‘छोरा ! तिमीले आफूलाई किन लागूपदार्थको सुईले घोच्दै छौ ? थाहा छ बाबु ! तिमीलाई टाउको दुखे मलाई ज्वरो आउँछ, तिमीलाई काँडाले घोचे मलाई घाउ हुन्छ…। बुढेसकालको एउटै सहारा तिमी, तिमी असल बन्नुपर्छ बाबु !’
उसको ओठे जवाफ आफैलाई विश्वास नलागे पनि बाबुलाई विश्वस्त तुल्याउने प्रयास ग¥यो –‘बुबाले मलाई केवल आफ्नो युगको अर्ति मात्र दिनुहुन्छ । तपाईं त डाँडामाथिको जून, जुनसुकै बेला पनि अस्ताउन सक्नुहुन्छ । म त उषाको किरण, देशको कर्णधार हुँ । मलाई मेरा लामो जीवनबारे चिन्ता छैन र ?’
—‘जूनले कहिल्यै पोल्दैन बाबू ।’
—‘तर जून, घामकै सहायताले उज्यालो देखिन्छ !’
—‘तेसो भए तँ घाम बन्नू बाबू, म तेरै सहायताले बल्न चाहन्छु । तर, बत्ती नबन्नू !’
एक दिन हुरी चल्यो । त्यसपछि पो थाहा भयो, छोरो त बत्ती पो रहेछ । निभ्यो । तर डाँडामाथिको जून निभेन !
(स्रोत : Sunakhari.com )