~यादव खरेल~
पिपल चौतारीमा एक जना वृद्ध मानिस एक्लै धुम्धुम्तिी बसिरहेको छ, दिउँसैदेखि। बाटोमा आबतजाबत गर्ने कोही छैन। धैरै बेरपछि एउटा भुस्याहा कुकुर दौडदै बच्चुरामको छेउँबाटै जान्छ। बच्चुराम खल्तीबाट चुरोट झकेर सल्काउँछ।
बाटोमा हतारहतार हिडिरहेका हरिकृष्ण देखा पर्दछन्। बाटैबाट कराउँछन्, “बच्चु काका थाहापाउनु भयो शिवलाल त बितेछनि। मलामी नभएर लासै उठेको छैन रे।” बच्चुरामको प्रतिक्रिया जान्ने फुर्सद छैन हरिकृष्णलाई। ऊ दौडदै अगाडि बढ्छ।
बच्चुलाई शिवलालको बाबु हरेरामको मलामी गएको सम्झना आउँछ। त्यसबेला ऊ जबान थियो, यस्तै २४ २५ बर्षको। पारि डँाडाबाट एकोहोरो शङख फुकेको आवाज आउँछ। बच्चुको बाबु ठाडो कान लाउँछन्, “ज्या हरेराम बितेछकि क्या हो। सिकिस्तै थीयो।” एकेाहोरो शंङखको आवाज वरवर सर्दै आउँछ। बच्चु खाली खुटट्ा बाटोमाथि उक्लन्छ217 मलामी जान। हरियो बाँसमा सेतो कपडाले बेरेर बाँधेको लासलाई चारजनाले बोकेका छन्। सबभन्दा अगाडि लावा छर्दै हरिकृष्ण हिडिरहेको छ। उसको पछाडि शंङख फुक्दै दुईजना दांैडदै छन्। लास पछाडि पचास जना जति मलामीको लर्को छ। एकोहोरो शंङख र खाली खुट्टाको चापबाहेक अरु आबाज छैन्। गाँउको बीचबाट मलामीको लर्को अगाडि बढ्दै जान्छ। घरलौरी एक एकजना मलामीमा सम्मिलित हुने क्रम चलिरहन्छ। लास गाँउको पल्लो छेउसम्म पुर्याउँदा मलामीको सङंख्या झडै डेढ सय जति पुग्दछ। एकोहोरो शङंख निरन्तर बजिरहेकै हुन्छ।
गाडी जाेिल्ठङमा परेको कर्कस आवाजले बच्चुरामलाई बिगतबाट बर्तमानमा झारिदिन्छ। टाढाबाट गाडी आउँदै छ। ए! गाडी होईन ठेलगाडा पो रहेछ। गाउँमा कच्ची मोटरबाटो बनेपछि आलु ब्यापारीले सामान पसलमा लैजान बेला बेलामा ठेलगाडा प्रयोग गर्ने गर्दछन्। आलुको बोरा पसलमा लान लागेको होलाः बच्चुलाई लाग्यो। ठेलगाडा हरिकृष्णले गुडाईरहेका छन् र पछाडि अर्को एकजना पनि छ। बच्चुअनौठो दृष्य देख्छ। सेतो कपडाको बोरामा शिवरामको लास गुडिरहेको छ। मानैा शिवराम पनि एउटा आलुको बोरा जस्तै हो। आँखाबाट ओझेल नभईन्जेल सेतो बा्ेरा लाई बच्चुले आखाँ झम्म पनि नगरी हेरीरह्यो। बच्चुले चुरोटको लामो सर्को तानेर छाल बनाउदै धुवा हावामा फुक्यो। अस्ताउन लागेको सूर्यको पहंेलो किरण तर्फ हेर्दै दुबै आँखा चीम्लीयो। बच्चुरामको मुखबाट यन्त्रमानवको झै आवाज आईरहेको थियो, “अहँ म त ठेलगाडामा जान्न।”
(स्रोत : NepaliLaghukatha.com )