निबन्ध : दोषि को ?

~योगेन्द्र उपाध्याय “पुष्प”~

जीवनको अन्तीम चरणमा उभिएका समाजका बयोवृद्धहरु जीवनको अनेकन भोगाइहरु भोगेर पनि निरीह, शक्तिहीन र लाचार भइ सजीवको सहारा नपाएपछि नीर्जीव लौरोको सहारामा जब उभिन्छन तब सम्पूर्ण यूवा समाज पात्र हुन्छ धिक्कारको ! जब यूवावर्ग आफ्ना कर्तव्य र सँस्कृति विर्सेर आफ्ना काँधमा आएका जिम्मेवारी पनि धान्न नसकी खुट्टा लडखडाएर जमीनमा पछारिन पुग्छन्, तब सम्पूर्ण वृद्ध समाज पात्र हुन्छ धिक्कारको ! समाज बिग्य्रो, पारिस्थितीक प्रणाली भत्क्यो दोषि न वृद्ध न यूवा, किनकि दुबै चाहन्नन लिन दोष । दोषारोपण वृद्धद्वारा यूवामा, यूवाद्वारा वृद्धमा । कोहि अछुतो छैन,

कुसँस्कारको रँग समान रुपले वृद्धमा, यूवामा । संस्कार जोगाउने वृद्धले हस्तान्तरण गर्नुपर्ने यूवामा, वृद्ध कोचाउन चाहन्छ, यूवा कोचित हुन चाहन्न । दोषि को ? कुम्हाले वा काँचो भाँडो ! दोष दिन सजिलो छ यूवालाई दोषि छन् यूवा ! दोष दिन्छ वृद्ध समाज तर दोष दिन मिल्ने वृक्ष किन बनाइयो ? किन काट छाँट गरिएन ? सँख्यात्मक फल धेरै फल्छ भनेर ? तर गुणात्मक ? यूवामा कोयामात्र धेरै छ । आँशु बगाउन सजिालो छ, आँशु पिउन गाह्रो । सागर बग्न सजिलो छ, सागर सुक्न गाह्रो । सागर आँशुको बगाउँछन् वृद्धले, सागर आँशुको सुकाए यूवाले । सागर बगेको सबै देख्छन, सागर सुकेको कोहि देख्दैन । बगेमा त बरु कमसेकम पानी त रहन्छ, सुके साथमा क्यैन क्यै ! यूवाले सुकायो, वृद्धले बगायो । बढि पीडीत को ? मौलिकता दुवैलाई प्यारो छ । तर सुकेको सागरको मौलिकता सागर रहनु नै हो भनेर बुझ्न नसक्नेहरु सागरको तल्लो सतहमा जमेका माछाका गन्हाएका लाशहरु देखेर भन्छन् — यो सागर काम नलाग्ने भयो । हो ! पहिलेका सागर सुक्यौँ हामी, अहिलेको मौलिकता यहि हो हाम्रो गन्हाउने लाश ! नाक थुन्छ वृद्ध तर हामी पानीजस्तो कोमल हुँदा घामबाट बच्न शीतल छाँया दिएनन् । अब दोषि को ? त्यो कोमल चीज जो आफै आफ्नो सँरक्षण गर्न सक्दैन या त्यो सक्षम जसले कोमल वस्तुको आवश्यक सँरक्षण गर्न सक्दैन । यूवाको मौलिकता गन्हायो गन्ध नै प्यारो यूवालाई । यूवा गन्हायो भन्न सजिलो वृद्धलाई । कुहेको एउटा आलु भएको बोरामा यूवालाई हाल्ने को ? स्वयँ यूवा ! अहँ ! आलु कहिल्यै आफै गुडेर बोरा भित्र जाँदैन । के गरोस् यूवा ? किन नकुहोस् ! बन्द बोराबाट झिकेर कोहि त खाँदैन ।

वृद्ध किन छैनन् दोषि ? एक मुस्कानमा यूवाका दोष भूलिदिए । भुले पछि दोष स्वतन्त्र भए यूवा, उडे आकाशमा कुनै शिकारीको लाग्यो मट्याङ्ग्रा, झरे भूमीमा । भुत्ल्याइयो पीडा त छ । रक्ताम्मे शरीर आज यहि हो यूवाको वास्तविकता । प्यारो छ यो नयाँ रङ्ग, खुशी छ यो नयाँ रङ्गसँग यूवा । दुख छैन भुटिनुको दुइ दिन त हो जीवनको मर्नु त छ एकदिन किन वृद्ध हुने यूवावस्थामै मरेपछि । जमीनै यूवाको प्यारो आकाशबाट झरेपछि । दोष दिन सजिलो छ, यूवा दोषि देख्छ वृद्ध, दोषिले दोष दिनु छैन उपयूक्त तर चोर आँैला ठाडो छ दुबैको । अनुभवी वृद्ध जान्दछ — किन आँैला ठाडो गरेँ । कच्चा यूवा अनभिज्ञ, दोष कसरी बताउने । दोषि तर दुवै उस्तै । हावा नचली पात हल्लन्न, दोष नभै औँला उठ्दैन ।

हामी एक चँगा हौँ, उड्छाँै हावामा । हामीलाई बाँधिएछ ड्राइभर जमीनमा । उड्यौँ हामी आकाशमा, बन्धन थियो, दिशा थियो, बन्धन टुट्यो दिशा छुट्यो । डोरी कमजोर ! मजबुत चंगाले बनाउँदैन । कमजोर डोरी प्रयोग गर्ने को यूवा ? तोड्ने को यूवा ? हावा आयो टुट्यो हावाको अगाडि चलेन जोर डोरीको टुट्यो । हामी भयौँ स्वतन्त्र, प्रयोग गर्दै स्वतन्त्रता नाच्यौँ ढल्केर, खायौँ महादेवको अमृत, तात्यौँ धुनीमा । हामीमा रिस छ, दम्भ छ, नहोस पनि किन ? डोरी छैन खुट्टामा । धेरै उड्यौँ हामी सीमा भन्दा पर । पर देख्छन् वृद्ध पर पार्ने को ? न वृद्ध न यूवा !! दोषि मात्र डोरी टुट्नु त्यसको दोष ।

धर्म सिकेन यूवाले, काट्यो नाक सँस्कारको, करुणा छैन यूवामा प्रतीक भयो सँहारको । मस्तीष्क यूवाको छिन्नभिन्न न कुनै सभ्य सोँच न कुनै सभ्यता । सभ्यताको विर्से अर्थ, संस्कार कुन चिडिया हो । रक्षण गरे पिताले, अल्हाद दिइन् माताले, शिक्षा दिए शिक्षकले खै त गुरु ? ज्ञान दिने निती दिने । शिक्षकले वैतनिक शिक्षा दिन्छन् रश्मी दिँदैनन् सूर्यजस्तो, दिन्छन् चन्द्र झैँ । यो बुझ्ने को ? आत्मज्ञान विना सँस्कारको रक्षा हुन सकेन । फादर भन्दा हाम्रो सभ्यता पिता तर्फ गएन, मदर भन्दा हाम्रो सोँच माता हुने भएन । हामी सोच्यौँ मात्र उद्यमी बन्ने । यौटा उद्यम जो सँस्कारबाट विस्तारै पर हुन्छ । संस्कार विपरीथ थोरै जाँदा खुशी भए बढ्दै जाँदा दुखी ! ठिक्क गर्ने चलन छैन यूवामा यूवा तराजु त हैन ! बढि या कम ? कम भन्दा त बढी नै जाति १० नं. ल्याउँदा खुशी हुने १०० ल्याउँदा दुखी ! ल्याउछौँ १०० पूरा केहि नभए डिस्टीन्सन त आँउछ । अरु कहिँ नभए यूवाकै विचमा नाम त आउँछ । नाम राख्न वृद्धमा उनीहरुको वाहवाहिले दिएन । सागर बीच एक डुङ्गाबाट अर्को डुङ्गामा कुद्ने आँट यूवामा त थिएन । थोरै आँट ल्यायो यूवाले भन्यो सक्छु कुद्न वृद्ध भन्न थाले गुड हरेक काम गर्न सक्नपर्छ । दिए कुद्न, भने फर्कन, आयो हावा, बढ्यो दुरी डुङ्गाको, फर्कन सके फेरी यूवा, आँटै आएन फर्कनै मन लागेन । आज यूवा टाढा भयो । दोषिको ? आँट भरिदिने वा भरेको आँट वास्तविकतामा परिणत गरिदिने । तरवार थमाइदिने वा थामिएको तरवार चलाइदिने ।। खान नमाने बचपनमा खुवाइदिए तर सँस्कार लिन्नौँ भनी रुँदा खाना देनन् सँस्कारको । भोकै बन्यो जब भरी दुब्लायो धर्म । आज वृद्ध भन्छन् यूवाले बुझेन वेदको मर्म । नैतिक किताब बाकसमा, शैक्षिक हाम्रो हातमा । घुस्यौँ मात्र शिक्षामा नीति भयो बन्द । पढ्नु थियो यूवालाई । इच्या थियाृ समाधान गर्ने जिज्ञासा शैक्षिक । नैतिकमा फुर्सद भएन । पढ्नु थियो, त्यहि पढ्यौँ जे पायौँ । धमिरे भयो नैतिक पुस्तक । दोषि को ? न वृद्ध न यूवा । दोषि को ? तेश्रो धमिरा ! घुम्न जाउँ औँला समात् छोरा भने लगे मेलामा । हेर्न थाले रँगीन संसार ठेलमठेलामा । मज्जा आयो भीड थियो रँगीन दुनियाँ । हिँड्यौँ, हेर्यौ, हुल आया छुट्यो औँला, छोड्यो भन्छन् वृद्ध । छोडेको हैन छुटेको हो धर्म । समात्नुपर्ने धर्मले बालकले समात्न सकेन । हुलमा पनि विस्तारै समात्दा ख्याल नगर्ने ! अहुलको बेला झैँ चाल गर्ने छुट्यौँ हामी फर्काउन सकेनन् । चोर आँैला दिए हामीलाई चोरी भयो धर्म ! दोषि को ? न वृद्ध न यूवा चोर नै दोषि हो जसले धर्म चोर्यो । कार्वाहि पनि त भएन दोषिलाई । कुलको धर्म राखेस् यूवा — धर्म थाहा छैन । थाहै नभाको चीज चोरी हुँदा यूवाले कसरी पत्ता लगाउने चोरी के भयो ?

यूवामा ताकत छ, आँट छ तर नेतृत्व छैन, नेतृत्व गर्ने वृद्ध हो यूवा आँफै हैन । यूवालाई के धर्ममा लगाउ धर्म बनिदिन्छ । पापमा लगाउ पाप बनिदिन्छ । शक्ति छ जे पनि गर्ने । चाहे पापबाट सन्यास लिने चाहे पुण्यबाट सन्यास लिने । दाह््िर सेता भएका वृद्ध जे सिकाउ यूवा त्यहि गरिदिन्छ । सँस्कार सिकाउ सँस्कारै राम्रो । कुसँस्कार मा हिँड्दा नरोके कुसँस्कारै राम्रो । त्यो त वृद्धको हातमा छ हामीलाई पीउन आमाको दुध दिने वा नदिने । नदिए पनि क्यै छैन । पाएजति चीज चुस्छौँ फाल्छौँ । चुस्दा चुस्दै सबै चिज जुठो हुन्छ, रहन्न चोखो क्यै पनि । अझै पनि समय छ वृद्ध ! जुठोलाई चोखो बनाउ अरु जुठो हुनबाट जोगाउ । हाम्रो आत्मामा भोक छ । भर्नु छ पेट चाहे अन्न चाहे माटो । सच्याइदेउ हाम्रो तृप्ति के हो ? सागर प्रकृतिले शान्त नै दिन्छ । छाल आउने हो हावाले । हावा आउँदैछ अजँग सन्सारमा । बचाउ वृद्ध पतिङ्गर समान उड्दैछ यूवा । हाम्रो संरक्षण गरिदिनु । आफ्नो सँरक्षण गर्न सक्दैन यूवाले ! समातेर राख — हाँगाबाट आफू छुट्न त चाहन्न पत्ताले !! तर…………

(स्रोत: Jpana)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.