~देवेन्द्रप्रसाद उप्रेती~
सहिद दिवसको दिन, फूलमाला प्रशस्त ओढेका थिए उनीहरूले । तीन सय चौसठ्ठी दिन रोइरहेका सहिद आज प्रफुल्ल देखिन्थे ।
सहिदगेटमा ‘क’ ले भन्यो- “सहिदलाई खुसी राख्न हृदय चोखो राखी उनीहरूको सपना साकार पार्नुपर्छ । “
सहिद अदृश्यरूपमा थप्पडी मारेर मुसुक्क मुस्कुराए ।
‘ख’ को पालोमा ‘अहिले सहिदको शरीरमा तातो रगत नभए पनि त्यो रगत हाम्रो शरीरमा छ । हाम्रो चाहना पूरा भएन भने अरू पनि धेरै सहिद जन्मनेछन् । ‘
अर्को सहिद हाम्रा साथी थपिने भएछन् भनी मक्ख पर्दै थियो ।
यसरी नै धेरै जनाले के के भन्दै रहे ।
एकैछिनमा पानी दर्किंदा त्यहाा त सहिदमात्र बााकी भए । सहिदले पल्याकपुलुक्क हेर्दा त आफू मात्र ।
सधैा पानी खाइरहेका सहिदलाई एकछिनको पानीले अचम्ममा पार्यो । सहिदको बीचमा ‘जिउादो मान्छे किन यस्तो ?’ भन्ने प्रश्न जाग्यो ।
सहिदले सााझ परेपछि आˆना भक्तलाई नियाले राम्रैसाग, अति आधुनिक नृत्य र मदिराको साथमा कुन्नि के के गर्दै ।
सहिद ‘क’ ले भन्यो- “हाम्रो रगत त खराब रहेछ कि ?”
सहिद ‘ख’ ले कुरा काट्दै भन्यो- “खराब बनाइयो । ”
मध्ये रातमा सबै सहिदहरू आ-आˆनो घरपरिवारलाई नियाल्न निक्ले ।
छोराले भन्यो- “बाबा Û स्कुल पढ्न पाइना । मलाई लुगा छैन । दिनको एक छाक मात्र खान पाउाछु । ”
छोरीले भनी- “आमा Û बुबाले अर्की आमा ल्याउनुभयो । टाउकाको जुम्रा हेर्ने कोही छैन । लाउनखान नपाई आत्महत्या गर्नुजस्तो भएको छ । ”
अर्को सहिदकी श्रीमतीले भनी- “मलाई समाजमा एक्लै बााच्न गाह्रो पर्यो । दस जनाले दसथरी कुरा गरी नराम्रो नजरले हेर्छन् । छोराछोरी त्यसै ठूला भए । सभ्यता सिकाउन सकिना । मबाट आमाको भूमिका निर्वाह भएन । मलाई पनि सागै लैजाऊ भुन्टेका बा Û”
अबदेखि सहिद नबन्ने प्रतिज्ञा गर्दै सहिदले घरपरिवारसाग सोधे तिमीहरूलाई सम्मान गरेनन् हाम्रा भक्तहरूले ?
सम्मान धेरै गरियो । तपाईंलाई सहरको बीचमा कहिल्यै नगिर्ने गरी ठड्याइदिएका छन् भुन्टेका बा Û उनीहरू जित्नेछन्, हामी हार्दै छौा ।
म सपनाबाट झसङ्ग भएा ।
(स्रोत : मधुपर्क)