फरक–फरक जीव, जीवात्माहरू एक दिन एउटा रुखमुनि बसेर सबैले पालैपालो आफ्ना कुराहरू राख्दै थिए ….. ।
गुलाबले भन्यो– म काँडाहरूको बीचमा पनि बाँचिरहेको छु । आजभोलि मलाई काँडाप्रति आस्था छ ।
परेवाले भन्यो– म बाजहरूको बीचमा पनि बाँचिरहेको छु । आजभोलि मलाई बाजप्रति अलिकति विश्वास छ ।
मृगले भन्यो– म सिंहहरूको बीचमा पनि बाँचिरहेको छु । आजभोलि मलाई सिंहप्रति थोरै भरोसा छ ।
एवम् क्रमले अरुअरु जीवहरूको पनि बोल्ने पालो आउँदै थियो । त्यसै बीचमा एउटा मान्छे कताबाट अचानक टुप्लुक्क आइपुग्यो । तत्पश्चात सबैको भागाभाग भयो ….. ।
पोखरा
(स्रोत : Hamrosammohan.blogspot.com)

