कथा : साँगुरो जेल भित्रको जिन्दगी

~सुमित्रा पौडेल ‘आँचल’~Sumitra Poudel Aachal

फेब्रुवरीको आधा आधी भै सकेको थियो जाडो याममा पानी पर्ने मौसम भएको हुँदा दुई दिन अघि झरी परेता पनि न्यानो कोठा भित्र पूर्णिमालाई चिसोको केही अनुभव थिएन तर बिहानी पख चलेको सिरेटो उनको सुत्ने कोठाको खुल्ला झ्यालबाट भित्र पस्दा चिसो पनले उनको निन्द्रा खुल्न गयो! घडी हेर्दा बिहानको ६ बजिसकेको रहेछ ! मानौ उदाउँदै गरेको सुर्यको रोसनी उनलाई स्वागत गरिरहेको थियो ! बिहान ८ बजे देखि उनी

काममा व्यस्त हुनु पर्ने हुँदा उठेर पारिलो घाम आउँने झ्यालमा आड लगाएर न्यानो अनुभूतिको साथमा रमणीय,सुन्दर,सफा र शीतल बातावरणलाई नियाल्ने हरेक बिहानीको उनको त्यो बानीले केही क्षण भए पनि आनन्दित दिलाउँछ अझै पनि ! म र पूर्णिमा नेपाल देखि कै भावनात्मक सम्बन्ध गाँसिएका एक आपसमा सुख दु;ख बाढ्ने घनिष्ट मित्र हौ !पूर्णिमा सानै देखि मिहेनती र परिश्रमी थिईन् ! उनको इमान्दारिता,सिर्जनशीलता र नैतिकताले गर्दा समाजमा मान प्रतिष्ठा बढ्दो रुपमा थियो ! दैनिक आबस्यकतालाई परिपूर्ति गर्दै आई परेका साना तिना समस्याहरुलाई पनि सहज रुपमा समाधन गरी आर्थिक उपार्जनमा समेत टेवा पुगी रहेको आफ्नै गाउँ टोलमा संचालित पूर्णिमाको उद्योग ब्यबसाय देशमा बढ्दै गएको अराजनैतिकता र अशान्तिका कारण बन्द गर्नु पर्ने अबस्थाको सिर्जना भयो ! उनको श्रीमानको सरकारी नोकरीले बिहान बेलुकाको छाक टार्न पनि धौ धौ हुन थाले पछि आफ्नो लक्ष्य र उद्धेश्य पुरा गर्न लामो समय देखि मध्ये पुर्बी एशियाको देश इजरायलमा हामी कडा परिश्रम साथ दु;खी जीवन बिताईरहेका छौं !

पूर्णिमाको छुट्टि नभएका कारण उनी साँच्ची नै ‘साँगुरो जेल भित्रको जीवन’ झैँ परदेशी जिन्दगी बिताउँदै आईरहेकी छन् त्यो उनको बाध्यता र बिबसता हो !ईजरायलको काममा इम्पोयरको अवस्था हेरेर कामदारलाई छुट्टि दिने र नदिने त्यो परिवारको हातमा हुन्छ ! मेरा मानौ पुर्णिमाको भन्दा सजिलो र सुक्रबार ३ बजे देखि शनिबार ७ बजे सम्म छुट्टि हुने भएको हुँदा कहिले काहिँ म उनलाई भेट्न आउँने गर्थे ! जब हामी भेट हुन्थ्यौ अतितलाई सम्झदै बर्तमानमा परदेशी जिन्दगीका अनगिन्ती मोड र घुम्तीहरुमा गर्दा आईपरेका कठिनाईहरु र भविष्यका सुन्दर कल्पना गर्दै कुनै ऐ सुनौलो संसारमा हराउँने हाम्रो बानी नै परी सकेको थियो ! त्यो रात पनि त्यसरी बित्यो ! आकाशका ताराहरु हराउँदै थिए, सुर्यले आफ्नो लाली फिजाउदै अन्धकारलाई छिचलेर मिर्मिरे उज्यालोले पखेटा हाल्दै थियो ! बसन्त ऋतुको आगमन,खुल्ला आकाश,मनोरम दृश्य,बिहानीको मन्द चिसो हावामा न्यानो दिंदै गरेको घाममा सदा झैँ हातमा कफी र साना केकको एक एक पिस लिएर एकआपसमा दु;ख ,सुख साटी रहेका थियौ उनी र म!’

त्यति बेलै फोनको घन्टी बज्यो !

पूर्णिमा हतासिदै फोन उठाईन श्रीमानको फोन रहेछ ! जहिले फोनमा कुरा हुँदा गर्ने गरेका गुनासाहरुले उनलाई दिक्क पारिसकेको कुरा बेला बेलामा मलाई भन्ने गर्थिन् ! त्यति बेला कठ्ठै ! भन्न पो मन लाग्यो मलाई ! मेरो सामुन्य नै श्रीमान श्रीमती बीचको कुराले मलाई पुर्णिको श्रीमान प्रति अबुझ र अविश्वासको पात्रको संज्ञा दिन मन लाग्यो ! पुर्णिमाले फोनको भलुमलाई ठुलो पारेकी थिईन् मैले उनका श्रीमानका अपाच्य बाक्यहरु सुनिरहेको थिए उनी भन्दैथे ।

‘उही तिम्रा मोज मस्तीका दिनहरु, बिदेशको बसाई, मेरो एक्लोपनको व्यवास्ता, पैसा कमाएर घमण्डी बनेकी’

जस्ता अपच्य र असह्य शब्दहरु सधैँ झैँ त्यस दिन पनि दोहोरिरह्यो उनका आँखा रसाउँन थाले ! रुन्चे स्वरमा यहाँको बातावरण, आफ्नो मिहेनत र परिश्रमका बारे लगाएत जिम्बेवारी र कर्तब्यलाई स्पष्ट पार्दै थिइन् ! तर ति श्रीमानलाई के थाह पूर्णिको इमान्दारिता,सहनशीलता र चरित्रको बारेमा ! बिचरा ! पुर्णिमा घर परिवारको चिन्ता , छोरा छोरी प्रतिको उत्तरदायित्व , भविष्यको सुनौलो कल्पनामा डुब्दै रात दिन आफ्ना तिता नमिठा गुनासाहरु पोख्ने गर्थिन् भने उता उनको श्रीमानबाट स्वदेशमा हुँदा देखि नै पाएको असहयोग, दु;ख, दर्द र पीडाहरुले बगाएका आँशुहरु कसैको अगाडी देखाएर आफुलाई कमजोर बनाउँने कोसिस गरिनन् सम्म भन्थिन् ! यति लामो समय सम्म उनले साँगुरो जेल भित्रको जस्तै दु;ख पूर्ण जीवन बिताइरहेको त्यो श्रीमानलाई के थाह ! म मन मनै यस्तै कुराहरु गुन्दै थिएँ उनको बर्तमान जिन्दगीको बारेमा! उनी भन्ने गर्थिन् समाजको अगाडी हाम्रो शिर कहिल्यै नझुकोस् , हाम्रो मान ईज्जत र प्रतिष्ठालाई म कहिल्यै डगमगाउँन दिने छैन ! अहो ! कति साहसिली छन् उनी कति हिक्मत छ उनमा ‘श्रीमानको रात दिन पिउने गरेको बानीले उनले स्वदेश मै भोगेका दु;खहरु अझै सम्झिरहेछु, म मन मनै यस्तै ताना तुनिरहेको थिए’ उनी आफ्नो मनको बाँधलाई फुटाएर श्रीमानसँग’
”हो,हो म नै दोषी छु ”म अपराधी हुँ” आज मैले नजिकबाट केही दिन सकिन, बिदेशीनु मेरो चाहना थियो, बुधपचाएर आज तिमी मलाइ यही भन्दै छौ हैन , जीवनलाई चुनौती दिदै यो साँगुरो जेल भित्र अर्ध चेतनशील मुढोलाई घिसार्दै सुखी जीवन बिताईरहेकी छु म, ” आफ्नो गरिबी र अभाब ,छोरा छोरी माथिको उत्तरदायित्व र कर्तब्यलाई बिर्शिए, सुनौलो भविष्य माथि खेलबाड गर्न खोज्दैछु म ” तिम्रो आसय सायद यही नै होला है न ?तिमी आफ्नो औकातलाई बिर्शिएर माथि उठ्दैछौ —-

कुरा गर्दा गर्दै नजिकबाट बाबाको माया पाएर बसेकी छोरी चर्को आवाज सुनेर बाबाको हातबाट फोन खोसी ! जुन कुराको मन भरी आशा बोकेर भविष्यका सुन्दर सपनाहरुलाई कल्पनामा सजाई रहेको बेला त्यो आमाको छाती माथि बर्शिएका ढुङ्गा रुपी शब्दहरु बर्सा हुँदा चोट माथि चोट थपिन पुग्छ र पीडा असह्य भए पछि उनको वाक्य बन्द हुन गै उनी भुईमा थचक्क बस्छिन पुर्णिमा ”बोल्दा बोल्दै आवाज काटिन्छ र उनको हातबाट फोन भुँईमा खस्छ ।

उफ्फ्फ निर्दोषी बिचारी ! पूर्णिमाका आँखाबाट बर्शिएका सहस्र आँशुहरु पुछ्दै म उनलाई सम्झाउँन थाल्छु ”

म पनि एक बिबाहित नारी नै हुँ ! मेरा पनि त श्रीमान र छोरा छोरी छन् ! म पनि विदेश आएको पाँच बर्ष नाघीसकेको छ तर मेरो श्रीमानबाट कहिल्यै नराम्रो व्यवहार र बचन भएको छैन आखिर उनी पनि त एक जागिरदार नै हुन् , मलाई लाग्छ मेरो श्रीमानले दु;ख सुखलाई राम्रोसँग बुझेका कारण मलाई कुनै नराम्रो ब्यबहार र यस्ता समस्या झेल्नु परेको छैन !

उनको सिधा अगाडी कोठामा पल्टिरहेको अर्ध चेतनशील मुढो बाहिर निस्किएको उनको पीडा सुनेर ईसारा गर्दै ऊ बोल्न खोज्छ तर सक्दैन उनको भावनालाई त्यसले बुझिरहेछ तर आँशु पुछि दिन पनि सक्दैन ,आज उनको जिन्दगी उसैसँग छ तर पूर्णिमा आफ्नो ईज्जत,मान,प्रतिष्ठालाई गुमाउँदै चरित्र माथि दाग लाग्ने कुकृत्व कार्यहरु सम्झन पनि सक्दिनन् तर इजरायलको महिला हक अधिकार र कानुनी ब्यबस्था धेरै कडा भएको हुँदा महिलाहरु अन्य देशको तुलनामा धेरै सुरक्षित भएको मानिन्छ ! हुन त परदेशी भूमिमा देश र घर परिवार बिर्शिएर आफ्नो चरित्रलाई गुमाईरहेका यस्ता घटनाहरु नसुनिने पनि होईन ! उनीको आध्यात्मिकता प्रतिको झुकाब र भगवानमा बिश्वास गर्ने हुँदा ” सेवालाई नै ठुलो धर्म सम्झन्छिन् ” त्यसैले आफ्नो इम्पोयर (हेरचाह गर्नु पर्ने बुढा या बुढी) लाई सम्मानका साथ स्वास्थ्य,खानपान, सरसफाईमा बिशेष ध्यान दिंदै हुइल चियरमा राखेर भित्र बाहिर गराउँदै लामो समय देखि एक बृद्धको जीवन रक्षा गर्दै आएकी छन् ! कस्तो होला यो जिन्दगी? आज हजारौं नेपाल आमाका सन्तानहरुको अबस्था सायद यस्तै भै रहेको होला अझै भन्नु पर्दा चुलो चौकामा मात्र सिमित रहेका नेपाली चेलीहरु ! बिदेशी भूमिमा भोग्नु परेका अनेकौ दु;ख कष्टहरु !

म आफै तिर फर्किएर आफ्नै मनसँग यसरी कुरा गर्दै थिए! उनी बिस्तारै उठछिन् ! यति बेला उनलाई साहराको आबस्यता थियो साँच्चै नै भन्नु पर्दा यो साँगुरो जेल भित्र बेतित भै रहेको जिन्दगीमा उनको भित्री भाबनालाई बुझिदिने आखिर को नै छ र ? आफ्नो मनलाई कठोर बनाएर आफै सम्हाल्नु पर्ने यो कस्तो बाध्यता ?

विदेशिएकी एउटी नारी स्वच्छ आत्मा र पवित्रा बोकेर जब स्वदेश फर्कन्छे उही समाज हो ,नारी अस्मितालाई लिएर आधीबेरीहरु चल्न थाल्दछन्, त्यही समाजमा एउटा निर्दोष नारीको बिषयलाई लिएर आलोचना गर्न पछि पनि हट्दैनन् ! हाम्रा नेपाली समाजका यस्ता संकुचित बिचार धारणाले समानता र देश बिकासलाई नै नराम्रो असर परिरहेको छ भन्ने कुरा आज कस्ले बुझिदिने ? आज साहस हिक्मत लिएर हजारौ नेपाली नारीहरुले आफ्नो क्षमताको बिकास गरिरहेका छन् भने अर्को तिर अवसर पाए पुरुष सरह देश बिकासमा समाहित हुन संक्षम छन् भन्ने कुरा प्रसस्तै उदाहरणहरु देशका लागि प्रस्तुत भै सकेका छन् !

उनी सोच्ने गर्छिन् साँच्चीनै जिन्दगीका हरेक पलहरु कष्ट प्रद हुँदा रहेछन् ! जीवन चुनौती रहेछ त्यसलाई सामना गर्न जीवन यात्रामा काट्नु पर्ने हरेक अप्ठ्यारा खुड्किलाहरुमा हिड्न नजान्दा लडेर त्यसबाट लाग्ने चोटहरु कहिल्यै पनि मानसस्मृतिपटलबाट मेटिदोरहेनछ ! आफ्नो जिन्दगीले दिएका दर्द पीडाहरु र आफ्नो सन्तानबाट अपहेलित हुनु पर्दाका आत्मा ग्लानिहरु के यो नेपाली समाजका लागि सहनु पर्ने बाध्यता हो त ?? के यस्ता पीडाहरु भित्र भित्रै गुम्स्याएर बाँच्नु नै जिन्दगी हो त ?? सामाजिक परिबेशलाई व्यंग गर्दै यस्तै अनेकौ प्रश्नहरु पुर्णिमा उब्जिन थाले ! उनी अगाडी भन्थिन् म जस्तै अन्जान लाखौ नारीहरु दबिएर बस्नु पर्ने बाध्यता छ अझै पनि ! को बाल्ने चेतनाको दियो ?? भनिन्छ ”नारी र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् ” तर कस्ले उठाउँने नारी समानताका आवाजहरु ?? कस्ले बुझ्न सक्छ यी कथा र ब्यथाहरु ??छाती माथि खसेका ढुङ्गाहरुले झैँ थिचिरहेछ अझै पनि ! कहिले यी अन्धकार रातहरुमा चन्द्रमाको प्रकाश लिएर नारी गगनलाई उज्यालो पार्न सक्छ ? आज हाम्रा सामु यस्तै यस्तै हजारौ प्रश्नहरु खडा भै रहेका छन् नेपाल र नेपाली कै लागि !

पूर्णिमा एक साहित्य अनुरागी मात्रै हैनन् नेपाली भाषा, साहित्य र संस्कृतिलाई असाध्यै माया गर्छिन् उनले यस जीवनकालमा भोगेका, देखेका र आत्मानुभुतीहरुलाई भावनामा बगाउँदै साहित्यका बिभिन्न बिधा मार्फत आज इन्टरनेटको दुनियाँमा आफ्ना सिर्जनाहरु एक अर्कामा बाढ्ने सहज माध्यम फेसबुक सामाजिक संजाल मार्फत गरिरहेकी छन् अझै पनि ! आफ्नो परिवारको लागि मात्रै नभै देश कै लागि पनि चिन्तित भै रहने सच्चा देश भक्त नागरिक पनि हुन् भन्ने उनि भित्रको निस्वार्थता ,उच्च बिचार र गहन उद्धेश्यले नै स्पष्ट पार्दछ!

उनी भन्छिन् आफ्नो देशमा फर्कि सके पछि देशमा अनुकुल बाताबरण सिर्जना भएमा हामी सबैले उन्नती र बिकासका लागि विदेशमा सिकेका ज्ञान र अनुभबहरुलाई अरुमा बाढन सकियो भने देशमा नै केही गर्न सक्ने बातावरण सिर्जना भै रोजगारीका सुनौलो अबसरहरु प्राप्त हुनेमा सन्देह छैन !देशमा जस्तो सुकै परिस्थिति सिर्जना भए पनि हामी सबै एक भएमा देश बिकासको ढोका खुल्ने निश्चित छ भन्ने कुरा पनि आज हामीले थाह पाई राख्नु जरुरी छ ।

अहो ! यस पटकको मेरो बिदाको समय पत्तै नपाई पुर्णिमाको साथमा कसरी बित्यो थाहै भएन ”जे होस् पिजडा भित्रकी चरी उम्किए झैँ म पनि उनीसँग आफ्ना दु;ख सुखका भारी बिसाउँन कहिले काँही झुल्कने गर्छु ! आखिर त्यही बास बस्न फर्किनु पर्ने हाम्रो अर्को बाध्यता ” पूर्णिमा पनि उही लडिरहेको अर्धचेतनको सिहार सुसारमा तल्लिन हुन उही साँगुरो जेल भित्र प्रवेश गरिन्! म पुर्णिमासँग फेरी भेट्ने बाचाका साथ बिदा भएर आफ्नो काममा फर्किए !!

– भरतपुर चितवन,हालः इजरायल

सत्यतामा आधारित कथा

(स्रोत : Globalnepalnews.co.uk)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.