बलियो त्यो मुटु पारी खोली तर कान्छा
ठानिसकें म पिपल तिमी वर कान्छा
मिल्छ हाम्रो जोडी साँच्चै आउ संगै बाँचौ
म चैं हुन्छु नजिक तिमी किन पर कान्छा?
दु:ख सुख जे जे पर्ला यौटा घर बनाऔं
उभागों त्यो घर छाउने तिमी खर कान्छा
भुल्नु हुन्न प्रकृतिको अनुपम देन
सृष्टीको सुन्दर म नारी तिमी नर कान्छा
बराबरी हाम्रो माया हुनुपर्छ सुन
जस्तो माया मैले गरें उस्तै गर कान्छा
