जोगिन्दर र उसका परिवार वर्षौंदेखि नेपालको मधेसको एक गाउँमा बसोबास गर्दै आएका थिए । त्यो गाउँ छिमेकी मुलुकको सीमानासँगै जोडिएकोले त्यहाँ प्रायः जसो सीमासम्बन्धी विवाद भइरहन्थ्यो ।
जस्तो सुकै विवाद र झमेला देखिए पनि जोगिन्दरले आफ्नो अडान र विचारलाई मर्न दिएको थिएन । ऊ नेपाललाई आफ्नो पुख्र्यौली थलो मान्दथ्यो र आफूलाई नेपाली हुनुमा गर्व गर्दथ्यो ।
उसलाई छिमेकी मुलुकका केही चाटुकार र दलालहरूले मोटो रकमको लोभ देखाउँदै नेपालको सट्टा आफ्नो देशको नागरिकता लिन र आफ्नो खेतबारीलाई भारतको भनी लाजपूर्जा लिइदिन सक्दो कसरत गरे । ट्याक्टर किनीदिनेदेखि छोरीको बिहेको खर्च समेत व्यहोरी दिने गोटिहरू चालियो । तर जोगिन्दर आफ्नो अडानबाट ‘टसको मस’ भएन ।
केही दिनपछि रातारात गाउँको सीमा क्षेत्रको जङ्गे पिलर/सीमा स्तम्भ ढालियो र नयाँ सीमा स्तम्भ बन्यो । जोगिन्दरले आफ्नो माटो अपहरणमा परेको पीडाले रन्थनियो । उसले चारैतिरका मन मिल्ने साथीहरू बटुलेर बिद्रोह ग¥यो । प्रशासन घेर्नेदेखि मनोमानी गर्नेहरूको भण्डाफोर गर्ने समूह नै बनायो । जोगिन्दरहरूको आवाज सम्बन्धित निकायका कसैले पनि सुनेन । सरकार र स्थानीय प्रशाशस समेत पटक्कै चासो नदिई मौन रह्यो, माथीकाको आदेश भन्दै ।
अन्ततः जोगिन्दरहरूले नयाँ सीमा स्तम्भ ढालेर पुरानै जङ्गे पिलर ठड्याए । यसको केही समयपछि जोगिन्दरको धानको खेतमा आगो लाग्यो । उखुबारी रातारात सोत्तर बनाइयो । पुख्र्यौली घर हेर्दा हेर्दै डोजर लाएर भत्काइयो । र अन्तमा जोगिन्दरलाई बेपत्ता पारियो र जङ्गे पिलर फेरी ढालियो ।
(स्रोत : NepaliLaghukatha.com )