कथा : दैलौ लगाएको आवाज….

~गोविन्द बेल्वासे~Gobinda Belbase

दिनेशको भाडामा लिएको फ्ल्याटमा पाहुना सुताउने छुट्टै कोठा छैन । एउटा बैठक कोठा, एउटा भान्सा-डायनिङ र एउटा आफना लोग्ने स्वास्नी सुत्ने कोठा मात्र छ । त्यसैले लामो बस यात्रामा थकित भएर आएका बुवालाई साँझ खानपिन गरेपछि दिनेशले त्यही बैठक कोठा मै विस्तरा लगाई दिए । दिनेशका श्रीमान श्रीमती नै दुवैजना पढाउने काम गर्छन् । दुवै जना दिनभरिको थकाईले मस्त न्रि्रामा परिहाले । बाऊ विचरा, बसमा धेरै यात्रा गर्ने बानी पनि नभएको, त्यसैमा पहाडका घुम्तीहरु, टाटा बसमा यता उता हल्लदै लामो यात्रा गरेर गाउँको दैनिकीबाट काठमाडौंको धुवाँ र धुलोको

कक्टेलमा परेर लखतरान पारेकोले एकै छिनमा झपक्क निदाएका मात्र थिए । दैलो लगाएको ‘क्वाइ…य’ को आवाजले उनलाई न्रि्राबाट बिउँझायो । ओढिराखेको सिरकबाट टाउको निकालेर यस्सो ढोका तिर चिहाए ….. ।

>पहिला त पहिलो न्रि्राकै झोकमा गाउँकै घरको आफनै विस्तरामा सुतेको भान भएर उनले दैलो तिर हेरे । तर आँखा खोल्दा उनी त छोराको डेराको बैठक कोठामा भएको यथार्थमा दैलो उघारेको आवाज विश्लेषण गर्न थाले । त्यो ढोका त लाउँदा र उघार्दा त्यस्तो आवाज आउने खालकै छैन । आवाज भने गाउँको त्यो अलकत्रा पोतेको र उही बाँसारुखे कर्मीले बनाएको ढोका उघार्दा आउने जस्तै थियो त । अनी उनी अलि विचार गर्न थाले । कतै गाउँकै घरमै सुतेको भ्रमले त त्यस्तो भएको हैन ! …..अंह ! त्यो भ्रम मात्र होइन साँच्चै नै दैलो लगाएको आवाज थियो ।

>दिनेशले बत्ती स्वीच अफ गरेर -निभाएर) ढोका लगाएर गए पछि भित्रबाट चुक्कल लगाएर उनी सुतेका थिए । अध्याँरो भए पनि बाहिरको जुनको उज्यालोले गर्दा भित्र पनि अलि अलि त देखिन्थ्यो । आखिर ढोका त लगाएकै छ । त्यो दैलोको आवाजले सोँच बढाउँदै गयो । त्यसले त बुढालाई चिन्तितै पार्‍यो । फेरि निदाउने प्रयास त गरे तर दिमाग घुमिफिरी फेरि त्यही ‘क्वाइ….य’ गर्दै ढोका लागेको आवाजमै रुमलिन्छ । अनि निद्रा लाग्ने कुरै भएन । यसो विचार गरे वल्लो पल्लो घरबाट आएको आवाज पनि थिएन त्यो । आवाज त यही कोठाकै थियो भन्ने कुरामा उनी निश्चित थिए तर उनको विचारमा त्यो आवाज त्यहाँ निस्कने सम्भावना पनि थिएन । सोच्दा सोँच्दै उनी त कतै भूत प्रेतले यो डराउन दिएको हो कि भन्ने सोच्न थाले । उनको दिमागले विश्लेषण गर्दै गयो । भूतले नै त्यो आवाज निकालेको हुनसक्ने किम्वदन्तीहरुमा उनको मन भौतारिन थाल्यो । गाउँबाट हिड्ने अघिल्ला राति आफ्नी बुढीमाउ -श्रीमती)ले भनेका कुरा सम्झन थाले – बुहारीको चार महिना भयो नछुनी नभएको भन्थी । यस्तो भुताहा घरमा बच्चा जन्माउने हुर्काउने कुरै भएन । भोलि बिहानै उठेर छोरालाई डेरा खोजेर सरिहाल्न लाउने निश्कर्षनिकाले उनले । यस्तो भूताहा घरमा कसरी बसेका होलान छोरा बुहारी – यस्तो तर्साउँदो रै छ यो कोठामा । खै, छोरा बुहारीलाई यहाँ तर्साउँछ भन्ने थाहा नभएर त होला, सुत्ने बेलामा केही संकेत पनि गरेनन् खै !

>साँवाको भन्दा ब्याजको माया बढी लाग्छ भन्थे । त्यस्तै भयो उनको मनमा पनि । छोरा बुहारी त्यस्तो भूतले तर्साउने घरमा कसरी बसेका होलन भन्ने भन्दा पनि अझै बुहारीको पेटमै भएको सन्तान त्यो भूतले तर्साउने घरमा कसरी बस्ला भन्ने पिरले उनलाई सताउन थाल्यो । अनि महाभारतको अभिमन्यूको कथा सम्झन थाले उनले । अभिमन्यूले आपmनी आमाको पेटमै भएका अवस्थामा चक्रब्यूको घेरा तोडेर भित्र जाने ज्ञान प्राप्त गरेको कुरा उनको मनमा आयो । कतै आफ्नो सन्तानलाई पनि पेटमै हुँदा यो भुतको असर पर्यो कि भन्ने डर लाग्न थाल्यो । अर्जुनले चक्रब्यू तोड्ने बिषयमा आफनी श्रीमतीलाई सुनाउँदा अभिमन्यूले ती कुरा आमाको गर्भमा हुँदै सुनेको प्रसँग आफनो स्थिति सँग दाँज्न थाले उनले । त्यो पेटमै भएको सन्तानलाई पनि त अभिमन्यूलाई पेटमै भएको बेला आमाले सुनेको कथाले असर गरे जस्तै भूतले तर्साएको असर परेहोला नि ! भविष्यमा जन्मने आफनो सन्तानलाई भूतको असर पर्ने चिन्ताले सताउन थाल्यो । अर्जुनले चक्रब्यू तोड्ने क्रममा भित्र कसरी छिर्ने भन्ने विवरण सुनाउँदा सम्म आमा जागै रहेकीले अभिमन्यूले पछि चक्रब्यू भित्र जान त सके । तर त्यति सुन्दा सुन्दै आमा निदाएकीले पेटमा रहेका अभिमन्यूले चक्रब्यूको घेरा तोडेर निस्कने कसरी भन्ने अर्जुनको ब्यहोरा सुन्न पाएनन् । त्यसैले चक्रब्यूमा परेर उनी महाभारतको लर्डाईमा मारिएको प्रसँग सम्झेर उनी झन् झन् डराउन थाले । आखिर पुरुष प्रधान सामन्ती संरचनाका हरपरिवेशले जकडिएकै भएर त होला उनले बुहारीको पेटमा आफनो नाति नै रहेको र नाति अभिमन्यू जस्तै भएको अनुमानका भ्रममा भूतले आफनो नातिलाई तर्साउला कि ! भन्ने डरले भूतबाट नातिलाई जोगाउन के गर्ने भन्ने योजना पनि उनले बनाउन थाले । हुन पनि त्यो अध्याँरो कोठामा ढोका लगाएको लगाएकै छ । तर खुलेको दैलो लगाउँदा आउने आवाज आउनु भूतले तर्साएको भन्दा अरु हुनुसक्ने सम्भावना उनले अनुमान गर्ने कुरा पनि भएन । भूतले तर्साउने सम्बन्धमा उनले सुनेका किम्बदन्तीहरुमा मात्र त्यस्तो ढोका लगाएको आवाजको प्रसंग थियो । त्यसैले उनको मन त्यही भूतले तर्साएको प्रसंग कै वरिपरि घुमिरहर्‍यो । त्यो सुनसान रातमा काठमाडौंको धेरै घरको भीडमा भूतले तर्साएको कथाले पनि उनको ज्ञानसँग त्यती मेल खाएन । मान्छेको भीडबाट त भूत पनि भाग्छ भन्थे । उनले आफनो बालक कालमा सुनेका भूतका कथामा त कित चिहान घारीको प्रसंग हुन्थ्यो, कित पधेरा वा खोलाको बगर, वा बाँसघारीको आस पासको सुनसान ठाउँको प्रसंग हुन्थ्यो । त्यसैले उनले आफनो मनलाई भूतको प्रसंग भन्दा अलि पर लगेर त्यो दैलो लगाएको आवाजलाई विश्लेषण गर्न थाले । हुन त उनले आफु सुतेको कोठा भित्रबाटै आएजस्तो सुनेका थिए त्यो आवाज । तै पनि घरको अरु ढोकाबाट पो त्यो आवाज आए होला कि भनेर पनि उनको ध्यान बाँडियो ।

>उनी डर्राई डर्राई आफूले ओढिराखेको सिरक पन्छाएर विस्तारै उठे । डराउँदै डराउँदै उनी ढोकासम्म पुगे । विस्तारै ढोकाको चुक्कल खोलेर ढोका उघारे । विस्तारै ढोका लगाएर पनि विचार गरे । तर खोल्दा र लगाउँदा त्यस्तो आवाज नै आएन । उनले त्यो आवाज त्यो ढोकाबाट आएको थिएन भन्ने कुरामा आफूलाई ढुक्क पारे । अनि त्यो फल्याटका अन्य ढोका हेर्न गल्लीको बत्ती बाले । सबै ढोका ठीक ठाक देखे उनले । त्यस्तो दैलो लाउँदा आफनो गाउँको घरको दैलोबाट आउने जस्तो आवाज निस्कने कुनै ढोका पनि उनले देखेनन् । त्यसपछि उनको दिमाग झन नाच्न थाल्यो आखिर त्यो आवाज आयो कहाँबाट – उनले भूतको कुनै अन्य लक्षण पनि फेला पार्न सकेन्न । उनले आफनो बालक कालमा सुनेका भूत सम्बन्धी कथाहरुको कुनै पक्ष कतै मिल्छ कि भनेर खुब सोँच बिचार गरे तर कतै केही पाएनन् । एकमनले छोरा बुहारीलाई उठाएर आफूले सुनेको त्यो दैलो लगाएको आवाजका विषयमा कुरा गर्ने पनि विचार गरे तर फेरि उनले विचार बदले । भूतको अन्य कुनै संकेत नभेट्दा सम्म पर्खने र यदि फेरि केही लक्षण नपाए बिहान छोरा बुहारी उठे पछि नै कुरा गर्ने निर्णय गरे ।

>धेरै बेर सम्म भूतको अरु कुनै लक्षण नदेखे पछि उनले आफूले धेरै बर्षअगाडि पढेको “मनोहरा देखि मानव सम्म’ भन्ने मोदनाथ प्रश्रीतको पुस्तक सम्भिmए । उनले त्यो पुस्तकका तर्कका आधारमा त्यो दैलो लगाएको आवाजलाई वैज्ञानिक रुपमा पुष्टि गर्ने प्रयास पनि गरे । तर आफ्नो ज्ञानको परिधि भित्र त्यो आवाजको स्रोतलाई उनले ठम्याउनै सकेनन् । अध्यात्मवाद र अलौकिक शक्तिहरुको तर्कबाट आफनो शंका भगानउ र डारविनको विकासवादलाई सहज तरिकाले बुझन त्यो पुस्तकका कुराहरु खुब केलाउने प्रयास गरे । तर उनको बुद्धिले त्यो दैलो लगाएको आवाज कहाँबाट आएहोला भन्ने पत्ता लगाउनै सकेनन् । अल्मल्लमा पदापर्दा, थाकेर लखतरान परेको शरीरलाई उनले फेरि त्यही विछ्यौनामा थन्काए । फेरिपनि त्यो भूतको चर्तिकला अनि बैज्ञानिक विश्लेषणमा दिमाग घुमाउँदा घुमाउँदै उनी निदाए ।

>थाकेको ज्यान, त्यसमाथि दैलोको आवाजको चिन्ताले विथोलेको न्रि्राले छाड्दा ढोकामा टक् टक्को आवाज थियो । बाहिर उज्यालो भैसकेको कुरा झ्यालबाट आएको प्रकासले जनाइहाल्यो । त्यस माथि बुहारीको स्वरले रातिको दैलो लगाएको आवाजबाट भूतले तर्सएको जस्तो आवाज होइन भन्ने पुष्टि गरिहाल्यो । उनले उठेर लुङ्गी बर्ेर्दै आफू समालिएर ढोका खोले । बुहारी चिया लिएर उभिएकी रहिछन् । चिया टेवलमा राखेर बुहारी भान्सा तिर गइन । उनी टवाइलेटबाट कोठामा र्फकदा छोरा दिनेश त्यही कर्ुर्चीमा बसेको भेटाए उनले । बाबु छोरा दुवैले चियाको चुस्की लिदै विछ्यौना, न्रि्रा र आराम बारे प्रसंग सुरु गर्ना साथ उनले छोरालाई दैलो लगाएको आवाजबाट आफू तर्सेको र कहाँबाट त्यो आवाज आयो भन्ने बुझ्न नसकेको बताए ।

>कुरा गर्दै गर्दा दिनेशले त्यही कोठामा रहेको कम्प्यूटर खोलेर इमेल हर्ेर्ने तरखर गर्न थाले । हालचालै डिएसएल ब्रोडब्याण्ड जोडेका छन् उनले । इन्टरनेट डिस्कनेक्ट गर्ने र जोड्ने झन्झट पनि नहुँने र टेलिफोनको विलको चिन्ता नि नहुने । हुन पनि सबैको बिदेश जाने धुनलाई उनले बुझेका थिए । त्यसैले आफू पनि मौका समातेर विदेश हानिने तालमेल मिलाउन इन्टरनेट नभई हुँदैन भनेर उनलाई थाहा थियो । त्यसैले जनतन कम्प्यूटर र इन्टरनेटको व्यवस्था गरेका हुन्, दिनेशले । यसो देश विदेश साथीभाईसँग च्याटस्याट गरेर कसरी विदेश पुग्ने भन्ने प्रयासलाई बाबुसँग गफ गर्दै उनले अगाडि बढाइरहे ।

>बाबु चाहिंले त रातभरि भूतले आफूलाई तर्साएको र आफनो नातिलाई भुतबाट बचाउन डेरा र्सन छोरालाई अर्ती दिने भूमिका बाध्दै थिए । छोरो चाँही यता बावुका कुरा पनि सुन्दै याहु म्यासेन्जरको च्याटमा विदेशका साथीसँग गफ गर्दै थिए ।

>त्यत्तिकैमा त्यो सहज वातावरणमा एउटा उर्जा थपियो । बाबु चाँहीले अलि उत्तेजित जस्तो भावमा भने – ‘हो यस्तै दैलो लगाएको आवाजले हो मलाई रातभरि चिन्तित पारेको’ । दिनेशले पनि अलि अलमल पर्दै बावुका कुरामा ध्यान दिए । अनि त्यो दैलो लगाएको आवाज “क्वाई…य”ले बाबुलाई रातभरि सताएको कुरा बुझे । अनि बल्ल दिनेशको घैटोमा पनि घाम लाग्यो । याहुँ म्यासेन्जर खुलै छाडेर उनी सुत्न गएका थिए । त्यस पछि अनलाइनमा भैराखेको कुनै साथी अफलाइन जाँदा आएको दैलो लगाएको आवाजले बावुको निद हराम पारेछ भन्ने कुरा बुझे । एक छिन इन्टरनेट च्याट, याहुँ आदि प्रविधिको बारेमा बावुलाई उनले बुझाएपछि बल्ल बाबुको मन ठाउँमा आयो ।

>के को भूत हुनु – के को तर्साउनु ! आखिर प्रविधिको खेल रहेछ झण्डै भूतको कुरा उठाएर छोराका अगाडि लाजमर्दो भएको । झण्डै डेरा र्सन लगाएका बुढाले त ! यो रेडियो, टिभी, भिडियो, फोन, मोवाइल के के को कुरा बुझि सक्नु र ! अझ इन्टरनेट र बेवसाइटका कुरा झन् के के हो, के के हो ! बुझे पनि सुख्ख छैन नबुझे पनि रातभरि भूतको डरले सुत्न देन । हुन पनि नाम पनि के को भूतकै जस्तो ‘याहू……’ भनेर राखेका नि

(स्रोत : Nepalisandesh.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.