~अशोक बोहरा ‘असीम पीडा’~
प्यार यौवन नशालु जहर हो जिन्दगी
सुख शान्तिले जिउने रहर हो जिन्दगी ।
बाचुन्जेल हाँस्यो, खेल्यो यै कर्ममै भुलेर
एकदिन सबैले मर्नै पर्ने, कहर हो जिन्दगी ।
उमेरै पिच्छे बसन्तका, नयाँ पालुवा पलाउँने
लाखौं इच्छा र कल्पनाको ठूलो शहर हो जिन्दगी ।
अस्थिर अविरल बग्ने, त्यो अथाह पानी झैं
नदी किनारामा छछल्किने लहर हो जिन्दगी ।
निश्चित उद्देश्य पूर्तिका लागि पनि बाँचिएको
हर घडी खोलिनु पर्ने खुल्ला नहर हो जिन्दगी ।