~सरस्वती शर्मा ‘जिज्ञासु’~
समयसापेक्ष भनौँ या उमेरको फक्राइले ठूल्ठूला हस्ती हुन् वा स-साना कलिला उमेरका युवकको मस्तिष्कलाई प्रेमाकर्षाले अनायासै कति सताइदिन्छ भन्ने कुरा सायद शरदबाबु र रमा दुवैजनालाई थाहा नै थिएन । शरदबाबु सहरिया भएकोले दर्बार हाईस्कूल पढेर एस्.एल्.सी. बोर्डमा उच्च दसमध्येमा परेको हुनाले र रमाले पनि बालखैदेखि पोखराको राम्रो बोर्डिङ्ग स्कूलमा पढेर एस्.एल्.सी. बोर्डमा पाँचौ स्थान प्राप्त गरकी हुनाले दुवैले इञ्जिनियरिङ्ग क्याम्पस पुलचोकमा पढने मौका पाएका थिए । रमा पहाडिया केटी भए पनि चट्ट मिलेको शरीर, गोलो र हँसिलो अनुहार, नहाँसी नबोल्ने साह्रै राम्री थिइन् । समयले ती दुवैलाई एकैदिन एकैसमयमा उच्चशिक्षा हासिल गर्न भर्नाको लागि क्याम्पसमा र्फम भर्न ल्याइपुर्याए । दुवैले दुवैको अनुहारमा एकटक हेरिरहे मानौँ ती दुइ पूर्वपरिचित थिए, तर क्याम्पस हाताभित्र उनीहरूले आवाज मिसाउन सकेनन्, केवल कल्पनामात्र गर्न सुरु गरे ।
यसरी अनायासै उनीहरूले क्याम्पस प्रवेशको पहिलो दिनमा नै यस्तो अनुभूतिको सामना गर्नुपर्यो । यसपछिका दिनहरूमा भेट हुँदा र समीपमा जोडिएर उठ्दाबस्दाको समयमा एकले अर्काको अङ्गमा परस्पर हुने सर्ंर्सगले त झन् दुवैको ज्यानमा अनौठो झन्झनाहट करेन्ट नै पैदा हुन्थ्यो । तर दुवैलाई केही लाज लागेको कारण एकअर्काले कुरा खोल्न चाहँदैनथे । अझ शारीरिक र्घष्ाणको अनुभूति अभ्यास गर्ने तिर्खामा निर्लिप्त हुन थाले । बिस्तारैबिस्तारै दुवैजनाले लाजलाई पचाउँदै एकआपसमा परिचय गर्ने अठोट गरेर आन्तरिक भनौँ या आत्मीय मायाको सुरुवात गर्दै गए । सुरुसुरुमा दुवैले आ-आफ्ना विगतलाई यौन कथा बनाएर एकले अर्कालाई सुनाउन थाले । यसरी उनीहरूको एकआपसीय भलाकुसारीको सुरुवात भयो । मानवीय बागमा ती दुवैजनाको कोपिला फक्रिसकेको हुनाले दुवैजना आपसमा फूलका सुगन्धित वासनामा लिप्त हुन चाहन्थे । त्यसैले गर्दा रमाले भन्दा पहिला शरदबाबुले वासना विचलित हुँदै प्रस्ताव अगाडि बढायो । रमाले पनि समयले कामवासनाको माग गरिसकेको हुनाले मौनस्वीकृति जनाइन् । यसरी धेरै कुराकानी गरेपछि भोलि भेट्ने वाचा गर्दै दुवै छुट्टिएर आ-आफ्ना बासस्थानतिर लागे ।
जतिसुकै हाँसेर छुट्टिए पनि मन भने रमा र शरदबाबु दुवैको साह्रै भारी भएको थियो । तिनै कुराहरूले दिमागमा उथल-पुथल मच्चाउन थाल्यो । शरदबाबुलाई बाटाभरि पनि रमाको सामीप्यता साथै रहेको भान हुन्थ्यो । यसरी अघिपछिभन्दा अलि ढिलो घरमा पुग्यो र पलङमा पल्ट्यो अनि सोच्न थाल्यो रमासितको सम्वाद । अनि टोलाउँछ र निदाउँछ । उसको सपनामा रमा पनि हाँस्दै आइपुग्छे र उसको नजिकै गएर बस्छे । अनि मुस्कुराउँदै भन्छे – शरदबाबु म तिमीसित धेरै लामो कुराकानीहरू गर्न चाहन्छु … । कतिखेर कतिखेर रमाको हात आफ्नो शरीरमा र्स्पर्श भएको अनुभव हुन्छ शरदबाबुलाई र ऊ तकिया -सिरानी) लाई न्यानो अँगालोमा रमाको अनुपूरित अनुभूतिहरूको साधन बन्न पुग्छ । र बर्बराउन थाल्छ – हाय मेरी प्या…री ! मलाई के तिमी माया गर्न सक्दिनौ र … – मैले तिमीलाई ठाडै भन्न पो सकिन त, तर म तिमीलाई भेटेदेखि नै असाध्यै माया गर्छर्ुु मेरो आँखा र चालबाट पनि त तिमीले जान्नु पर्ने हो नि, हैन र – रमा … । यसरी सपनामा रम्दारम्दै आमाचैले शरदबाबु खाना तयार भयो भनेको आवाजले निन्द्रा खुल्यो र शरदको स्वप्नमहल भताभुङ्ग भयो । ऊ कसैलाई केही भन्न सक्दैन, हल्का झोक्राएको देखेर उसको ममतामयी आमाको मनले धरै दिएन र सोध्न थालिन् – शरदबाबु के तँलाई सञ्चो छैन – एकछिन ऊ केही बोल्न सक्दैन । आमाले फेरि सोध्दै भन्न थालिन् – हैन के हो – सञ्चो नभए मलाई सञ्चो छैन, यस्तो भा’छ भनेर भन्नुपर्छ, नत्र किन झोक्राएको हो – ऊ झल्यास्स भएर भन्नथाल्यो – हैन के मम्मी मलाई केही पनि भा’छैन … । सबैजना खानपिन गरेर सुत्न गए । ऊ पनि पलङमा गएर पल्टिन्छ तर उसलाई खाना खानु अगाडि सम्झनाले सताउँछ र विभिन्न कल्पनामा रम्न थाल्छ, जसले गर्दा ऊ निदाउनै सक्दैन ।
उता रमा पनि शरदबाबुसित छुट्टिएर धेरै तर्कवितर्कहरूको सँगालो बनाउँदै सरासर डेरामा पुग्छिन् । उनको बाबाको अफिस अलि टाढा थियो, त्यसदिन ँनेपाल बन्द’ ले गर्दा सिटीबस, टेम्पो केही पनि सवारी साधन नचलेर पैदल आउँदा ढिला भएकोले कोठामा पुगेका थिएनन् । रमाको आमा पनि भान्साको काममा व्यस्त थिइन्, त्यसैले आफ्नो कोठामा उनी एक्लै थिईन् । उनलाई शरदबाबुले आँखा गाडेर हेरेको याद आयो र झोक्राउन थालिन् । हुन पनि शरदबाबु अति राम्रो, सुन्दर मिलेको शरीर, सेतो र्सटमा कालो पैन्ट अनि घाँटीमा रातो फूलबुट्टे र्टाई हर्ेर्दैमा खाईलाग्दो र लोभलाग्दो थियो । त्यसैले रमालाई घरिघरी उसैको सम्झनाले मात्र सताउथ्यो । उनी कसैलाई केही पनि नभनेर एक्लै बसी घोसेमुन्टो लाएर सोच्दै थिइन् । बाबा पनि आइपुगेको रमाले पत्तै पाइनन् । यत्तिकैमा उनको आमाले – लौ बाबा-छोरी नै भान्छा गर्न आउन पर्यो भनेर बोलाउँदा रमा झसङ्ग भएर झस्किन पुगिन् अनि हातले मुख पुछेजस्तो गर्दै भान्सातिर गएर खाना खान लागिन् । भान्सामा जे पकाए पनि साह्रै मीठो मानेर खाने रमालाई आज दाल, तरकारी, अचार केहीको पनि स्वादै थाहा भएन र खाना पनि मीठो लागेन । बलजफ्ती अलिकति भात खाएर उठिन् । छोरीले खाना नखाएको देखेर आमाचैले सोधिन् – किन खाना पेटभरी खाईनौ छोरी – के तिमीलाई सञ्चो छैन – रमाले अलि ढाँटेर भनिन् – अँ मम्मी ! मलाई त्यस्तो त हैन अलिअलि टाउको दुखेको छ … । त्यसैले हो मम्मी म आज धन्दा पनि गर्दिन हजुरले नै गर्नुहोस्, म आराम गर्छर्ुुन्दै आफ्नो कोठातिर लागिन् ।
कठै निन्द्रा पो के लाग्नु थियो र – पलङमा पनि सबै ओछयानले कता-कता काउकुती लगाएको अनुभव हुन थाल्यो । तकियालाई जाङ्मा राखेर शरदबाबुको सम्झनामा रम्दारम्दै आँखा लागेछ, उनलाई थाहै भएन । बिस्तारै लागेको मस्त निन्द्राले शरदबाबुलाई उनको काखमा ल्याइदियो । दुवैजना एकैसाथ बसेर कता-कता जिस्किएको, चलेको अनुभव हुनथाल्यो । कतिखेर-कतिखेर दुवैको अधरहरू एकआपसमा जोडिन पुगे, नयनहरू आफैँ रसाएर एकआपसमा विलय भएको आभास गर्न थाले । शरदबाबुको हात पनि रमाको स्वास्नी मान्छेमा र रमाको हात पनि शरदबाबुको लोग्ने मान्छेमा पुगेकोझैँ लाग्न थाल्यो । उनका निन्द्रामय संसारको सफर गरिरहेको शरीर एकाएक सबै नशा-नशामा वायुवेगमा रक्तसञ्चार भएकोजस्तो हुँदाहुँदै रमाले शरदबाबुलाई आफूभित्र अनारीमा प्रवेश गरेको देखिन् । यै उन्माद र उत्तेजना लाग्दालाग्दै कता-कता शरदबाबुले गालामा चुम्बन गर्दै दुवै हातले भर्खरको कलशमा जोडले अँठयाएको स्वप्नील पीडाले ऐया, नाई-नाई … भनेर उनी च्याँठिइन् । छोरीले यस्तो भनेको आवाज बाहिर सुनेर आमाले – के भयो छोरी – भन्दै बोलाइन् – रमा … रमा ू अनि रमा पनि त्यो आवाजले ब्युँझिन पुगिन् र यता-उता हेरिन कतै कसैलाई देखिनन् । अनि अचम्म मान्दै बाहिर आएर आमालाई भनिन् – आमा मलाई केही भा’को छैन सुत्नुहोस् । यति भनेर उनी ट्वाइलेटमा गएर आफ्नो स्वास्नीमान्छेमा हेरिन सबै लपक्कै भिजेको देखेर उनी आफैँ छक्क परिन् … अनि हातले छामिन चिप्लो लाग्यो झन् दङ्ग परिन् । आच्या ! यो कस्तो चिप्लो … । फेरि आएर पलङ्मा पल्टिदै सोच्न थालिन् – शरदबाबुले आफू टाढा बसेर पनि कसरी भिजाइदियो … भन्दै पुनः शरदबाबुसँगको सामीप्यता पाउन खोजिन् तर सम्भव भएन । उनको त्यो रात कल्पनै-कल्पनामा डुबिरहयो- डुबिरहयो ।
बडागाउँ, कुश्मा, पर्वत ।
पल्लव साहित्यिक पत्रिका–१२, औँ अङ्कबाट साभार गरिएको हो ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)