उनी केटा म केटी सबै बराबर
पढीलेखी जान्छौं घर हामी सरासर
मन्दिररुपी पाठशालालार्इ सधैं पूजा गर
अज्ञानलाइ हटार्इ तिमी सधैं ज्ञान भर ।
फूलरुपी जीवन यो आयौं हाँस्नलाई
शत्रुता र अहङ्कार सबै मास्नलाइ
तिमी ज्ञानी, म ज्ञानी, हामी सबै ज्ञानी
फूलबारीको फूलजस्ती म त सानी नानी ।
दिनपछि रात आउँछ, रातपछि दिन
समयलार्इ साथी बनार्इ राम्रोसित चिन
मनलार्इ सफा बनार्इ तिमी मनमनै हाँस
तिमी हाँसे सब हाँस्छन् एकता यो गाँस ।।