व्यङ्ग्य निबन्ध : बाजेको सेकुवा

~पिँडालु पण्डित~

मेरो आनीबानी मात्र होइन स्वभाव पनि त्यस्तै छ । पैसालाई ‘अर्थ’ र मिनिङलाई ‘माने’ बुझ्न थालेपछि यस्तो नहुनु पनि किन ? ‘नेपाल’माने ‘नेपाल’, ‘अमेरिका’ माने ‘अमेरिका’, ‘फ्रान्स’ माने ‘फ्रान्स’ भनेर एकोहोरो पढिराखेका बेलामा ‘इन्डिया’ माने ‘भारत’ भनेर पढ्न पर्नेबित्तिकै म अलमलिन्छु । ‘भारत’ माने ‘भारत’ किन भएन ? ‘नेपाल’ माने ‘नेपाल’ हुने ‘इन्डिया’माने ‘भारत’ कसरी हुने ? ‘इन्डिया’ माने त ‘इन्डिया’ पो हुनु पर्ने होइन र ? अनि दिमाग चक्कराउन थाल्छ । अझै ‘मोरक्को’ माने ‘मोरक्को’, ‘पोल्यान्ड’माने पोल्यान्ड, ‘हङ्गेरी’ माने ‘हङ्गेरी’,‘स्वीटजरल्यान्ड ’ माने ‘स्वीटजरल्यान्ड’, ‘थाइल्यान्ड’ माने ‘थाइल्यान्ड’ भनेर पढ्दापढ्दै बीचमा ‘इङ्गल्यान्ड’ माने ‘बेलायत’ आउनेबित्तिकै यो के हो ! भनेर म तीन छक पर्न थाल्छु ।

यसै त लाटो र सोझोको उपाधि आफ्नै मात्र पेवा भइराखेका बेलामा यस्ता कुरा अरुलाई सोध्ने आँट पनि कसरी गर्नू ? अनि सधैभरि लाटो हुनुको विकल्प रहेन, न त सोझो हुनुकै । म पनि उहिलेको थर्ड डिभिजने एसएलसीवाला । आफुलाई कम सम्झने कुरै भएन । बुर्लुकबुर्लुक भँगेरा उफ्रे जस्तो उफ्रेर हिँड्थेँ । जागिर खाने धोको आफुभन्दा पनि जेठो थियो । पास गरेको एसएलसी मात्रै । त्यो पनि पटके । तैपनि भुइँमा खुट्टा थिएन । शहरका साइनबोर्डहरु यसो नियाल्दै हिँड्थेँ । ठाउँठाउँमा देख्थेँ,— ‘नेशनल ट्रेडिङ लिमिटेडको अधिकृत बिक्रेता’,‘कृषि सामग्री संस्थानको अधिकृत बिक्रेता’, ‘बाँसबारी छालाजुत्ता कारखानाको अधिकृत बिक्रेता’, वा यस्तै यस्तै अधिकृत बिक्रेता । सहायक बिक्रेता कहीँ भेटित्रथ्यो । संस्थानहरुका यत्रोविधि अधिकृतै अधिकृत बिक्रिमा हुँदा आफु भने एसएलसी मात्रै । सहायकस्तरको योग्यता । मुखबाट र्याल चुहिन्थ्यो । अनि लाग्थ्यो,— ’धत्तेरिका, यतिखेर बी.ए. मात्र पास हुन सकेको भए पनि यत्राविधि संस्थानका अधिकृत रोजीरोजी कित्र पाइन्थ्यो ।कति पो जान्थ्यो होला र ? अधिकृतमा जागिर खान आउने मान्छे नभएरै यसरी बिक्रिमा राखिएको त होला नि भत्रे मेरो एकतर्फी ठोकुवा थियो । कुरो सम्झिँदा अहिले पनि हाँसो उठ्छ । अनि, आफैले आफैलाई भन्छु,— ‘धत् लाटा, तँ त सानोमा पनि उस्तै रहिछस् ।’ यी त केटाकेटीका कुरा भए ।
उहिलेका कुरा खुइले । तर कुरा खुइलिएर के गर्नू ? बुद्धि जस्ताको तस्तै छ । खुइलिएको छैन । शहरका साइनबोर्ड नियाल्ने नानीदेखिको बानी अहिलेसम्म छुटेको छैन । हुन त यी साइनबोर्ड हेर्नकै लागि राखिएका हुन् । पढाउनकै लागि राखिएका हुन् । उद्देश्य भने विज्ञापन । कुराको जानकारी । तर अर्थको अनर्थ अर्थात् मानेको अमाने लाग्ने विज्ञापन देखेपछि भने मलाई अहिले पनि भाउन्न हुन्छ ।

यसरी हेर्दैमा भाउत्रिनेअचेलको एउटा विज्ञापन हो,— ‘बाजेको सेकुवा ।’ केही वर्ष यता ‘बाजेको सेकुवा’ लेखेका यस्ता विज्ञापनी साइनबोर्ड शहरका ठाउँठाउँमा देख्न पाइन्छ । लाग्छ, — खसीको सेकुवा, कुखुराको सेकुवा, बङ्गुर, बँदेल, हाँस आदिइत्यादिको सेकुवाले अघाएका सेकुवापे्रमीहरु आजभोलि बाजेको सेकुवा खान निकै पल्केका छन् । यस्तो साइनबोर्ड देख्न थालेपछि म भने आफै रनभुल्लमा पर्न थालेको छु । कसैलाई सोध्ने आँट पनि गरेको छैन । लेखाइमा कुनै गडबडी छैन । प्रस्टैसँग लेखेको छ,— ’बाजेको सेकुवा ।’झुक्किनु पर्ने कारण छैन । यसो अगाडि गयो भने गन्ध (खानेका लागि सुगन्ध) पनि कस्तो कस्तो आउँछ । सोध्न पनि के सोध्नू ? मभन्दा लाटाले पनि बुझ्ने कुरो खसीको सेकुवा भनेका ठाउँमा खसीको सेकुवा पाएजस्तै ‘बाजेको सेकुवा’ भनेका ठाउँमा ‘बाजेको सेकुवा’ पाइन्छ । अरु थोक पाइने कुरै भएन । अनि सोध्नु पर्ने कुरो पो के रह्यो र ? मान्छेमा आत्मविश्वास नभएपछि एउटै कुरामा ऊ अडिन सक्दैन । आत्मविश्वास नै नभएपछि कसको के लाग्छ ? म पनि त्यही वर्गमा परेँ । अनि एकदिन यस्तो खसखस मनमा पाल्नभन्दा कसैलाई सोध्नु बेस भत्रे निर्णयमा पुगेँ । तर सोध्ने कसलाई ? जो कोहीलाई सोध्ने हिम्मत भएन । त्यहीँबाट खाएर निस्कनेलाई पनि कसरी सोध्नू ? ‘तपाईंले के खाएर आउनु भो ?’ भनेर सोधूँ भने ‘म जेसुकै खाऊँ तँलाई के मतलब ?’ भन्ला । नयाँ नेपालका मान्छे न हुन् । कहिलेसम्मलाई हो ? छोइसक्नु कोही छैनन् । ‘तपाईंले बाजेको सेकुवा खाएर आउनु भा’हो ?’ भनेर सोधूँ भने ‘के भनिस् रे ?’ भनेर बङ्गारा खुस्कने गरी गालामा चड्काउला भत्रे डर । म निकै दोमनमा परेँ । तै त्यही छेउमा झट्ट एउटा पुरानो साथी भेटियो । दस कक्षासम्म सँगै पढेको । संयोगले म पटके एसएलसी, ऊ अन्डर एसएलसी । पाठ्यक्रमका कुरा भए मैले उसलाई सोध्न डराउनु पथ्र्यो । तर मैले सोध्न खोजेको कुरो त्यस्तो थिएन । त्यसैले सोधिहालेँ,— ‘वई, त्यो ‘बाजेको सेकुवा’ भनेर लेखेको ठाउँमा के पाइन्छ हँ ?’

मेरो प्रश्न भुइँमा खस्न नपाउँदै उसले भन्यो,— ‘धत् ग्वाँजे लाटा ! ‘बाजेको सेकुवा’ भनेका ठाउँमा के पाइन्छ ? ‘बाजेको सेकुवा’ पाइन्छ नि ।’ ‘कि तैँले त्यहाँभित्र जेरीस्वारी, पुरीतरकारी पाइन्छ भन्ठान्याछस् ? मूर्ख कहीँको, यस्तो पनि सोध्ने हो ?’ लाटो र सोझो त थिएँ थिएँ, यति सोध्नाले लाटाको अगाडि ‘ग्वाँजे’ विशेषण र मूर्खको थप उपाधि पनि मैलाई आइलाग्यो ।
यसरी तीनतीनवटा उपाधि पाइसकेपछि मेरो त उपाधिमा ‘ह्याट्रिक’ भो भत्रे सम्झेर झन् दङ परेँ । त्यसैले बढी बोल्नेतिर नलागी खरखरती आफ्नो बाटो लागेँ । मनको खसखस न हो, अर्काले हप्काउँदैमा के मेटिन्थ्यो ? मेटिएन । एकदिन ‘बाजे’ को मैले जानेबुझेभन्दा अरु केही बढी अर्थ पनि र’छ कि ? भनेर नेपाली शब्दकोश पल्टाएँ । त्यहाँ पनि मैले जानेभन्दा बढी केही रहेनछ,— ‘आमा वा बाबुका बाबु’, ‘ससुरो’, ‘ब्राह्मणलाई आदर जनाउन प्रयोग गरिने शब्द’ । बस् । सेकुवाको अर्थ हेर्नै परेन जोसुकैलाई थाहा छ ।

म अब झन् रन्थनिन थालेँ । निन्द्रा अनिन्द्रा जतिखेर पनि मेरो मनमा त्यही घुमिरहन थाल्यो । ‘बाजेको सेकुवा !’ ‘बाजेको सेकुवा !!’ तर पछिपछि भएपछि आफैले आफैलाई गाली गर्दै सम्झाउन थालेँ । ‘धत् लाटा ! जरायोदेखि खरायोसम्म, बङ्गुरदेखि सुङ्गुरसम्म, बट्टाईदेखि लट्टाईसम्म पाइने यत्रो शहरमा यसो कतैकतै ‘बाजेको सेकुवा’ पाउनु कुन अनौठो भो र ?’ कुरो अभैm टुङ्गिएको छैन । एकदिन यसो घुम्दै जाँदा संसद्भवन अगाडि उभिन पुगेछु । मुलुकको संविधान बन्दै गरेको नेपाली मात्रको पवित्र भूमि । मनमनै प्रणाम गरेँ । म उभिएछेउबाट अलिक पर एउटा कोठाभित्र भरखरै गधापच्चीसी नाघेजस्ता देखिने दुईचारजना ठिटाठिटीबीच निकै चर्काचर्की बहस भइरहेको देखेँ । सुनेँ,— ‘उही ‘बाजेको सेकुवा’ का कुरा ।’ अनि,— मलाई मात्र होइन, अनौठा कुरा सबैलाई अनौठै लाग्ने रहेछ । म मात्र लाटो भनेको त यी पनि लाटै रहेछन् जस्तो लाग्यो ।
अगाडि केके कुरामा बहस भइसकेको थियो मैले चाल पाइन । भरखर पुगेको मान्छेले अगाडिका कुरा चाल पाउने कुरो पनि भएन । नसुनेका कुरामा जथाभावी अनुमान पनि किन लगाउनू ? तर सुनेका कुरा भने गर्नै पर्छ । चर्काचर्कीमा उपस्थित मध्ये एउटा केटो निकै जोसका लागि औँला ठड्याएर कुर्लँदै भन्दै थियो,— ‘बाजे हो, अब तिम्रा दिन गए ।

अब तिम्रा (बाजेको) सेकुवा मात्र होइन भुटन, छोयला, फ्राई, कचिला, मम सबै बन्छ । पख न मुलुकको नयाँ संविधान त लेखिसकियोस्, अनि चाल पाउँछौ । आज ‘बाजेको सेकुवा’ देख्दा आत्तिनेहरुले भोलि ‘बाजेको भुटन’, ‘बाजेको छोयला’, ‘बाजेको कचिला’, ‘बाजेको मम’, आदिइत्यादि सबै देख्न पाउनेछौ । यतिखेर राज्यका हर्ताकर्ता भएर सत्रतिर नाचिहिँड्दा त स्वेच्छाले सेकुवा बत्र थालेका तिमीहरुको राज्यबिहीन भएपछि के हबिगत होला ? हेर्दै गरन ।कुरो सुन्दा मेरो पनि आङ जुरुङ्ग भयो । अनि, ‘त्यसरी कुर्लिने मान्छे को रहेछ ?’ भनेर खुसुक्क सोधखोज गरेँ । मुलुकको संविधान लेख्ने ठूलो मान्छे त त्यही पो रहेछ ! त्यस्तो ठूलो मान्छेसँग म जस्तो लाटाले भेटेर वादविवाद गर्ने कुरो आउँदैआएन । त्यसमाथि ऊ कोठाभित्र, म बाहिर । नबोलीकन लुखुरलुखुर आफ्नो बाटो लागेँ । तर यति सुनिसकेपछि म एकमनले ढुक्क भने भएँ । कमसेकम सबैका लागि स्वादिष्ट जनप्रिय छोयला– कचिलामा त बिकिने भइयो । त्यसै त खेर जाने भइएन नि ! यो पनि बाजेहरुका लागि फाइदाकै कुरा हो !!!

(स्रोत : अन्तर्जाल )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

1 Response to व्यङ्ग्य निबन्ध : बाजेको सेकुवा

  1. manoj says:

    good

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.