हास्य-कथा : आमन्त्रण

~दीप हाँडिगाउँले~

कुरा ति दिनहरुका हुन जति बेला म १० कक्षाको बिट मार्दै थिएँ।

दिउँसो तिर ट्वाक आयो घरमा। छुट्टीको दिन थ्यो भात गोदेर ओछ्यानमा एक राउन्ड सुत्दीम कि भन्दै ढल्कीरा थेँ उ आईपुग्यो।

“दीप्, ल हिन” भन्यो आउना साथ। हातमा एक चाङ्ग निम्ता देखेर थाहै जस्तो थ्यो तैपनि “काँ?” भन्या त्यै चाङ्ग बोकेको उस्को दाइने हात अलिकति उठाउँदै भन्यो “निम्ता बाँडन”।

ट्वाकको दिदीको ब्या आउँदै थ्यो। त्यो निम्ता बाँडने काम झर्को चै झर्को लाग्दै हो तर त्यति निरस पनि थिएन। निरस र सरस गन्तब्यले टुङ्गो लाउथ्यो। त्यसैले एउटा आश नजानिदो किसिमले धडकन सँगै मिसिएर प्रतिपल चम्किन्थ्यो।

म हिँने उ सँग। धेरै तिर बरालिइयो–निम्ता बाँडियो– धेरै निम्ता बाँड्नुथ्यो एउटा घर बाट अर्को घर पुग्दा समय निकै खर्च हुने। त्यसो समय खर्च गरेर पुग्यो ट्वाकको त काम हुने मेरो नहुने। पुग्या घराँ तरुनीहरु नभए पछि मेरो के काम भो? अघि धडकन सँगै चम्किने भन्या आशले धेरै निरासाको चडकन् भेट्यो त्यो दिउँसो।

ट्वाकलाई “तेरो जुन जुन नातेदारहरु कहाँ छन सुन्दरताको सिहासनमा बिराजमान केटीहरु उतै उतै हिन न — रक्सी नभाको भट्टीमा कति जानु? दिक्कै लाग्ने” भन्न पनि भएन तर मन मनमा त भनी रहेँ। के को आस गरेर हिन्या के आइलाग्यो भन्दै घर घर ट्वाक सँग सँगै नमस्ते गर्दै धेरै हिनियो। पछि त थकाई पनि लाग्यो, भोक जस्तो पनि अनि तरुनीको आश प्यास नै भए पछी मैले ट्वाकलाई भनें “ल अब डाईट ख्वा त –”

हामी जय बागेस्वरीबाट लामपोखरी हुँदै चाबेल तिर आउँदै थिम। उस्ले “ल हुन्छ म ख्वाउँछु भन्यो”। राम्रै लाग्यो।

“अब कति ठाम बाँकि छ तेरो?” भन्या “छन त छ अझै तर अब आज यै एउटा फुपुका जानी अनि पुग्यो” भन्यो।

“तेरो फुपुको नी घर ह्याँ हो र? तेरो फुपुहरु त उता थापाथली-कुरियागाउँ तिर र डिल्लिबजारमा हैन र?” मैले सोधें। म गाको छु उस्का ती फुपुहरु कहाँ।

“ह्याँ चै मेरो बाउको फुपु के — बाउले फुपु भन्या हाम्ले पनि फुपु अब” भन्यो।

डाईट खाएर जाने होला फुपुकाँ भन्या त गणेशथान आउनु अघि नै देब्रे पट्टीको एउटा घराँ लाग्यो ट्वाक।

“ए, डाईट भन्या खै त?” मैले फेरी भास भुस पार्ला भनेर सम्झाएँ।

“ख्वाउँछु भन्या अहिले — पैले हिन्न ह्याँ काम सक्काउँ –” भन्छ ट्वाक चै।

“बोरै भै सक्यो लरखरिदा लर्खरिदा” मैले मेरो दिक्क सुनाएँ।

“ह्याँ बोर हुन्न तँलाई– ल हिन” भन्यो।

“यो लास्ट स्ट्प हो?” मैले सोधें उस्ले “हो हो” भन्यो।

गैयो भित्र। ठोकियो नमस्ते। बसियो बैठक कोठामा। थकित ज्यानलाई केही राहत भो।

“खै त फुपु?” ट्वाकले सोध्यो त्याँ हामी सँगै बैठकमा बस्या आन्टीलाई–फुपुकी बुहारी हुन क्यारे।

“उता नरेन्द्रदाई काँ — आउने बेला पनि भयो होला अब त” सुनाईन आन्टीले। अंकल भनाउँदा पनि आए। ट्वाक सँग भलाकुसारी भो। ब्याको कुरा गर्न थाले। आफुलाई चै भोक लागी रा बेलाँ झर्को लाग्न थाल्यो।

ट्वाकको दिदीको ब्याको कुरा त नातेदाराहरुलाई था नभाको हैन–निम्ता त एउटा औपचारीकता मात्रै थ्यो।

“ए, महेन्द्रदाई” घर बाहीर बाट कुन चै ले बोलायो यसो झ्याल तिर बाट बाहीर हेर्दै अंकल चै “एकै छिन है म आईहाल्छु” भनेर हिने।

मैले ट्वाकलाई “ल हिन, अब” भन्ने संकेत स्वरुप कुहिनाले ठ्याक्क हानें।

उस्ले तत्काल आन्टी तिर हेरेर भन्यो “आन्टी, भोक लाग्यो — खाजा खाम न”।

अघोरी ट्वाकले त्याँ पो ख्वाउने भो डाईट। झन हुटेलाँ म:म: तिर डल्याम्ला भन्या त — म:म: सम्झिने बित्तिकै मुखमा पानी आयो –त्यै म:म: पानी निलेर बस्नु पर्यो। ट्वाक मेरो वाकयुद्ध्मा पर्ने निश्चित थ्यो त्याँ बाट निस्के पछी।

“लछ्मी –लछ्मी” भन्दै आन्टी कराईन। एकै छिनमा घुर्मैलो धोती लाकि एउटी अँधबैसे आईमाई फुङग उड्या अनुहार लिएर ढोका नेर आईन।

“जाउ त खाजा बनाएर ल्याउ” आन्टीको आदेश गुन्जियो। लछ्मी तर चटपटाईनन्।

यत्तिकैमा एउटी सुन्दरताको पन्चाङ्ग अग्नीमा जाज्वल्य हुँदी एउटी तरुनी मन्द मुस्कान साथ कोठा भित्र छीरी।

ट्वाकलाई मुलत: शब्दले, अनि मलाई आँखाले अभिबादन गरे जस्तो लाग्यो। ट्वाकले अघि ह्याँ बोर हुन्न भन्या झट्ट सम्झें हो रे छ भन्ने लाग्यो। ट्वाक प्रतिको द्वेस हरायो। बरु आभारी भएँ। म:म को तल तल पनि हरायो।

उ ट्वाक सँग भलाकुसारी गर्दै थिई — लछ्मी चटनपटाको देखेर आन्टी आफैं उठीन र बाहीरीइन, लछ्मी पछी लागिन। उनीहरु जानु के थियो मैले मेरा आँखाहरुलाई ट्वाक सँग कुरा गर्दी त्यो ठीटीका अमृतरसले भरीएका झै लाग्ने र रस टप्केलान कि झै देखीने अधरहरुमा डुबुल्की मार्न निर्बाध छोडी दिएँ।

उस्ले म तिर हरेक पल्ट हेर्दा मेरा नयनले उस्कालाई अभिनन्दन गरेकै हुन्थें। ति आँखाहरुमा कौतुहलता म पढ्न सक्थें।

ट्वाकले न त मलाई उ चिनायो न नै उस्लाई म। तर त्यै आन्टीकी छोरी भाको मैले बुझिसकेको थिएँ।

एकै छिनमा चाउचाउ, चिया, र पानी आयो किस्तीमा। लछ्मीले बोकेर ल्याईन — आन्टी पनि पछी लागेर छिरिन कोठामा। बाताबरण फेरीयो। लछ्मीले हामी अघिको टेबलमा खानेकुरा राखेर फर्किन। “ए कत्ति छेउमा राखेको” त भन्दै थिईन आन्टी लछ्मी सुरु सुरु निस्किन कोठाबाट। लछ्मी रीसाकि हुन कि कान नसुन्ने मैले बुझिन।

नवतरुनी चै ले किस्ती मिलाउने भै। तातो चाउचाउको कचौरामा के गरेर हात लाई कुन्नी उस्ले, तातोले चिलेछ उस्को त्यो कोमल हात। चिल्नु के थ्यो उस्को हात बिच्की हाल्यो– बिच्केको हातले चियामा दनक दिएछ अनि पानीको गीलासमा पनि — घोप्टी हाले कप र गिलास –पानी र तातो च्या ज्यानमा आईलाग्यो — पानीको त केई भएन च्याले त डामी हाल्यो। जर्याक जुरुक उठियो। आत्था आत्था भन्दै कराउन पनि भएन पोल्न छोडेको पनि छैन।

“ए, पोल्यो कि के हो?” भन्छीन आन्टी चै। नपोलेर अन्त के भयो त?

“के गरेर, घोप्ट्याई यस्ले — एउटा काम ठिक सँग गर्नु छैन” आन्टी छोरी तिर लागिन।

केटी पनि एक छिन त स्त्बध भाकि थिई पछि त उल्टो हाँस्न थालि। आन्टी कराउँदै थिईन। मेरै जत्तिको बिजोग थिएन ट्वाकको — उस्लाई पानीले धेर च्याले कम भेटेछ।

लछ्मी लछ्मी तिन चार चोटी भने पछी लछ्मी आईन। सबै घोप्ट्या देखेर हिनीन। एक छिन पछी रुमाल बोकेर फर्केको देखें।

केटी चैं म तिर मुस्कान साथ हेरेर “सरी —म फेरी ल्याउछु च्या र चाउचाउ” भन्छे बा।

मैले कोठामा को को छन बिचारै नगरी भनें तर नरिसाईकन “फेरी ल्याउँछु रे? किन? फेरी घोप्टयाउन? भैगो पुग्यो आजलाई।”

आन्टी हाँसीन, उ हाँसी, ट्वाकको अनुहारमा पनि हलुका हाँसो थ्यो। लछ्मी ढलेका भाँडा उठाई होरी रुमालले पोखीएको सोस्तै, उठाउँदै थिइन। उनलाई हाँसोले छोएको थिएन।

पछी हिन्ने बेलामा ठीटी बाहीर सम्म पुर्याउन आई — फेरी “सरी” भनी अनि निस्किदा निस्किदै ट्वाक भएको मतलबै नगरी म तिर उही घातक नजरमा “उफ”को सकस, अनि उही मादक अधरमा मुस्कानको बकस सार्दै भनी “पर्सी मङ्गलबार गणेशथान आउने त होला नी?”

*****

“पर्सी मङ्गलबार गणेशथान आउने त होला नी?”

ठिटीले गणेशथानमा मंगलबार मंगलबार देख्या रैछे क्यारे र त पेच हान्या जसरी निम्ता गरी भन्ने लाग्यो तर मजा पनि आयो आखिर एउटा तरुनीले त सम्झेकी रैछे गणेसथान आको — जस्को लागि भनेर आयो उ त अटेन्सनमा लिखुरे मुसा ढोका बाहेर राखी आफु भित्र रातो रङ जिउ भरी दलेर ह्याँमानको भुँडी जमिनमा टेकाउँदा समेत अझ भो नभनी मुखाँ अटाई नअटाई लड्डु हालेर बस्या हुन्थे। हामी आको, घण्टी बजाको फन फनी मन्दीर घुम्या बाल मतलब भएन उनलाई। तेस्तै रे छ जिन्दगी।

जे होस गणेशथानबाट देब्रे मोडिएर धोबीखोला तिर ओर्लिने बाटो लाग्दा नलाग्दै ट्वाकले “च्याले पोलेर तँलाई बोर त भएन?” भनेर सोध्यो। “च्याले पोलेर त बोरै भा थ्यो तर मल्हम अचुक रे छ सित्तल भै रा छ ऐले त च्याले पोल्या ठाममा बरु मन पो — ” भन्दै मैले ट्वाकलाई हेरें। उस्ले मलाई। उ हाँस्नु के थ्यो म पनि मिसिएँ।

हुन त ट्वाकको बैनी पर्ने हो त्यो केटी त्यसैले काँ सम्म के भन्न हुने हो त्यो बिचार पुर्याउनु पर्ने थ्यो। ट्वाकको आफ्नै बैनी झन बेपत्ता राम्री थि। भन्न केही नहुने तर । सपनामा आएर उस्ले धेरै चोटी मेरा सपना बिथोलेकी छ — के गर्नु? आश भन्ने पनि रोगै रे छ। सपनामा आउँदी र छे उ, म चै आकी बेला भनेर त्यै सपनालाई बिपना पार्न खोज्दो रछु अनि बिपनामा त ठण्डाराम ठण्डाराम भाको सपना पनि खत्तम।

त्यो ट्वाकको बैनीलाई बाङ्गेले “दिन्छु लभ लेटरे जे त होला” भनेर धेरै चोटी जोस्सिदा मैले बडो मुस्किलले सम्झाएको छु। सुपारीले त एक चोटी ट्वाँटको सुरमा ट्वाकको बैनीको भक्ति भजन सुरु गर्या मात्रै थ्यो ट्वाकले बिशालनगरमा त्यो बसन्त सम्सेरको दर्बारको भित्तामा झन्नै खापाले माउसुली चेप्टाको जसरी चेप्ट्याएन सुपारीलाई। त्यो घटनाको निकै दिन सम्म हामी ट्वाकको घरमा ब्यान भइम। बाङ्गेको आँटमा पनि त्यो घटना पछी हल्का पैरो त गयो गयो। “माया गरम न त माया लाग्या तरुनीको भन्न पनि नपाउनु के मर्या जस्तो जुनी यो” भन्थ्यो फ्रस्टेट भएर बाङ्गे कैले काईँ।

त्यसैले त्यो ट्वाकको चाबेले बैनी प्रति पनि साबधान हुनै पर्थ्यो मैले। ट्वाँट पनि जङ्गी थ्यो मान्छे। पछी त ब्ल्याकबेल्टै भयो। तर जाई कटक गर्दैन्थ्यो झिकी कटक गर्थ्यो।

जे होस उस्को त्यो चाबेले बैनीको कुरा गर्दा ट्वाक रिसाएन।

“तँलाई देखेर नरभस भै छ क्या रे कबिता अनि त घोप्टाई नी च्या र चाउ चाउ — तेरो खुट्टैमा किस्नार्पन गरी क्यारे हैन?” ट्वाकले सोध्यो। “मलाई देखेर उ त खै के भैइ उस्लाई देखेर आफ्नो ज्यान बिउँझियो मन झन्नै बेहोस भो” मैले मौकामा अलि अघि बढेरै भनें। ट्वाकले “ल ल गफाडी” भन्यो हामी अघि बढीम।

कबिता रे छ ठीटीको नाम। आहा! क्या राम्रो नाम। त्याँ देखी मलाई कबिता लेख्न, पढ्न, हेर्न, अनुभब गर्न जे गर्न पनि मन लाग्ने भो।

यसो उसो गर्यो खाली कबिताकै मात्रै कुरा गर्न मन लाग्नी आफुलाई। गरीयो पनि।

“कतिमा पढने नी कबिता?” ट्वाकलाई सोधें भेट्या बेलाँ नाम पनि लिईदिइ हाल्या नी।

“उ पनि दशमै हो — कता बानेस्वर तिर ट्युसन पढ्छे क्यारे जा तँ पनि” ट्वाकले भन्यो। ट्वाक बज्या तेस्तो भलादमी कैले लाग्या थेन। भाब बिभोर भएर सिगैं एउटा शिखर चुरोट दिएँ उस्लाई मैले तेतीबेला। चुरोट तान्दै धोबिखोला तर्दा तिन चोटी चाबेल तिर हेरें। आज चाबेल किन किन बढ्तै उज्यालो लाग्यो।

“कुन स्कुल नी?” मैले सोधें।
“त्यै महेन्द्र भवन” ट्वाकले भन्यो।
“काँ पढ्ने नी ट्युसन चै?” उसलाई मैले फेरी सोधें।
“मलाई के था? उसैलाई सोध्न” ट्वाकले सजिलै भन्यो।
“कसरी सोध्नु उ उता छे आफु यता बाटो लागियो–” भनें।
“पर्सी बे मा आईहाल्छे नी –तेई बेलाँ सप्पै धोको पुर्याउनु– अब फेरी कबिताको अरु कुरो झिकीस भने म तेरो आनी बानी सबै भन्दीन्छु तेल्लाई तेस्काँ बाट हिने देखी खाली तेसकै मात्रै कुरा गरेर वाक्कै पारीसकीस तैले — थाह छ?” ट्वाकले सुनायो।

कुरो हो पनि — “तर अब कबिताको कुरा नगरी के तेरै बैनीको चै कुरो गर्नी त?” — सोध्न मन नलाग्या त हैन तर आँट आएन —कबिताको कुरा नगर रे –झन भलादमी भनेर लुकार राख्या चुरोट दीएँ बेईमान पो हुन खोज्छ बज्या ट्वाक।

एउटा न एउटा तरुनी आएर सधैं जसो राती निन्द्रा बिथोल्थे आज कबिताको पालो सम्झिदै हिनें। बे मा झन क्या सजिएर आउने होली उ — सम्झिदै जिउ भरीका सप्पै रौं भाला भए। —

बे मा झन क्या सजिएर आउने होली उ — सम्झिदै जिउ भरीका सप्पै रौं भाला भए। —

अब घर त आइयो मन हराईयो। हुन त मन बेईमान हुन थाल्या एक समय भै सक्या थ्यो। आफुले आफ्नो भन्यो बस्न जान्थ्यो उ तरुनी फेरी फेरी। कैले त आफ्नो मन बस्या छ कहाँ थाह नहुने। आज भने कबिताकै बस्या थ्यो उ।

ट्वाकको घर आयो उ गयो। अरु बेला भए यसो भित्र छिर्ने गर्या थ्यो न दर्शन पाईहालिन्छ कि तेस्की बैनीको भनेर –आज वास्ता लागेन। लङुर-बुर्जाको गोटी घोप्ट्याउँदै गर्दा बुर्जा डबल देखी सके पछी किन पानमा राख्ने पैसा? कबिता बुर्जा अब ट्वाक्या बैनी पान।

आफ्नो घर तिर जानु अघि खुसी बाँड्नु पर्यो भनेर बाङ्ग्या घर तिर लागें तर उस्को घर नेर पुगे पछी फर्किएँ। उ पनि बेरोजगारै थ्यो लभ मार्केटमा। मैले कबिताको बारेमा भन्नु उसलाई पनि दरखास्त हाल भन्नु बराबर थ्यो। त्यस्तो काम पनि गर्नु हुन्थ्यो के त? तर पनि घर तिर फर्किदा एक किसिमको गरुङ्गो अनुभव चै भयो। आफ्नो तेस्तो पक्का साथी बाङ्गे। तर भएर के? एक नम्बरको घातक थ्यो। म भन्दा पैले ट्वाक सँग कुरो थुतेर कबिताको ट्युसनमा भर्ना हुन्थ्यो। शंकै थिएन। हुन त हाम्रो खेस्रा सम्झौता के थ्यो भने तरुनीहरु श्रीमती भए भने भैगए — तेसमा हस्तछेप नगर्ने तर श्रीमती नहुँदासम्म जस्को शक्ती उस्को भक्ती।

बाङ्गेले हुन त ट्वाक बाट कुरो सुनीहाल्थ्यो बरु ट्वाकले भन्नु अघि आफैले भन्न पाईयो भने ईमान्दार पनि भईने भन्ने लागेर फर्किन लाग्या थें फेरी थाह पाए उसैले पाओस म त भन्दीन भनेर आफ्नै घर तिर लागी रहें।

तेती बेला एउटा न एउटा तरुनीले आएर सपना बिथोल्थे। आज कबिताको पालो थ्यो। निश्चित।

ट्वाक्या दिदीले अहिलेको घरलाई माईत भन्नु अघि दुईटा जति मंगलबार बाँकि थिए। अब आज अघि रोप्या प्रेमको फुललाई पर्सी आउने मंगलबार सम्म मलजल गर्नु थ्यो अनि अर्को मंगलबार सम्म गोडमेल गरेर उ बेमा आउँदा त फुल फुलाई होरी समर्पण गर्नु पर्ने थ्यो उस्लाई । युद्ध्स्तरमा गर्नु पर्ने लभ थ्यो त्यो भनम न।।

भोली ब्यानै ट्वाक काँ पुगें केही गर्नु छ कि बेको लागि भनेर। अरु बेला भए भागी भागी हिन्थे केही गर्नु पर्ला भनेर तर आफ्नो भर्याङग ट्वाक भए पछी के गर्नु? घराँ पुगेर बोलाएँ आमा चै ले छैन भनीन। कता अन्मरेछ त? भन्दै सुन्नारनको घर माथि बुर्जा बाहीर राख्या लसुन हेर्दै सोच्दै थिएँ “आज ब्यान ब्यानै गाँजा खाएर आ हो?” ट्वाक्या बैनीले सोधी। म ट्वाल्ल परेर सोची रा देखी छ क्यारे। मुस्कान दे र अझै उभिरा छे बा ट्वाक्या बैनी त — मन हडबडायो। उ हतपत म सँग तेसरी बोलेको याद छैन मलाई। सुरुमा कुरा झिकेर उ त बोलेकै थिइन भने पनि हुन्थ्यो। मैले कैले केही सोधे जबाफ दिन्थी। तेत्ती हो।

“गाँजा रे? काँ गाँजा खानी? म चुरोट त छुन्न। यत्तिकै दोष लाउनी?” मैले पनि पाको बेलामा मुस्कानको उत्तर मुस्कानले नै दिएर भनें।

“अँ खाँदैन चुरोट — मलाई था छैन र?”

“खान्न म त — सत्ते– बिद्यानस् — त्यो बाङ्गेले खान्छ चुरोट त –” मैले पनि लौ त भनेर ठोकी दिएँ। अब ट्वाकले खान्छ भन्न भएन। सुपारी अलि सोझो थ्यो अनि अलि बढी आउ जाउ थ्यो तेस्को ट्वाक कहाँ — अब कसैले न कसैले खाको त भन्नै पर्ने भो जस्तो लाग्यो — बाङ्गे फेला पर्यो।

“अस्ति त्याँ भगबतीथान पछाडी चुरोट तान्दै गर्या मैले नदेख्या हो र?– अझ बिद्यानस रे — फेल हुन्छ एस यल सीमा अनि ठिक्क पर्छ” भन्छे बा उ त। अब मारेन? कैले देखीछ चुरोस तान्या।

“ए, त्यो त बाङ्गेले सल्काईदे भनेर सल्काईदेको मात्रै हो — अब साथिले भने पछी के गर्ने?” मैले भ्वाङ्ग टाल्न सक्दो कोसीस गरें।

“त्यो मोरो त म फुट्या आँखाले पनि देख्न सक्दिन — जाँ जैले देखे पनि खाउँला जसरी हेर्छ — कत्ति नी मन पर्दैन मलाई त्यो बाङ्गे टिङ्गे मोरो” उस्को भनाईमा रोष थ्यो। मुस्कान हरायो।

“म नी म? म मन पर्छ?” सोधम भन्दा भन्दै उ एक्कासी हराई। म त अलमल्ल परेँ। किन तेसरी बतासिई भनेर। ट्वाक्या बैनी सँग तेती लामो कुरा त्यो पनि तेस्तो फाईदा जनक कैलेइ थेन — कबिताको फुलबारीमा आर्को पनि फुल रोप्नु पर्ने भो त?” मनमा कुरा आको मात्रै के थ्यो ट्वाक अगाडी देखें। —

मनमा कुरा आको मात्रै के थ्यो ट्वाक अगाडी देखें। —

नबिराउनु नडराउनु भन्थे क्यारे — गर्या सर्या त खास केही हैन त्यै पनि डर लाग्यो — ब्यान गर्देला ट्वाकले घर आउनि भनेर। धन्न देखेनछ क्यारे गफ गरीरा तेस्को बैनी सँग (अब कति तेस्को बैनी तेस्को बैनी भन्नी हैन? नामै भन्दीम न — चेतना ल तेस्को नाम)– ट्वाकले सोध्यो “के गर्न ला?”

“गर्न ला त थ्यो केई तर तै भिलेन पल्टीस नी” भन्नु पर्ने थ्यो तर “केई न केई तैंलाई कुरीरा” भन्दें।

“किन?” भन्यो उस्ले।

“बे को लागी केही काम गर्नु छ कि भनेर” सुनाएँ।

“उस्ले म तिर पुलुक्क हेर्यो मात्रै अनि घर तिर अघि बढ्दै भन्यो “अहिले त खास केही छैन अलि अलि सामान किन्न जानु छ — पछि किनेनी हुन्छ — हिन माथि।”

उस्ले “माथि हिन” भने पछी पक्का भो ट्वाकले देखेनछ चेतना सँग शब्द साटासाट गर्या। माथि ट्वाकको कोठामा पुग्दा पुग्दै भान्छा तिर हेरेर उ करायो “आमा च्या पठाईदिनु न — दीप पनि छ”। अनि म तिर हेरेर भन्यो “क्या चिसो यार बाहीर त”।

चिया त चेतनाले पो ल्याई — धेरै जसो एउटा केटोले ल्याउँथ्यो। बैनी चैंले च्या ल्याको देखेर ट्वाकले त्यो केटो खै? भनेर सोध्यो। उस्ले तरकारी तेल किन्न गा छ भनी — म तिर एक चोटी पनि हेरीन। केटी पोख्त रै छे भन्ने लाग्यो। चिया राखेर उ गै हाली।

चिसोमा चिया र चुरोटको मिश्रण गज्जब हुन्थ्यो। घरमा तान्न भएन। चिया सकेर मैले यसो चुरोट देखाए पछी ट्वाकले “हिन” भन्यो। बेखालालको घर पछाडी बारीमा गएर तानियो चुरोस अनि अलि ढुक्क भो।

ट्वाक त अहिले मेरो लागि दुइटै हातमा लड्डु लिएर बस्या थ्यो — हुन त जुन भए पनि हुने तेसमा पनि दुईटै भए झन राम्रो। आशै त हो। गर्दैमा के बिग्रिन्छ र?

घर तिर आउँदै गर्दा बाङ्गे कहाँ छिरें। सोचें चेतनाको कुरा चै भन्छु यस्लाई। आखिर यसै मन पराउन्न रैछे उसै। बाङ्गेले केही गर्न खोजे चेतना झन भडकिने छनक मैले पाको थें। ट्वाकलाई बैनी चाई ले बाङ्गेलाई उस्ले कस्तो मन पराउन्न भन्या भे त ट्वाकले बाङ्गेलाई घर आउन अप्र्त्यक्ष रुपमै भए पनि निरुत्साहित गर्थ्यो होला तर तेस्तो अचेल गरेको थिएन। किन होला जस्तो लाग्यो। सोचें या त चेतनाले ट्वाकलाई बाङ्गेको बारेमा केही भनेकै थिएन — भनेकै भए पनि ट्वाकको लागि खुसीको कुरो थ्यो क्यारे। ” म त बाङ्गे भनेसी हुरुक्कै हुन्छु” भनेर बैनी चै ले भन्या भए पो खतरा महसुस गरेर ट्वाक साबधान हुन्थ्यो होला “मनै पर्दैन मुर्दार” भने पछी ट्वाकलाई के को पिर?

यस्तै कुराका लहर मनमा उठ्दै हराउँदै थे म पुगें बाङ्गे कहाँ।

उ त अझै ओछ्यानमा गुटुमुटु गुडुल्की रा रे छ। “काँ बाट तँ यति ब्यान ब्यानै?” उस्ले सोध्यो– अनि थप्यो “चिया खाने?”

“चिया त म खाईहोरी आको ट्वाककाँ अनि ल्याको कल्ले भन्न च्या? चेतना ले — क्या मुस्कान दि यार सेन्टीफ्लाट हुने गरी”

“नाम चै चेतना रे तेस्को है होसमा भाका एउटा एउटालाई बेहोस पार्छे भन्या” बाङ्गेको अनुहार उज्यालो भयो उस्को कुरा उठनासाथ।

“अघि बुझिनस — ट्वाक काँ गा त्यो रैन्छ है अनि फर्किन ला थें चेतना आई रा भन्या कुरा गर्न –” भन्दा भन्दै मेरो अनुहारमा पनि घाम उदाएझै रनक आयो जस्तो लाग्यो।

बाङ्गेले तिखो घुर्यो र भन्यो “काम पाईनस ब्यान ब्यान?”

“हो भन्या मरीजाम” मैले भनें।

“तैले सपनाको कुरा गर्या की बिपनाको?” उस्ले अझै पत्याएन।

“नपत्याए नपत्या — हुन त तँलाई त सपनाकै कुरा भए ठिक्क छ” भनें।
“किन?” उ अलि चिन्तित भो।

“तँलाई त देख्न पनि सक्दिन भन्थी” मैले सुनाई दिएँ। —-

“तँलाई त देख्न पनि सक्दिन भन्थी” मैले सुनाई दिएँ। —-

“हेर दीप, मलाई यो केटीहरुको कुरामा तेरो केई बिश्वास छैन — तैले जे पनि भन्छस — मैले धेरै चोटी चेति सक्या छु” उस्ले सजिलै भन्यो।

“अब उस्ले भन्या त्यसै हो मलाई — उसलाई चुरोट सुरोट खाको नी मन पर्दैन रे — भन्थी– तैले जैले चुरोट तान्छस रे — मनै पर्दैन बाङ्गे टिङ्गे रे — के के भनी के के” मैले थपेँ।

” चुरोट तान्ने बेलाँ सबैले तान्या छन उस्ले देख्ने बेलाँ चै मैले मात्रै तान्या देखी रे? चाईने नचाईने कुरा नगर त — मैले त पैले भन्या हो नी तेरो कुराको बिश्वास छैन भनेर ” बाङ्गेलाई असर परेन।

“पछी लागी राख्त उसो भए — कुन दिन झटारो हान्छे सराप्दै अनि ट्वाक पनि आईलाग्छ —त्यस पछी मलाई पैलेई भन्देको भए भन्दै म कहाँ आईस् भने हुक भेटछस मेरो पनि” आफ्नो कुराको असर नपरेको देखेर मैले अलि नाटकिय ढङ्गले उस्लाई साबधन गरे जस्तो गरें।

“जे भन्नु छ उसैले भन्छे — जे गर्नु छ उसैले गर्छ — सरापे पनि अङ्गाले पनि यो उस्को र मेरो कुरा हो तँलाई के को पीर? सक्छस भने तँ पनि लाग न — छान्न दे उसैलाई — ट्वाक आईलाग्यो भने लाग्यो –देखा जाएगा– मलाई तर्सार तँ उस्लाई एक्लौटी पारम्ला भन्ने बिचारले आ भए जा घर” बाङ्गे त झन दृढ पो भयो।

“ल ल भयो छोड तेस्को कुरा — बरु आज के गर्ने हो?” मैले सोधें।

“कस्तो के गर्ने? यस्तो चिसो छ बौध जाने नी” उस्ले भन्यो।

“अनि गाँठ?” मैले सोधेँ।

“गाँठले कैले छेक्या छ?” उस्ले सोध्यो। त्यै प्रस्नमा मैले जबाफ पाएँ।

“ल त ल भात खाईसकेर यसो एक छिन पढ्या जस्तो गर्नु पर्ला अनि जाम्ला त” भन्दै म उठें। उ अझै ओछ्यानमै थ्यो।

घर् आईयो भात कार्यक्रममा लागियो तरकारीमा दोष लाईयो तर थपि थपि खाईयो।

भात खाईसके पछी यसो पढ्नु पर्यो भन्या एका तिरको पानामा कबितै कबिता अर्को तिरको मा चेतना। कता पढ्ने के पढ्ने? ठीटीहरुले दिन भाँडथे — रात बिथोल्थे — अब पढाई पनि ध्वस्तै पार्ने भए भन्ने पिर नलाग्या पनि हैन तर त्यो पिर अरु जस्तो थिएन — धुवाँ जस्तो थ्यो — रमाईलो आगोको धुवाँ।

धुम्माराईतिर बाट गैयो बौध त्यतै बाट फर्किईयो। बाङ्गेको कार्यक्रम थ्यो त्यो लोहनीको घर तिर। उस्को कार्यक्रम भनेको अब उही त हो नी।

भोली पल्ट बिहानै सुपारी आयो पसुपती जाम भनेर। गै ल्याकै हो। तयार भैयो। सुपारी र म पैले ट्वाककाँ गईम–बाङ्गेलाई पनि लिएर ट्वाककाँ जान मन लागेन। चेतना चोकमै थिई — सुपारीले ट्वाक सोध्यो — उस्ले एक चोटी हामी तिर पुलुक्क हेरेर ट्वाक घरमै भएको बताई। सुपारी ट्वाकलाई बोलाउँदै घर भित्र छिर्यो म भने चोकमै उभी रहेँ। जति हेर्यो उस्लाई त्यति राम्री लाग्यो। हिँजो देखी त झन। बाङ्गेले भन्या जस्तो नाम चेतना भए पनि बेहोस त बेहोसै पार्ने हो उस्ले।

उस्ले म तिर हेर्यो की मेरा आँखा फेरी अन्तै पुग्ने। एक चोटी त आँखा जुधेकै बेला सोधी “के?”

के भन्ने मैले अब? तर ‘जे सोच्या हो त्यौ” फुत्तै निस्कियो मुखबाट। उस्ले एकोहोरो हेर्दै थिई ट्वाक र सुपारी भर्याङ्गबाट ओर्लेको सुनें अनि म चोकबाट बाहीर निस्कें। बाहीर साधु भएर उभीएँ।

अनि बाङ्गेकाँ गैयो। कबिताको कुरा ट्वाकले गर्ला भन्ने पिर थ्यो तर ट्वाकले त्यो कुरा बिर्सी सकेछ क्यारे। मलाई पो तेसकै धुन थ्यो र उस्लाई त केई न केई।

डबलीबाट मालीगाउँतिर लागियो कोटालटोल पछीको ओरालो लाग्दै। दुई चार बटा मालीगाँउले घुम्ती काटे पछी ज्ञानेस्वर तिर बाट आएको बाटोमा मिस्सीएर लागियो बायाँ कालोपुल तिर।

कालो पुल तर्ना साथ सिधै उकालो नलागेर दाइने लागियो अनि रातो पुल तिर बाट आएको बाटोमा मीस्सीएर देब्रे तिर उकालो लागियो गौसाला तिर। अनि बनकाली हुँदै पुगियो पसपती भस्मेस्वरको बाटो। बागमतीमा पुगेर ब्रम्हनालमा पानी चढाईयो अनि एक अंजुली पानी कलि भन्नेलाई चढाउन पुगियो। त्यो कालो कलिलाई देखेर बाङ्गेले भन्यो “यो कलि पनि सधैं बामको बामै भो– कैलेई बढ्या देखीएन –”

माथि पसपतीमा फन फनी घुम्दै बासुकी तिर पुगीयो। जुन चै मन्दीर घुमे पनि हात घिसार्दै हिन्ने चलन थ्यो — मन्दीर सकिन्थ्यो अनि हात ढोग्यो। अनि त्यो एउटा अध्यारो कोठाथ्यो तेस्को झ्यालाँ गएर जय शम्भो भनिन्थ्यो खै किन हो। अनि त्यो सत्तल अघि उभिएर यसो पारी हेर्यो ब्रम्हनाल तिर हेर्यो —- कुनै तरुनी भक्तिनी कतै देखीयो भन्यो घुर्यो हैन भने त्याँ एउटा मन्दीरको माथि भएको षटकोणमा पैसा अड्याउन खोज्यो हिन्यो। त्यस्तै गरीयो सधै झै।

अनि हनुमान घुमेर जगतजंगले चढाको अजङ्गको साँढे भन्दा अघिको बीर सम्सेरले चढाको लिखुरे साँढे घेर्या ग्रिल चढेर पशपती दर्शन गर्दै थें लाईनमा कबिता देखें। पसपतीको जात्रा सिद्राको बेपार भन्थे — आफ्नो पस्पतिको यात्रा मनको जात्रा भै गो। —

— आफ्नो पस्पतिको यात्रा मनको जात्रा भै गो। —

कबिता सिंढीबाट ओर्लिन थाली ट्वाक, बाङ्गे सुपारीहरु अझै पस्चिम ढोका माथि महेन्द्र सहारा लेख्या मास्तिर प्रसन्न मुद्रामा देखीने शिब पार्बती दर्शन गर्दै थिए। उनीहरुलाई कुरे ढिलो हुने बुझेर म चाही अघि बढें। कबिता सानो साँढे सम्म आउनु अघि नै म उस्को छेउ पुगी सक्या थें तर उस्ले मलाई देख्या थिएन।

“अस्तिको च्याले अझै पोल्दै छ खै अलिकति चन्दन लाउन पाए शित्तल हुन्थ्यो कि?” मैले भनें।

एक झटकामा उस्ले आबाज आए तिर हेरी, मलाई देखी अनि पलभरलाई अलमलिई। यतिन्जेल सम्ममा मेरा साथीहरुले पनि देखी सक्या थे। कबिताले पनि ट्वाकलाई देखी तै पनि “चन्दन खुट्टामा लाउने हैन नी पाप लाग्ला” चै भन्न भ्याई।

मैले उस्का कोमल हात बाट अलिकति चन्दन लिएर लाउँदा लाउँदै उ ट्वाक तिर बढी। म पनि पछी लागें। ट्वाकलाई केही अचम्म लागेन होला। सुपारीले केही भनेन तर बाङ्गेले मलाई र कबितालाई निक्कै घुरेर हेर्यो। मलाई था थ्यो त्यस्ले त्यस्तै गर्छ भन्ने। उ ट्वाक सँग बोल्दै थिई बाङ्गेले “पापीहरुलाई चै चन्दन छैन?” भनेर सोध्यो कबिताका आँखामा आफ्ना हेराई टेकाएर। उस्ले हल्का मुस्कानका साथ हात अघि बढाई, ट्वाक, सुपारी, बाङ्गे सबैले चन्दन लाए। यत्तिकैमा कबिताकी अर्की साथी आई। ठिकै थिई त्यो पनि। साथिलाई “मेरो दाई” भन्दै ट्वाकलाई चिनाई। मुस्कानको आदान प्रदान भो अनि उनीहरु अघि बढ्ने भए।

जाँदा जाँदै “आफ्नो त चिनजानै भएन” चै बाङ्गेले सुनाई छाड्यो। दुईटैले फर्केर हेरे अनि हाँस्दै लागे पस्चिम ढोका तिर। हामी पनि लागिम पुर्ब ढोका तिर पाउपोस उतै फुकाल्याथ्यो।

ठीटीहरु पश्चिम ढोका तिर आफुहरु पूर्बी ढोका तिर बाङ्गेलाई के मन पर्थ्यो? भनी हाल्यो “अब देखी यो पूर्ब सूर्ब तिर बाट चै आउने काम छैन”। सुपारीले “किन?” सोध्या मात्रै थ्यो “देखीनस पस्चिम ढोका तिर कस्तो चहलपहल थ्यो? सबै तरुनीहरु त्यतै बाट आउने जाने गरे– के खानलाई यो सुख्खालाग्या पूर्बतिर बाट छिर्या हो हामी चै कुन्नी” बाङ्गे दिक्क लाग्या झै गर्थ्यो। उस्को सधैं त्यस्तै हो कुरा।

फर्केर त्याँ पुडके कलि सम्म आईपुग्दा नपुग्दै बाङ्गेले मलाई सोधी हाल्यो “तैले चैं त्यो ट्वाकको बैनी भन्नेलाई कैले चिन्या नी?” ट्वाक र सुपारी हामी पछी आउँदै थिए मैले जबाफ दिनु अघि नै उनीहरु हामी सँगै भए। मैले केही भनीन। गौसालामा आएर चिया घुट्काईयो। चुरोट चै तान्न अलि खतरा थ्यो त्याँ कस्ले देख्ने हुन कस्ले ग्वारग्वार्ति हिनी राछन मान्छे। चुरोट त सधै जस्तो त्यै भण्डारखालको ढिस्कोबाट मैतिदेबी तिर हेर्दै तान्दा मजा आउने।

“तेरो को बैनी त्यो?” बाङ्गेले आखीर ट्वाकलाई सोधी छाड्यो।

“को?” ट्वाक सायद त्यो प्रस्नको लागि तयार थिएन।

“त्यै अघि चन्दन दिने” बाङ्गेले सम्झायो।

“ए, त्यो — अँ ए दीप भन्दे त को रे उ –” ट्वाकले त म तिर पो सार्छ बा काम।

बाङ्गेले निधार खुम्च्याएर हेर्यो मलाई। यो ट्वाकले त बाङ्गे र मेरो कुरा बिगार्ने भो जस्तो लागेर भनें “तेरो बैनी तैं भन्न मलाई के थाह्?”

सुपारी पनि अलमल पर्दै थ्यो हामी ढिस्कोबाट ओर्लेर कालो पुल तिर लाग्दै थिम।

“को भन्या त्यो?” बाङ्गे त जङ्गिम्ला झै पो गर्छ।

“मेरो बाउको फुपुको नातीनी त्यो — अब भयो? किन चासो नी तँलाई?” ट्वाकले अलि गम्भीर भएर भन्यो।

ट्वाक गम्भीर भएको देखेर होला बाङ्गेले “हैन कस्को हातबाट लाईएछ चन्दन भनेर” भन्दै कुरा टुङ्ग्यायो।

“दीपलाई पर्सी मंगलवार गणेशथानमा बोला छ क्यारे तँ पनि जा पर्साद लाउन सँगै” ट्वाकले यस पटक हांसेर भन्यो बाङ्गे तिर हेर्दै।

बाङ्गे कैले म तिर कैले ट्वाक तिर हेर्दै थ्यो — सुपारी तिर हेर्दै ट्वाकले सोध्यो “तँ पनि जान्छ्स कि पर्साद लाउने लाईन बस्न?

“पर्या छैन” सुपारीले किन हो झर्केरै भन्यो।

बाङ्गे केही बोल्या थे न — तर कालो पुल तर्दा तर्दै उस्ले म तिर हेर्दै भन्यो “कुन दिन तँलाई म यै पुलबाट खँदारदिन्छु”।

ट्वाक, र म दुबै जना हाँसीम। सुपारीले मतलब गरेन। बाङ्गेले एक पटक फेरी निधार खुम्च्यायो अनि हाँस्यो।

“पातकी अघोरीहरु” सुपारीले सुनायो।

मालीगाउँबाट आउँदै गर्दा त्यो बिजय सिं दाइको घर अघि उता सूर्य बहादुरको घर तिर बाट आउने बाटो मीसिने ठाममा चेतना अर्की एउटी केटी संगै उभिएकी देखियो सँगै एउटा नबयुबक पनि थ्यो। केटीहरु निक्कै लाज मानी मानी गफ गर्दै झै थिए। चेतनालाई देख्ना साथ ट्वाक रोकियो। मलाई पनि त्यसरी चेतना नबयुबक सँग देख्दा छ्यास्स भो।

उनीहरुले हामीलाई देख्या थिएनन। ट्वाकले अलि ठुलो स्वरमा “ए!” भन्यो। —तिनटैले हामी तिर हेरे। —

उनीहरुले हामीलाई देख्या थिएनन। ट्वाकले अलि ठुलो स्वरमा “ए!” भन्यो। —तिनटैले हामी तिर हेरे। —

केही परेको खण्डमा नब युबक एक्लै थ्यो हामी चार चार जना। डर त उसैलाई धेर लाग्ने नै भो। अघि सम्म कपाल मिलाई मिलाई मुस्कान देर कुरा गर्ने त्यो सोम अहिले हावा फुस्क्या बेलुन जस्तो भा थ्यो। धन्न ट्वाक जाई कटक गरी हाल्दैनथ्यो नत्र बबाल हुन्थ्यो।

चेतना र अर्की केटीको पनि स्थिती त्यति राम्रो देखीदैन थ्यो। “हैन, हामी हुँदा हुँदै त्यो भातेको त्यत्रो आँट चेतना सँग गफ गर्ने? अनि तरुनी पनि हामी हुँदा हुँदै किन मालीगाउँ तिर नी? ” सुपारी, बाङ्गे, र मेरो मनमा यही कुरा एक्कै चोटी आएको हुनु पर्छ र त एक अर्कालाई हेर्दा हाम्रा आँखा जुधेका थिए।

सोम अलि बिस्तारै पछी हट्यो। हामी उभीएका उभीएकै थिईम घुरान दिएर। केटीहरु पनि फर्किए र हाँडीगाउ तिर लागे। ट्वाकले जे भन्यो सायद त्यही हुन्थ्यो। मुद्दा त हाम्रो पनि थियो तर अधिकार भने ट्वाककै थ्यो। चेतना र उस्की साथीलाई त्यो बाटोमा हाम्रो अघि अघि हिन्न महाभारत परेको थ्यो।

ट्वाकले सुपारी तिर हेरेर “त्यो केटा को रे छ पत्ता ला” भनेर आदेश दियो। बाङ्गेलाई त कसैले केही काम अराको थिएन उ आफैले “तँ र म भएर बुझम्ला, बुझीस?” भन्दै सुपारीको काँधमा हात राख्यो। सुपारीले केही भनेन। केटीहरु उकालो नेर पुगी सकेछन।

त्याँ मालीगाउँ देखी घर तिर आउँदा खासै केही कुरा भएर्न। ट्वाक चुपचाप थ्यो। पहीला सुपारीको घर आउथ्यो। उ लाग्यो। अनि ट्वाक पनि गयो। यता बाट जाम — बाङ्गेले उस्को घर तिरको बाटो देखायो। — घर गए पनि भात खाने बेला भएकै थिएन त्यसैले उस्को घर गैइयो। कौसीमा बसेर हाडीगाउ यसो नियालेर हेर्दै थिम बाङ्गेले “खुब यसो र त्यसो — ट्वाक्या बैनीले मलाई मन पराउन्न रे तँलाई माला लाइदिन्छे रे — यो रे त्यो रे भन्थीस त — देखी हालियो नी” भन्यो।

“हेर बाङ्गे, त्यो माला साला लाउनी कुरा गर्या थे न मैले –” आफुलाई नी दिक्क लागी रा बेला झन बाङ्गे थप्छ।

“त्यो अघोरीलाई त्यैं फ्ल्याट पार्दिनु पर्ने — मलाई भन्या भे पोस्टर बनाईदिन्थें — ट्वाक बोल्दै बोलेन मारोगी” बाङ्गेले फुर्ती गर्यो।

“तँलाई के को टाउको दुख्यो नी — तेरो बैनी हो?” मैले सोधें।

“तेरै होला नी — पातकी” उस्ले हाँस्दै भन्यो। यत्तिकैमा कुबेरले च्या ल्यायो।

“सुपारीले केई गर्ने हैन — म बुझ्न गा बेलाँ त्यस्तै पर्यो भने बन्दोबस्त गर्दिन्छु म त्यो केटाको” बाङ्गे अझै त्यै कुरा गर्दै थ्यो। मैले सुनी रहें चियाका चुस्की संगै उ बोल्दै गयो — “यो हाँडीगाउ, मालीगाउँ गरेर कति तरुनी होलान? ल भन त? त्यो अघोरीलाई हाम्रै चेतना किन ताक्नु पर्ने? तेस्को त म —”

बाङ्गेलाई तातो न छारो किन जंग चल्या हो — न त चेतनाले उस्लाई मन पराउने न नै तेसको सम्भावना थ्यो। अब राम्री केटी त्यो भातेले हेर्यो –फेला पार्यो त पार्यो — के भयो त? हामी पनि त्यै कार्यक्रममा हो। मैले बाङ्गेलाई सम्झाउन खोजें तर उ भडकिईरह्यो। मरोस भनेर छोडदिएँ मैले पनि।

चिया सकिदा नसकिदै बाङ्गेले कुरा फेर्यो — “अनि त्यो चाबेलकी तरुनीको कथा चै के हो नी?”

“को चाबेलकी तरुनी?” मनमा मेरो चिसो पस्यो।
बाङ्गेले कौसीबाट पिच्च तल थुकेर थुक तल नपुगे सम्म हेर्यो अनि “तँ त त्यो भन्दा पनि छिटो पुग्छस तल — पुग्लास नी” भन्यो।

“हैन तँलाई के को चासो? — मंगलबार तँलाई त आउन भन्या छैन मलाई बोलाछ म जान्छु– र्‍याल् चुहाउन आउँछस् भने हिन” भनें।

“हैन कसरी फेला पारीस?” उस्ले गम्भीर भएर भन्यो।

“ट्वाकले लिएर गा थ्यो तेसको घरमा अस्ति निम्ता दिन बे को” भाको कुरा भन्दें।

“मारोगी ट्वाक पनि पछेपाती छ — मलाई चै अस्ति त्यो लम्बु बाँसको घराँ भोगटे चोर्न लिएर गयो — पर्खाल चै सँगै चढ्यो है अनि म मान्छे हेर्छु तँ गएर टिपेर ल्या भन्यो — लौ त भनेर दुईटा टीपेर ट्वाकलाई दिन्छु भन्या त पर्खालबाट भ्वाक्कै उता हामफाल्यो — यता कुक्कुर भुक्दै बारीमा आईपुगी हाल्यो — भोगटे सोगटे फ्यालेर पर्खाल चढ्दा चढ्दै याँ कुर्कुच्चामा अलिकति त दारी हाल्यो नी -” उस्ले कुर्कुच्चाको खत तिर देखाउँदै भन्यो — अनि थप्यो “मलाई चैं तेस्तो ज्यान माल ध्वस्त हुने ठाम तिर लेर जाने तँलाई चै ज्यान माल मस्त हुने ठाम तिर लेर जाने हो त तेल्ले? कराँते नसिक्या भए बज्या ट्वाकलाई नी हान्दिन्थें — के गर्नु –उस्लाइ छोए आफ्नै बंगारा हल्लीन्छ अनि त्यो पनि लौ भनम भने चेतनालाई त बिर्से नी भयो — उस्लाई बिर्सन मलाई पटक्कै मन छैन, बुझिनस?” बाङ्गेले यत्ति लामो कुरा सुनायो। गफै त हो बज्या को।

“मंगलबार म पनि जाने हो चाबेल लुसुक्क एक्लै लस्किने हैन नी” बाङ्गेले आफुलाई बुक गर्यो।

“तँलाई चेतना छदै छ नी” भन्या “खै ठेगान छैन — जता ततै भिलेन छन” भन्यो।

बाङ्गेको घरबाट आफ्नो घर तिर आउँदै थिएँ त्यै अघि चेतना सँग उभिएर मालीगाउँमा केटा सँग कुरा गर्ने चेतनाकी साथी सँग देखादेख भो। उस्ले बोलाए झै लाग्यो इसाराले — म टक्क उभिएँ। —

बाङ्गेको घरबाट आफ्नो घर तिर आउँदै थिएँ त्यै अघि चेतना सँग उभिएर मालीगाउँमा केटा सँग कुरा गर्ने चेतनाकी साथी सँग देखादेख भो। उस्ले बोलाए झै लाग्यो इसाराले — म टक्क उभिएँ। —

ठीटीले मेरो बाटो कुर्नु नौलो नौलै त हो तर नितान्त चै हैन। नराम्रो भडकेका बेला पर्खेरै भए पनि सरापी छाडथे। तर त्यो केटीको अनुहारमा मैले रिस देखीन। उ अलि चिंतित देखिन्थी बरु। उस्को घर त त्यो बाङ्गेको घर भएको बाटोमा थिएन फेरी किन त्याँ लरखरीई राकि हो म गुन्दै बेला बेला म उस्लाई नै हेर्दै थिएं उस्ले आँखा नचाएर छेउको चिबाहाल तिर संकेत गरी र गै त्यता। आफुले समेत गर्न नसक्या काम ठीटीले गरी बा! उज्यालैमा इसाराले चिबाहाल तिर बोलाई। कुन बेलाको रीस फेर्न कुन चै लाठेलाई त्याँ चिबाहालमा ठिक ठाक पारेर मेरा पार्टपुर्जाको मर्मत गर्न खोजीकी त हैन? चस्का पनि लाग्यो मनमा तर उ उता गै सकेकी थिई म पनि लागें।

चिबाहालको आडमा उ कैले यता कैले उता गर्दै थिई। उस्को र मेरो देखा देख भए पनि बोल्चाल त कहिलै भएकै थिएन। ट्वाकको घरमा पनि उसलाई बेला बेला देखेकै हो। मलाई देख्नासाथ उस्ले भनी “मेरो एउटा काम गर्दीने?” अब तरुनीको त जतिबटा पनि गर्दीने नी — काम साम जे सुकै होस। तै पनि सोधें “के काम?”

“चेतना त एकदम डराई रा छे के — केई गर्नु न होर्नु बिचरीलाई” उस्ले अलिकति अकमकाएर भनी।

अघि तलको प्रसंग उठाएकी हो भन्ने मैले बुझेको थिएँ। “के को केई गर्नु न होर्नु नी — त्याँ मस्की मस्की कुरा गरीरा हैन त्यो केटा सँग?” मैले सोधें।

“त्यो केटा त मेरो साथी हो — चेतनालाई मैले लिएर गाको त्याँ –” उस्ले यता र उती हेर्दै बिस्तारै भनी।

त्यो म सँग भाकी केटी उम्केकीमा भन्दा पनि चेतना बचेकीमा मलाई कता कता राम्रै लाग्या थ्यो।

“चेतना चै साथिमात्रै गा?” मैले सोधें।

“हो – सत्ते” उस्ले सत्तेमा अलि बढी जोड दीई।

“मैले के गर्नु पर्यो त?” मैले फेरी सोधें।

“चेतनाको दाईलाई भन्दिनु न तपाईंको साथि त हो नी — अब दाईले मार्छ भनेर बिचरी अघिनै रोई सकि” उस्ले मेरो आँखामा सिधै हेरेर एक किसिमको अनुनयको भावमा भनी।

म यसो गम्दै थिएँ उस्ले फेरी थपि “चेतनाले पनि तपाईँलाई भाको कुरा सुनाईदे उस्ले दाईलाई भन्दीन्छ — उस्ले भन्यो भने दाईले मान्छ भन्थी — हेल्प गर्दिनु न प्लीज”

कुरा त नराम्रो हैन। मैले चेतनाको उद्धार गर्न पाए त्यो गुन उस्ले संझिने थिई। तर मैले सुरु सुरु ट्वाक कहाँ गएर चेतना साथी मात्रै गएकी रे भन्दैमा उस्ले मान्ने थिएन। मलाई थाह थ्यो।

“म किन चाहियो? तिमी आफै गएर भनन — भाको कुरा ट्वाकलाई” मैले प्रस्टै भन्दें।

उस्ले तत्कालै “नाईं नाईं मलाई डर लाग्छ के ” भनी। ठ्याक्कै तेई बेलाँ “के गर्न डर लाग्छ? लाज सरम केई छैन अचेलका छँडुल्नीहरुलाई — चाहिने काम गर्न त के को डर?” त्यो चिबाहालको गल्ली बाट निस्किदै मचाकाजीकी दिदीले हाम्लाई घुर्दै फलाकिन। केई गर्नु न होर्नु त त्याँ पो भो त। चिबाहालको एकान्त — एउटी केटी र म — संग संगै — निक्कै के के न कुरा गर्या जसो देखीने भैहाल्यो–अब अरु एक दुई जना त्याँ भेला भए भने त बयान दिदैमा सास्ती हुने त्यै पनि मेरो चरीत्रले गर्दा पत्याउँछ्न भन्ने के ठेगान?

उ त झिमिक्क गर्दा त्यो चिबालबाट बाहीर बाटोमा पुगी सकिछ। मचाकाजीकि दिदि पनि फतफताउँदै हिनीन म एक्लै त्यहाँ केही पल उभीईरहें अनि बाटामा निस्केर आफ्नै घर तिर लागें। तर जति जति घर नजिक पुगें उति उति पाईला गरुगो भए। अनि फर्किएँ।

अरु कुरा भए त म मतलब गर्दैन थिएँ चेतनालाई फाईदा हुनु भनेको मलाई नी हुनु थ्यो त्यसैले भनेर हेर्छु ट्वाकलाई भन्ने लाग्यो। र उस्को घर तिर मोडिएँ।

ट्वाकको घर नजिकैको गल्ली पुगेको थिएँ त्यो अघिकी केटी भेटीई। साथी त पक्का रैछे उ चेतनाकी जस्तो लाग्यो। उस्ले मलाई देख्ना साथ मन्द हाँसी र भनी “म यहीँ उभिन्छु”। मैले उसलाई केही नभनी ट्वाकको घर तिर छिरें।

चोकाँ पुगेर उस्लाई बोलाएँ। माथि चेतनाको चैं कोठाबाट हेर्यो। “तल आईज त एक चोटी” मैले भनें। “किन?” उस्ले सोध्यो।

“एउटा जरुरी कुरा छ आईज त” भनें। उ झ्यालबाट हरायो। चेतना आई झ्यालमा। देखा देख भयो। उस्को आँखामा उदासिनता मैले प्रस्टै देखें।

ट्वाक तल आयो। उ पनि क्षुब्ध देखीन्थ्यो। “के?” उस्ले झर्केको झै गरी भन्यो।

मैले केही भने झन रिसाउला कि जस्तो लाग्यो तै पनि भनें “त्यो अघि मालीगाउँमा चेतना सँग थिईन केटी त्यो रातो घरकी? त्यो अघि भेटीई त्या बाङ्गेकाँ बाट आउँदा”।

उस्ले घुरेर भन्यो “अनि के भो त?”

“हैन त्यो कुरा गरीरा केटा उस्को चै साथि रे — चेतनालाई चै साथी लगेकी भन्थी” मैले सुनाएँ।

उस्ले चुपचाप सुन्यो। केही भनेन।

“चेतनाले त जान्न जान्न भन्दै थि रे उसैले कर गरेर लिएर गाकी” भन्थी। मैले थपि पनि दिएँ।

ट्वाक उस्को चोकबाट गल्लि तिर लाग्यो म पछी लागेँ। उता बारी तिर जाने ट्वाकको सुर मैले बुझें। “चुरोट छ?” उस्ले सोध्यो। मैले टाउको हल्लाएर छ भनें। त्यै गल्लीमा त्यो अघिकी केटी अझै उभीएकी भेटीई। ट्वाक टक्क अड्यो म पनि। केटी अघि आई। उ नजिकै आउना साथ उस्लाई देखाएर मैले ट्वाकलाई भनें “उस्को साथि गा हो रे”। केटीले तत्काल “हो” मा टाउको हल्लाई।

“के को साथी नी त्यो केटा?” ट्वाकले केटी प्रति हेर्दै निक्कै रुखो स्वरमा सोध्यो। केटीले भुईं तिर हेरी ज्यानलाई यता उता घुमाई एक छिन केही भनीन अनि “चेतनालाई केही नभन्नु न है?” भनी।

ट्वाक र मैले उसैलाई हेरी रहेम उस्ले हामीलाई हेरी एक चोटी अनि गल्लीबाट गैइ। उ सडकमा नमोडीए सम्म ट्वाकले उसैलाई हेरी रह्यो।

अनि हामी उस्को बारी हुँदै चुरोट तान्न अलि पर गएम। ट्वाकले एक शब्द बोलेको थिएन। त्यो पीपलको रुख पछाडी पुगे पछी उस्ले चुरोटको लागि हात बढाउँदै भन्यो ” बाङ्गेलाई भेटीस भने त्यो अघिको केटालाई हान्दे भन”। अनि चुरोटको सर्को सँगै थप्यो “केही परे म छु।” म त छक्क परें। अघि सम्म सुपारीलाई त्यो केटाको बारेमा बुझ्न सम्म भन्ने ट्वाक अहिले हान्दे भन्छ। मैले हाँस्दै उ सँग चुरोट लिँदै सोधेँ “हैन तँलाई त त्यो केटी मन पर्यो की क्याहो?” उस्ले उडदै गर्या धुवाँ तिर हेरेर भन्यो “अब मन पराए पनि नपराए पनि के?” —

“उस्ले उडदै गर्या धुवाँ तिर हेरेर भन्यो “अब मन पराए पनि नपराए पनि के?” —”

म त अरु अलमलिएँ। ट्वाकले त्यो अघिकी केटीको बारेमा कहिलेई कुरा गरेको मैले सुनेको थिईन अहिले यत्तिकै आएर अब मन पराए के नपराए के दिन्छ बा!

“तँ पनि लभै नपरी सेन्टी?” मैले सोधें।

“लभ पर्नी भन्या के हो?” ट्वाकले पनि सोध्यो।

अब यो चैं मुस्किल पर्यो। सोचें साँच्ची यो लभ पर्नी भन्या चै के हो खास? तै पनि भनें मैले बुझ्या लभ भन्या ओरालोमा चढ्या साईकलको मजा हो — ब्रेक चै त्यै लभले बिगार्या हुने रे छ — चढुन्जेल डर पनि हुने रमाईलो पनि — ओरालो सकिएसी चलाउनेको झन्झट उत्तिकै — त्यो पनि डबललोड –स्याँ स्याँ। मैले त तर तैले त्यो केटीको ओरालो तिर साईकल कैले लगेकै देख्या थेन —

उस्ले मेरो कुरा सुनीरह्यो अनि एक छिन पछी भन्यो “चेतनालाई भेटन त उ आई रहन्थी — निक्कै यता र उताको कुरा गर्थी मौका पाको बेला — अरुहरुलाई सुनाउने हैन नी फेरी — ट्वाकले बिचैमा कुरा रोकेर मलाई सतर्क गरायो”

तँ चिन्तै नगर न — म बाँङ्गे सँग कुरा गर्छु मिलार — अनि त्यो मालीगाउँले साथिलाई बाङ्गेले आफ्नो परिचय दिईहाल्छ — कुरा सकिईहाल्यो नी।

ट्वाकलाई हात लिने ठुलो मौका मेरो बेरो बाटो आउँदै गर्या देखें मैले। चेतना र कबिताको कक्षको द्वारपालै उही थ्यो। कोठा भित्र पस्न पाए न प्रेमानुराग बन्दना गाउने हो। ट्वाक मेरो पक्षमा हुनुमै मेरो कल्याण थ्यो।

धुवाँको कार्यक्रम पछि म ट्वाक सँग बिदा भएर घर आएँ। भात खाएर बाङ्गे कहाँ जानु पर्यो अलिकति भडकाउनु पर्यो अनि त बाङ्गेको पनि काम हुने ट्वाकको पनि। मेरो त झन हुने नै भयो। सुपारीलाई यस्ता कुरामा यसै पनि त्यत्ति मन थिएन — उस्लाई मन पर्या चेतना थ्यो — ट्वाकले सुपारीको रहरलाई किचीमिची पार्दी सक्याथ्यो अस्ति नै।

म भात खाएर बाङ्गेकहाँ पुग्दा उ रहेनछ। सुपारी कहाँ गएँ उ पनि थिएन। ट्वाककहाँ भेला भएछन कि भनेर पुग्या उ पनि छैन रे छ। सबै त्यै मालिगाउँले सोमलाई ढुट्टो पार्न गएछन कि जस्तो लाग्यो। गएको भए झनै राम्रो। केही नगरी आफुलाई फाईदा। अलमल गर्दै थिएँ ट्वाकको भाई आयो चोकमा चेतना सँगै। हेर्न चेतनालाई हेरे पनि भाई चाई लाई सोधें ट्वाक खै भनेर। उस्ले “थाह छैन” भन्यो चेतनाले मन्द मुस्कान साथ उ बा सँग बिशालनगर सम्म गएको र आउने बेला भएको सुनाई। भाई पनि नयाँ लुगामा थ्यो चेतना पनि सजिसजाउ थिई — उसै पनि राम्री थिई झन अहिले त सजिएर त मनको चैनको दोहोलो काटदी थिई — कतै जान ला झै देखिन्थे उ र भाई।

“जा दिदीलाइ बोलार ले छिट्टो — कत्ति बेर ला होला” भाई चैलाइ उस्ले भनी। फुच्चे छिर्यो घर भित्र।

चेतनाले सोधी “दाईलाई के भन्देको?”

“किन?” मैले सोधें।

“ब्यान त कस्तो गाली गर्या थ्यो मलाई पछी त केही सुन्नु परेन” उस्ले सुनाई।

मैले केही भन्नु अघि नै उ पनि घर भित्र लागी तर जाँदा जाँदै लजालु मुस्कानमा “थ्यान्क्यु” भनी। उस्ले दीदीलाई बोलाएको सुनें मैले। म हिनें त्यो चोकबाट — मन चै उतै थ्यो।

घर फर्कें म। जति जति चेतनाको त्यो लजालु मुस्कान र थ्यान्क्यु सम्झिन्थें उती उती ज्यानको तापक्रम बढ्थ्यो। घर आईपुग्दा त ज्वरै आउला जस्तो भयो। कोठामा पुगेर ओछ्यानमा गर्ल्याम गुर्लुम भएँ।

घरमा आएर सुतान दिई रा थेँ — बाङ्गे आएछ। सुपारी पनि साथै थ्यो। सुपारी रिसाको देखीन्थ्यो बाङ्गे अलमलिएको।

“के भो?” मैले दुईटैलाई हेरेर सोधें। सुपारीले त केही भनेन बाङ्गेले “खै के के भो के के भो यार — भद्रगोल भो” भन्यो।

“के भद्रगोल?” मैले सोधें।

सुपारीले बाङ्गे तिर हेरेर भन्यो “यस्ले चेत्छ कुन दिन नराम्रो सँग चेत्छ”।

“किन? तिमरु काँ गएर आ अहिले?” मैले सोधें।

“हैन त्याँ ट्वाकले भन्या जस्तो को रे छ त्यो केटा हिन बुझ्न भनेर आयो यो बाङ्गे म कहाँ — के हतार भन्या यस्लाई नगैइ भएन उत्तिनै बेला — लौ त भनेर यता टङ्गाल स्कुल तिर बाट त्यो सुर्य बहादुरको घर तिर जाँदै थिम त्यो केटा उता बालमन्दीर तिर बाट आउँदै रे छ — “सुपारीले घुरेर बाङ्गे तिर हेर्दै भन्यो।

“अनि?” मैले फेरी दुईटैलाई हेरेर सोधें। “अनि के अब? सुपारीले हुन्न भन्दै थ्यो मैले एक सट हान्दें नाक साक फुट्यो तेस्को त्यै हो” बाङ्गेले कुरा सकायो।

त्यो केटाले राम्रो सँग कुरा गर्दै थ्यो — यो अघोरी बाङ्गेले यत्तिकै “लामो कुरा गर्छस?” भनेर हात हालि हाल्यो सुपारीको आबाजमा रीस प्रस्टै चिनिन्थ्यो।

“के को राम्रो कुरा? के भन्छ के के — कैले चेतनाको कुरा गर्छ कैले त्यो अर्को केटीको — के रे तेस्को नाम? शोभा — हो शोभाको — फेरी तैंले खोज्या को? भन्या के के भन्छ के के — केई बुझ्या भे मार्दिनु — अनि फेरी चेतनाले बोलार गाको भन्यो — मेरो पालो लौ त भनेर हान्देँ”

“चेतनाले बोलार गाको रे?” मैले बाङ्गेले भनेको कुरा दोहोर्याएर सोधें। मेरो समेत मनमा पैरो गयो।

“त्यसै भन्थ्यो तर यो पातकीले सबै कुरा तेसलाई भन्नै दिएन — नाकबाट ह्वाल्ल रगत आए पछि त्यो नाक समातेर उता बालमन्दीर तिर दौडियो “पख” भन्दै हामी यता टाप” सुपारीले दिक्क मानेर भन्यो।

“अब चेतनाले बोलार गा भने पछी फेरी अरु के कुरा सुन्न पर्यो तँलाई– तेरो सपनामा सधै चेतना आउछे मलाई थाह् छैन र? झन गुन लाई दिएँ साथि भनेर उल्टो मलाई पो दोष लाउँछ बा — राम्रो काम त गर्नै नहुने –के जमाना आयो?” बाङ्गेले सुपारी तिर हेर्दै सुनायो।

सुपारीले चेतना सपनामा आउने कुराको खण्डन त गरेन तर “त्यस्ले कुरा सकेको थिएन — चेतनाले बोलाएर गएको त भन्यो तर शोभा के के भन्दैथ्यो यस्ले –” सुपारीले बाङ्गेलाई देखाएर कुरा रोक्यो।

“भन्न त शोभा शोभा भन्दैथ्यो — अब दाईले बजाए पछि बजायो बजायो — कि त पैलेई भन्नु पर्थ्यो” बाङ्गेले आफुलाई हाम्रो दाई बनायो अनि जे गर्यो हाम्रो कमजोरीले गर्दा गर्या हो भन्ने दोश पनि लायो।

“अब त्यस्ले मान्छे बोलाएर ल्यायो भने के गर्छस?” मैले बाङ्गेलाई सोधें।

“कति जाना ल्याउँछ हेरम न — धेरै ल्याएछ भने ट्वाकले हान भन्या हो भन्दिन्छु — –सुरु गर्या उसैले हो क्यारे तर तेल्ले कोई नी ल्याउँदैन ” बाङ्गेले सजिलै भन्यो।

“हैन अनि त्यो केटाको मायालु को त?” मैले त झन् केही बुझ्या भे के।

“खै त्यो त था छैन– तर जो भए पनि दुईटै हाम्रै हुन ल जा—” बाङ्गेले सुनायो। —

“खै त्यो त था छैन– तर जो भए पनि दुईटै हाम्रै हुन ल जा—” बाङ्गेले सुनायो। —

“किन दुईटै मात्रै? नाता नपर्ने जति तरुनी सबै मेरा भन्न” सुपारीले बाङ्गेलाई घुर्दै भन्यो।

“पातकी, कुरा त घच्चिको गर्छस् यार तँ पनि कैले काईं त — एक बोतल जाँड ल तँलाई मेरो तर्फबाट — जुन बोतल भन्छस त्यही” बाङ्गेले हाँस्दै भन्यो।

अब केही भए पनि नभए पनि एक दुई दिन त्यो टंगाल स्कुल तिर बाट हिन्दा साबधान त हुनै पर्यो। यसमा भने दुईमत भएन।

ट्वाक कहाँ जाम भन्या सुपारीले “त्याँ बे को रुमलो हुन्छ राम्रो कुरै गर्न पाईंदैन म त्यसलाई यहीँ लिएर आउँछु” भन्यो। कुरा त ठिकै हो। सुपारी गयो। बाङ्गे र म भएम।

“तँ पनि नसुध्रीने भईस, बाङ्गे” मैले भनें।

“बिग्रेकै कैले थिएँर म? तँ पनि मेरो बाउको जस्तो कुरा नगर् न –” उस्ले आनन्दै भन्यो।

“तँलाई कस्ले यत्तिकै हात छोडन लायो? न त्यो केटाको दुईटै केटीहरु सँग लेनदेन छैन की? त्यसो भए केही गर्ने कामै थेन –” म भन्दै थें।

“त्यो त हो, मैले अब हान्दि सकें — जे पर्ला पर्ला” उस्ले भन्यो।

“तेरो काम त बिग्रीहाल्यो नी — अब चेतनाले त्यो केटालाई मन पराउने रैछे भने पनि तँलाई सराप्ने भई उस्को साथिले मन पराएकी रैछे भने पनि तँलाई सराप्ने नै भई” मैले बाङ्गेको मन चेतनाबाट बिरक्त्याउने सुरमा भनें।

“त्यो त हैन झन उस्लाई मैले कस्तो मन पराउँदो रहेछु त्यो प्रस्ट भो” उस्को आफ्नै तर्क थ्यो।

मैले उस्को घरबाट आउँदा के के भो ट्वाकले के भन्यो भनेकै थिईन। अहिले सुनाईँदिएँ।

उस्ले कुरा सुनेर भन्यो “देखिस? अब झन कति राम्रो भो? ट्वाकलाई शोभा फेरी ब्याक टु मंगलमान — ट्वाकले मेरो गुन बिर्सीदैन — चेतना अव त्यस्कै बैनी भै हाली — कुरो बुझिनस्?”

“ल ल मारोगी अब मनको लड्डु त्यै घ्यु संग खाएर बसी राख” भन्दें। बाङ्गेलाइ जे भनेनी उस्को सुर चलुन्जेल जे मन लाग्या हो त्यो नगरी छोडदैन्थ्यो।

सुपारी एक्कै छिनमा फर्केर आयो तर एक्लै। “ट्वाक घराँ काम गरीरारेछ। आउन मिल्दैन भन्यो तर भाको कुरा सुनाईँदिएँ” भन्यो।

“के भन्यो त तेरो बाजेले?” बाङ्गेले सोध्यो।

सुपारीले बाङ्गेलाई घुर्दै “ठिकै छ” भन्थ्यो तेरो बाजेले भन्यो।

“देखीस?” बाङ्गेले सुपारी र मलाई हरायो कि झै गरी हेर्यो।

चिया आउँदै छ भन्दा पनि नमानी सुपारी उस्को घरमा काम छ भनेर गयो। म र बाङ्गे नानाथरी कुरा गरेर बसेम। अनि उ घर जानलाई उठ्यो होला भन्या त एक्कासी “हिन्त एकचोटी ट्वाककहाँ जाम” भन्छ।

“किन?” भन्या “हिन्न चेतनालाई हेरम् हेरम् लाग्यो के एक हात” भन्छ भाते।

“ट्वाक बिजी छ भन्या सुनीनस?” मलाई बाङ्गे सँग त्याँ जानै मन् थिएन।

“त्यै भएर त झन जाने नी — ल हिन” बाङ्गेले इसारा गर्यो।

“म किन चाहियो? जान त तँ” मैले भनेँ।

उस्ले किचकिच् गरी रह्यो। लौ त भनेर लागिम ट्वाक कहाँ।

साँझ पर्ला पर्ला जस्तो थ्यो बेखालालको घर नेर पुग्दा ट्वाकलाई त्यैं भेट भो।

“तँलाई फुर्सद भो अहिले?” ट्वाकले मलाई हेरेर सोध्यो।

“के फुर्सद? फुर्सदै फुर्सद त हो नी” मैले सुनाएँ।

बाङ्गेले अघि त्यो केटालाई उस्ले दनक देको सुनाउन खोज्दै थ्यो ट्वाकलाई गुन लाउनलाई होला उस्ले “मैले थाह पाएँ अघि नै सुपारीले भनी सक्यो” भनेर कुरा सक्यो। शोभाको बारेमा मैले बाङ्गेलाई केही भनें कि भनेर होला उस्ले म तिर हेर्यो। मैले केही भनेकै थिईन।

“सुपारीले त तँ आउन मिल्दैन रे” भन्थ्यो त। ट्वाकले अझै मलाई हेरेर भन्यो।

म त छक्क परें। त्यस्तो खबर त सुपारीले ट्वाकको बारेमा पो ल्याएको थियो त।

“किन आउन नमिल्नु? मलाई सुपारीले केही त भनेन” मैले भनें।

बाङ्गे पनि अलमलियो र भन्यो “त्यो त घर जान्छु काम छ भनेर अघि नै गयो– हाम्लाई त केही भनेन म दीप कै बसीरा छु अघि देखि ।”

ट्वाक एक छिन चुप लाग्यो र हाँस्यो अनि “ल नसकिने भयो — सब एक से एक –सुपारीले पनि आज चै हरीप चाल चलेछ—सुध्रेछ सुपारी ।” भन्यो।

“भन्या?” बाङ्गेले सोध्यो।

“भन्या अब एक छिनमा भनम्ला —” ट्वाकको अनुहारमा हाँसो अझै टन्नै थ्यो।

“तँ कता नी?” मैले ट्वाकलाई सोधें।

“म ग्यास लिन जान ला दुई सिलिण्डर ल्याउनु छ –ट्याक्सी खोजीरा” भन्दै थ्यो उ, भुतेस्वर तिर बाट एउटा ट्याक्सी आयो। ट्वाकले रोक्यो। तिमीहरु पनि हिन न साथि हुन्छ — एक्लै जानला थेँ — घराँ जानी सिलिण्डर राख्ने — अनि गएर् ल्याउने — तु हुन्छ” भन्यो। बाङ्गे छिरी हाल्यो ट्याक्सीमा म पनि बसें।

“यति बेला काँ लिन जानी ग्यास?” भनेर सोध्या — मामाको पसलबाट ल्याउने हो — ठिक्क पारी रा छ रे त्याँ — ल्याईदिन्छ भन्थे फेरी के मिलेन कुन्नी बाउलाई लिन पठाईदिनु भनेर खबर आएछ ()

“सुपारी त गै हाल्यो नी कबिता सँगै चाबेल — पुर्याउन भनेर –भन्या हैन सुपारी सुध्रेछ भनेर मैले अघि? “दुखको कुरा सँगै ट्वाकको हाँसो ट्याक्सीमा भरीयो। —

सुपारीले त्यत्रो धोका देला भनेर कैलेई लागेको थिएन मलाई। केटीहरुको कुरा गर्दा महाभारतको भिष्मको जस्तो कुरा गर्थ्यो आज त मेरै लिएर हिन्देछ बा! बाङ्गे र म सुपारीलाई प्रथम श्रेणीको सुप्रब (सुप्रसिद्ध प्रबल ब्रम्हचारी) पदबीले सुसोभित गर्ने बारेमा सल्लाह गर्दैथिम अब त सुप्रप (सुप्रसिद्ध प्रबल परप्रेमिकाचारी)ले बिभुषित गर्नु पर्ला जस्तो भो। त्यो ग्यास लिन जाँदा र लिएर आउँदा सुपारीलाई सराप्नु सरापियो तर सरापेर केई न केई — आखिर कबिता सँग त उ नै थ्यो।

पिर त अब आजको भन्दा पनि भोलीको पो भो त। पातकी सुपारीले अब कबितालाई मेरो बारेमा के के मात्रै भन्यो होला? नभाको केही भन्नै पर्दैनथ्यो भाकै मात्रै भने मेरो चानसले सिल्टिमुर खाने पक्का थ्यो। दिक्क भएँ।

ट्वाकको घराँ सिलिण्डर ओरालियो — ढल्काएर गुडाउँदै बाङ्गे र मैले भित्र चोक सम्म लगिदिएम। ट्वाक “बस्ने एक छिन?” भन्दैथ्यो बाङ्गेले “हैन घर जाने अब रात परीसक्यो” भन्यो। रात त बाहीर भन्दा मेरो मन भित्र गहीरीएको थ्यो।

ट्वाककहाँबाट निस्केर घर तिर लाग्या त बाङ्गे “कता हिन्या?” भन्छ।

“कता अब घर जाने भन्या हैन?” मैले उसैले अघि भनेको कुरा सम्झाएँ।

“पैले सुपारीलाई धोबीखोलामा गाडम न अनि घर जाम्ला” बाङ्गे त म भन्दा झन रिसाएछ।

“अब त्यो अलछिना कताबाट आउँछ आउँछ नी — त्यो भत्क्या पुल तिर बाट आउँछ कि सत्तेनारन थान तिर बाट आउँछ की उता कालोपुल तिरबाट आउँछ — कता जाने?” मैले भनें।

“यो राती सत्तेनारनथान तिरबाट आउँदैन — कि त कालोपुल तिरबाट आउँछ कि भत्क्या पुल तिरबाट — म भत्क्यापुल तिर जान्छु तँ कालोपुल तिर जा” बाङ्गेले रणनीति बनायो।

“सक्दिन म — त्यो कबिता भन्ने मेरो स्वास्नी हैन कोई हैन — पुर्याउन गयो त गयो छोडदे — भोली कुरा गरम्ला — अब आजै सबै सकेछ भने सकेछ त” मलाई यसै पनि रिस उठीराथ्यो– झर्कैरै भन्दें। मलाई त्यो बाङ्गेसँग जान मन थिएन — बाङ्गेलाई भुत चढ्या बेला सुपारीलाई के गर्ने हो के भन्ने हो के ठेगान? मलाई भने सुपारीलाई ट्वाकको अघि राखेर कुरा गर्न मन थ्यो — त्यो मौका अहिले बाङ्गे सँग गए पक्कै बिग्रिन्थ्यो।

सुपारी ट्वाकको अलि नजिक थ्यो। त्यो मैले बुझेको थिएँ। तर बाङ्गेलाई त्यस्तो कुराको केही मतलब थिएन।

“झन तेरो तरुनी माथि धावा बोल्यो भनेर भन्या त अझ म सँग पो झर्को फर्को गर्दो रे छ — मतलब छैन अब मलाई –फेरी त्यो कबिता सबिताको कुरा सुनाईस भने जान्या छ — सुपारीले लान हुन्छ भने मैले पनि हुन्छ — त्यो पनि अब मेरै भैइ — भैगोन्त भनेर तँलाई छोड्देको थिएँ — अब छैन —काँ नेर हो त्यो तरुनीको घर चाबेलाँ?” बाङ्गे त नराम्रो भडकियो।

“चाबेलाँ त्यो केटीको घर जाँ छ त्यहीँ हो — यताको घर देखी उता उताको घर देखी यता — तेरो के को घुर्की हो? च्या र चाउचाउले तँलाई पोल्या थ्यो? कुरा गर्छ — जा न पुर्याउन तँ पनि त्यस्लाई घर दिन दिनै मलाई के मतलब? — जा ढोकामा पाले बस त्यस्को –” मलाई यसै त रीस उठीरा बेलाँ बाङ्गेको घुर्कीले झन रिस उठ्यो।

उस्ले मलाई घुर्ने मैले उस्लाई त्यो सर्सोतीथान अगाडीको डबली नेर।

“यत्तिकै छोडदिन्छ्स त त्यो सुपारीलाई?” बाङ्गेले अलि नरम सँग भन्यो।

“यत्तिकै त कस्ले भन्या छ र — पैले कुरा गरम न ट्वाकको अगाडी — अनि तँ एक्लै गएर सुपारीलाई केही भन्ने हैन — मैले भन्देको छु” मैले भनें।

“मर त उसो भए — ल घर गएँ म” भन्दै बाङ्गे लाग्यो बाटो। म पनि लागें।

सुपारीको ताल देखेर कैले छक्क कैले दिक्क कैले के कैले के लागि रह्यो। सपनामा पनि सुपारी र कबितालाई साइकलमा डबललोड गै रा देख्या भन्या। कस्तो बोर।

ब्यानै पुगेँ ट्वाक कहाँ — ट्वाकलाई लिएर सुपारी काँ जान्छु भनेर। ढोका खुलै थ्यो तलको — कैले काही उस्लाइ चोकबाट नबोलाई सिधै उस्को कोठामा जाने गर्या थ्यो — ढोकाबाट भित्र मात्रै छिर्या थें चेतना सँग भेट भो। “ट्वाक छ?” मैले सोधें। “मलाई के था? म नोकर हो र कसैको?” रुखो स्वरमा भनी उस्ले। अब भो की? हिजो एउटीलाई एउटाले लग्यो अब यस्ले पनि माया मार्ने भै की जस्तो लागेर बरबाद।

“थाह् छैन रे?” मैले नरम स्वरमा सोधें।
“छैन” उस्ले उस्तै रुखो स्वरमा भनी तर भर्याङ चडेर उ माथि उक्लेकी पनि थिईन बाहीर निस्केकी पनि थिईन — उ अझै म छेउ नै थिई ।
“कस्लाई सोधम त, उसो भए?” मैले फेरी सोधें — किन रिसाकी हो बुझ्नै सकिन — हिँजो त झन् थ्यान्क्यु सम्म भनेकी थिई।
“कबितालाई थाह होला नी — उसैलाई सोध्नु क्या — ” अहिले उ अलि बिस्तारै बोली तर आबाजमा मिठास अझै बिल्कुलै ()

म त्यहाँबाट निस्कें। धेरै कुरा मनमा आए म बाहिर सडकमा हिन्दै गर्दा।—

चेतना झर्की बा यसै — मनमा पीर परेकै थ्यो तर कता कता मजा पनि आउँदैथ्यो। चेतना कबिताको नाम लिएर रिसाएकी थिई –त्यो चैं खुसीको खबर थ्यो।

कता जाम? सोचें सुपारीकाँ जाम भने उ कता गा हो ट्वाक सँग थाह छैन — बाङ्गेकाँ जाम मन छैन। त्यै हिंजो लाग्या घाउमा नुन छर्किने हो उस्ले जिस्केको रे भन्दै — घरै जान पनि चिया तानेर हिनेकै हो भात खाने बेला नभए सम्म जाने काम थिएन। खाने र सुत्ने बेला देखी बाहेक अरु बेला घराँ हुनु भनेको या त एउटा न एउटा मन नलाग्या काम गर्नु थ्यो नभए उपदेस सुन्न पर्थ्यो। दुईटै मा मन भरीएको आफ्नो। के गर्ने?

सडकमा एक छिन यता र उता गर्दै भगबतीथान सम्म पुग्या थें ट्वाक र सुपारी आउँदै गर्या देखें उता लाम ढुङ्गा तिर बाट। मैले पनि बाटो फेरें उनीहरु आउँदै गर्या बाटो तिर। सुपारी गम्भीर थ्यो ट्वाक हाँस्दै। मैले सुपारीलाई नै घुरेँ। ट्वाकले “सुपारीले त तेरै भलो गर्या रे छ दीप, बुझिनस? मैले अघि नै सोधीसकें यस्लाई किन हिंजो त्यस्तो नभाको कुरा गरीस भनेर –” भन्यो।

“के भलो को काम गरीस?” मैले सुपारीलाई नै सोधें।

ट्वाक तिर देखाएर “यस्ले तँलाई बोलार ले त्यो केटीलाई पुर्याउन जान त भन्यो तर मैले बाङ्गे पनि सँगै छ त भन्या हो भए पनि होस बोलार ले भन्यो –मलाइ त्यो बाङ्गे सँग यसै पनि रिस उठीराथ्यो झन तैले त्यो केटीलाई एक्लै पुर्याउन पाए पो तेरो मनमा लाग्या कुरो गर्न पाउँथिस अब बाङ्गे पनि संगै भए पछि सबै बिगार्दि हाल्थ्यो — त्यसैले बाङ्गे पनि जाने कुरा मलाई चित्तै बुझेन। अब त्यो मैले बाङ्गेको अघि भन्न भएन — मै माथि आइलाग्ला भन्ने डर —” सुपारीले नरम बोलीमा आफ्नो कुरा राख्यो।

कुरा त ठिकै हो — बाङ्गे म सँग कबिता पुर्याउन हिन्या भे त्याँ धोबीखोला पुग्दा नपुग्दै मेरो ट्रयाजिडी परी सक्थ्यो। बाङ्गेलाई मैले छलाएर एक्लै जान त्यति सजिलो थिएन सँगै भएको बेला ।

सुपारीले अलिकति हाँसेर थप्यो “मैले तेरो यस्तो काम गर्देको छु कि तँ गेस पनि गर्न सक्दैनस”

“के?” मैले सोधें। हामी अहिले भगबतीथान पछाडी थिम सर्को तान्न।

“के होला? ल बिचार गर त” सुपारीले कुरो अल्झायो।

आफुलाई सुन्न हतार भै रा बेलाँ अब के सोच्ने के — “खै के के यार मलाई था छैन — के गर्दीस तैले त्यस्तो?”

“हामी सबैलाई एक एक बोतल र एक एक बट्टा चुरोट किन्दीनु पर्छ तैले, हुन्छ?” सुपारीले सोध्यो।

“किन्दीहाल्छ नी यल्ले — गाँठ साँठ छैन हामी सबैलाई बोतल र चुरोट” ट्वाकले पेच हान्यो।

“गाँठ साँठ नभए के त — साँठ गाँठ त छ नी — बाङ्गे सँग कुरा मिलाए पछी बिदेसी रक्सी र चुरोट आउँछ — पैले कुरा त भन” मैले सुपारी र ट्वाक दुईटैलाई पालै पालो हेर्दै भनें।

बिदेसी ध्वाँ र ट्वाँट हामीलाई चिनाएकै बाङ्गेले। दुईमत थिएन।

“हुन त तँ कुन गतिलो मान्छे हो र तै पनि मैले तेरो बारेमा भाको नभाको गफ लाईदिएँ हिंजो उस्लाई पुर्याउन जाँदा “खाली तिम्रो बारेमा मात्रै कुरा गरी रहन्छ” भन्दें मक्ख पार्दें अनि –”

सुपारीले कुरा रोक्यो। ल हेर हिंजो बाङ्गेको लहै लहैमा लागेर सुपारी गाडन गएको भए? कत्रो पाप लाग्ने रे छ भन्ने लाग्यो।

“अनि के?” मैले उस्ले रोकेको ठामबाट कुरो उठाएँ।

“अनि अब उस्को मामाहरुले पसपतीमा बत्ती बाल्ने रे भोली– तँलाई बोलाएकी छ —-” सुपारीले भन्यो। म त दङ्ग भएँ। अब जानै पर्यो नी।

“अब तँ त बाङ्गे लिएरै त जाने होला नी?” ट्वाकले सोध्यो।

“त्यै त, त्यै बाँकि छ अब” मैले तुरुन्तै भनेँ। —

“त्यै त, त्यै बाँकि छ अब” मैले तुरुन्तै भनेँ। —

बाङ्गेलाई लानै हुन्नथ्यो। उस्ले त कबितालाई मात्रै हैन त्याँ आएका अरु तरुनीहरुलाई समेत भडकाउन सक्थ्यो। लानु हुन्थ्यो के त? राम राम राम। मैले यसो बिचार गरें बाङ्गेलाई लान भएन , सुपारी पनि खतराको ख मा चडीसक्या थ्यो नियत बिग्रन के बेर? कबिता सँग कुरा नगरे सम्म सुपारीको बारेमा आफ्नो बिचार मैले स्थगित गर्या थिएँ। अब ट्वाक भन्दा गतिलो अर्को मान्छे हुन्नथ्यो मलाई त्यो बेलामा मद्दत गर्ने। उस्ले यता मलाई उकासेको पनि, उता पनि उस्कै मान्छे। ट्वाकको छत्रछायाँमा मेरो कल्याण हुने निस्चित थ्यो।

“ए, ट्वाक बुझिस–?” मैले कुरा सुरु गरें।
“बुझ्न त बुझें तै पनि भन्न— ” ट्वाकले भन्यो। सुपारी मुसुमुसु गर्दै छेउमै थ्यो।

“तँ नी हिन्न यार भोली पशपती” मैले भरोसा कम आशा धेरै स्वरमा भनें।

“म के खान जाने? मलाई न त बोला छ न नै जाने काम छ– बरु यै सुपारीलाई लिएर जा न — ” ट्वाकले निर्धक्क भन्यो।

“म त जान्न– यो तरुनी सरुनीको चक्करमा लाग्ने काम छैन — त्यो पनि आफ्नो भए नी लौ भन्नु –मैले गर्न सक्ने जति गर्दें अब सक्दिन” सुपारीले पैलेई भन्यो।

सुपारीले जान्न भनेर त राम्रै गर्यो। त्यो त मलाई अहिले चाहिया पनि थिएन। त्यै पनि जान्न भन्या सुनेर भनें “ह्या सुपारी — त्यस्तो कुरा नगर न — हिन्न– म पनि गरम्ला नी तँलाई पर्या बेलाँ”

“अहँ, म त जाँदै जान्न– तैपनि मलाई केही पर्यो भने पनि तँलाई र बाङ्गेलाई त निम्ता दिने बेलाँ मात्रै भन्ने हो — मैले तिमीहरुलाई नचिनेको हो र? सबैकुरामा म तिमीहरुको बिस्वास गर्छु–यो केटीहरुको बारेमा चैँ मैले बुझिसक्या छ ” सुपारीले पक्का कुरा गर्यो।

मैले फेरी ट्वाकलाई भनें “हेर ट्वाक सुपारी जान्न भन्छ –, तैले अलिकति गरेनी मलाई धेरै हुन्छ — म पनि गरम्ला तेरो लागि — बिचार गर” मैले बिचार गरमा अलि फरक शैली राखेर भनें। मैले पनि शोभाको कुरा उठाको थिएँ उस्ले पनि बुझेछ क्यारे अलि नरम स्वरमा भन्यो “म कसरी जान मिल्छ भन त — घराँ बे आईराछ — दुनियाँ काम छ — कैले के कैले के — छिन छिनमा बाउले खोजी रहन्छन।”

“म पनि गर्दिम्ला नी तेरो काम ज्यान दे र– तँ पिर नगर न — जे भनेनी गर्दिन्छु ल –” मैले बल लगाएँ।

“हरे — न केई भा छ न केई एउटी केटीले पशपति बोलाउँदैमा यो अर्काको जे पनि गर्न तयार भैसक्यो — कत्रो कत्रो कुरा गर्छ गर्नु पर्यो भनें — यसै मैले यो केटीहरुको पछी लाग्ने काम ठिक छैन भन्या हो र–” सुपारीले आफ्नो सम्बाद पनि बोल्यो।

उस्को कुरा मलाई मन त पर्या थे न तर धुन अर्कै चढ्याथ्यो आफुलाई त्यति बेला। मैले ट्वाक तिर नै बल गरें “प्लीज ट्वाक — दाई भन्छु”।

उस्ले “ल ल म घरमा हेरम्ला के के गर्नु छ भोली — मिल्ने रे छ भने जाम्ला — तर फेरी मलाई सघाउने बेला नाटक गरीस भने काम तमाम हुन्छ नी” ट्वाकले ठुलो आस देखायो।

“किन नाटक गर्थें–मलाई बौलाह कुकुरले टोक्या छ र? नाटक गरे बियोगान्त हुन्छ भन्नेर थाछैन र मलाई?– तँ ढुक्क हो न” मैले खुसी हुँदै भनें।

ट्वाक म सँग जानु भनेको ठुलो कुरा थ्यो — पहिला त कबिता उस्को नातेदार — ट्वाक सँगै भए पछि कबिता आफ्नै हुन्थी — कसैले केही नभन्ने — कतै केही तल माथि परेर ज्यानमालको सुरक्षा गर्नु परेको खण्डमा ट्वाक भन्दा गतिलो साथि अर्को भेटदैन थिएँ मैले।

“अहिले केही गर्नु छ तेरो घरमा? गर्नु पर्ने भन” मैले ट्वाक तिर हेर्दै आफ्नो सदासयता देखाएँ।

“थाह छैन अहिले — बरु तँ सक्छस भनें भात खाएर आइज — हेरम केही गर्नु पर्छ की–” ट्वाकले भन्यो।

“हुन्छ” भन्दै म घर तिर लागें। ट्वाक र सुपारी कोटालटोल तिर। —

घर आउँदै गर्दा सोचेँ “बाङ्गेकाँ जानु पर्यो क्यार — फेरी उस्लाई केही थाह छैन सुपारीमाथि जाई लाग्ने हो की?” फेरी लाग्यो अहिले त सुपारी ट्वाक सँगै छ बाङ्गेले केही गर्ने चान्सै छैन — पछी सम्झाउँला परेछ भनें।

घर तिर आउँदै थिएँ — मनमा कुरा आयो — ट्वाकले मेरो काम गर्दिने भए पछि आफुले पनि सकेको त उस्लाई गर्दिने पर्यो — एक चोटीको शोभाको घर तिर जान मन लाग्यो। उ सँग कुरा गर्न मलाई अब गार्हो थिएन — कुरा गर्न उसैले सुरु गर्या थिई– ट्वाकको बारेमा मौका मिलेछ भने यसो कुरा उठाउनु पर्ला भन्दै उस्को रातो घर तिर लागें — घरै भित्र छिरेर कुरा गर्ने आँट त थिएन तर घर बाहिर कतै बाटामा रैछे भने त दुई चार कुरो भन्न सकिन्थ्यो –उस्को घर भए तिर अलि ठुला ठुला घर थिए — ठुला ठुला कम्पाउण्ड भएका –बाटो अलि सुनसानै जस्तो हुन्थ्यो।

जाँदै गर्दा सोचेँ हुन त शोभाले ट्वाक मन पराएकी भए त चेतनालाई पक्कै थाह् दिन्थी होला — कि चेतनाले थाह पाएर पनि ट्वाकलाई भन्न आँट नगरेकी हो की — मनमा यस्तै यस्तै कुरा गुन्दै जाँदै थिएँ — शोभाको घरै रहिछ

“के पुण्यको काम गरीस?” मैले सोधें। —

“हैन अब त्यो सोमलाई यत्तिकै नाकाँ एक सट हानिएछ कि जस्तो लाग्यो क्या — सुपारीले भनेको पनि हो — केटो कुरा त राम्रै गर्दैथ्यो — फेरी न चेतना मेरी न शोभा तातो न छारो सँग मलाई जाई लाग्नु पर्ने त केही थिएन — अनि तैंले पनि भन्या हैन शोभाले त्यो केटा उस्को चै साथि भनी रे चेतनाको हैन अनि ट्वाकले सपना देख्ने फेरि शोभाकै रे भनेर? अनि यता आको तर खै के के हो के के –” बाङ्गेले निक्कै राम्रो कुरा गर्यो। सपना राम्रो देखेछ क्या रे राती।

“अनि यता के गर्ना आ त? — त्यो अघि घर भित्र जाँदै गर्या शोभा हो –? ” मैले सोधें।

“अँ अब हान्या सट त फिर्ता नहुने — उसैलाई सरी भन्न जानु भन्दा यता ठीटीलाई भन्न पाए एउटा ढुङ्गोले दुईटा चरा ढल्थे कि भनेर आ -”

“ढालिस त चरा?” मैले उस्कै कुरामा प्रस्न राखें।

“ढुङ्गो त हानें खै टुङ्गोमा चै लाग्यो लागेन था छैन — शोभा त्याँ भिमसेनथान बाट आउँदै थिई बुझिनस? अनि अब मैले यस्सै तिम्रो साथिलाई गोलमाल भएर हिर्काएछु –त्यै भएर म त अब तिमीलाई सरी भन्नु पर्यो–साथि त तिम्रै रे छ– –उसलाई नी सुनाइदेउ मेरो सरी भन्दै कुरा सुरु गर्नु पर्यो अनि मौका मिलेछ भने ट्वाकको कुरा पनि सुनाईदिन्छु भनेर पछि लाग्या उ त्यो मोड तिर आएसी “किन पछी लाग्या?” भनेर सोधी–अनि मैले त्यै सरीको कुरा भनेँ है — उ त “मलाई किन सुनाई रा त?” भन्छे बा! तिम्रो साथि भन्या हैन त? भन्या “कस्ले भन्यो?” भन्छे उल्टो — दिमाग घुम्यो नी ब्यान ब्यानै मेरो — अनि जे होस भनेर ट्वाकले तिमीलाई सम्झिरहन्छ — तिम्रो बयान गरेर ट्वाक थाक्दैन सुनेर हामी थाकी सकेम लौ न केई उपाय भए गर्देउ भनेर सुनाई दिएँ” बाङ्गेले सबिस्तार सुनायो।

“अनि?” मैले सोधें।

“त्यो ट्वाकको कुरा सुनाए पछि टक्क अडी अनि “खुब होला” भन्दै छिरी भित्र — तँ त्यै बेलाँ आईपुग्या त होला नी” बाङ्गेको कुरा सकियो।

“त्यो ट्वाकले उस्को कुरा कसैलाई नभन्नु भन्या थ्यो –मैले तँलाई झन खुसुक्क भन्दें — जान्ने भएर त्यो केटीलाई किन सुनाईस?” ट्वाक भडकेला कि भन्ने पीर आफुलाई।

“जुन तरुनी मन पराको हो उसैलाई नभनी के गरेर लभ पर्छ त? उस्ले भन्न नसक्ने — खाली चुरोट तान्दै तरुनी त च्वाँक हो यार के गरी हात लाउने होला भन्दैमा के हुन्छ? खाली तन मनलाई मात्रै सास्ती — तरुनीलाई थाह त दिनु पर्यो नी — हुन्छ भने ठिकै छ नभने अर्की हेर्नु पर्यो — एउटी केटी हेर्यो हरे! हरे! भन्यो यता — उ अर्कै सँग हिन्दिन्छे भरे अनि फेरी चुरोट तान्यो–सेन्टी गीत सुन्यो बस्यो — त्यस्तो तालले नी हुन्छ?” बाङ्गे झण्डै जंगियो।

कुरा त बाङ्गेले मनासिब गर्या हो खाली ट्वाक म सँग “किन भनिस” भनेर रिसाउला र पसपति नजाला भन्ने डर मात्रै हो मलाई– पसपतीको काम सकिए पछि बाङ्गेले ट्वाकको खबर सुनाईदेको भए हुनी शोभालाई भन्ने लाग्यो।

“कुरो त ठिक हो बाङ्गे — तर तैंलाइ पुण्यको काम गर्न किन हतार भयो भन्या के” मैले भनें।

“मैले नगरे कल्ले गर्ने? तँलाई आफ्नैले फुर्सद छैन — सुपारी सुपारी भै हाल्यो — ए अँ सुपारीको बयान सुनीस?” उस्ले सोध्यो।

“सुनेँ — त्यस्तो केही छैन –misunderstading भाको रे छ– ठिक छ” भनें।

“ल तेरो कुरो तैं जान — अनि त्यै हो –हामी साथिहरुले एक अर्कोलाई नगरे कल्ले गर्छ?” उस्ले भन्यो।

के हुन लाग्या यो भन्या जस्तो लाग्यो मलाई चैं — ट्वाक उस्को बैनी पर्ने मलाई खुला छोडदिने — अझ उकासी उकासी–म पनि ट्वाकको काम गर्दिन खोज्ने –सुपारी मेरै गुनगान गर्दीनी उसैले तरुनी पुर्याउँदा पनि– बाङ्गे ठीटीसँग ट्वाकको सिफारीस गर्ने — यो सदभाव यसरी उर्लेर केई अनिस्ट गर्ने त हैन? मनमा लाग्या कुरो त्यस्तो के मेरो।

मैले गर्छु भन्या काम बाङ्गेले गर्देछ राम्रै भो। भोली पसपतीको कुरा बाङ्गेलाई भन्छु भन्दा भन्दै पनि सकिन। घर तिर फर्किदै गर्दा मैले बाङ्गेलाई शोभालाई उस्ले के भन्यो त्यो कुरा ट्वाकलाई मैले भन नभने सम्म नभन भनें। “म कुरा मिलाउँछु अनि सुनाउनु तेरो पुण्यको काम ट्वाकलाई” भनेँ। उस्ले मान्यो।

घराँ भात सात खाएर ट्वाक कहाँ गएँ ।

ट्वाक फर्केर आउँदा मैले त्यो बाटा छेउका सबै बुटाहरु उखेल्ने काटने गरी सक्या थेँ। —

त्यो दिन त्यस पछी चेतनाको कुरालाई यता र उता बाट बुझ्दै बित्यो। प्रकासको बारेमा उस्लाई किन पिर — लाग्ने नै भए शोभालाई लाग्नु पर्ने दुख। मैले बाङ्गेलाई किन “कन्टोल” गर्नी? मेरो चै भुमीका के हो? सबै गोलमाल भो – जति सोच्यो त्यति यो पनि हो जस्तो त्यो पनि हैन जस्तो। राती त भुसुक्कै भएछु — बारीको कामले थाकीएछ क्यार। सपना पनि देखें देखिन था भएन।

पशपति जानु पर्ने आज — आफु जानेको उत्साह त थियो नै ट्वाकको मिल्ने नमिल्ने को पिर पनि थ्यो। हिंजो पाल टाङ्ग्ने उस्को बारीमा काम गरेर मैले म उस्को काममा मदत गरम्ला भन्ने मेरो बचनको एउटा झल्को देकै थिएँ। तै पनि फेरी बे को रुमलोमा उस्को र मेरो प्राथमिकता नबाझ्ला भन्न सकिन्न थ्यो।

बाङ्गेलाई अत्तो पत्तो थिएन मेरो प्रस्ताबित पशपती भर्मण बारे। झन पक्का साथि भनेको त्यसरी छल गर्नु पर्दा मनमा कता कता खल्लो चै लागेकै थ्यो। हुन त मैले त्यसो गर्नु पर्या त्यै भातेको भन्नै नसकिने बेहोराले गरेर हो। कुन बेलामा उस्ले के भन्ने हो गर्ने हो त्यस्को कुनै भरोसै थिएन।

बाङ्गेकहाँ जादै गर्दा हाडीगाउँको प्रख्यात दृस्य जता ततै ब्याप्त थियो — भारा भुरीहरुले “आयो” भने हुन अनि बा-आमाले पनि “जान त सटकाँ” भन्या होलान् — त्यसैले सधैं झै सडक छेउमा यता तिरका “रेस्ट रुम” मा झैं केटाकेटीहरु सडकको रमरमाईलो हेर्दै आफ्ना साथिहरु सँग कुरा गर्दै आ-आफ्नो कर्म गर्दै थिए। छेउमै एक दुईटा भुस्या कुकुरहरु वेटिङ्ग लिस्टमा देखिन्थे। त्यो देख्ना साथ पिच्च थुकिहालियो सधैं झै — थुक्नु के थियो बाङ्गेको संबाद सम्झें –त्यस्तो दृस्यमा कसैले थुके बाङ्गेले भन्ने गर्थ्यो “तँलाई कस्ले चाख भन्या थ्यो र?” —

बाङ्गे काँ पुग्या कुबेरले “दाई त सुतिरहनु भा छ” भन्यो। यस्तो मध्य दिउँसो त सुत्दैन थ्यो कैलेई। उस्को कोठाँ पुग्या सिरक ओडेर डल्लिरा रे छ —

“के आँटिस ए अघोरी यो दिउँसो सिरक मुनी?” कोठा भित्र पस्दा पस्दै सोधें मैले।

“मान्छेलाई यहाँ कस्तो भै रा छ अझ — अघोरी र सघोरी भन्दा त लात्तले ऐले ढोका बाहीर पुर्याईदिन्छु अनि –” उस्ले सिरक भित्रै बाट बोल्यो।

“केले भेट्यो तँलाई?” मैले सोधें।

“यो मारोगी जोरोले हिंजो राती देखि नै ज्यान हल्लाई रा छ — क्या जाडो हुन्छ यार बेला बेलाँ लग लग पार्छ अनि त जोरो बढ्ने — राती पनि सुत्नै पा छैन त्यै तुर्कीस्तान सम्म जान पनि रिंगटा लागेर बबाल” उस्ले सिरक बाट टाउको निकाल्दै भन्यो।

“उठन त स्याँ स्याँ रे छ तँलाई अझ अघि लात हानेर — काँ सम्म रे? मलाई ढोका बाहीर पुर्याउने कुरा गर्थिस त — तँ आफै त ढोका बाहीर सम्म जान ज्याङ्गो स्टाईलमा जानु पर्ने होला — ” मैले सुनाएँ। त्यस्काँ ज्याङ्गो नाम गर्या कुकुर थ्यो पाल्या।

“ठिकै छ बाबु यस्तै रे छ जिन्दगी — जोरो आएसी साथिले नी हेप्ने रेछन — सम्झिम्ला म — मेरो पनि आउला नी पालो कुनै दिन ” उस्ले सुनायो।

“सिटामोल खाईनस त?” मैले सोधें।

“खा हो — खायो अलि घटछ फेरी उस्तै –” बाङ्गे बोल्दै थ्यो उस्की आमा गिलासमा टन्न बुस्ट बोकेर आईन।

“ए बाबु, हेरन यस्लाई त जोरो आएछ — यस्तो चिसो छ — राम्रो लुगा पनि लाउँदैन — राती राती नहिन भन्यो पनि मान्दैन — अब चिसोले समत्या जस्तो छ –” उनले मलाई हेर्दै भनिन र गिलास टेबलमा राखिन।

“खान्न म त्यो बुस्ट सुस्ट — ” बाङ्गेले झर्केर भन्यो।

आमा चै खा भन्नी बाङ्गे सोम नाई भन्नी एक छिन किचलो भयो। अनि “ल बाबु तँ यस्लाई यति ख्वा जसरी भए नी” भन्दै आमा चैं निस्किन बाहिर।

” तैले खतम गरीस नी यार” मैले भनें।

“के? तर जे भए यो बुस्ट खान्न म” उस्ले अझै कडा स्वरमै भन्यो।

“बुस्ट त खा कि नखा मलाई के मतलब –” मैले भने पछि उस्ले सोध्यो “अनि के कुरा गर्या त?”

“आज झन तँलाई ऐले पछि पसपती लिएर जाम्ला भनेर आको त बोरै गरीस नी” मैले सुनाएँ। अब उ नजाने छाँट भएसी मैले हिन कि हिन भनेर कर गर्नु पर्यो परेन?

“आज पशपति जाने दिन हो र? त्यो पनि दिउँसै– के बाँदर हेर्न जानी? ” उस्ले अलि अचम्म मानेर सोध्यो।

“हेर्न त हेर जस्लाई जे जुर्या छ तेई हेर्नी हो — तँलाई जुर्या तेई बाँदर रे छन भने त्यही हेर्लास मलाई त तरुनीको आमन्त्रण छ र जान ला — तँ पनि गति पर्लास भन्या भाग्गेमा नभएसी डोकाँ दुध दोएर नअडने रे छ त” मैले “तरुनी” र “आमन्त्रण” अलि जोड दिएर भनें।

उस्ले छक्क परेर हेर्यो मात्रै।

मैले थपें “त्यो अस्ति कि चाबेल तरुनी — कबिता के त पशपतिमा चन्दन माग्या — सुपारी पुर्याउन गा थेन कत्ति न जान्ने भेर? — के के न गरम्ला भनेर गा होला — उस्लाई केई न केई उल्टो मलाई आज पसपति पठाईदिनु भनी छ केटीले बुझिनस सुपारीलाई? — त्यो केटीको मामाहरुले बत्ती बाल्ने रे क्या त्याँ पसपतिमा आज– तँलाई पनि लिएर जाम्ला भनेर आ यसरी शिबदाई ट्वाँट लार सडकाँ लड्या जसरी ओछ्यानाँ त ढ्लया रे छस — बोरै भो नी।”

उस्को अनुहारमा चमक र पिडा दुइटै चम्किए।

“कति खेर जाने?” उस्ले सोध्यो।

बज्या आउला भन्ने पिर पो भो — मैले भने “एक छिनमा जाने हो”।

“को सँग जान ला नी?” उस्ले फेरी सोध्यो।

“खै अब को सँग सँग — जानी भन्या तँ — लम्पसार — ट्वाकको घराँ बे छ भन्छ अब उसैलाई भनी हेर्छु — कोई नभए एक्लै भए नी जान्छु नी अब — के गर्नु?” मैले उस्लाई जोरो आएर मलाई नोक्सान भो कि झै भनें।

“जान्छ्स एक्लै — त्यै पसपतिको सिढींबाट गुड्क्याएर एकै चोटी ब्रम्हनालाँ पुर्याईदिन्छन अनि — बत्ति बाल्न आ मान्छेहरुलाई आँखा झिम्क्याउन थालेसी” उस्ले साबधान गराए झैं गरी भन्यो।

“के गर्नी त अब– तँलाई नी फेरी यै बेला जोरो आउनु पर्यो” मैले भनें।

सुतीरा बाङ्गे उठेर बुस्ट त घ्वाट घ्वाट।

गिलास टेबलमा राखेर ” ल हिन– म अब तङ्ग्रेँ” भन्छ बा। मारेन के?

“पर्दैन पर्दैन तँ आरम गर” भन्दैं ओर्लिएँ म उस्को त्यो घुमाउरो भर्याङ्ग।—

ट्वाक कहाँ पुग्या उ रैनछ। भाई चै ले “दाई छैन” भन्यो। “कता गयो?” भन्या बाहीर भन्यो –“काँ बाहिर?” भन्या “था छैन” रे। लौ बरबाद जस्तो लाग्यो। ट्वाक त मलाई नभै भा थेन।

ट्वाकको घरमा मान्छे धेरै थिएनन् त्यति बेला– किन हो– सुनसान जस्तै थ्यो। “को को छन त घरमा?” चोकमा खेल्दै गर्या ट्वाकको भाईलाई सोधें मैले।

“दीदी र म मात्रै –” उस्ले पुलुक्क म तिर हेरेर भन्यो।

अब कुन चै दिदी हो घरमा भा — चेतना हो की बे गर्ने चै हो? — सोच्दै थें चेतना आई तल।

“दाई छैन” उस्ले मलाई देख्ना साथ भनी।

“थाह पाएँ — कता गयो?” उस्लाई था छ कि भनेर सोधें।

“मलाई भनेर जाने गर्या छ र? — अचेल निक्कै हिमचिम छ नी साथिभाईको –” उस्ले भनी।

“साथिभाईको हिमचिम नभए कस्को हुन्छ त नी?” मैले पनि सोधेरै आफ्नो कुरा भनें।

“था छ मलाई यो बिशेष हिमचिम किन भनेर –” उस्ले भनी।

“किन?” मैले सोधें। भाई चै खेल्दा खेल्दै कता लागि सकेछ — चोकमा चेतना र म मात्रै। मलाई कता कता असजिलो लाग्यो। त्यै बेलाँ ट्वाक आउला र भाको नभाको शंका गरेर भडकेला भन्ने डर। तर चेतना सँग कुरा गर्ने मन पनि उत्तिकै छ फेरी। त्यै पनि यता चेतनाको लोभमा लाभ हुने भन्दा उता कबिताको लाभ बिलापमा बदलेला भन्ने चस्का लाग्यो र “ल त म गएँ– ऐले पछि आउँछु” भन्दै चोकबाट निस्किन खोज्दै थिएँ “हामी सँग त किन बोल्नु हुन्थ्यो र — हामी त नराम्रो मान्छे” कानमा ठोक्कियो। फर्केर हेरेको उ त एकनास मै तिर हेरीरा रैछे। मनले बारहको तोप हान्यो।

“पशपति जाने बेला भा छैन अहिले” उस्ले भनी।

म त छक्क परें। काँबाट थाह पाईछ पशपति जाने कुरा भनेर। तर मैले केही भनीन चुपचाप उभिई रहें।

“नगए हुन्न पशपति?” उस्ले सोधी।

“किन?” मैले पनि सोधें।
“थाह छैन” उस्ले भनी।

उस्ले थाह छैन भने पनि उस्का नाँचेका आँखालाई धेरै कुरा थाह भए जस्तो थ्यो—

जाडोका घाम उस्का र मेरा माथि आईपुगेका थिए–हावामा चिसोपन थ्यो — कुराको बाताबरण पनि मौसम झै थ्यो।

“बाङ्गे खै नी आज?” उस्ले कुरालाई अर्को बाटो तिर लग्दै सोधि।

“जोरो आएर सुतीराछ” कुरा सजिलो बाटो तिर लाग्या राहत मैले अनुभव गरें।

“उस्ले शोभालाई के के भन्यो रे?” चेतनाले सोधी।

“उसैलाई सोध्नु क्या — मलाई के थाह्?” मैले अलि अचम्म मानेर भनें। शोभा सँग बाङ्गेले भन्या कुरो चेतनालाई कसरी थाह? पक्कै शोभाले भनेको हुनु पर्छ।

“ल्याउनु नी त उस्लाई यहाँ मै कुरा गर्छु” उस्ले भनी।

उस्ले लगाएको स्कर्ट मन्द हावाले यता उता गर्दै थ्यो — घरी घरी उस्को अनुहारमा आउने उस्को कपाललाई उ बारम्बार पछि लग्थि। ओठ पान खाए झै देखिन्थे — अनुहारमा एक किसिमको चमक थ्यो। मैले आफ्ना हेराईहरुलाई उस्को अनुहार भन्दा तल आउन नदिन सक्दो कोसिस गर्दै थिएँ।

“बाङ्गे टिङ्गे मन पर्दैन भन्या हैन त? फेरी किन भेटनु पर्यो?” मैले सोधें।

“मन परे पनि मलाई नै पर्छ, नपरे पनि मलाई नै पर्दैन अरुलाई के को चासो?” उस्ले ओठमा नजानिदो मुस्कान ओराली बोल्दा बोल्दै।

“हैन बाङ्गेको पनि भाग्गे उदाउने भो त?” मनमनमा सोचें।

“हुन्छ त म खबर पुर्याईदिउँला बाङ्गेलाई” मैले हाँसेर भने अनि सोधें “प्रकासको चै अनि के हुन्छ नी?”

“प्रकासको किन पिर गर्नु पर्यो?” उस्ले अलि कडा स्वरमा सोधी।

मैले केही भनीन।

उस्ले फेरी “पशपति जानु पर्दैन आज — भन्देको छु मैले” भनी।

“म पसपति गएर तिमीलाई के फरक पर्छ?” मलाई रमाईलो अनुभुती हुँदै थ्यो।

“फरक पर्छ” उस्ले भनी। उस्का र मेरा आँखा जुधे। दिउँसै केही फिलुङ्गा देखे झै लाग्यो मलाई।

“के फरक पर्छ?” मैले पनि थपें।

उस्ले एक कदम म तिर सरेर whisper गरे झै गर्दै भनी “फरक पर्छ –” अनि फेरी अघि बढाएको कदम फिर्ता गरी।

ट्वाकको भाई चै कैले चोकमा हुन्थ्यो कैले बाहीर जान्थ्यो कैले माथि। उस्लाई हाम्रो कुरामा केही चासो थियो जस्तो देखिन्नथ्यो।

चेतनाको कुरा मैले बुझे जस्तो पनि लाग्थ्यो तर जे बुझ्या हो त्यो हैन पनि जस्तो। उस्ले के गर्न खोजेकी हो के भन्न खोजेकी हो कुन्नी तर मेरो दिमाग घुमाईराथी।

“म अब पसपती जाम कि नजाम?” आफैले आफैलाई सोधें। गए चेतना रीसाउली रे — उ रिसाए पनि के? उस्ले मलाइ के गरेकी छ र — दिउँसो बेचैन गरेकी छ — राती सपनामा कुनै बेला खोलाबाट झिक्या माछा जस्तो कुनै बेला अंग्रेजी सिनेमाकि हिरोनी जस्तो गरेकी छे त्यै हो – बरु चेतना रिसाए रिसायोस कबिता खुसी भए त्यतै कल्याण हुन्थ्यो जस्तो लाग्यो।

“अनि किन उभीई रा त? — गए भए हाल्यो नी” उस्ले उस्का दुइटै नयन बाण सिधैं मेरो मुटुमा तारो लगाएझै गरी फ्याँकी अनि घर भित्र जाने ढोका तिर बढी। —

जुन कुराको धुन चढेको थ्यो त्यै कुरामा “पशपति नजानु” भनेर तुषारो पार्दी चेतनाले। कबिता सँगको सम्बन्धमा जति स्वतन्त्रता थ्यो त्यति नै बरु त्यो भन्दा बढीनै सायद नियन्त्रित हुन्थ्यो चेतना सँगको सम्बन्ध यदि त्यो सम्बन्धको सम्भावना भए पनि।

म चोकमा यत्तिकै उभिईरहें के गरम के गरम भै रह्यो। जान चै मन छ पसपति तर चेतनाले नजानु भनेर उस्को आमन्त्रणलाई अर्कै शब्दहरुमा पोखेकी हो कि जस्तो लागेर द्विबिधा त हुने नै भयो।

एक्लै पसपति गएर हुन चै सायद केही हुन्न थ्यो। त्याँ देखी पसपति सम्म लखर लखर गयो–लखर लखर आयो — वहाँ पनि देखा देख सम्म त सजिलै होला — एक दुई शब्द बोलिएला तर त्यो भन्दा धेरै केही हुने सम्भावना कम थ्यो। हो ट्वाक सँगै भए स्थितीको आशिर्बाद मेरो पक्षमा बलियो हुन्थ्यो तर उ कता हो कता। बाङ्गे भए जाँदा र आउँदा बोर हुन्नथ्यो बाटामा — राख्न चै उस्लाई पसपतिको ढोका बाहीरै राखे मात्रै — भित्र सँगै लगे पछि के हुन्थ्यो भन्न सकिन्नथ्यो। तै पनि परस्थिती बिग्रेर ज्यान मालको सुरक्षामा लाग्नु पर्ने स्थिती आएको खण्डमा उस्को मद्दतमा मैले भरोसा गर्न सक्थें। तर उ त जोरोले ढलेको थ्यो अहिले। उ जाने कुरै भएन। सुपारी हो अर्को बाँकि। उ साथि पनि हुन्थ्यो अनि कुरा भाँडिने खतरा पनि सुपारीबाट या त हुँदै हुन्नथ्यो भए पनि न्युनतम। तर सुपारी सँग मात्रै जाँदा मजा नआउने। उ तरुनीको कुरै नगर्ने — आफुलाई तरुनीको कुरा नगरी खाको नपच्ने –त्यसमाथि आफु आज पसपति जान लागेकै तरुनीको लागि। तै पनि सोचें एक्लै जानु भन्दा त सुपारी सँगै जानु बेस। आखिर मैले पसपति जाने नै बिचार गरें त्यो चेतनाको चोकमा एक्लै उभिदा उभिदै।

सुपारी कहाँ जानु पर्यो भन्दै म बाहिर सडक तिर आउन त्यो चोकबाट निस्किदै थिएँ “जान ला?” भनेको सुनें। चेतना फेरी चोकमा आई।

“अँ” मात्रै भनें।

“काँ जान ला नी?” उस्ले सोधी।

“था छैन” भन्देँ। पसपति भन्न मन पनि लागेन अनि साँच्चै भन्ने हो भने आँट पनि आएन।

“मलाई थाह छ — कस्तो जिद्दी मान्छे होला –कुरा पनि नबुझ्ने” उस्ले अलि रिसाएझैं गरी भनी तर मलाई थाह् थ्यो उ रिसाएकै चै छैन। नत्र जानला मान्छेलाई जान दिई हाल्थि नी — अल्झाउनु पर्ने कामै थिएन।

“अर्को साथि खै थाह् छ?” उस्ले सोधी।

“को अर्को साथि?” मैले पनि सोधें। कस्को कुरा गरेकी हो कुन्नी।

“को अब? कति जना छन साथि? ” सोध्ने उस्कै पालो थ्यो।

“कति छन कति नी –” भनें। हो नी साथि त धेरै छन नी।

“खुब छन –” उस्ले पत्याईन।

“कस्को कुरा गर्या? तिमीलाई को मन पर्या छ त्यो भनन म कुरा गर्दीम्ला” मैले उसलाई जिस्काउने सुरमा भनें।

” त्यै त कत्ति न — आफुलाई मन पर्या मान्छे सँग त कुरा गर्न सक्नु छैन अझ अरुहरुलाई मन पर्या मान्छे सँग कुरा गराईदिन्छु रे — ” उस्ले पेच कसे झै गरी भनी।

म चुपचाप उस्को कुरा सुनीरहें र भनेकी के हो त्यो बुझ्न् पट्टी लागें। उस्ले अरु थपि — “आफुलाई मन परेको मान्छे मैले त चिनेको छ जिद्दी मान्छेले चिनेको छ?”

उस्को प्रस्नको जवाफमा मैले उस्लाई एकटक हेरी रहें।

“अर्को साथि खै भन्या?” उस्ले फेरी सोधी।

ट्वाक कहाँ त म अघि देखि नै थिएँ त। मैले त सुपारीलाई देखिन। —-

मनमा अनेक कुराहरु एकै चोटी आए। म ट्वाक कहाँ पुग्नु अघि नै सुपारी पुगेछ क्यारे त्याँ अनि ट्वाक सँगै बे को काममा कतै गयो होला नभए ट्वाकलाई नदेखेर बाङ्गेकहाँ गयो कि? अथबा अन्तै कतै गयो कि भन्ने तिर जति सोचे पनि मन भने “गयो सुपारी पसपति” भन्दै हल्ला गर्या गरेई थ्यो।

तै पनि बाङ्गेकहाँ जानु पर्यो न सुपारी त्यतै छ कि भनेर जाँदै थिए छ्याक भेट भयो त्यो धोबीको पसल अघि। मैले उस्लाई देख्नासाथ सोधें “सुपारीलाई देखीस?”

“ट्वाक र उ त मालिगाउँ तिर लाग्या देख्या थें अघि नै” भन्यो।

सुपारीले तेस्को घरमा ट्वाक कहाँ जान्छु भनेको त ठिकै रे छ तर अब गयो कता उ ट्वाक सँग? पसपति नै गए भन्ने पनि पक्का थिएन गएनन भन्ने पनि थिएन।

अब बाङ्गेकहाँ जाने काम थिएन बरु पशपति नै जानु पर्यो भन्ने ठानें। हुन त चेतनाले नजा त भनेको हो — भेट्याले नजा भन्दा भन्दै नभेट्यालाई खोज्न जानी काम अलि बरबाद त बरबादै हो त्यै पनि जबानीको आगो हुँदो हो जति ताप्यो अरु तापुँ तापुँ लाग्ने।

एक्लै लखर लखर मालिगाउँ तिर जाँदै थिएँ। ट्वाक र सुपारी बे को काममा कतै गएको हुनु पर्छ — मलाई धोका त किन दिन्थे र भन्दै मनलाई थामथुम त पार्दै थिएँ तर मन भने झन रिस उमार्दैथ्यो।

त्याँ नारन सिंह डिआईजीको घर तिर पुग्या थें मन लागि नलागि। बरु चेतनाले अघि नै भित्र हिन भनेकि थिई — दशा लागेर भैगो भन्दें — पशपति जानु पर्दैन भन्दा भन्दै म गएको थाह पाई भने? मनमा कुरो उठ्यो। त्यस्को असर सम्झिदै दिक्क लाग्यो। आफु यता कबिता भनेर गयो उता कबितालाई सुपारीले पढीसक्या रे छ भने यता नजा म छु भनेर चेतनाले भन्दा भन्दै सुन्या नसुनेई गरेर पसपति पुगे पछि चेतनाले पनि मेरो मनलाई चेत बाबा कासी पार्ने पक्का थ्यो।

“आ — मारो गोली कबिता सबिता — चेतना जिन्दाबाद ” मनले त्यो ज्ञानेस्वरतिर बाट आउने बाटोमा पुग्न लाग्दा एक्कासी नारा लायो।

“हो त?” आफैले आफैलाई सोधें।

“अनि के त?” मनले पनि सोधेरै जवाफ दियो।

लौ त भनेर फनक्क फर्कें। फर्किनु के थियो मन फेरी पिपलपाते भै गो।

कबिता त ट्वाकले नै सिकाको हो तर चेतना तिर लाग्दा ट्वाकले बेहोस नपार्ला भन्न सकिन्नथ्यो। फर्केर फेरी नारन सिंह डिआईजीको घर तिर पुग्दा “हैन अब कैले देखि जाने भन्या पशपति — बनको बाघले खाओस नखाओस मनको बाघले खाने भन्या जस्तो अब सुपारी र ट्वाक कता गए गए यसै पशपति नै गए भन्दै कबिताको निम्तो यसै लत्याउन त भएन नी — उता उ पर्खीरहेकी रैछे र आफु गैएन भने खत्तम भएन?” मनले फेरी कुरा उठायो।

हो त कुरा त ठिकै हो। जाम एक चोटी पसपति कबिता बाचन गर्न पाईयो भने पाई हालियो नपाए चेतना त छदै छे। चेतनाले सोधे “अँ, अब मेरो अब बाटो नहेर्नु भन्न गा थें कबितालाई” भन्दिम्ला भन्या जस्तो लाग्यो।

टक्क अडेर फेरी कालो पुल तिर लाग्नु पर्यो भनेर फर्कें। अरुहरुले मलाई हेरी रा रे छन भने यो ठीटो सडकेछ कि भन्लान भन्ने डर।

फर्केको मात्रै के थिएँ उता त्यो सूर्य बहादुरको घर तिर बाट आउने बाटोबाट ओर्लिदै गरेका तिन जाना केटाहरु प्रति ध्यान गयो। ति सबै मै तिर हेर्दै थिए। मन जिरिङ्ग भयो। ति तिन जना मध्ये एउटा त त्यै पैलेको नबयुबक रे छ। बाङ्गेले नाकाँ सट हान्या सोम।

उनीहरुको तारो म भएको पक्का थ्यो। हुन त मैले नै त केही गर्या थे न तर त्यो नबयुबकले बाङ्गे, ट्वाक, सुपारी र मलाई एक साथ देख्या थ्यो। आफु ताक्छु मुडो बन्चरो ताक्छ घुँडो भन्या यस्तै होला। काँ आफु कुन धुनमा हिन्या के आईलाग्न लाग्यो। चेतनाले नजा त भन्दै थिई। कति न जान्ने पल्टेर हिन्या। उसै सँग अघि नै बोलाको बेला भित्र गा भे? अहिले सम्म के के हुन्थ्यो होला –अब जे जे सोचे पनि त भयो नी।

केटाहरु निक्कै नजिक आईसकेका थिए। सम्भाबित स्थितीको लागि मैले आफुलाई तयार पार्दै थिएँ। —-

केटाहरु निक्कै नजिक आईसकेका थिए। सम्भाबित स्थितीको लागि मैले आफुलाई तयार पार्दै थिएँ। —-

“चिन्या छ यसलाई?” ति तिन जना मध्ये एउटाले त्यो अस्ति बाङ्गेले दनक हान्या सोम– त्यै प्रकास भन्ने हो क्यारेलाई देखाउँदै रिसमा सोध्यो।

“चिन्या हैन देख्या छ” मैले जबाफ दिएँ। मलाई त्यति बेला झगडाको धुन थिएन म अर्कै सुरमा हिन्या मान्छे।

देख्न त मैले त्यो प्रकास भन्ने सँग आएका दुईटैलाई देख्या हो पैले पनि — तर को हुन चाई थाह थेन। अब परिचय पाईएला जस्तो हुँदै थ्यो।

“किन हात हालिस त, नचिन्या मान्छेलाई?” अर्को चाई सोम मेरो झन नजिक आएर कुर्लियो। अब त्याँ बार्तामा अनेक थरी अरु शब्दहरु पनि प्रयोगमा हुन्थे तर म ति सबैलाई यता बोलाउन सक्दिन। ति त्यस्ता शब्दहरु थिए जस्लाई उच्चारण गर्न नपाउँदा जिब्रो बिद्रोही हुन खोज्थ्यो — ठाम अनुसार सुनाउने पर्ने के गर्नु?

अनि त्यो सोमले के कुरा गर्या हो कुन्नी? मैले त हात हाल्या हैन। बाङ्गे र सुपारी थिए क्यारे त्यति बेला — मैले त सुनेको मात्रै हो।

मैले बोल्नु अघि नै त्यो प्रकास- द नवयुबकले बोल्यो “यो हैन — अर्कै हो अस्ति झगडा गर्ने — बाङ्गे भन्ने थ्यो — अनि अर्को अलि सोझो सोझो जस्तो अर्को थ्यो”।

प्रकासेको बाङ्गो र सोझोको कुरा प्रति ध्यान नदिई त्यो अघि कुर्लिनेले “तँ चुप लाग” भन्दै प्रकासेलाई नबोल्न आदेश दियो।

अर्को चै सोमले मलाई सोध्यो “खै त्यो तेरो साथि?”

“को साथि?” मैले सोधें। बाङ्गेकै कुरा गर्या हो कि जस्तो त लाग्या थ्यो तै पनि पक्का त गर्नु पर्यो नी।

“बढ्ता कुरा गर्छस?” त्यो अघि कुर्लिनेले मलाई छातिमा हलुका पुस दिदै आफ्नो रबाफ कायमै गर्या थ्यो — मलाई झनक्क भयो। आफुले केई गर्नु न होर्नु — काँ कुन सुरमा के के न गरम्ला भनेर जान लाईरा बेलाँ — त्यै रिसमा मैले यसो बरी परी हेरेँ त्यस्ले मलाई धकेलेको ककस्ले देखे भनेर। पस्चिम उत्तर तिरको घरमा एउटा केटीले हामी तिर हेरी राकी के देखें आफुलाई ठुलो चोट पर्यो। त्यसरी केटीको अगाडी धकालीसके पछि खत्तम भएन? आफुलाई त्यै बाटो हजार चोटी हिन्नु पर्छ। त्यस्तो धकेल्दा धकेल्दै पनि केई नगरे पछि मर्या जुनी भएन? झोंकले एक्कासी ठाडो उडान भर्यो अनि मैले त्यै जोसमा त्यो कुर्लीने सोमलाई बजाई दिएँ मुखैमा।

त्यस्तो प्रतिकृयाको अपेक्षा गर्या रैन्छ कुर्ले सोमले भयङ्कर भेट्यो। त्यस्को दाँतमा मेरो गठेमंगलको औंठि लाको मुडकी बज्रिदा मेरै हात रन्केको थ्यो। दाँतले ओठ काटेछ क्यारे त्यस्को रगत आईहाल्यो।

अब त्यस पछिको त के बयान गराई भो र — नराम्रो घार घुर भै हाल्यो नी। पछि त्यो प्रकासे र अरु बाटो हिन्दै गर्या एक दुई जनाले छुट्टाउँदा मेरो सर्ट त धार धुर भएछ। टाँक साँक त कता हो कता। आफ्नो नाकबाट रगत आईराको — बिपक्षी दलको एउटा सोम पनि नाक समात्दै थ्यो आफ्नो। बेहाल भो। हानाहान सकिए पनि भनाभन सकिया थेन। धोको पुगुन्जेल मुख छोडीयो।

यसो त्यो अगि छताँ बस्या तरुनी तिर हेरियो उ त त्यै थिई तर तरुनी पो हो हैन पक्का भएन — अघिकि उही त होली नी — थाह छैन आँखा नजिक पनि कुन चैको हो दनक लागेछ हेर्नै अप्ठ्यारो हुँदै थ्यो। तर कौसीकी तरुनीले नी देखी — चिनी नी अब डरपोक ज्यान हैन रे छ यो भनेर भन्ने फुर्ती आएर यसै राम्रो लाग्यो।

प्रकासेले त खास केही गरेन। छुट्ट्याउने बल गर्या हो तर बाँकी दुईटालाई त एक्लै भए पनि राम्रै बजाईयो — हुन त उनीहरुले पनि मेरो बन्दोबस्त गरेकै हो त्यत्तिको।

उनीहरु फेरी सूर्य बहादुरको घर तिर जाने बाटो लागे म हाँडीगाउँ तिर फर्के। अब त्यो हालतमा के पसपति गै भो र।

जति जति आफ्नो टोल तिर आँए — मान्छेहरुले मेरो गति देखे त्यति त्यति अरु रिस उठन थाल्यो। ति अघिका केटाहरुलाई ध्वस्त नपारी छाडदिन भनेर धुन जाँड लाग्या जसरी लाग्न थाल्यो।

अघि मालिगाउँबाट आउँदा “घर जान्छु अनि नुहाई धुबाई गरेर सुत्ना काम छ” भन्दै आको थें अब घर जान मन लागेन। जति जति मान्छेले हेरे — “के भो?” भनेर सोधे उति उति ति केटाहरुलाई अरु कुटन मन लाग्यो। बाङ्गेकाँ जाने काम थेन — जोरोले ढ्ल्या थ्यो — सुपारी थिएन घरमा अघि, भए पनि त्यस्ले उपदेश दिन्थ्यो — मलाई उपदेश चाहिया थेन — ट्वाक नै मेरो आशा र बिश्वास थ्यो। फर्कियो की घर भन्ने आशमा उस्को घर तिर लागें। किस्नदाईको घर अघि छ्याक भेटियो। छ्य्याक पनि साथि नै हो राम्रो।

“ल मा — के भो यार?” उस्ले सोध्यो।

“देखिनस के भो? फाईट पर्यो नी” मैले गर्ब सँग सुनाएँ। उ म सँग संगै आयो।

“को सँग?” उस्ले सोध्यो।

“त्याँ मालिगाउँका केटाहरु सँग –” मैले भनें। म फटाफट हिन्दै थिएँ। उस्ले पनि बुझेछ क्यारे म ट्वाक काँ जान ला भनेर त्यसैले होला भन्यो “ट्वाक घरमै छ — एकै छिन भो मैले देख्या त्यस्लाई घर छिर्या”।

“फेरी जाने हो हान्न?” उस्ले सोध्यो मलाई।

“परेन त?” मैले पनि सोधें।

” म पनि आउँछु घर गएर” भन्दै ट्वाक त्याँ बाट बिदा भयो।

म ट्वाकको चोकमा पुग्दा चेतना चोकमै थिई। मेरो हालत देखेर होला ” के भयो?” भन्दै एकै चोटी मेरो छेउमा आई र हात समाई। तर तत्कालै छोडीदिई। मलाई अहिले चेतना, कबिता कसैको केही धुन थिएन।

“ट्वाक खै?” मैले सोधें।

“दाई पछाडी बारीमा छ” उस्ले भनी। म लागेँ उतै।

ट्वाकले मेरो हालत देख्ना साथ सोध्यो “ल तँ पसपति जानु पर्ने मान्छे के हालत बनार बस्या यस्तो?”

मैले घुरेँ मात्रै उस्लाई।

“कस्ले?” यस पटक ट्वाकले अलि गम्भीर भएर सोध्यो।

“त्यै प्रकासे र तेस्को साथिहरुले।” मैले भने।

“को प्रकासे?” उस्ले फेरी सोध्यो।

“को अब — त्यै पसपतिबाट आँउदा गफ गरेर बसीरा थेन त्याँ मालिगाउँमा– बाङ्गेले सम्झाको खाते क्या” मैले सम्झाएँ।

“के गरीस र तैले?” उस्ले सोध्यो।

“केई न केई — पसपति जान भनेर त्याँ पुग्या थें — यत्तिकै आईलागी रा भन्या — हान्न त मैले नी हान्दें — नाक साक फुटाल्दे — बंगारा संगारा पनि” सुनाएँ फुर्ती सँग।

ट्वाकलाई सुपारीको बारेमा सोध्नु पर्ने — पसपति जाने बारेमा भन्नु पर्ने — उ किन थिएन घरमा अघि त्यो बुझ्नु पर्ने थ्यो तर अहिले परिस्थिती बेग्लै। ति कुराहरु झिक्न मन थिएन मलाई।

“कति जना थिए?” ट्वाकले सोध्यो।

“प्रकासे समेत तिन जना — तर त्यो प्रकासे ले त केई गर्या हैन” मैले भनें।

“बाङ्गे काँ छ थाह छ तँलाई?” ट्वाकले सोध्यो। उस्को बारी बारी हुँदै अहिले हामी छ्याकको घर पछाडीबाट डबली तिर जाँदै थिम।

“घरैमा होला नी — ओछ्यानमा। जोरो आएर ढलीराथ्यो अघिनै म जाँदा”। मैले भनें।

छ्याकको घर पछाडीको गल्लिमा पुग्दा उ पनि भेटियो। जंजिर बोकेर आएछ।

ट्वाक, म र छ्याक मालिगाउँ तिर लागिम फटा फट। —

ट्वाक, म र छ्याक मालिगाउँ तिर लागिम फटा फट। —

मालिगाउँ तिर त लागियो तर अब ति अघिका सोमहरु बस्ने कता हो था छैन। तै पनि अघिको युद्धभुमी तिर जाँदै थिम हामी प्रतिद्वन्दी अझै त्यैं छन कि झैं गरी। मालीगाउँ नक्साल तिर ट्वाकका केही उग्र साथिहरु पनि थिए। त्यसैले त्याँ ट्वाकको हौसला झन बढेको थियो। हामी अघिको ठाममा पुग्दा कोही थिएनन। रगतका केही चिन्हहरु भने अझै देखिन्थे बाटोमा। कुन चै रक्तचिन्हहरु मेरा थिए कुन ति अरु सोमहरुको त कसरि चिन्नु र — तै पनि जाँड पानी खाई खाई बनाको रगत त्यसरी खर्च हुँदा दु:ख त लाग्ने नै भो।

सोमहरु त्याँ नभए पछि उनीहरु जुन बाटो लाग्या थे अघि — त्यै बाटो लागिम हामी। त्यो उकालो उकालो जस्तो बाटो हिन्दा सबै तिर घर घरमा हेर्दै हिन्दै थिम उनीहरुलाई देखिन्छ कि भन्दै। देखिएन। बालमन्दीरको पस्चिम ढोका सम्म पुगियो कोही भेटीएन।

ए अँ बाटोमा मैले ट्वाकलाई सुपारी खै भनेर सोध्या थें उस्ले सुपारीको कुरा नगरी उल्टो मलाई सोध्या थ्यो “तँ पसपति तिर नगएर किन फाईट तिर नी?” मैले म पसपति नै जाँदै थिए घारघुर हुँदा भनेर सुनाएको थिएँ। अनि उस्लाई “म सँग पसपति जानु पर्ला भनेर हराको हो तँ भाते?” भनेर सोध्दा “होईन — जाने भए अझै बेला छ — तँ बत्ति बाल्न जाने भए पो — मन बाल्न जाने — केई बित्या छैन — जान्छस?” भनेर उस्ले पनि सोध्यो। अब त्यो हालतमा पसपति गएर के काम? बयान दिंदैको सास्ति —

बयान दिए नै पनि खासै फाईदा हुन्न थ्यो। त्यसैले जान्न भन्दें। ट्वाकले म तिर हेर्दै “सुपारी तँलाई पसपतिमा पर्खीरा होला” सम्म भन्यो अनि “बाँकि चै तैं सोध उस्लाई म अरु केही भन्दिन” भनेर कुरा सकायो। छ्याक भने अलमलिएको अलमलियै थ्यो। ट्वाकले नातेदारहरुले पसपतिमा बत्ति बाल्ने भन्या थ्यो त्यै कुरो हो भनेर छ्याकलाई पनि शान्त गरायो।

त्यो बालमन्दीरको ढोका अगाडीको मोडमा यता उता गर्दै थिम — छ्याकले — चिया खाम हिन चिसो चिसो छ — जाँड खाम भने पैसा छैन भन्यो। हो चिसो चिसो त थ्यो तर आफुलाई अर्कै सुर थ्यो — सोमहरुलाई बजाउने — “पैला आको काम सकाम न अनि च्या तिर लागम्ला” भन्या मैले ट्वाकले “अब मान्छे भेट्टाउनु परेन काम सकाउन? आज नभेटे भोली भेटीएलान — भोली नभेटे पर्सी — हाम्ले भेट्नु नै उनीहरुले नी भेटनु हो — खातेहरुलाई भक्लक भक्लक बुझिनस?” ट्वाकले अर्कै शब्दहरुमा चिया खाने कुरा गर्यो।

त्यो टंगालस्कुल छेउको पसलमा चिया तान्दै बसिम। जो आयो मलाई हेर्ने बा! बोरै भन्या। रिस उठ्ने। एउटा केटा चुरोट तान्दै हेर्दै थ्यो मलाई मैले “अरु पनि केही हेर्छस कि?” भनेसी अन्तै हेर्या जस्तो गर्न लाग्यो चुपचाप। हामी भने के के न जित्या जसरी हाँसीम।

च्या स्या सकेर अब फेरी अघिकै बाटो फर्किम भेट भए भयो नभए अर्को दिन ठिक पारम्ला भन्दै हिनिम पसलबाट। “मजा त अर्को दिन हुन्छ बुझिस बाङ्गे पनि हुन्छ” ट्वाकले भन्यो। कुरो त हो। बाङ्गे जाई लाग्न एकदम फुर्तिलो थ्यो।

त्यो पसलबाट अलिकति दक्षिण पस्चिम लाग्ने बित्तिकै एउटा सानो गल्लि आउँथ्यो। त्यो गल्लिले उता बालमन्दीरको मुख्य ढोका (पूर्ब) सम्म पुर्याउँथ्यो हो त्यै गल्लीबाट डबललोड अघिको एउटा सोम र प्रकासे आउँदै रेछन। हाम्ले उनीहरुलाई देख्नु अघिनै उनीहरुले हाम्लाई देख्या हुनु पर्छ। साईकल रोक्यो। त्यो रोक्या साईकल तिर हाम्रो ध्यान गै हाल्यो। मलाई एक्कासी फुर्ती आयो। “यै हो यै हो” मैले सोमहरुलाई देखाउँदै भने। प्रकासे डण्डीमा थ्यो — उनीहरुले साईकल मोडाउन नभ्याउँदै छ्याकले साइकल समातिहाल्यो। साईकल उचालेर दाईने पट्टीको बारी तिर फ्याल्दियो छ्याकले साईकल।

प्रकासेको अनुहार त हाबा फुस्क्या जस्तै थ्यो त्यो अर्को सोम भने जुर्मुराउँदै थ्यो।

“तैले हात हाल्या हो अघि यस्लाई?” म तिर देखाउँदै ट्वाकले त्यो सोमलाई सोध्यो।

“त्यस्ले किन यस्को नाक फुटाल्या त?” त्यो सोमले प्रकासेलाई देखाउँदै भन्यो।

“तेरो बाउको नाक मैले हैन बाङ्गेले फुटाल्या भन्या हैन?” यसपाली म जङ्गीएँ। ट्वाक छेउमै थ्यो नत्र म बाउ साउको त कुरा गर्दैन थें।

मैले तेस्को बाउको कुरा गर्या त्यो सोमलाई के मन पर्थ्यो। “जे पायो त्यो नबोल है” उस्ले पनि स्वर ठुलो गर्यो।

छ्याकले फुत्त जंजीर झिकेर घुमाउँदै सोध्यो “किन र के गर्छस?”।

सोमले अहिले भने केही भनेन। बरु प्रकासेले “हैन झगडा नगरम न –अघि पैला हात हाल्या त उसैले हो—” प्रकासेले मलाई देखाएर नरम स्वरमा भन्यो। कुरा हो पनि हैन पनि। मलाई हल्का धकालेको त त्यस्कै साथिले पहिला हो। सट हान्या चैं मैले पैला हो। के गर्ने को को केटी भए पनि केटीले हेरे पछि हान्नै पर्यो।

को फस को लास्ट सँग मतलब छैन — छ्याकले घिच्याएर प्रकासेलाई पछाडी पुर्यायो। अर्को सोमले रोक्न खोज्या थ्यो ट्वाकले उस्को शैली झिकेर द्रुत गतीमा देब्रे हातले एक हुक सोमको चिउँडोमा, दाइने हातले एक सट गालामा अनि एक किक सोमको पेटाँ बजायो। सोम त ढनमनिदै पर्खालाँ। प्रकासे लगलग– ट्वाकले उस्लाई हेर्या मात्रै के थ्यो “दाई दाई” भन्न थाल्यो। सोमले पनि बुझ्यो होला ट्वाक अलि डेडली रे छ भनेर — आक्रामक हुँदै भएन। छ्याकले पनि जंजीरको कामै नआउने भो भन्ने पीरले हो की सोमको घाँटिमा जंजीर बेरेर उत्पात मुख छोडदै झटकार्दै थ्यो। सोमले जंजिर खिचेर घाँटीको पासो खोल्न खोज्या हुँदो हो छ्याकको सन्तुलन बिग्रेर झ्याङ्ग तिर पुग्यो।

अनि त के चाहियो? उ त बुरुक बुरुक। ट्वाकले अरु एक दुई छडके किक हान्यो— दुई चार सट छ्याकले बजायो। मैले केही गरीन। “अर्को तेरो साथि खै?” भनेर ट्वाक ले पटक पटक सोध्दा पनि उनीहरुले केही भनेनन्। त्यो सोम एक दम हच्कियो। फाईटको मजै आएन। ट्वाकले दुईटैलाई चेताबनी दियो अनि हामी गहना खोज्ने पोखरी तिर फर्केम।

“त्यस्तो झिगे खातेले कुट्या तँलाई अघि?” ट्वाकले मलाई हेरेर हाँस्दै सोध्यो। हुन त मैले सट हान्या सोम अर्कै थ्यो। अर्कै सँग पर्या हो –तर त्यो अघिको अघोरी पनि थ्यो –भाक भुक हान्दै थ्यो म सँग पर्दा अहिले ट्वाक सँग सोमले गति छाडेर मेरो समेत बेईज्जत गर्यो–

“सुपारी आयो होला हिन उस्काँ” भन्यो ट्वाकले। छ्याक चैँ केई मजा आएन यार — क्या हात चिलाईराथ्यो — बोरै भयो –बाङ्गेकाँ जाने भए त आउँथे म पनि — तेस्काँ चै असली माल हुन्थ्यो — सुपारी काँ त केई न केई– म त घरै जान्छु — भन्दै घर तिर लाग्यो।

ट्वाक र म सुपारीको घर तिर लागिम। —

ट्वाक र म सुपारीको घर तिर लागिम। —

सुपारी भरखरै मात्र छिरेको रहेछ घर।

हामिलाई देख्ना साथ — अझ मलाई देख्ना साथ भनम् न सोध्यो “के भो?” ।

ट्वाकले के भो छोटकरीमा जानकारी गरायो। अनि मैले सोधें “तेरो चाई सवारी काँ थ्यो नी आज?”

“ल! ट्वाकले भनेन अहिले सम्म?” सुपारीले मलाई र ट्वाकलाई पालै पालो हेर्दै सोध्यो।

“मैले तँलाई नै सोध भन्देँ” ट्वाकले आफ्नो तर्फको कुरा राख्यो।

“वहाँ पसपतिमा कुर्दा कुर्दा — ऐले आउला नी छैन भरे आउला नी छैन” सुपारीले दङ्ग पर्दै भन्यो। मलाई सुपारी खुसी भा पटक्कै मन परेन — आफुलाई क्या परीरा बेलाँ।

“तँ लोखर्केलाई कल्ले बोला थ्यो र पसपति पुग्या थिस नी मर्न?” मलाई झोक चल्यो क्या। मेरी कबिता पढ्न उ जाने? मलाई थाङ्नामा सुतार? झन सोझो भन्या त घोचो जस्तो पो गर्दो रे छ।

“किन हाम्ले चै पसपति नै जान नहुने? तैले ठेक्का ल्या छ र त्याँ?” उस्ले सोध्यो तर उस्को सोधाईमा रिस थिएन। ट्वाक चुपचाप झ्याल बाहीर हेर्दै थ्यो।

“जा न जा — त्यै आर्यघाटमा गएर बस कि पाटीमा मलाई केई न केई तर तँलाई त बोलाको थे न नी कबिताले” मलाई कबिताको लागि उ गाको मन परेको थिएन। सुनाएँ।

“को गयो र कबिताको लागि? — कबिता त तँलाई कुर्दा कुर्दा कस्तो — अझ उ पो ठुल्ठुलो स्वर गर्दो रे छ म सँग यहाँ –” उस्ले भन्यो।
“तँ किन गा त?” मैले सोधें।

“म आफ्नै काममा गा नी” उस्ले शान दिएर भन्यो।

“त्यो भन्या चै के नी?” म अलि अलमलिएँ।

“हेत्तरी! ल सुन म भन्छु–” ट्वाकले पलङ्गाँ बसेर कुरा सुरु गर्यो — सुपारीले ढोका लाईसक्या थ्यो “सुपारी कबितालाई पुर्याउन गा त थाह पाई हालिस तैंले– हो त्यै पुर्याउन गा बेलाँ कबिताले उस्को को साथि छ राम्री छ पसपतिमा बत्ति बाल्ने दिन उ पनि आउँछे भन्दै सुपारीलाई पनि बोलाई छ — — अनि यो पसपति अन्मेरीएको थ्यो अघि–त्यै हो”

अनि पैला मैले “हिन म सँग” भन्दा त जान्न भन्थिस त? मैले सुपारीलाई सम्झाएँ।

“हो था छ — तँलाई ‘सप्राईज’ गर्नी भनेर क्या — तँ वहाँ पसपति आउँदा त म पैलेई पुग्या देखेसी तैले के गर्ने रे छस भनेर प्लान गर्या — भद्रगोल” उस्ले भन्यो।

“कस्ति रै छे त त्यो कबिता कि साथि भन्ने?” मैले सोधें।

कबिता भन्दा त्यस्तो धेरै त हैन तर उ भन्दा त राम्रि नै हो” सुपारीले सगर्व सुनायो।

“को भन्दा को राम्री रे?” मैले सोधें।

“कबिता भन्दा पूनम राम्री” सुपारीको स्वरम उल्लास प्रस्टै चिन्न सकिन्थ्यो।

“तेरो तरुनीको नाम पूनम?” मैले फेरी सोधें।

“अँ, सम्झि राख –” सुपारीले भन्यो।

“कबिता क्या राम्री छ — त्यो पूनम भन्ने त्यो भन्दा राम्री छ त?” मलाई सुपारीकी तरुनी मेरी भन्दा राम्री भाकि किन ठिक लाग्थ्यो? पक्का गर्न सोधें।

“हो भन्या — दीदी (ट्वाकको)को बे मा ल्याउँछु भन्या छ उस्लाई तेरो कबिताले — हुन त उ नाई नाई भन्दै थिई” सुपारी आज बेग्लै मान्छे भएर आएछ।

त्यो खरानी धस्ला जस्तो सुपारी तरुनी सँग बसेर आएछ आफु ईन्द्र जस्तो भन्या कताको जात्रा भो आफ्नो चैं। सम्झेरै ब्यापक दु:ख लाग्यो नी। भनम के भनम कस्लाई भनम? तै पनि उस्ले “तेरो कबिता” भन्या भेर कता कता मन अलि हलम जस्तो नी भयो। तर सुपारीको के भर? मलाई यत्तिकै लट्टे देको हो की? बे मा कबिता आउँदा यसो गरे पनि सुपारी सँग उसो गरे पनि सुपारी सँग गरी भने? झसंग भएँ। त्यसो गरी चै भने बे मै म सुपारीलाई केइ न केई चै गर्दिन्छु भन्दै मन बहलाएँ। सुपारीको एउटा भर थ्यो अब त्यै पनि भडकियो। के गर्ने?

“अनि कबिता के भन्थि त?”

— ट्वाक तिर देखाएर “यस्ले पुर्याएर यो हिनि हाल्यो –अनि यसो मन्दीर घुमेँ तँ ऐले नी आउँदैनस भरे पनि — कबिता र त्यो अर्की केटी सँग आँखा जुध्या जुधेई, बुझिनस? अनि त त्यो तेरो कबिता त क्या आँटिली रै छे यार — म उता बासुकी तिर यसो अलमलिदै थिएँ है — उ र त्यै पूनम भन्ने आएर — तल कलि नेर बस्दै गर्न भनी– तरुनीहरुले फस्ट्याम बोला है म त क्या दंग नी —”

“सुपारीको कुरा सुन्न — हाम्ले तरुनीको कुरा गर्दा मन पराउँदैन थ्यो अहिले उही तरुनी तरुनी भन्न थाल्यो बा! आफुले नपाएर पो सोझो कुरा गर्या रे छ यस्ले पैला पैला” ट्वाकले बिचैमा भन्यो।

“अनि तँ नी तँ? म सँग जान्छु भनेर सुटुक्क सुपारी सँग हिन्देछ — तँ सँग गा भे झगडै पर्दैन्थ्यो मेरो — कबिता सँग अर्को अध्याय लेखीने रे छ — तैले गरेर सप्पै चौपट भो” मैले ट्वाकलाई भनें।

“”आज धुर्बकाका आ थे उनको वाई बी लिएर बुझिनस? उनी र बा आमा काम थ्यो शहराँ अनि ट्याक्सीमा गै हाले — उन्को बाई बी घरमै थ्यो — पैसाले यसो घुमाको साँचो खुलीहाल्यो — अनि मोटरसाईकलमा गा हामी — पुलिसले समात्ला भन्ने क्या डर तर —” ट्वाकले जानकारी दियो अनि थप्यो “म यस्लाई पुर्याएर त्याँ बत्तिसपुतलीबाट एक दुईटा सामान लिएर घर पुगिराहुन्छु है ।

सुपारी गफ हाँक्दै गयो। —

————-

अब त ट्वाकको दीदीको बे आई नै सक्या थ्यो भने हुन्छ। तयारी अन्तिम चरणमा थ्यो। ब्यान डबलीमा घाम ताप्दै गर्दा ट्वाकले “आज बत्ति राख्ने घरमा–भात खाएर मिल्ने भए आइज –बाङ्गेलाई नी भन” भन्या थ्यो अनि म अहिले भातको कार्यक्रम पछि बाङ्गेकहाँ पुगेर म र उ ट्वाक कहाँ जादै थिम।

त्यो अस्तिको झगडा काण्ड पछि चेतना म सँग खासै बोलेकी थिईन। शोभा र ट्वाकको सम्बन्धमा केही प्रगति भएको थ्यो — सुपारीको पूनम पुराण सधैं सुन्नु पर्थ्यो मन भए पनि नभए पनि। त्यो पसपतिको अध्याय पछि सुपारीले पूनमलाई ईन्द्रचोकमा देखेको तर सुपारी पनि उ पनि अरुमान्छेहरु सँग भएकाले बोलचाल नभएको तर मुस्कान साटेको कथा थपिएको थ्यो। बाङ्गे अझै तरुनी खोज्दै थ्यो। दुईटीलाई प्रेम पत्र बुझाई सक्या थ्यो तर एउटीले हेर्दै नहेरी सरापेर च्यातेकी अनि अर्किले खुट्टाले किचिमिची पारेर एक किक दिदै (चिठिलाई नै फेरी) ढ्लतिर खसाल्देकीमा कुरा अडकेको थ्यो हाललाई। तर प्रयास जारी छ भन्ने सन्देस थ्यो उस्को।

ट्वाक कहाँ पुग्दा सुपारी आई सक्या रे छ। छ्याक, बर्मु अरु पनि थिए। निक्कै रुमलो थ्यो त्याँ हामी पुग्दा। ट्वाकले मलाई र सुपारीलाई बत्तिको काम दियो– घर वरी परी बाल्ने हो — तर अगाडी चै झपक्क पार्नी भन्यो र बत्ति र तारको यत्रो गुजुल्टो हाम्रो जिम्मा लायो। बाङ्गेलाई चै उस्ले पछाडी पाल तिरको काममा उसलाई मद्दत गर्न भनेर लग्यो। छ्याक र बर्मु पनि उतै बारी तिर थिए।

म र सुपारी माथि कौसीमा बत्तिको चाँजो पाँजो मिलाउँदै थिम — चिसो चिसो थ्यो — चेतना पनि कौसीमा आई उस्की आमा सँग। आमा चै ले सुपारीलाई देख्ना साथ ‘ए बाबु — ल तिमीले गए पनि हुन्छ एक चोटी छिट्टो सुन्नारनलाई बोलाएर ल्याउ न है — ” भनीन। आज्ञाकारी सुपारी लुरुलुरु लाग्यो भर्याङ तिर — मैले चाईँ के के न गर्न ला जस्तो गरेर तारलाई यता र उता गर्दै थिएँ आमाचैं ले “ए! ल यो बत्ति त सुरु गरेकै रहेनछ कैले सकिन्छ?” भनीन।

के कुरा गर्या होला? भरखर त आउँदैछम् हामी। मैले तर तुरुन्तै भनें “ए एकै छिनमा भै हाल्छ नी — बरु क्या चिसो रे छ आज — एक कप अदुबा र मरिच हाल्या च्या ख्वाउनुस आमा — पुण्यलाग्छ तपाँईलाई” भन्दें। आमा चैं हाँस्दै “ल ल म पठाईदिन्छु” भन्दै भर्याङ ओर्लिन्। भन्या जस्तै त भाको हो — अब चेतना पनि लस्किन भने। — उ तर कौसीमा अल्याङ मल्याङ गर्दै थिई मैले “के छ त हाल खबर चेतना?” भनेर सोध्दें। जे पर्ला पर्ला भनेर।

“कसलाई के को चासो?” उस्ले बारी तिरै हेरेर भनी बा!

“लौ तिमी त म सँग रिसाको जस्तो छ नी” मलाई उ रीसार बोलेको राम्रो लाग्यो तर।

“छैन म कोई सँग रिसा — रिसाकै भए पनि कसलाई के फरक पर्छ र?” उस्ले अझै मलाई हेरेकी थिईन।

“अस्ति तिमीलाई फरक परे जस्तो आज मलाई पर्छ नी” मैले पनि भन्दें।

यसपटक भने उस्ले म तिर हेरी र सोधी “के फरक पर्छ?”

“बयानै गर्न नसकिने फरक पर्ने रे छ” मैले थप्दें क्या गफ।

“उफ! कत्ति न — पत्याएँ पनि होला” उस्ले भनी तर स्वरमा मिठास थ्यो यस पटक।

“हो भन्या –” भनें। बिद्यानस पनि थप्दीम कि भन्या त्यस्तो भन्या उस्लाई मन पर्दैन भन्ने मैले बुझिसक्या थें। त्यसैले भनीन नत्र बिद्यानस त जे मा पनि लगाउने गर्या थ्यो त्यति बेला। भन्दीने न हो हुने सुने केई हैन क्यारे।

“अनि किन त अस्ति पसपति नजानु भन्दा भन्दै गा त? भनेको नमाने पछि त्यस्तै हुन्छ — ठिक्क पर्यो नी — ” उस्ले अस्तिको कुरा सम्झाई।

“काँ पसपति जान ला हो र म? — कुरा सुरा बुझ्नु छैन यत्तिकै दोषलाई दिनी अरुलाई?” मैले भनें। उस्ले मलाई हेरीरही।

मैले थपें “तिमीले त्यो दिन पसपति नजानु भने पछि जान्न भनेर त सोचें हैन तर खाली तिमीले सुपारीको कुरा गरेको सुनेर के रे छ त कुरा भनेर सुपारीकाँ पुग्या रैनछ — यहाँ ट्वाककाँ जान्छु भनेर गयो अघिनै भनें उस्को घरमा — यहाँ त मैले उस्लाई देख्या थेन — अनि सुपारी सँग रिस उठ्यो मलाई — मलाई सुईको सम्म नदिई उ पसपति गएछ भनेर है मलाई झनक्क भो — अब बज्यालाई उहीँ गएर ठिक पार्छु भन्दै मालिगाउँ तिर गा — तर फेरी तिमीले पसपति नजानु भन्या — तिमीले भन्दा भन्दै कसरी जानु भनेर त्यो नारन सिंह डि आई जीको घर सम्म पुग्या थें — फर्कें — फर्किनु भन्नु नै झगडा परीहाल्यो यत्तिकै — मैले केई गर्नु न होर्नु –झगडा गर्ने बेलामा सुपारी र बाङ्गे थिए — बाङ्गे हो अझ जोस्सेको चै — म सँग पो निउँ खोजीरा भन्या यत्तिकै –” मैले सकेसम्म कुराहरु मेरो र चेतनाको पक्षमा हुने गरी सुनाएँ।

उस्ले सुनीरही अनि “त्यो बाङ्गेलाई असाध्यै जान्ने हुनु पर्छ — मलाई त त्यस्लाई देख्यो कि रिस उठ्छ — तर था छ मेरो एउटा साथि छे– त्यस्लाई चैं बाङ्गे क्या मन पर्छ रे” उस्ले हाँसेर सुनाई।

खबर त राम्रो थ्यो। “को साथि?” मैले सोधें।

“नाईँ भन्दिन” उस्ले जिस्किने सुरमा भनी।
मैले निक्कै कर गरे पछि बल्ल “ज्योतिका” भनी।

“को त्यो टंगालको केटी?” मैले सोधें।
“अँ” उस्ले भनी — “कतै बाङ्गेलाई देख्यो भने उस्को कुरा उठ्यो भने दंग पर्छे — क्या बडी छ रे — क्या निडर छ रे –क्या राम्रो छ रे — के के हो के के तेस्को कुरा — बौलाई जस्ति छे — बाङ्गे कस्तो मान्छे हो मैले सत्र चोटी सुनाई सकेँ — अहँ! उस्लाई केही फरक पर्दैन।”

बाङ्गेको पनि कल्याण हुने भो। खबर त मैले दिनै पर्यो।

“बे मा बोला होला नी ज्योतिकालाई पनि?” मैले सोधें।

“छ” उस्ले भनी।

बे त रमाईलै हुने भो जस्तो छ — सुपारीलाई पूनम, ट्वाकलाई शोभा, बाङ्गेलाई ज्योतिका — मलाई चै बुर्जा डब्बल — चेतना र कबिता। मेरी बास्सै! ——

मेरी बास्सै! ——

भन्दा भन्दै बे को दिन पनि आयो — डबलीमा हाम्रो बिहानै भेटघाट थ्यो — यता शोभाले आज ट्वाकलाई प्रेमपत्र दिने हल्ला थ्यो भने उता कबिता र पूनम सारी लाएर आउने। बाङ्गेलाई ज्योतिकाको बारेमा मैले सुनाए देखि उ र म चार चोटी पुगी सक्या थिम टंगाल तर देखादेखै सम्म पनि भाको थेन। तर ज्योतिका आउने रे बेमा भनेर बाङ्गेले हिँजै प्रेमको पूर्ब सन्ध्या नामक कार्यक्रम राख्या थ्यो राती जुन निक्कै सफल भयो। सुपारीले त छाद्यो छाद्यो ट्वाकले समेत छादेको भने पछि कार्यक्रमको प्रभावकारीताको बारेमा धेरै बयान गरीरहन परोईन। आफ्नो पनि ब्यानै टाउको भरी ढकै ढ्क राख्या जस्तो भा थ्यो। कार्यक्रम घरमै राख्या थ्यो बाङ्गेले– उस्ला बा आम थिएनन। बाहिर गै रहन्थे। एक दुई दिनमा फर्किने रे भन्थ्यो खै कैले हो। कुबेर थ्यो घरमा — अनि हजुरामा थिईन। राम्रो कान नसुन्ने — खाली धार्मिक किताब पढेर बस्थिन। बाङ्गे जन्मिन त लक्कि घरमा जन्म्या हो।

आज आमन्त्रणको दिन थ्यो

आर्कको बे हामी सबैलाई यत्तिको रमाईलो हुन ला यो फस टाईम नै हो भन्दे हुन्छ। त्यो डबलीमा ब्यान निक्कै रमाईला कुरा भए। हामी कसकस्ले के के गर्नी भन्ने निक्कै बहस भो। सबै उस्ताद जस्तो कुरा गर्ने गर्न लाई। हामी सबैलाई बेग्लै धमाधम थ्यो दिनभरी नै जस्तो—

अब बेको घरमा रमझम त हुने नै भयो तै पनि हाम्रा तरुनीहरु नआए सम्म हाम्लाई के को रमझम? हामी कुरान देको देकै त्यै कुरी रा बेला कोई अरु नै तरुनी आए भने घुरान पनि देकै हो। केटी पाटीको हुनु पनि बेमा झुरै रे छ — कामै धेर गर्नु पर्ने। बे मा त जन्ति साईडको हुनै मजा। डट्टीएर गयो (पाए आफ्नै नपाए अर्कैको भिरेर भए पनि) केटी पाटी काँ, लौ जन्ती आए भन्छन भाउ बेग्लै। केटी पाटीमा तातो न छारो को टेन्सन — काम गर्नाको हैरान। अन्त भए त अलि ढिलै गए पनि हुने अब ट्वाककाँ भएन। त्यै तरुनीहरु आउने आस भएर मात्रै नत्र त साफ बोर हुने नी।

त्यसो त मलाई नै चै कबिता नआए पनि चेतना थिई तर चेतना पनि आज त बत्या बत्यै है — राम्रो सँग दुई शब्द पनि बोल्न पा हैन आफुले। भरे फेरी कबिताको धुनमा चेतना भडकिली भन्ने पिर आफुलाई बेग्लै। अब अनिकालमा ठीटी भडकाउने काम त गर्न भएन नी — कसो? ल जे भए पनि ट्वाकको घर झलमल थ्यो — आफुले राख्या बत्ती –त्यो घरमा त्यो बत्ती जस्तो राम्रो आफुलाई केही
नलाग्ने।

बेलुका जन्ति आउने — जन्ति आउँदा दुलही पाटी रेडी भै सक्नु पर्ने। ट्वाककाँ भोज सुरु भै सक्या थ्यो। हामी (मुख्यत: सुपारी, बाङ्गे र म) कैले बाहिर बाटामा हुन्थेम कैले भित्र पालमा। ठीटीहरु आए हेर्दी पनि हाल्यो अरु आए देख्या नदेखै गर्यो गर्थिम।

“हैन् कबिता नी च्वाँक छ — उस्लाई त पैले नी देख्या हो तर पूनम त फस्ट टाईम देख्या फस्ट टाईम नै बेस्ट टाईम भो बुझिनस?” बाङ्गेलाई अझै पूनमको भूत लागेकै थ्यो। सुपारी मुसुमुसु हाँस्दै थ्यो अझै।

शोभा त अघि नै आएकि। चेतना संगै थिई। ट्वाक पनि दङग थ्यो। “लेटर दिई तँलाई” भन्या ट्वाक “छैन — कल्ले भन्यो तिमीहरुलाई चाईने नचाईने कुरा ?” भन्थ्यो मक्ख पर्थ्यो।

पाहुनाहरु कोहि आए पछि दुलहीलाई भेटेर खाना खान आउँथे। त्यही बुझेर होला बाङ्गेले “ल हिन केटा हो पाल तिर” भन्यो अनि “त्यो पूनम र कबितालाई चै म दिन्छु है प्लेट –” पनि थप्यो।

“सबै ओगटन नखोज न बाङ्गे — हामी चै के तमासा मात्रै हेर्नी?” मैले भनें।

“ल भैगो कबिता मारो गोली –ए सुपारी, म दिन्छु है पूनमलाइ प्लेट? दाई भन्छु ल तँलाई म” भन्यो बाङ्गेले।

“दे ल दे तैं दे — गति पर” सुपारीले सजिलै भन्यो।

“तँ हो के साथि भन्या त — यो दीप त कामै नलाग्ने झुर — उस्ले चै जे दिए पनि हुने — हाम्ले चै प्लेट सम्म पनि दिन नहुने” बाङ्गेले मलाई कुरा सुनायो। मलाई केही वास्ता लागेन।

पालमा प्लेट दिन बस्यालाई बाङ्गेले एक छिन पछि म दिन्छु है प्लेट एक दुई जनालाई भनेर कुरा मिलायो। कबिता र पूनमलाई हामी कुर्दै थिईम। कबिताका नातेदारहरु त आईसक्या थे — बल्ल बल्ल चेतना र शोभा सँगै आए पूनम र कबिता। बाङ्गे चलमलायो। प्लेट उसैले दियो पूनमलाई पनि कबितालाई पनि।

चेतना र शोभाले त प्लेट लिएनन तर बाङ्गेले चेतनालाई हेरेर सोध्यो “खै ज्योतिका?”

चेतना पहीरन र आभुषणमा धपक्क बलेकी थिई। एक चोटी हेर्नु पर्थ्यो आँखा हटाउन महाभारत पर्ने। शोभा त ठिकै हो भन्न उसो हैन। तर जे होस, त्यस्ति राम्री चेतनाको अनुहारमा बाङ्गेको प्रस्नले एक किसिमको लहर उठायो। उस्ले “आउन्न रे ज्योतिका” भनी।

बाङ्गेले प्लेटको जिम्मा छोडेर फेरी चेतनालाई सोध्यो “नआउने रे? किन?”

“मलाई के था? भ्याउँदिन रे — अर्को तिर पनि बे छ उता जानु पर्यो रे भन्थी” थाह छैन भन्दा भन्दै कुरो त भनी चेतनाले। सबै तरुनी हाँस्दै हिने। बाङ्गेको दशा हेर्न लायक भो।

“यत्तिकै भन्या होला बाङ्गे — आउँदै छे होला बुझिनस?” मैले बाङ्गेको दशा हेर्दै उस्लाई मद्दत गर्न खोजें। उस्ले केही भनेन तर उ भडकेको थ्यो। एक छिन हामी सँग यता र उती गर्दै थ्यो पछि त बाङ्गे हरायो। कता गयो गयो। हुन त राम्रै भयो। सुपारी र मैले छ्यासछुस कुरा गरिम ।

“खै त ज्योतिका?” बाङ्गेले मलाई सोध्यो।
“कत्ति ज्योतिका ज्योतिका भनी रा? आउली नी त एक छिनमा –पर्खि न –” मैले सम्झाएँ।

सुपारी चै यसो उसो गर्यो त्यै पूनम र कबिता सँग गफ गर्या देख्ने म चैं — बल्ल बल्ल कबिता सँग अघि कुरा गर्दै थिएँ म चेतनाले बिनिसित्ती घुरी — भो की? चेतनाले गर्न खोज्या के हो के हो?

ट्वाकले बेला बेला कबिता तिर हेर्दै मलाई सोध्थ्यो ‘लागि रा छस?”

“अँ” भन्थे म चै। “तँ नी?” भनेर उस्लाई सोध्या मैले “अलि अलि” भन्दै हिन्या थ्यो उ पनि।

जन्तिको बाजा सुनियो। झन रुमलो भयो घरमा।

म ट्वाकको कोठाबाट गीतको चक्काहरु लिएर ओर्लदै थिएँ कबिता सँग भेट भो। त्यो भिडमा उस्ले मेरो हात च्याप समाती जोड सँग र छडीदिई — अधरमा उही आग्नेयास्र्त्र। पूनम उ सँगै थिई। कबिताले समातेको मेरो हातमा उस्को नंगको डाम अझै प्रस्टै चिनिन्थे।

मलाई सुपारी तिर ईगित गर्दै अस्ति चेतनाले किन पसपति जान दिईन मैले बुझ्नै सकेको थिएन। झन आज साँच्चिनै पूनम आएपछि त म झन अलमलिएँ। चेतनालाई सुपारी पसपति गएको त थाह रे छ तर कस्को लागि भन्ने थाह रैन्छ कि — थाह भए पनि नभए पनि म चै उसैको मात्रै भन्या हो कि — एक चोटी कबिता भडकिओस अनि दीप मोरोलाई म पनि खँगारदिन्छु — त्यतिन्जेल सपना देख्दै गरोस भन्या हो की — के हो के — हत्तेरी!

जन्तिको रुमलो तरुनीको रुमलो बाङ्गे भडकेर उस्को रुमलो — कति तिरको टेन्सन भन्या नी –खाई न पाई —

“ए! बाङ्गेलाई हेर्दे न यार एक चोटी” सुपारी त आत्त्या जसरी आयो म कहाँ — म उता बर्मु सँग कुरा गर्दै थें।

“किन र के भो?” मैले सोधें।

म त्याँ पूनम सँग कुरा गरी रा है उ त आएर अङ्ग्रेजी मा “हेलो — आई एम सो एन्ड सो” भन्दै पूनम सँग हात मिलाउन आई रा भन्या — मैले त सम्झाउनै सकिन। पूनम पनि गै अनि उ पनि हिन्यो खै कता गयो — एक चोटी सम्झा त त्यस्लाई — ट्वाँट लाग्या जस्तो छ भातेलाई — काँ गएर लाएछ यार? ” सुपारी चिन्तित देखिन्थ्यो।

म बाङ्गे खोज्न हिनें।

झिमिक्क गर्दा बाङ्गे पुगीसकेछ फेरी उता चेतना, र ग्यागं भा ठाममा र सुरु गरीसकेछ बोल्न “हेलो चेतना हाउ आर यु –यस्तो बबाल पनि गर्दीनी — तिमी दीपलाई साईड हान्दिनी — दीप कबिता लाई — कबिता फेरी सुपारीलाई रे — सुपारी फेरी पूनमलाई आई लभ यु दिनी रे — तिमीहरुले के मुक्न्दरका सिकन्द्रर गर्न ला हो कि क्याहो

“हरीप छ यार — खतरा ट्रिप दिन्छ। बाउले रीसेन्ट्ली ल्याको हो के — ” उस्ले भन्यो। बेला बेला धारा प्रबाह अंग्रेजी दिन्थ्यो उस्ले नेपाली र हिन्दी मिसार।

उस्लाई ट्वाँट दिएँ — मैले नखाई उस्ले नी नखाने भो। चाख्या मिठो रे छ — तरुनीको गफ गर्दै अरु चाख्दै गर्या त झम् झम् गर्या जस्तो पो भो। अरु कुरा गरियो पूनमको — कबिताको — चेतनाको– अनि ज्योतिकाको कुरा– ट्वाँटले छोडे पछि जाने भनियो अरु थपियो। मलाई त लाग्दैन लागे नी कन्टोल गर्न सक्छु भन्ने आफुलाई पक्का थ्यो।

निक्कै बेर पछि होला –“बे मा जाने हैन त अब?” बाङ्गेले लर्बरिएको स्वरमा भन्यो।

“जानै पर्यो नी — निम्ता छ बे को — तरुनीहरुको आमन्त्रण छ” मैले भनें।

“ल खत्तम्!” बाङ्गेले भन्यो “तैले त बोलेकै नबुझिने भएछ — लाग्यो कि के हो तँलाई?”

“काँ लाग्छ अहिले?” म जुरुक्क उठेर देखाउने भा को भन्न भो — थुचुक्क बसें”

“माल कडा रे छ यार” मैले सुस्तरी भनें।

“बुझिस तर त्यो पूनम सूनम कबिता सबिता भन्दा यै माल ठिक — कम से कम धोका त दिएन — आखिर लागि छाड्यो — ज्योतिकाले आउँछु भनेर आईन — त्यै पूनम भए पनि –” भन्दा भन्दै पातकी ढ्लयो ओछ्यानमा।

म बल्ल तल्ल उठेर निस्कें उस्को कोठाबाट –बे मा जानु त पर्ने हो — निम्ता थ्यो — — कबिता पूनम र चेतनालाई सम्झिदै त्यो बाङ्या घुमाउरो भरयाङमा म फेरी खुरुमुरिने हो कि भन्दै खुडकिलै पिच्छे बस्दै ओर्लदै थिएँ।

कुबेरले मेरो ताल देखेर होला सोध्यो “दाई, कता यो हालताँ?”

मैले सकेसम्म स्वर सोझ्याउँदै भने “उता आमन्त्रण छ आज” — आँखा भने आफ्नो खोल्नै गारो हुँदै थ्यो।
********

(स्रोत : Sajha.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.