~रेम राना~
प्यारी बहिनी रिना,
तिमीमाथि आज ठूलो बज्रपात भएको छ। तिमी आज २०/ २२ वर्षको उमेरमा विधवा भएकी छौ। सायद यो पीडा जापानको भूकम्पभन्दा कम पीडादायी छैन। कलकलाउँदो खाउँखाउँ लाउँलाउँ जस्तो उमेरमा साथीसँग हाँसो ठट्टा र र” रसित गदै हिंड्ने बेलामा जीवन साथीसँग न्यानो मायाहरू साटासाट गर्दै हाँसो र आँसु दुःख र सुख बाँडेर जीवनका रथलाई आन्नदमयी ढ”ूले अगाडि बढाउने बेलामा तिमी एक्लो भएकीछ्यौ। त्यस्तो हुँदा तिम्रो कलिलो मनमा कस्तो पीडा भयो होला सोच्नै नसकिने स्थितिको सृजना भएको छ। कलिलो टुसाउँदै गरेको मुनालाई माथिबाट छपनीले थिच्दा त्यो मुनाका के गति होला? सायद अचानोको मर्म खुकुरीले बु137दैन भन्छन् त्यही बज्रपात तिमीले बेहोरेकी छौ।
भेनासँग दिदीको विवाह हुँदा एउटा सानो चिचिला छोडेर अल्पायुमै दिदीले यो संसारबाट विदा लिएको घटनापनि बिर्सी नसक्नु थियो। त्यही सानो चिचिलालाई न्यानो काख दिन बुवाले तिमीलाई सानै उमेरमा त्यही घरमा डोली चढाउने निर्णय गरेका थिए। तर त्यो निर्णय तिमीलाई पाच्य थियो या थिएन यो दाजुलाई थाह भएन सायद बुबाको बोली काट्न नसकेर दिदीले छोडेर गएको सानो चिचिला कोसेली सम्हाल्न भित्री ह्दय नखुलेको भए पनि बाबाको निर्णयलाई शिरोधार्य गरेकी थियौ। जे भए पनि तिम्रो जिवनको रथ अगाडि बढेकै थियो। पारिवारीक सुखको लागि जीवन साथीलाई ४ महिनाको सम्झना कोखमा राखेर सात समुन्द्र पारी तिमीले पठाएकी थियौ। कयौ वर्ष विदेशी भूमिमा तिम्रो श्रीमान्ले दिन कटाए। वषौ वर्षको कमाई विदेशी र नेपाली दलालहरूले सिनो लुछे झै लुछे। त्यही पनि त्यो लामो विछोडको पीडा वर्षौ वर्ष खपेर बस्यँै। तिम्रो ह्दयमा पहाडको रसाउँदो सितलता कहीलै भएन, जहिले पनि उजाड मरूभूमी जस्तै बन्यो।
तिम्रो कोखको सन्तान जन्मेर पाचँ वर्ष पुग्दा तिम्रो जीवनसाथी घर फर्के, तर दुःखको कुरा तिम्रो श्रीमान् किट्नीको रोग संगसंगै लिएर फर्किए। उपचारको लागि हस्पिटलको गेट र डक्टरको कोठा कोठामा चहार्यौ पीडा उस्तै बाँकी रहयो। पिडा पनि कति तिमीमाथि नै बजि्ररहेको घ् तर तिमी अचानो बनिरहयौ, तिम्रो ह्दय छियाछिया भइ रहयो, सन्तोषको सास फेर्न तिमीले कहिल्यै पाइनौ। घरमा बिरामी भएपछि परिवारको सम्पूर्ण खुसी हराएर गयो र राम्रो घरायासी वातावरण पनि सृजना हुन सकेन। तिम्रो जीवनसाथी कहिले एक्लै प्रति73ँालयमा गएर टोल्हाइरहन्थे कहिले घर आगंन पिडीमा। कसैसँग बोल्न रस रंगनै थिएन उनमा। केवल सोधेका उत्तर मात्र दिन्थे। भित्र पिडा खपेर बाहिर केही भएको छैन भन्थे। त्यही पनि तिमी देश विदेश माइतीहरूको सहारा लिएर श्रीमानको बचाउको लागी सहयोगका हातहरू बढायौ। देश विदेशका सबै जाति समुदाय छरछिमेकी इस्टमित्र सबैले भरपुर सहयोग पनि गरे। तर तिमीले जीवनसाथीलाई पैसाको बलमा बचाउन सकिनौ। २०६७ फाल्गुन ३० गतेका दिन तिम्रो जिन्दगीको अत्यन्तै दुःखद दर्दनाक दिन आइपुग्यो। २ बजे तिर रोग क्षीण भएको जिउ अचानक आँगनमै ढल्यो।
तिमी के गर्ने र कसो गर्ने मेसो पाईनौ छट्पटि्यो छरछिमेकीहरू हारगुहार गदै छिमेकी डाक्टर र एम्बुलेन्स बोलाए। ढलेको शरीरसँगै आशाको त्यान्द्रो बोकेर मेरो बहिनी तिमी आँशुको धारासँगै हस्याङ् फस्याङ् गर्दै गाडीमा चढ्यौ। अनि एम्बुलेन्सको हर्न सँगै पलपलमा श्रीमान्को जीवनको भीख माग्दै एम्बुलेन्स गाडीको गति भन्दा सयौं गुणा मनका तर”ूलाई दौडाउँदै तिमी भैरहवा हस्पिटल र डाक्टरको शरणमा पुग्यौ। तर ०६८ को बसन्तको आगमनसँगै वन जङ्गलमा नयाँ पालुवा लाइरहेको बेला कोईली चरी रमाइरहेको बेला फुल फुल्न थालेको हँागा भाँचेर मेरो बहिनीलाई एक्लै छाडी उडेछन्। यो संसारबाट दुर क्षितिजमा कहिलै नफर्कने गरी निस्ठुरी भई बैसालु बहिनीलाई मौनरूपी बाई बाई र टाटा गदै। बहिनी घ् तिमीले ह्दयभरी गुम्सिएको भावना पोख्न पाईनौ। उनका इच्छा र आकांक्षा सुन्न पाईनौ। तिम्रो आँशुको वर्षासँगै आफन्तहरूको पनि आँशुका वर्षा छुटे । बैसालुजोडीहरूको विछोड कति दर्दनाक र पीडादायी हुँदो रहेछ? मर्द भन्ने मैले समेत आँशु झार्दिन भनेर मन बँाधे तर खप्न सकिन। गहभरी आँशु छचल्किए तिम्रो चित्कार गाउँभरी फिजियो। गाउँ घर बादलले ढाके झै अँध्यारो भयो। कुनै अपराधीले श्रीमान् छिने जस्तो कुनै गुन्डा दलले गाउँ पसी तान्डवनृत्य नाचे जस्तो कयौको लाश गाउँ भरिनै छरिए जस्तो तिम्रो रोदन र चित्कारले पूरै गाउँ स्तब्ध भयो। तिमी विन्ती गरिरहेकी थियौ ”ए आमा उठाइदिनुस् मलाई कुरा गर्न मन लाछ। ए बाबा उठाइदिनुुस्, मलाई बोल्न मन लाछ। मुख नछोपिदेउ मलाई देख्न मन लाछ।” तिम्रो रोदनमा अँधेरी रातका ताराहरूले आशु झारिरहेका थिए। अँधेरी रातका सिरसिरे हावाले तिम्रो रोदनलाई साथ दिंदै गुनगुनाइरहेका थिए। कालो बादलभित्रको चन्द्रमा टोल्हाइ रहे जस्तो लाग्थ्यो। दाउन्नेको डाँडाले शीर झुकाए जस्तो लाग्थ्यो। तराईका सुख्खा खोल्साखोल्सी र घोलाहरू रसाए झै लाग्थ्यो। तिम्रो चित्कार सुन्दासुन्दा सान्त्वनाको लागि नेपाली धर्तीले धैर्यताको सन्देश दिए झै लाग्थ्यो। “ए चेली तिमी धेरै आँशु नबगाऊ रोएर मात्र समस्याको सामाधान हुने छैन। किनभने संसारको रितनै यस्तै छ। हँासो, आँशु, मिलन र बिछोड जीवन र मृत्यु जीवनका दुई किनारा हुन् एउटा किनारा र अर्को किनारा एक अर्काको अस्तित्वका पुरक हुन्। भूत र वर्तमानलाई मात्र हेरेर आँशु नबगाऊ। अँधेरी रातपछि भोलि हुने बिहानीको प्रतिक्षा गर। औंशीको कालो रातपछि पूर्वमा आगमन हुने चन्द्रमालाई हेर। तिम्रा दुई चिचिलाहरू भविष्यका उदाउने चन्द्र र सूर्य तथा जीवनका आशाहरू हुन्।” यो धर्तीको उदघोष तिम्रो दाजु तथा सम्पूर्ण माई्तीहरूको उदघोष पनि हो। बहिनी तिमी आँशु पुछ, निर्भिक हौ। साहस बटुल किनभने तिमी कमजोर छैनौ। आफूलाई बेसाहारा नसम्झ, संसारमा यस्ता दर्दनाक घटनहरू पनि छन्, जहाँ सम्पूर्ण गाउँ परिवारहरू गुमाएर एक्लै बाँच्न परेको छ। हजारौं लाशहरू देख्नुपरेको छ तैपनि बाँच्नेहरू त्यो दृष्य हेरेर पनि बाँच्न विवश भएका छन्। श्रम र सीपमा हिम्मत र सहास बटुलेर बाँच्नु परेको छ। के तिमी बाँच्न सक्दिनौ? बरू तिमी आँशुलाई शक्तिमा बदल। यस्तो तिमीमाथि दर्दनक घटना घट्नुमा तिमी, तिम्रो घरपरिवार, माईतीहरू दोषी छैनन्। पहिलो कुरा मृत्यु प्रकृतिको नै खेल हो। दोस्रो सिंगो देशको राज्य र कानुन पनि जोडिएका छ संसारभरीका शोषकहरूको राज्य र नियम कानुन पनि नै देशमा रोजगार नपाएर विदेश धाउनुपर्ने स्थितिको सृजना कसरी जोडिएको छ। इमानदार, सोझा परिश्रमी मान्छेहरू जहाँ गए पनि कति लुटिन्छन् कति बेलैमाथि दीर्घरोगी हुन पुग्छन्। तिमी हामीले यसको उत्तर खोज्नु पर्छ बैनी। आज देश विदेश जहाँ पनि शोषकहरूको राज्य छ। उनीहरूकै सम्पत्ति रक्षाका लागि नियम र कानुन बनेका छन्। जान वा अन्जानमा बाघको पछाडि बाख्र्राको पाठो आमा सम्झेर पछिपछि लागेर देशका हामी गरिबहरू पनि हामीलाई लुट्ने राज्य र कानुनको पछि लागिरहेका छौ। अन्जानमा शोषकहरूको राज्यलाई नै वर्गहीतको विरूद्ध बन्चरो हानिरहेका छौं। लाखौ चेलीहरूलाई विधुवा साथै लाखांै लाख नावालका छोरा छोरी तथा वृद्ध बुबा आमाहरूलाई वेसहारा र टुहुरा बनाउने आजका शोषक वर्गीय राज्य र कानुन हुन्। बहिनी तिमी यो विषयमा आँखा खोल्नुपर्छ बाध्यता र विवशताहरू हाम्रा गरिबीका रूपहरू हुन् बहिनी रिना। हामी गरिबहरूलाई कुनै पनि शोषकहरूको राज्यले गोलीको भाषा बोल्न पर्दैन। केवल गरिबी, बेरोजगार, महँगाई भोकमरीको अवस्था सृजना गरे पुग्छ। त्यही नै हाम्रो रोगको जग हो। अल्पायुमै मर्नु पर्ने बाध्यता पनि हो। यो कुरा तिम्रा सबै माईतीहरूले नबु137न पनि सक्छन् तिम्रो विपत्तिलाई सामान्य रूपमा लिन पनि सक्छन्। तर बहिनी रीना तिम्रो घटनाप्रति म अत्यन्तै गम्भीर भएको छु र स्तव्ध पनि भएको छु। म भित्रभित्र गुइठाको आगो जस्तै जलिरहेको छु। गरिबी, अशिक्षा, शोषण अहिलेका समाजका राज्यब्यवस्थाका उपहारहरू हुन्। बहिनी रिना तिम्रो जीवनसाथीको अल्पायुमै ज्यान गुम्न पुगेको छ। पुर्ण आयु बाँच्न पाएको भए तिमी र तिम्रो परिवारको भविष्यको लागि कति काम गर्न सक्थे होलान्। समाज र देशको लागि कति योगदान पूर्याउथे होलान्। तर बहिनी तिम्रो काखबाट तिम्रो श्रीमान् मात्र गुमेको छैनन्, हामीले पनि एकजना कर्मठ खेलाडी, समाजसेवी, इमान्दार नागरिक गुमाएका छौ।
अन्तमा बहिनी रीनालाई म दाजुका तर्फदेखि के सन्देश दिन चाहन्छु भने तिमी सधै सत्यको पक्षमा लाग, सत्य त्यही छ, जो निस्वार्थी भएर काम गरेर खाने इमान्दर सोझा गरिबहरू चाहे जुन सुकै जातिका हुन्, शोषकवर्गको राज्य र कानुनको विरूद्धमा लडिरहेका छन्। उनीहरू नै सत्यका पक्षपाती हुन्। सत्य तितो हुन्छ, तर सत्यको जीत हुन्छ। त्यही सत्यको पक्षमा उभिने कोशिस गर। त्यही यात्रामा नै तिमी जस्ता लाखौं लाख विधवाहरूको आँशु पुछिने छ। समिर र राकेश जस्ता लाखौं बेसाहारा छोराछोरीहरूको भविष्यका किरणहरू उदाउने छन्। यही अन्तिम सन्देश बहिनीलाई सुम्पदै हामी सबैलाई आल्पायुमै यो धर्तीबाट बिदा हुने तारन गाहामगरप्रति हामी सबै बाँच्नेहरूको भावपूर्ण श्रद्धाञ्जली तथा अलविदा तारनगाहा मगर ज्यु।
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक १८ – २०६७ चैत्र ०९ गते, बुधबार)