि अएर बसिरहेकी छिन्। हरे। कस्तो कर गर्ने स्वास्नीमान्छ। कस्तो जिद्दी लिइदिने। मेरो विहे भएपछि पनि उहाले छाड्नु भएन। अझ कस्तो डर देखाएर भन्नुहुन्छ – आउदै गर सुभद्रा। विहे भयो। राम्रै भो। नत्र त तेरो लोग्ने मेरो जुवाइ न हुन्। विहे भएपछि पनि, मेरो लोग्ने भनेर कसैलाई राम्ररी स्वीकारेपछि पनि मैले धर पाइन। विगतको कथालाई मैले होइन भनेर स्वीकार्न पाइन। सम्झादा पनि यो मुटु ढक्क फुलेर आउछ। आफूलाई कहालिएर रोऊरोऊ लाग्छ। दीपूका बाको सोझोपनको, इमानदारीको त्यसरी फाइदा उठाउन नहुने मैले। तर माइजू। ….. माइजू। म कति विवश छु। दीपू जन्मिसकेपछि पनि कस्ती राक्षसनी भएर माइजू भन्नहुन्छ – ता भर्खरकै देखिन्छेस् छोरो पाएर के भो र। दुई महिना भइसक्यो होइन अ, भोलि आइज गुठी पूजा छ भने र …….।
गुठीको पूजा, रातभरि भोज हुन्छ भनेर म कति छलू मेरी माइजू …….. म रुन खोज्छु।
एक बोतल ऐला र अलिकति छोएला त्याइदे न, अनि कसरी विश्वास नहुनु ….. माइजूको ओंठमा म मुस्कान हेर्न चाहन्छु। तर त्यसो होइन। उहा अति कठोर देखिनुभएको छ। सायद उहा फेरि भन्नुहुन्छ – जुवाइलाई भनिदिएर तेरो ……। म बोल्न सक्तिन्। आफ्नै पुरानो इतिहासबाट म असाध्य डराएकी छु, पीडित छु र मेरा मृ्त्यु नजिक आइरहेजस्तो लाग्छ। अलिकति दीपूका बाले थाहा पाए भने। हरे ऊ पनि त लोग्नेमान्छे हो। तर ऊ कहिलै केही भन्दैन। राति भोजमा किन अबेर गरेको छिटो आउनु पर्दैन। उनी भनिदिदैनन्। ढुंगा जस्तो लाग्नेमान्छे। रातको ११ र १२ बजेतिर चूपचाप म डेरातिर फर्किरहेकी हुन्छु – गुठीको पूजामा गएर आएकी। रातभरि भोज थियो। ढोका खोल्नासाथ म आत्तिए जस्तो हुन्छु र एक्कासि बलले भन्छु – दीपूका बा। भोज अझ चल्दै छ। गुठीको पूजा पनि पूजै हो। नेवारहरुको ठूलो चाड।
“भात पाक्यो ” …….ऊ सधैंको झै भन्छ।
“पाक्न लाग्यो ….” म निस्तेज भन्छु।
“अड्डा जान अबेर हुने हो कि रु ऊ शंका गर्छ। तर भगवान्। ऊ मलाई शंका गर्न सक्तैन। राति अबेर भोजमा नबस्न भन्न सक्तैन। अड्डा जानु र आउनु। कति नियमित छ ऊ। कहिलेकाही अड्डाबाट आउन ढिलो भयो भने कति हिचकिचाएर उ भन्छ – आज आउन ढिला भयो। अड्डाको काम। भोलिलाई राख्न नै नहुने। म आफूभित्रै पश्चत्तापले रन्थनिन्छु। साझ परेपछि ऊ सजिलै भन्छ – आज त तिम्रो भोजमा जान पर्दैन …….।
मसाग यसको जबाफ छैन। म सग भोजको अर्थ छैन। म सग माइजूको खोल्चाको अर्थ छैन। मसाग मेरो लोग्नेको यो मौनताको अर्थ छैन। यो उपेक्षाको अर्थ छैन। तर मेरो मुटुभरि आफ्नै अर्थै अर्थ छन् – लोग्नेको सोझोपनको, नम्रताको, निश्चल हृदयको। यी सबलाई अर्थ लिएर, पूर्णता लिएर सोच्ता मेरो मानसिकताको मृत्यु हुन्छ, मेरो शून्यताको मृत्यु हुन्छ। मेरो मुटु चुाडिएजस्तो हुन्छ। मलाई कहालिएर रुन आउछ। ऊ सग गएर सारा विगतका अपराधहरुको क्षमा माग्ने साहस आउछ। तर मेरो लोग्ने ढुंगाको देवता जस्तो छ – र लाग्छ ऊ मौन भएर क्षमा दिनेछ। मलाई विश्वास छ मैले मुक्ति पाउनेछु। तर म यसो गर्न सक्तिन। म लाचार छु, कमजोर छु र मेरो नारीत्वले यस्तो गर्न सक्तैन।
रात धेरै बितिसकेको छ र दीपूका बा अहिलेसम्म अड्डाबाट फर्केका छैनन्। माइजूका विश्वासहरु मसग आउछन् र फर्केर जान्छन्। त्यो विश्वास। त्यो स्वर। सबमाथि विश्वासघात गर्नुपर्छ मैले। विद्रोह गर्न सक्नु पर्छ मैले। तर मसंग कुनै मुक्ति छ जस्तो लाग्दैन मसंग अतीतको मेटिने पाता छ जस्तो लाग्दैन । मसंग मात्र मृत्यु छ। यसैले दलिनमा झुन्डिएको लास मलाई आफ्नै जस्तो लाग्छ। सायद त्यो लास ममा साटिएर बसदा, राति एक्कासि दीपूका बाको आाखा पर्दा पनि उहा रुन सक्नुहुन्न। उहा कहालिन सक्नुहुन्छ । किनकिन उहा डाको छाड्न सक्नुहुन्न । उहा चुपचाप हेरेर भन्नुहुन्छ मनमनै – सुभद्र भुन्डिइछ र मरिछ। झ्यालमा निस्केर चोक थर्काउने गरेर उहा कराउन सक्नुहुन्न – गुहार। सुभद्रा झुन्डिई। आओ छिमेकी हो। वहा दीपूलाई आफू्साग सुताएर सजिलै निदाउन सक्नुहु्न्छ – मलाई केही अर्थ नदिएर। अनि बिहान सबलाई अत्तोपत्तो नदिई सानु स्वरमा पुलिस ठानामा गएर रिपोर्ट लेखाउनुहुन्छ – उप्रान्त मेरी श्रीमती सुभद्रादेवी मानन्धर हिजो राती ९।१० बजेको टायममा आफ्नै कोठाको दलिनमा झुन्डिएर मरी। के कति कारणले मरेकी हो मलाई केही थाहा छैन। हाम्रो बीचमा केही झैझगडा भएको थिएन। अड्डाबाट ढिलो फर्केकाले राति आउन सकिना। अहिले विहानै रिपोर्ट गर्न आएको छ। साचो हो – झूटो ठहरे ऐनसवाल बमोजिम सहुला बुझाउला – सुब्बा हरिशंकर मानन्धर। यो सम्भावित कल्पनाले मन कस्तो कस्तो हुन्छ। मनभरि भुइाचालो राखेर बाचिरहे जस्तो हुन्छ। थाहा छैन कुन बेला भुइचालो आउने हो र जिन्दगीलाई भत्ताभुंग पारेर नराम्ररी हल्लाउने हो।
“आज पनि ढिला भयो”। दीपूका बा कोठाभित्र पस्नुहुन्छ। म झस्कन्छु।
“धेरै काम थियो होला ……
अ भात पाक्यो। आज पनि तिम्रो भोज जानु त छैन उही साधारण किसिमले निसंकोच उहा सोध्नुहुन्छ। अगिका सारा कल्पना, अगिका सारा चिन्तनले म एकदम धमिलिन्छु। म एकदम जिल्लिन्छु।
दिउसो माइजू आउनु ……
अनि के त। भोज जाने भए जानू। म गलेको छु, भात खाएर सुत्छु। तर राति सारै आबेर भए माइजू कहा सुत्नु। उहा निर्धक्क भन्न सक्नुहुन्छ।
अनि दीपू नि ……
दीपू मसंग सुत्छ। के भयो र फेरि …. फेरि मेरो विश्वासको मृत्यु हुन्छ। मेरो कठोरताको मृत्यु हुन्छ। माइजु। माइजु। माइजू …… मलाई रिंगटा लाग्ला जस्तो हुन्छ। तर पनि माइजूका आखाहरुमा विश्वास छ। लोग्नेलाई सुताइसकेर पनि आउछे भन्ने दृढ विश्वास छ। उनीहरु नशा लिएर मलाई पर्खिरहेछन्। गल्लीहरुमा बत्ती पनि निभ्न लागे। मान्छेको आवतजावत पनि कम छ। म फेरि …. फेरि जान तयार छु। फेरि गुठीको भोज छ । मेरो रक्तसंचार बढ्न लाग्छ। निसासिएर म भन्छु …… म जाऊ त ….. म फेरि कसरी हो सोध्न सक्छु। यसैले मलाई लाग्छ – दीपूका बा होइनन् सबभन्दा अस्पष्ट म स्वयं आफू छु, सबभन्दा नबुझिने स्वयं म आफू छु – एउटी बत्तीस वषिर्या स्वास्नीमान्छे श्रीमती सुभद्रादेवी मानन्धर।
वक्ररेखाको रचना गर्भ
वक्ररेखा कथालाई समयको अन्तराल (लगभग तीस वर्षे) मा मैले भुलेको रहेछु । यसै वर्ष नेपाली कथाहरुको अंग्रेजीमा अनुदित कथासंग्रह (The Sheet of Snow) प्रकाशित भयो । जसको अंग्रेजी अनुवाद निबन्धकार नगेन्द्र शर्माले गर्नुभएको थियो र प्रकाशन निराला प्रकाशन अर्थात् आर.डी.युयुत्सले । मेरो वक्ररेखा कथाको शीर्षक जीउदो लास अर्थात (A living crops) राखिदिनु भएको रहेछ नगेन्द्र दाइले । कुन्नि किन उहाले सो शीर्षक दिनुभयो – म धेरै समय घेत्लिए । वक्ररेखा कथाकी नायिका म अर्थात् सुभद्रा, माइजू मार्फत आफ्नो यौन सन्तुष्टि गरिरहिछे र सागसागै आत्महत्या गर्ने सन्दर्भ पनि सोचिरहन्छे । कथाको सुरु नै यसरी भएको छ – कोठाको दलिनमा झुन्डेको लास मलाई आफ्नै भैं लाग्छ । त्यसका निर्जीव आखाहरु, स्पन्दनहीन मुटु ममा साटिन्छन् र म त्यस्तै निर्जीव, शून्य र स्पन्दनशील हुन्छु ।
सुभद्राको मानसिकताको विश्लेषणलाई आधार मानी शीर्षक बनेको हुन सक्छ । तर मलाई भने त्यसको शीर्षको (The Curved Line) नै रहेको भए राम्रो हुन्ग्यो कि भन्ने लागिरहेछ ।
मेरो २०२०-३० अर्थात् एक दशकको अवधिका कथाहरुमध्ये वक्ररेखाले निक्कै प्रशंसा पायो, नाम कमायो । स्वर्गीय श्री भैरव अर्यालले साझा कथाको सम्पादन गर्खा सबभन्दा पछिल्लो कथाकारको रुपमा मलाई प्रस्तुत गर्नु भयो र यही कथा राखिदिनुभयो वक्ररेख । उहासग बराबर धेरै पछक भेट हुंदा कहिल्यै चर्चा गर्नुभएन, एर्क पटक छापिएपछि थाहा पाए । भैरवले सो कथाको टिप्पणी गर्दा विषयवस्तु -नारीदेह विक्री) पुरानो भए पनि प्रस्तुति नया छ भनी लेख्नुभएको रहेछ । कुरा ठी पनि हो, तर कथामा वा कवितामा विषयबस्तुको शाश्वतता उही थिया र हुनेछद्ध, त्यसलाई प्रस्तुत गर्ने शैली वा प्रंगि वा भाषा वा वातावरण मात्र भिन्न र फरक हुन्छ भन्ने धारणा त्यस समय मेरो थियो र अहिले भने म दोधारमा छु । यत्रो लामो सेवा र समर्पणपछि म शंकामा छु । त्यो शंकाको समाधानको जिम्मा म आफ्ना सहृदयी र सचेत पाठकहरुलाई दिन चाहन्छु ।
(स्रोत : Dainikee.com)