व्यङ्ग्य निबन्ध : बिमा खेती

~‘इखालु’ रमेश गेलाल~Ikhalu Ramesh

धाउन्ती खेती,घोकन्ती बिद्या भन्ने गर्थे उहिलेका बुढाबुढी । आजकाल उहिलेका बुढाबुढीका यस्ता कुरा हामीलाई लागे नी झुरा,सोचबिचारी गुनी,तानी तुनी पारेर हेर्दा त लौ बुढाबुढीले त साँच्चीकै मेसो पाएर पो भन्या रान भन्ने लाग्न थालेको छ । अव खेतीमा धाउन्तीको नेती कसी,बाँदर रुङ्ने ढुङामा बसी हेरिटोपले खेती सप्रने बिद्याको गुदी नबुझे पनि वास्तविकतासँग नजुधे पनि अरुकै कुरालाई घोकी चाहिने भन्दा बढी खोकी,

पटका पड्के झै बोलीमा थुतुनो चलाए विद्धान र बुद्धिजीवी बनीने दिवास्वप्न देख्ने भए पछि खेतीमा मलजलको रेती लगाई,बिद्यँम्ा साँचो र यथार्थको दियो जगाई कस्ले पढ्ने, बर्षामा घर पछाडीको खहरे आफ्नै बलेसीमा खसेको पानीले डङडङ गर्दे उर्लेछी,डाडाँ पाखै खाउँला झै गरि कुर्लेछी ।

होइन हौ ! यसले के भन्न खोज्दैछ भनि पाठकवृन्द आफ्नो गिधीलाई िपंधी रनभुल्लमा पर्न नथाल्न्ु आफ्नो गाथ आफै नगाल्नु किनकी तपाईहरुलाई नपारी भ्रममा यो मरन्च्याँसेको चर्मचक्ष्ले देख्दै आको,उहिल्यै हाँडीगाम देखि भोग्दै आको यस्तै प्रवृतीको खेती र बिद्याको बारेको कुरो,खोली चुरो तपाईहरु सामु पोख्दैछु छताछुल्ल । पाठकवृन्द देशमा बढ्दै गाको आन्तरिक कलह र िहंसाहत्या र अशान्तिको सलहले जनतालाई डसेको बेला, गाउँबस्तीमा अघोरी पसेको बेला, खेती किसानीले जती धाए पनि, भग्नावसेस मनलाई सान्त्वनाले छाएपनि खेतवारीमा अन्नबाली रोप्यो फल्छ गोला र बारुद । अव गोला र बारुद फले मात्र त हुन्थ्यो नी तर आपुनै खेतवारीको गोलाले मान्छेको चोला उडाउन थालेछी,घरवार छाडी,गोठको पाडी बेची मुग्लान तिर बगेको बाढीमा आफुलाई होमी खाडीगाम तिर थेगरीन आइपुग्नेहरुको लर्को,समुन्द्रको पानी भन्दा चर्को भाछ आजकाल । मान्छे यस्तो तनावले ग्रसीत बने पछि आत्तिन्छ मात्तिन्छ र मनगणन्ते दलदलमा भासिन्छ । यस्तो मौकामा चौका हान्न आपुनो पाल्सीकुराको जालमा बाँध्न धाइटोपल्ने धाइते किसान भाका घोकी बिद्धान भाका छद्मभेषीहरु हुल्ाबाट जरुवा मुल झै निस्कन्छन् अनि थाल्छन् मनगणन्ते कमाइ र दिवास्वप्नको गुलीयो कथा सहित पतझरॆ सपि्रदो झरिलो र परिलो खेतीको बखान गाउन । होइन फेरि यो झरिलो परिलो खेती भन्या चै के हो ? नआत्तिनुस् म तपाईहरुलाई त्यही खेतीको बेठी लाए तिर नै लैजादैछु । न्वाराने नाउँ सामुहिक जीवन अन्तर्राष्टिय पुयाक्टरी भाको यो खेतीले अन्तर्राष्ट्रिय शब्दलाई अपभ्रंम्स बनाई बिमा भन्ने नाउँ दिइ शुरु गरेको खेतीको नाउँ नै झरिलो परिलो खेती हो यानकी बिमा खेती ।

यो खेती हङ र कङ मा डेरा भएका ब्रोइलरहरुको आनासुकी बाट सुरु भएर सेवा र धर्मको मुकुण्डो लाएर बग्रेल्ती छरिएका नेपालीहरुका माझमा गाँज हाल्न तम्सॆको छ । हाँडी गामबाट सुरु गरेछी सोझा साझाहरुबाट सुको सोरेछी, सोरेको सुकोको गोटा पाँचेक प्रतिशत हाँडीगामका स्वास्थ्य चौकीमा हालेर,धिब्री बत्ती बालेर आफुलाई विश्वदीप ठानीपल्टने यस खेतीका प्रवतकहरु आजकाल हाँडीगाम छाडी खाडीगाम तिर सल्केको सुँइको सुटुक्क थाहा हुन आएको थियो । खाडीगामका सडक सडकमा,तडक भडकमा,चोक चोकमा गल्ली गल्लीमा पटका झै पड्कदै घोकन्ते बिद्यालाई फिँजाएर, खाडीगामका ठुटे नेता लाई रिजाएर आपुनो संजाल फैलाउन अभ्यस्त यो खेतीका किसानहरुले कोदो रोपी धान फल्ने, धान रोपे तोरी फल्ने आश्वासनको रासन ख्वाउने गरेका छन् । हुन त कुनै पनि कुराको राम्रो पक्ष पनि नहुने होइन तर एउटा राम्रो पाउनको लागि दश वटा छद्मी खोल ओढ्न नहुने कुरालाई बिसर्ीएर यस खेतीका प्रवतक भन्दा धुपउरेहरु बुझ्नु न सुझ्न पछि पछि कुदी, मेसो न मेलो बनेर चेलो बक्दै हिड्ने गरेका छन् । विमा खेती मात्र होइन दाइने देब्रे एक एक खुट्टो जोडी, मनगणन्ते कमाईको मुख फोडी पैसाको बिटाका बिटा हसु्रन पाउने,पराले घर सुनले छाउने सपना देखाउने गरेका यिनीहरुले । आपुनो हुकुम शिरोधार्य गर्नेहरुले यो कुरो माने मान्छन् नत्र जर्वजस्ती नाउँ लेखाएर संस्थाको माउको पावर देखाएर खाडी गाममा आफुलाई नेता अनि समाजसेवी ठान्नेहरुको भिडले आफ्नो हुकुम चल्ने ठाउँमा, आँउ बन्न थालेको कुरोको चुरो नी मरन्च्याँसेलाई सुटुक्क थाहा हुन आएथ्यो । खाडी गाममा यस्तै नेता तथा टपक्क टिपी सामाजिक संस्थाको माउको ठाउँमा राखीएका एक जना भलाद्मी समाजसेवीले यो मरन्च्याँसेलाई खाडी गामकै एउटा चउरमा भेट्दा बिमा खेतीको कोदाली बोकेर ब्याड राख्न सुरीएका थिए । के यीनले साँच्चीकै यो खेती बारेमा मेसो पाछन् त भन्ने सोची उल्टी सुल्टी पारेर मेरी हजुरआमालाई यो तपाईहरुको खेतीमा मेथी छर्न पठाउनु पर्यो । आमै जहिलै कै रोगी छिन् तपाईहरुको ओखतालयको जादुघरमा पठाउनु पर्यो र आमैको रोग घटाउनु पर्यो के कसो होला भनि यसो एक दुई परश्न के राख्या थिएँ, उनीले त अक्क न ब्ाक्क परी अनुहारमा झरी पारौला झै पो गरे । अनि म यो बारेमा मेरा गुरुबालाई सोध्छु है भनि पछि पछि सरे । खाडीगाममा एकताका यस्तै बिमा खेती गराउन, सबै प्रवासीलाई चराउन ती संस्थाका माउ लागि परेका थिए खोइ त त्यो ? कहाँ गयो त …… ?आफुले गरेको कामको अत्तो पत्तो छैन अर्को तिर लागेर यसो र उसो भनि हिड्नेले पहिले आफुले गरेको कामको बारेमा सोच्नु पर्यो नी । होइन भने अड्केला र सर्केला है…… ???

त्यस्तै आफुलाई सबैको साझा,प्रवासीको राजा सम्झने नारानेका नारदहरु प्ानि यस खेतीका जेटी बनेर आफुलाई प्रवासीघरमुली ठानेर काँधमा बोकी झाेला, भर्न शुक्रवारे मेला खाडीका गल्लीमा हल्ली हिड्न थालेको चर्चा, नछरे नी पर्चा बजार सुनीन थालेको छ । चाउरे मुखले कमिसन टोकौला, दुइचार दिन भएनी मौका छोपौला भनि लागि पर्दै कुनै समयमा खाडीगामका गल्लीमा हल्ली गोलो बिज र हर्बल संजालको मकुण्डो लाएर यस्तै बकमफुसे आश्वासन दिदै प्रवासीको कमाईमा गरि रजाई घडी बाँडी हिड्ने धुपउरेहरु नै हालसालको बिमा खेतीमा नेती तान्दै छन् भने हिजोका संजाले ब्यापारका साँइदुवाहरुलाई हामीले कसरी बिश्वास गर्ने ???
यस्ता छद्मे बेलाडी र खेलाडीहरुको रेलगाडी हाँडीगाम देखि खाडीगाम सम्म एक ताका मिलाउँदै भाका कानुनी लिक बिना नै कहिले एमओइ, कहिले गोलक्वेष्ट, कहिले गोलबिज, कहिले स्वीसक्यास, कहिले हर्बल संजाल जस्ता नाम चिप्काउँदै छक छक गर्दै लोभ्याइलो बिज छर्दै गुडेथे, साधारण मजदुर देखि मै हुँ भन्नेहरुको समेत टाउको मुडेथे । घरको पेटारी बाख्रँे, लैनो भैसी जायजेथा अनि खाडीमा नाडी चलाएर दाडी फुलाएर कमाएको पैसो सबै सिरीखुरी पारि,सरकारी जागीर नी बैतर्नी तारी, टुकुचामा सेलाएर डलरे माछा,सुनका सिक्का,घडीका पोका अनि आफु मरी आफै पाउने बिमाको खेतीमा होमीने नर-नारिहरु यी प्रवृतीका बकमफुसे बोलीले फिजाएको झेली भ्रामक भएको पुष्टि हुँदा हाँडी गामका गल्ली देखि खाडीगामका गल्ली सम्म भौतारीदै रुँदा यो मरन्च्याँसेलाई नरोउ बा ! भनौ की खुच्चिङ दुःख पाइस मगंले आफ्नै ढंगले भनौ भनि गम खाई रमरम भएथ्यो ।

त्यसैले घरको पेटारी बाख्रो तुहे पनि,साहुले गोठको भैसी दुहे पनि ,जालीको पाली परि आफ्नो रगत र पसीनाको कमाई दुइ पैसा मात्र नै तिर्नु पर्ने भएपनि यस्ता खेतीमा रेखी हाल्दा, मरेपछी पाउने सम्पतीको आशमा छोराको स्कुलको फीस तिर्ने पैसा यसमा लगाएर बाल्दा, कमीसनले हस्तीनापुरीको राज होइन चपरी मुनीको बास नहोला भन्न सकिन्न । कुनै पनि खेतीमा होस् या ब्यापारमा होस हात हाल्दा स्े बारेमा छर्लङ जानाकारी नभई हात हाल्नु हुन्न,अरुले भनेको भरमा सुन पाइने आशमा आफ्नै घरको गाह्ो ढाल्नु हुन्न । कुनै पनि खेतीको होस या त व्यापारको केही न केही महत्व तथा फाइदा त हुन्छ नै तर जती फाइदा वा वास्तवीकता हो त्यो भन्दा बढी भ्रम र अप्रभंम्सको श्रृजना गरि, सोझा साझाको छाला तरी मनपरी गर्नु हुदैन भन्नु नै यो मरन्च्याँसेको मनसाय हो । त्यसैले थोरै परिश्रम गरेर धेरै कमाउने आशमा साँच्चीकै खासमा कहिले पनि दिवासपना नदेखौ । परिश्रम गर्ने समयलाई मनगणन्ते कमाईको पछि खर्चीएर आमाको लाम्टा चुसेर नभएर बावुको घुँडो चुस्ने शैलीको बिकास नगरौ किनकी परिश्रमको कमाइको अगाडी मनगणन्ते कमाइ कदापी दिगो हुनै सक्दैन । बिश्वका सर्वसम्पन्नसाली ब्यक्तिहरुले मनगणन्ते छद्मी संजालको खेती नगरेर अथक प्रयास कार्यनिरन्तरता लगनसिलता,मेहनतले नै आपुनो छवीमा रवि भरेका छन् । त्यसैले भन्छ यो मरन्च्याँसे हुकुमेले भनॊस् या थुतुनेले भनोस् कुनै पनि काम गर्दा होस या त बिमा खेतीमा फारम भर्दा होस् एकपटक दुरदर्शी भएर सोचेर हेरौ । संजालेको हिजोको इतिहास पल्टाएर हेरौ किनकी करेसामा रोप्दैमा काउछो तित्री हुँदैन जीउँदै कोहि पित्री हुँदैन । त्यसैले हात्तिका देखाउने दाँत र खाने दाँतको पहिचान गरौ,आफ्नै पाखा भित्ता गहँु कोदो छरौ,क्षणिकको गुलीयो सपनामा जीउँदै बैतर्नी नतरौं । किनकी सबै चम्कीला वस्तु मणीमाणिक्य हुँदैन, भॊलि परी आउँदा भाडाको मान्छे रुँदैन हुट्टिट्याँउले सगर थेग्दैन यो मरन्च्याँसेले भड्काउ र झड्काउ अनि नदेख्या कुरो लेख्दैन ।
ओझेल पर्छु ।

इतिश्री छद्मी बिमाखेती पूराणम् शाश्वतसत्यध्याय बर्णनम् तुरितम् ॥

ikhaluramesh@yahoo.com

(स्रोत: Ikhalu Ramesh’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.