६० वर्ष टेकेको बिहान उनी पुरोहितलाई कुरेर बसेका थिए। ती आइपुगेनन् समयमा। एमआरपी लिन सिफारसिका लागि जिल्ला कार्यालय पुग्नुपर्ने थियो, अबेर हुने भो, उनलाई लाग्यो। आधा घन्टापछि पुरोहित आइपुगे र उनले सोधे, ‘अबेर भयो नि ?’ जवाफ आयो, ‘कता हो कुन्नि विद्यार्थी नेता बन्दुकसहित समातिएका रहेछन्, तिनलाई छाड्नु भनी तिनका सहकर्मीहरूले क्याम्पसबाहिर ढुंगामुढा गर्दा ट्राफिक बिथोलिएको रहेछ, जाम थियो !’
‘लौ गुरु, छिटो सकौँ,’ उनी पूजामा बसे। पूजापछि उनी आमालाई ढोग्न पुगे। ‘लौ बाबु निरोगी भएस्, कामकारबाही सजिलो होस्,’ आमाले आशीर्वाद दिइन्। तत्पश्चात् उनी जिल्ला प्रशासन कार्यालयतर्फ लागे।
जिल्ला प्रशासन कार्यालय परसिरभित्रको लाइन देखेर उनी एकछिन झस्किए तथापि नागरकिता रुजु गर्न तोकिएको झ्यालबाहिर पुगे। २५-३० जना ठेलमठेल गर्दै थिए, ती पनि त्यतै हेलिए तर बीचतिर पुगेपछि निसास्सिन थाले। छेउको अधबैँसेले हपार्यो, ‘ए बा, भीडमा किन पस्या ?’ भीडमा नसक्ने मेसो नभएपछि उनले मोबाइलबाट सहयोगीलाई बोलाए। रुजु गराउन सहयोगीलाई एक घन्टा लाग्यो। त्यसपछि अर्को लाइनमा एक घन्टा उभिएपछि उनी अर्को नम्बरको झ्यालछेउ पुगे। उनी अगाडि उभिएकी महिलालाई अधिकृतले भित्रबाट बताए, ‘बसाइँसराइको कागज ल्याउनु, नत्र हुँदैन।’ ती पक्क परेर फर्किन्। पछाडिका अर्का युवा बरबराउँदै थिए, ‘पीआर परेर क्यानडा उड्नै आँटेको यसै साता, खोइ फास्ट ट्रयाक राहदानी पनि अबेर हुने जस्तो पो भो !’ त्यसपछिको दोस्रो लाइनमा काम सकिन अर्को एक घन्टा लाग्यो। अब पालो थियो उपल्लो तलामा पुग्नुपर्ने। विशेष मिटिङ् परेकाले त्यस तलाका अधिकृत त्यतै गएका रहेछन्। मिटिङ् सकिएपछि अधिकृत फर्किए, थप एक हस्ताक्षर भयो, दस्तावेजमा। अब पालो फेरि भुइँतलातर्फ भएकाले उनी त्यतै लागे। नयाँ लाइनमा उभिएर झ्यालमा पुग्दा भित्र बसेका अधिकृत केही क्लान्त देखिए।
‘हैन सर, तपाईं थाकेको देखिनुहुन्छ नि, भीडले झ्याउ गर्यो जस्तो छ। अलिक विधि मिलाए सहज हुन्थ्यो कि तपाईंहरू र सेवाग्राही दुवैलाई ?’ उनले संवाद सुरु गरे।
‘धन्यवाद ! चासोका लागि। तर, के गरौँ हाम्रो कतै सुनुवाइ हुँदैन।’ अधिकृतका आफ्नै वेदना भक्कानोसरि आए। ‘खोइ हामी त झन् सर्वसाधारण, कसले पो सुन्ला र ?’ उनले जवाफ दिए। सिफारसिको विधि सम्पन्न गर्दा अफिसको समय सकियो। उनी घरतर्फ लागे।
अर्को दिन बिहानै उनी नारायणहिटीको पश्चिम ढोकातिर एमआरपी आवेदन दिन पुगे र लाइनमा बसे। अढाई घन्टापछि तोक लागेर फारम आयो। फारममा टाँसेको तस्बिर मिलेन, फेर्नु। लौ के भयो ? के मिलेन फोटोमा ? अर्को सरकारी विभागबाट सिफारसि भएकै हो। उनी छेउमा खोलिएको फोटो दोकानमा पुगे, त्यहाँका भाइले नयाँ फोटो खिचिदिए, इलेक्ट्रोनिक क्यामेराले। नयाँ फोटो टाँसेपछि भित्र जान पाइयो। ढोकामा बसेका प्रहरीले अह्राए, ‘ऊ त्यो लाइनमा गएर उभिने।’ एमआरपी सेवाग्राहीहरू थुप्रै थिए। दक्षिणपट्ट िकोठैकोठा भएको लामो टहरो अनि सेवाग्राहीको सुविधाका लागि राखिएका मेचहरू र माथि हरयिो छानो। कता के गर्ने उनलाई पत्तै भएन, अलमलिए। हाउभाउ पनि अलमल देखिन थाल्यो। आउँदै गरेका फुर्तिला, छाती फुलाउँदै गरेका प्रहरी भाइले उनको हाउभाउ बुझेछन्। हान्निँदै आए र कड्किए, ‘ए बा, भित्र किन नगएको ?’ ‘खोइ लाइनमा उभिनु भने त्यसैले,’ उनले जवाफ दिए। फेरि हप्काइ आयो, ‘६० वर्ष पुग्या मान्छे किन यताउति उभि’रा, जाने ऊ त्यो कोठामा।’ ‘ए हो र ! गए हुन्छ ?’ ती फेरि कड्किए, ‘अधिकार लडेर लिनुपर्छ, मागेर पाइन्न भन्ने थाहा छैन कि के हो ?’ उनी अक्क न बक्क भए, यताउति हेरे ज्येष्ठ नागरकि भन्ने बोर्ड देखेनन्। ६० टेके पनि उनी आफूलाई ऊर्जावान् ठान्थे।
एक वर्षअघि प्रधानमन्त्री निवासमा भएको वैज्ञानिक छलफलमा बूढा र तन्नेरी वैज्ञानिकको सन्दर्भ उठेको थियो। उनले आफूलाई विचारले तन्नेरी छु भन्ने जिकिर गरेका थिए। फुर्तिला युवाले उनलाई त्यस बिहान समयको धरातलमा झारििदए। उनले मनमनै आफूलाई ढाडस दिए, यस्तै हो ठीकै छ, तँ ६० त पुगेकै होस् नि !
खास कोठाअगाडि लाइनमा उभिरहेका सेवाग्राहीहरूसित उनले सोधे। ‘बाबु ६० वर्षकाहरू गए हुन्छ भन्छन्, जाऊ है।’ ‘हुन्छ बा, हुन्छ जानूस्।’ उनी अधिकृतसामु पुगे। केही बेरपछि अधिकृतले दस्तावेज रुजु गरे, फोटो हेरे अनि केही परको टेबुलमा बसेकी बैंककी प्रतिनिधि बहिनीकहाँ दस्तावेज लैजान अह्राए। त्यहाँ उनले फास्ट ट्रयाक एमआरपीका लागि १० हजार रुपियाँ दस्तुर तिरे। अर्धकट्टी दिँदै बहिनीले भनिन्, ‘सात दिनपछि २ बजे एमआरपी लिन आउने।’ उनले जदौ गरे, ‘हजुरको जय होस् !’ परसिरबाहिर पुगेपछि लामो सास लिए, एमआरपी बुझाउने प्रक्रिया विधिवत् सफल गरेकामा आफैँले आफैँलाई बधाई दिए, राज्यलाई धन्यवाद भने।
(स्रोत : Nepal – Kantipur )
हामी नेपालीले जन्मदै पुर्पुरोमा लेखेर ल्याएको एउटा कुरो के रहेछ भने राज्यबाट पीडित हुनुपर्ने, राज्यले नागरिकलाई सुबिधा दिनुको सातो सास्ती मात्रै दिन्छ ।