संस्मरण : सम्झनामा एकदिन’

~दीप्स शाह~Deeps Shah

मिति ठ्याक्कै याद भएन,२०६१को जाडो बेला हुनुपर्छ जतिबेला म राइजिङ्ग स्टार राष्ट्रिय साप्ताहिक को सम्पादन गर्थेँ। तत्कालिन राष्ट्रिय क्षयरोग केन्द्र नेपाल तथा ‘सार्क’ क्षयरोगका डाइरेक्टर डा दिर्घसिंह बम को जीवनी लेख्ने तयारी चल्दै थियो मेरो। भर्खरै पत्रकारिता गर्न थालेको ‘म’लाई यो चानचुने कुरो थिएन। तर पनि सानै देखी लेख्न भनेपछी हुरुक्क हुने हुँदा त्यातिबेला मैले उक्त जीवनीलेखन चुनौती र अवशरको रुपमा लिएर सुरुवात गरेँ। यो सुरुवातमा मेरा धर्म-दाजु श्री गमनराज आचार्य(झापा,भद्रपूर) को ठुलो प्रेरणा थियो। उक्त जीवनी लेखाइले मलाई धेरैकुरा नियाल्ने, जान्ने,दुइचार ठाउँ पुग्ने र प्रत्यक्षता प्राप्त गर्ने अवसर समेत दियो ,लाग्न पनि एक बर्ष भन्दा बेसी समय लागेको थियो मलाई उक्त पुस्तकको पूर्ण खाका तयार गर्न। त्यहीशिल्शिलामा डा दिर्घसिंह बम कि जीवनसाथी श्रीमती सलोनी बम ज्यु बाट केही जानकारी लिने हिसाबले उहासङको समय मिलाएको थिएँ अन्तर्वाताको लागि एक कठ्याण्ग्रे बिहानमा उहाको निवास थापाथलीस्थित सुन्दर घरमा। कठ्याण्ग्रे यस हिसाबले कि मलाई याद छ खासा बाट झिकाएको पहेँलो झ्यापुल्ले ज्याकेटको उद्घाटन त्यसै दिन गरेको थिएं। तोकिएको समयमा अफिसकै साथी बिमला रेग्मिलाई लिएर पुगें सलोनी ज्युको दैलो ढक्ढ्क्याउन । अत्यन्तै मिजास र सम्मानका साथ बैठकको नरम सोफामा बसालेर उहाले सत्कार गरिसकेपछी हाम्रो कुराको सुरुवात भयो। टेपरेकर्ड बोकेपनी किनकिन मलाई धेरैजसो अन्तर्वाता लिँदा बुँदागत टिपोट कापिमै गर्न मन पर्थ्यो।

सम्भ्रान्तिय उहाको बिगत देखी डा दिर्घसिंह ज्युको जीवनका कैयन पाटा खोतलिसके पछी एक छिन् अनौपचारिक् वार्ता पनि भ्यायौँ अनी अन्तमा खाजा नास्ताको ब्यबस्था पनि गरियो ,नाइ भन्ने ठाउँ त थिएन नै फेरी त्यसै दिन एक छिन् पछी एउटा न्युज रिपोर्ट गर्ने समय मिलाइसकेको हुंदा त्यही खाजालाई दिउसोको खाना बनाएर लाग्नु ठीक लागेकोले स्विकार गरियो। खाजा आइपुग्यो ब्रेड चिया अनी खोइ के थियो अरु तर साथमा अम्लेट थियो सलोनी जीको अनुसार ‘हाल्फ अम्लेट’ याने कि अण्डाको रानो चाँहीँ नपाकेको अवस्थाको। मलाई खासमा अझै पनि त्यस्तो अम्लेट को नाम के हो थाहा छैन। मैले भनु पर्दा रानो नपाकेको अम्लेट । हतारै गर्नुपर्ने गरी भोकाएकी पनि थिइन न त डा बम ज्युको आरामदायी बैठकमा त्यती थर्थरी काँप्नेगरी जाडो नै थियो। (सरल सामान्य अझै निर्धन जीवन बाँच्दै भर्खर भर्खर सपनाका मोती खोज्दै शहर पुगेको ‘म’लाई कतिपय शहरीया खान्किको नाम पनि थाहा थिएन। भनौ भने खाने तौरतरिका पनि आउँदैनथ्यो। बिस्तारै अक्कलको नक्कल र नक्कलको अक्कल पालोपालो गर्दै शहरमा पाइला टेक्तै थिएँ। ठाउँहेरी जानेसुनेको बानी परेको झैँ अभ्यस्त देखिन खोज्थेँ । मलाई लाग्छ यो आम ग्रामीण प्राणिलाई सुरुवातिका शहरीया जीवनमा पर्ने असर होला।) कसो कसो मिलाउदामिलाउदै अम्लेटको प्लेट कोल्टेर त्यो बजिया अण्डाको नपाकेको रानो त स्वाल्यात्त ओइरियो मेरो खासाली भुवादार ज्याकेटमाथि! कती माथि रहरले किनेर उसैदिन मात्र उद्घाटन गरेको ज्याकेट, उसमाथि त्यतै बाट सोझै अर्को कार्यक्रममा जानुछ उही लुगामा। अझै त्यो भन्दा चर्को कुरो त कत्ती न प्रोफेसनल बनेर त्यत्रो अन्तर्वाता लिन जान्ने ले एउटा प्लेट समात्न नसकेको हो कि अम्लेट खान नजानेको हो!! यो सामान्य कुरो हुंदाहुंदै पनि म भित्रको उरन्ठ्यौलोपन हुत्तेर यसरी आयो कि जती अगी अम्लेट पोखिँदा शरम भएको थिएन त्यो भन्दा बेसी अहिले थाम्नैनसक्ने हाँसोको फोहराले पारीदियो। हरे मेरो आलोकाचो बुद्दी!! रोक्न खोज्छु मरे रोकिन्न त हाँसो । श्रीमती बम ज्युले दिनुभएको टिस्यु पेपरले ज्याकेट सफा गरेर खाजा भ्याइसकेपछी बाटो लाग्यौँ हतार हतार बिदा मागेर। अनावश्यक शरमले यती गाह्रो भयो ,,हिँड्ने बेला कतिखेर त्यहा बाट उम्केर पेट्भरी हाँसुला जस्तो भएर हतार हतार गरी निस्क्यौँ र थापाथली चोकमा पुगेर आन्द्रा चुँडेला जसरी हाँस्यौँ।

त्यसको लगत्तै सार्क राष्ट्रका क्षयरोग केन्द्रका डाइरेक्टरहरुको सम्मेलन थियो होटल हिमालयन्,कुपोन्डोलमा। एकातिर स-सानै भएपनी साप्ताहिक पत्रीकाको सम्पादक अर्कातिर उहाकै जीवनी लेख्दै गरेको हुनाले पनि डा बम ज्युले उक्त सम्मेलनमा पत्रकारको हैसियतले मलाई निम्त्याउनुभएको थियो।

त्यती ताम्झामको होटल पहिले कहिल्यै नजिकबाट देखेको त थिएन भने भित्रै पस्न पाउनु त परको कुरो। सानोमा गाउंमा हुँदा अरुले ‘तारे होटल’ को कुरा गर्दा भित्तो भरी झिल्मिल तारा टल्किने होला भन्ने लाग्थ्यो। आफ्नै त्यो परिभाषा बदलिएर अहिले सर्बसुबिधा सुसम्पन्न होटल भनेर सम्म बुझिएको अवस्थामा त्यसदिनको काकताली भनुभने भिरकै चिण्डो भयो। डा साहेबले होटलको रिसेप्सनमा भन्नुभाको रहेछ कोही ‘राइजिङ्ग स्टार’ बाट आउनुभयो भने माथि पठाइदिनु भनेर। भित्र प्रबेश गर्नासाथ् बडो नम्रतापूर्बक हामीलाई सोधपुछ गरी एकजना भलाद्मिले लिफ्ट सम्म पुर्याइदिए। तर त्यहाँ भएका जतिले अनौठो गरी हामीलाई नियालेको भने मैले अड्कल गरेको थिएँ। जतिनै मेहनत गरेर सकेसम्म गतिलो पर्सानालिटी बनाउन खोजेपनी हाम्रो लवाइमा एक्खालको संक्रमित अवस्था प्रस्ट झल्किरहेकै थियो । (गाउँले तरिकाले नछोडिसकेको र शहरीया तरिकाले पूर्ण स्वागत गरिनसकेको उक्त संक्रमित लवाइ बोलाई मा बिशिष्ट ठाउँमा पुग्दा प्राय:निकैको आँखाले घुरेको म महसुस गर्थेँ त्यहा पनि त्यस्तै भयो। )

तर जे भएपनी म डा. सा’ब बाटै बोलाइएको पत्रकार न परेँ। अनी ति भलाद्मीले लिफ्ट भित्र पुर्याएर बन्द गरेर फर्किए । र फर्किने बेला “माथि थर्ड फ्लोर को ग्रीन हलमा जानुस् है!” पनि भने। आक्कल्झुक्कल बिशालबजारको सुरुरुरुरुरु माथि जाने भर्र्याङ्ग जस्तो लिफ्ट मात्रै देखेको यो आँखाले पहिले त अचम्मै मान्यो । पहिलोपटक सानो चिटिक्क परेको,भित्तामा ऐना राखेको लिफ्टमा रहँदा ‘एस्तो पनि कस्तो लिफ्ट हो?” भन्ने लागेर म र साथी अचम्ममा पर्यौँ। त्यसपछी फसाद पर्‍यो! अब कताजाने?? लिफ्ट हल्चल नै गर्दैन ! माथि जानलाई स्विच थिच्नुपर्ने पनि थाहा भएन ,त्यो भन्दा पहिला कहिल्यै देखेको भएपो! के गर्ने नगरने सुद्दी नआएर एक्छिन त असिनपसिन भयौँ। न बाहिर जान सक्नु न माथि जान सक्नु, अनी त जे पर्लपर्ला भनेर ३ लेखेको बटन दबाएको त स्वाट्टै गयो माथि तर कसरी ढोका खोल्नु भनेर सोच्दासोच्दै माथि पुगेर आँफैँ ह्वाङ्गै ढोका खुलेपछी निधारमा टिल्पिलाउन खोजेको पसिना आँफै ओभाउन थाल्यो। एसो अगाडि हेरेको भित्तामा ग्रीन हल तिरको सिग्नल रहेछ अनी त्यतै हानियौँ।

भित्रपुग्दा त सार्कका प्रतिनिधि र अरु दुई जनामात्र रहेछन छलफलमा। कार्यक्रमको जानकारी फ्याक्स्बाटै सम्बन्धित मेडियामा पठाइने हुँदा अरु पत्रकार कोही निम्त्याइएको रहेनछ। डा बमको जीवनी लेख्नेक्रममा निक्कै आवतजावत,फोनवार्ता,भेट्घाट भैरहेको हुंदा डा बम ज्यु मलाई आफ्नो कोही अभिभाबक झैँ लाग्थ्यो र उहाले मलाई पनि आफ्नी छोरी दीलाशा जस्तै छिन् भन्ने गर्नुहुन्थ्यो, जो मलाई पत्रकार कम आफन्त बेसिको व्यबहार गर्नुहुन्थ्यो शायद यसैले पनि होला उहाले ति सार्क प्रतिनिधिहरु सँग मेरो परिचय गराउने हेतुले पनि त्यहा निम्त्याउनुभएको थियो तर अहिले म ति कसैको नाम समेत सम्झन्न । ठुलो भब्य ‘ग्रीन हल’ मा पस्दा पहिले त विश्वाशै लागेन त्यस्तो भब्य कोठा कुनै नेपालीकै उपभोगको लागि हुँदोरहेछ भन्ने। नाम नै ‘ग्रीन हल’ भएकोले हल पुरापुर हरियो थियो। अझै भुइँमा सांच्चैको लाग्ने हरियो लहलहाउँदो दुबोमा हाम्रा धुलोमा रङ्गिएका जुत्ता छोपिँदा गाउँमा बिहेको समयमा माला बनाउने दुबो खोज्दाको क्षण याद आइदियो।

भित्र पस्नासाथ भर्खरै अर्कै ग्रहबाट टप्किएका प्राणीजस्ता हामी दुइलाई देखेर ‘सार्क प्रतिनिधि’ हरु पनि अचम्मित् भए हुनन् ,तर बडो शिष्टता पूर्वक सबैले एक्साथ उठेर स्वागत अभिबादन गर्दा त्यो सम्मान पचाउने हैसियत आफु भित्र खोज्दै मेरा दुबै कान रिनिक्क ताता भए तर भाग्यबस्: कसैले देखेन ,एकप्रकारले ढुक्क भएँ। हामीलाई लगेर एउटा सोफामा बसाइयो र सँगै परिचय पनि। परिचयको क्रममा सामान्य कुराकानीमा जती नम्रता, शिष्टता र इज्जत पाइयो त्यहाँ ति बुद्दिजिविबाट ,उसबखत मैले शिक्षा र मेहनतको महत्व निक्कै टड्कारो महसुस गरेँ । हाम्रो परीवेसका बाबजुद एउटा पत्रकार भएर त्यती गहकिलो समयमा उपस्थित हुनु आँफैमा मलाई गर्व लाग्यो र ति सबैले अत्यन्त सम्मान गरे जुन मैले होइन मेरो मेहनत थिएन।
त्यसपछी उनिहरुको छलफल सुचारु भयो। बडेमानको भित्तामा जडान गरिएको स्क्रीनमा पर बाट रिमोट्कन्ट्रोलको मद्दतले औँल्याउदै जानकारी प्रस्तुत गरेको देख्दा स-सानो सिनेमा हल नै पो जस्तो लाग्यो। तिनै अचम्म,र असमयन्जस्यताका बिच करिब एक घण्टा बितेछ अनी अर्को अचम्म के भने ति सबै प्रतिनिधिहरु छलफलको क्रममा यती मसिनो गरी बोल्ने कि,,,कतिपय शब्द मैले सुन्नै सक्दिनथेँ ।

बिस्तारै कार्यक्रमले समयको पुछार ताकेको संकेत मिल्न थालेपछि भने म झस्किएँ नराम्रो सङ्ग। मलाई थाहा थियो अवस्य कार्यक्रमको अन्तमा खाजापानिको ब्यबस्था यहाँ पनि होला, अब यती महत्वको अन्तरराष्ट्रिय छलफलको उपलक्ष्यमा /

deepssanu@gmail.com

(स्रोत : Sahityasangalo.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.