आज मनिषाको मन पिरोलिएको छ । उसको अनुहारले त्यही झल्को दिइरहेको छ । उसको मनस्थिति बुझ्न मलाई कठिन हुदैन । ऊ मेरी जिगरी दोस्त हो । मन भन्छे किन मलाई मान्छेहरु तनसँग जोडेर खलबलाउन खोज्छन् ? मलाई किन स्वतन्त्र हुन दिदैनन ? म त हेका स्वासमा हरेक जीवमा व्याप्त छु । मेरो किन दुरुपयोग गर्न खोजछन् । पवित्रतामा किन संक्रमण गर्न खोज्छन् ? उसका प्रश्नले मलाई घोच्न थाल्छन् । उसो त म ज्ञानी विद्धान हैन मसम्झाउँदा सम्झाउँदा हम्मे हम्मे परेको छ । पटक्कै बुझेको हैन । हार नखाई बुझाउँने कोशिश गर्दैर्छु ।। आफूले भोगेको अनि थाहा पाएका आधारमा मन र तनका बीचको अन्तरभावलाई केलाउन थालेको छु । मैले भन्ने गरेको मन र उसले बुझ्ने गरेको तनको भावप्रति हामीबीच विरोधाभास छ । ऊ तनलाई जोड दिन्छ । म मनलाई । उसको तन भौतारिएको छ । सम्झाउने प्रयास गर्दैछ । मान्दैन, अनि अनुभव गर्न तम्सिन्छ । उसलाई प्रयोगमा विश्वास छ । त्यसैले तनले चाहँदा र अजमाउन पाउँदा हुने आनन्दको व्याख्या गर्छ सिपालु छ । तनको प्रयोगवादितालाई दुरुस्तै हो भन्ने बनाउँछ । र, त मसँग मनलाई सम्झाउने जुक्ति बताउन खोज्छ अनि भन्छः जसले मनलाई मात्र सुन्छ उसले प्रेम गर्न जान्दैन ।” उ थप्छः प्रेम प्रयोगमा हुन्छ । प्रेम गर्न अनुभव गरे जानिन्छ । मन पनि के कम जवाफ फर्काउँछः “होइन, तन तिम्रो प्रेमको व्याख्या अनौठो छ । प्रेम फिल गर त कति सदावहार छ । हावासरी बगिरहेको छ । प्रत्येक कणकणमा व्याप्त छ । तिमीले फेरिरहेको श्वासप्रश्वासमा छ । रहिरहने छ । यो त अनुभूति गर्न सक्नेले मात्र भेउ पाउने हो । अनि प्रेम गर्न जान्नु पर्दैन । तन तिम्रो यहीे बुझाइ र भोगाइमा केन्द्रित हुने आदतले मेरो मनलाई फटाएको छ । फटाउँछ । छिया छिया बनाउँछ । म मनलाई वस्तुका रुपमा हेर्दिन । तिमी तन तिमी बस्तुवादी भइदिन्छौं त्यसलैले मेरो आग्रह छ यसलाई प्रयोगमा नदाँज । मनलाई नचिमोट् । खुल्न, स्वतन्त्र हुन र आफैमा रमाउन देऊ सहृदयी बन । तन तिमीले केवल मनको सुन र अनुभूति गर । तिमीले खोजेको सुख अनि खुशी खोज्न कहिं जानु पर्दैन । हरेक पल तिमी ग दगद् हुन सक्छौं । ऊर्जावान बन्न सक्छौं । यति गर्ना तिम्रो तन स्वतः पुलकित हुनेछ । सन्तुष्टि हासिल गर्ने छ । म मन र अनि तिमी तन नंग र मासु जस्तै हौं । एक अर्कोविना अपूर्ण । सहकार्य र हातेमालो दुवैका लागि हितकर । केवल बुझाईमा हुने भिन्नताले हामीबीच फाटो जन्माएको छ ।
(स्रोत : फेस्कुकको “कथा चौतारी” ग्रुप )