~सजु शिवकोटी~
रिसायौं कि के हो तिमी, बोल्नै छोड्यौं अचेल
हरायौं कि कतै तिमी, आउनै भुल्यौं अचेल
ढुङ्गेनीमा बस्दा खेरी, पछ्यौरीको सप्को तिम्रो
त्यै सप्कोको मेरो माया, अन्त कतै पोख्यौं अचेल
पधेंरीको मीठो पानी, तिम्रै घरको बलेसीमा
त्यै पानीको तिर्खा मेरो, शायद अन्तै मेट्यौं अचेल
गाजले ती तिम्रा आँखा, झनै राम्रा लजाउंदा
त्यै आँखाको नशा मेरो, चोरी कतै लग्यौ अचेल
सम्झनिमा रुझ्दा खेरी, एकान्तको याद तिम्रो
त्यै यादको होस् मेरो, छोडी कतै सर्यौं अचेल
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
