~लीला रिजाल~
‘ दिपु अब तिमि ठुलो भइसक्यौ अब काम गर्न पनि सिक्नु पर्छ |कमाएनौं भने खान कहाँ बाट आउछ ‘ दिनहुँ जसो बाबुको मुखबाट यो वाक्य सुनिरहन्थ्यो तर यो कुरा उसले बुझ्नै सकिरहेको थिएन | उ सोच्ने गर्थ्यो म कसरि ठुलो भैसकें ? जबकी म भर्खर १० /११ बर्षको मात्र त् हुदै छु |
उसको झुपडीको छेउमा एउटा क्लब थियो ,जसभित्र दिनहुँजसो साँझ परेपछि केहि महिला पुरुषहरुको झुण्ड झुण्ड भएर भित्र पस्दै निस्कदै गरेको देख्थ्यो | जिज्ञासाबस उसले बाबुलाई सोध्यो —“यी मानिसहरु साँझपरेपछि किन आउछन अनि के गरेर जान्छन ?”
‘यी ठुला मान्छेहरु हुन् यहाँ भित्र खेल खेल्नका लागि आउछन ,यहाँ धेरै किसिमको खेल खेलेर जान्छन |”सायद बाबु जानकार थियो जस्तै– चेस, टेबुलटेनिस ,पुल, तास ,कसरत गर्न पनि आउने गर्छन |–बाबुले आफुले जानेको कुरा बतायो |
दिपकको कुरा सुनेर बाबु हैरान थियो उसको मौनता देखेर यो सब सुनिरहेकी उसकी आमाले लामो सास फेरेर भनिन –हेर बाबु दिपु उनीहरु ठुला मान्छेहरु हुन् यसकारण उनीहरुको खेल्ने उमेर हो | हामी जस्ता गरिबको त् खेल्ने उमेर नै आउदैन जन्मेर होस् ठेगानामा आउदा देखि नै काममा जुट्न थाल्नु पर्छ यदि काम गरेनौं भने भोकै मर्छौं |
यी ठुला मान्छेहरुको त् काम हुन्न यो उमेरमा पनि नखेले त् रोग लागेर बिमार परिहiल्छन |
दिपकले यी सब कुरा ध्यान दिएर सुनिरहयो तर दिमागमा केहि पनि घुस्नै सकेन अलमलमा परिरह्यो | उ सोच्दै थियो– “मेरो खेल्ने उमेर कहिले आउला ? “
समाप्त