~यादव खरेल~
घोडा हिनहिनाएको आवाजले उ त्रसित हुन्छ र पछाडि फर्केर हेर्छ। कालेा कपडाले अनुहार ढाकेको, हातमा कोर्रा लीएर अरबी घोडामा सवार एक जना अजङ्गको मानिसले उसलाई लखेटिरहेको छ। मरुभूमिको तप्त समथर मैदानमा ऊ बेतोडले भागिरहेको छ, मुक्तीका लागि, ज्यान बचाउनका लागि। लखेट्ने र लखेटिने क्रम चलिरहन्छ। मरुभूमिको बालुवा उडाउँदै हुरीको लहर चल्न थाल्दछ सुईयँ….। उसको स्वाँ स्वाँ र हुरीको ध्वनी सगै मिसीन्छ। हुरीले उडाएको बालुवाले सम्पूर्ण वातावरणलाई ढाकिदिन्छ र चारैतिर अन्धकार फैलन्छ। त्यही अँध्यारोमा लखेट्ने र लखेटिने दुवै विलुप्त हुन्छन। दृस्य स्थिर हुन्छ।
लखेटिनेको नाम कर्मवीर शर्मा हो। उमेर यस्तै ५५ वर्ष। कर्मविर विगत ५० वर्ष देखि हरेक रात एउटै सपना देखिरहेको छ, आफू भागिरहेको र अजङ्गको मानिसले लखेटिरहेको।
“ जीवन त वर्तमान हो” को आवाज चारैतिरबाट प्रतिध्वनित भईरहन्छ, “जीवन त वर्तमान हो”….। तर यो लखेटाईले उस्ालाई कहिल् भूत तर्फ र कहिले भविष्य तर्फ दैडाईरहेको हुन्छ दपेटिरहेको हुन्छ। वर्तमानमा अड्नै दिदैन, टिक्नै दीदैन, बाँच्नै दीदैन। ऊ जीवनदेखि थाकिसकेको छ।
आज राति फेरि उसलाई अैंठन भयो। ढुङ्गा माथि बजि्रएको समयको टापको आवाज चर्को हँुदै जान्छ। ऊ पाहाडको उकालोमा दैडिरहेको छ। घोड सवारले उसलाई लखेटिरहेको छ। भाग्दा भाग्दा ऊ पाहाडको चुचुरोमा आईपुग्छ। अब भाग्ने कुनै ठाँउ छैन। उसले पछाडि फर्केर हेर्यो। उसलाई सँधै लखेटिरहने घोड सवार उसको नजीकै आईसकेको थियो। पाहाडनै थर्काउने गरी हावाको झोक्का आयो र सवारले अनुहार छोपिरहेको कालो कपडा उडाएर लग्यो। कर्मवीरले सवारलाई विस्फारित र विस्मयकारी आँखाले हेरिरह्यो। उसको मुख आर्ष्चयमा खुलेको खुलै रह्यो। उसले घोड सवारलाई चिन्यो। उसलाई जीवनभर लखेटिरहने घोड सवार अरु कोही नभएर कर्मवीर शर्मा थियो।
Sun, 21 Aug, 2011
(स्रोत : NepaliLaghukatha.com )