भोट मात्रै तपाईँको हो, नोट मेरै कमाई हो !
दिएर मात्र एउटा भोट, कत्रो आस गराइ यो ?
शिक्षा, स्वास्थ्य, सडक, बत्ती चाहिएको छ कतिकति !
जाबो एक भोटको बद्ला कहाँ पाइन्छ खोजे जति ? !
जम्मा जम्मी तपाईँको पो शान्ति त्यै एक भोट हो !
मेरा त हजारौँ छन्, के माने एक भोटको ? !
भोट बाहेक कहाँ के ख्वै दिएको छ तपाईँले ?
दिनुभन्दा सधैँ धेरै लिन खोज्ने तपाईँले ? !
(स्रोत : Pahilopost.com)
