~रन्जु ‘मार्ग’~
नरनाथ प्राय: मन अशान्त भएको बेला डाँडाको चौतारीमा गएर बस्ने गर्दथे । आज पनि उनी सबेर घरबाट त्यतै तिर जान भनि निस्किए ।
हिँडदै गर्दा बाटोमा उनको गाँउका एक जना साथीसँगजम्काभेट भयो । तर उनी आफ्नो शुरमा लुरुलुरु हिँडि नै रहे ।
हिजो मात्र भेट हुँदा त्येस्तो राम्रोसँग बोलेको मान्छे आज त्यसरि नबोलि हिँडेको देखेर साथीलाइ अनौठो लाग्यो । उनी रोकिए । अनि फरक्क फर्किएर आफ्नो पाइला उ गएतिर मोडे ।
नरनाथ डाँडा माथिको चौतारोमा पुगे । अनि खुइय गर्दै थच्क्क भुईमा बसे । खल्तिबाट चुरोट निकालि सल्काउन थाले । त्येति नै बेला उनको साथी त्यहाँ आइपुगे ।
‘होइन, किन यसरी यहाँ बस्नु भएको एक्लै ? आम्नेसाम्ने हुँदापनि नदेखि हिँड्नु भयो ?’उसले गम्भिर हुँदै सोध्यो !
‘केहि भएको छैन ।’चुरोटको सर्को हावामा उडाउँदै नरनाथले भन्यो ।
‘अनुहार पनि मलिन देख्छु । के घरमा झगडा परयो ?’उसले फेरि सोध्यो ।
‘छैन’उ तर्किन खोज्यो ।
‘के कोहि बिरामी पो भए कि ?
‘सबै ठिकै छन’ भन्दै नरनाथ जुरुक्क उठ्यो । अनि हातको चुरोट फ्यात्त भुईमा फ्याक्दै भन्यो-’हिजो राती छोरासँग फोनमा कुरा भएको थियो ।’
‘अनि के फर्कने भए त ?’
‘कहाँ फर्कने कुरा गर्छ र् त्यसले । उल्टै उसले पाउने अंश भाग बेचेर पैसा पठाइदिनु भन्थ्यो । उ भन्दै थियो -’सडक चिल्ला नबनेसम्म, बत्ति झलमल्ल नबलेसम्म,धारोबाट पानी चौबिसै घन्टा नझरेसम्म देश फर्किन्न पो भन्थियो । ‘तपाई आफै भन्नुस त यी सबै मेरो बुढो ज्यानले गर्न सक्ने कुरा हो र ? डाँडा माथिको जुन अस्ताउन कतिबेर लाग्छ र ?
अमेरिका