~भुपेन्द्र महत~
भय लाग्छ अचेल, देश हराको सुन्न पर्छ कि!
दौरा सुराल बिर्सी, धोती कुर्ता पो उन्न पर्छ कि!
ईतिहासको ब्याज सकियो, बर्तमान धितोमा छ
पराधिन भै कतै, स्वाभिमानै थुन्न पर्छ कि!
चन्द्र सुर्य लाजले झुक्यो गोर्खे खुकुरी भुत्ते छ
धुजा भो साँध सिमाना, सबै मिली तुन्न पर्छ कि!
माटो कस्ले चिन्यो र यहाँ, इमान बेच्ने गाउँमा
चोरलाइ चौतारी धेरै भो, शूली चुन्न पर्छ कि!
भुपेन्द्र महत
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.