~रोशन थापा ‘नीरव’~
अचेल उसलाई यस्तै भइरहेको थियो । कुनै कुरामा आशालाग्दो वा उत्साहजनक लागेको थिएन । देश, समाज, परिवार, समय, व्यवस्था, मित्र महङ्गी, जिन्दगी आदि यस्ता शब्दहरू थिए, जुन उसका लागि असहृय र त्तिक्त लाग्नेजस्ता भएर देखापरे ।
—-
ऊ बाहिरियो । बाहिरिादा घरबाट आज्ञा पनि पछिपछि लागेको थियो । आज्ञा यस्तो थियो ः
– कता ?
– बेपत्ता ।
– काम नभएको मान्छे धेरै घुम्ने होइन ।
– नघुमेर के गर्ने ?
– खुरुक्क ग्यास, चामल, मट्टतिेल, तरकारी ल्याउने ।
—-
उसले खल्ती छाम्यो । खल्तीमा हजार रुपियाा थियो । उहिल्यै भएको भए यही हजार रुपियााले गाउा किन्न पुग्थ्यो र हजारप्रति कहलाइन्थ्यो तर अचेल ? हजारपति त मझधारपतिभन्दा फरक थिएन । विकल्प थिएन । बाहिरियो । विकल्प खोज्न होइन, अरू नै केही भोग्न । के ? यो प्रश्न स्वाभाविक भए पनि उचित थिएन, किनभने यसको प्रश्नको उत्तर कुनै थिएन । बरू दक्षिण भने जल्दाबल्दा देखिन्थे ।
—-
ऊ सहरमाझ पुग्यो ।
सहर बलिरहेको थियो ।
आत्मदाह गर्न लागेको जस्तो देखिन्थ्यो ।
पसलहरू बन्द थिए ।
फाट्टफुट्ट मोटरहरू चल्दै थिए ।
मान्छेहरू कोहोलो गरेर दौडादै थिए ।
दौडिरहेका असङ्ख्य मान्छेमध्ये एकलाई उसले च्याप्प समायो र आˆनो उत्सुकता शमन गर्न नजिक तान्यो ।
– महोदय, यो दौडप्रतियोगिता किन ?
– दक्षिणमा कालाजार फैलियो रे !
– कहााबाट आयो त्यो साले कालाजार ?
– उही त हो हाम्रा दयालु दक्षिणी मित्रघर ।
– अब के हुने भयो त ?
अपसोच, प्रश्न त प्रश्न नै रहृयो । उत्तर दिने त्यो धावक शावकसरि मानव नदीसागै बगेर कता पुग्यो कता ? पुग्यो कता ? अब त्यस मानवनदीका कुनै छेउ कोही बााकी थियो त ऊ मात्रै एक्लो । अझै उसले बुझ्न सकेन, यो के भएको र किन भएको ?
—-
सहर बन्द थियो । सहरको पसल बन्द थियो । सडकका कतैकतै आगोले प्रज्वलित हुने दृश्यकारी क्षण आत्मदाह गरिरहेको प्रकरणजस्तो देखिँदै थियो । त्यसबीच पनि सहरका कुनाकुना, काप्चाकाप्चामा रहेका पम्पहरूमा भीड उमि्रएको थियो । पेट्रोल बाँड्ने रे ! ऊ त्यहाँ पुग्दा यस्तो देखियो । मान्छेहरू भोलि बिहान पााच बजे पेट्रोल पाउने आशातीत खबर बोकेर जम्मा भएका थिए । उसले देख्यो- भीडमा नानाथरीका मानवअनुहार उपस्थित थिए । कोही क्रूद्ध, कोही बुद्ध, कोही असुद्ध, कोही छुद्र । मोटरका बीचबीचमा नेपाली राष्ट्रिय होेम्योप्याथिक खेल पनि भइरहेको थियो । के गर्ने ? समय मार्नु थियो । समय मार्ने योजस्तो उत्तम उपाय अरू थिएन मुलुकमा । उसलाई त्यस खेलबारे उत्सुकता लाग्यो । आˆनो दिक्दारी र समस्याग्रस्त परिस्थिति उसले बिर्सेर त होइन, केहीछिनका लागि स्थगित गरेर ती महान् खेलाडीबीच उन्मुख भयो ।
– मित्रहरू, यो के खेल हो ?
– हजूर, यस खेललाई म्यारिज भनिन्छ ।
– यो खेलेर के हुन्छ ?
– समयको बचत र मनोरञ्जनको खपत ।
– ओहो, राम्रो….. ।
—-
ऊ त्यहाँबाट पनि पन्छियो । पन्छिँदा फेरि पारिवारिक आज्ञाको सम्झानाले सर्लक्कै आएर उसलाई घाँटी अँठ्याउने एसिडिटी जस्तो क्वाप्राक्क अँठ्यायो र ऊ झस्किएर दुख्न र उपायहीन छटपटिन थाल्यो । दौडादादौडादै ऊ दरबार हाइस्कुलनिर पुग्यो । त्यहाँ एक युवक मुखमा रुमाल बाँधेर केही बडबडाएर उभिरहेको थियो । त्यसको हातमा सिडीका केही चक्काको चाङ थियो । ऊ त्यहाँ पुग्दा त्यस युवकले उसको काननिरै साउती मार्यो-
– दाइ, लिने हो दस रुपियाँमा ?
– के भाइ ?
– फिल्मको चक्का ।
– कस्तो फिल्म ?
– विष्णुपुराण ।
उसले बुझेन । कान चिलायो र कोट्टयाउन लाग्यो । युवक झन् नजिक आयो र भजन गाउने मन्त्रसरि फुसफुसाउन थाल्यो । उसले बुझेको थिए ।
– के हो विष्णुपुराण ? धार्मिक फिल्म ?
– होइन, मार्मिक फिल्म ।
– कस्तो ?
– अब कस्तो नि, केटा र केटीका नाङ्गा एक्सन क्या त, ब्लु फिल्म ।
– ए रात्तै !
—-
ऊ उछिट्टिएर पर सर्यो । कामग्रस्त कुराले होइन, युग आदिमपरक आचरणलाई लिएर अत्याधुनिक भएको बोध भएर ऊ उछिट्टिएको हो । ऊ उछिट्टनि पनि, उसका ठाउँमा परबाट दुई किशोरी आएर सट्ट उभिए । उसले देख्यो । ती किशोरीका शरीरमा नीलो पाइन्ट, नीलो हाफ स्वीटर र आकाशे रङका सर्टमा नीलो धर्को बुट्टा थियो । देख्ता स्वतः चिनिन्थ्यो, तिनीहरू कुनै ‘दस जोड दुई’ अर्थात ‘प्लस टु’ का विद्यार्थी थिए । तिनीहरू आएर ती ‘ब्लु फिल्म’ का वितरकका अगाडि उभिए । मुसुक्क हाँसे । दुई गोरी किशोरी । रूप र शारीरिक गठनले देख्ता तिनीहरू ज्वारभाटा निर्माण गर्ने नवयौवना जस्ता थिए । वितरकले बुझ्यो ।
– दिदीहरूलाई चाहिएको हो ?
– हो तर अस्तिको त स्क्र्याच थियो ।
– आज राम्रो मात्र होइन, भीषणै छ ।
– आनन्दको छ त ?
– एकदम छ नि, एनिमल युज भएको ।
किशोरीहरू आनन्दित भए । झोलाबाट मोबाइल झिकेर गोरी चाहिा किशोरीले कुरा गर्न थाली ।
– युरेका, युरेका, हामीले पायौँ ।
– … … …. !
– हो, एनिमल युज भएको ।
– … … … !
तिमीहरूलाई पनि चाहिएको ? उसो भए यहाा ‘किङ्सवे’ मा आओ न त । वितरकले रुमाल सारेर ओठ सौन्दर्यशास्त्रीय ढङ्गले बाङ्गो पार्यो वा मुख नै बाङ्गो थियो । बाङ्गिएको मुखबाट सोझो वाक्य झार्यो ।
– होइन दिदी, यो त दरबार स्कुल हो ।
– ए हो र, युरेका, दरबार स्कुलको पेटीमा आइज न त ।
– एउटा बाजे कविको स्ट्याचु भएको ठाउँमा क्या त !
– दिदीहरू, अरूलाई भएको भए तीन सय परसिडीको, तपाईंहरूलाई दुइटाको दुई सय मात्र ।
– राम्रै छ, होइन त ?
—-
ती किशोरीहरूले सिडी किने र उर्लंदो बैँसलाई फैलाएर हिँडे हतारमा । देख्ता लाग्थ्यो, तिनीहरू तिर्खाले आकुलब्याकुल थिए । अब पानी प्राप्त भयो, मेट्नु छिट्टै पर्यो । उसले यी सबै दृश्य भानुभक्तको कान्तिपुरी कदमुनि उभिएर हेरिरहेको थियो । देश जलोस् वा बलोस्, बिचरी किशोरीहरूलाई के ? यौवनको बल्दो ताप पो खतरनाक । उसलाई लाग्यो यस्तै र ऊ पन्छियो ।
ऊ सडक पेटीपेटी हिाड्न थाल्यो । वीर हस्पिटल पुग्दा त्यहाा अनुहार कुच्चिएका केही नारी र काला रङले डढेका केही पुरुष वार्तालापमा मग्न थिए । मित्रहरूले भनेका थिए, त्यो जिउादा मासुको पसल सधैा उपस्थित भएर यौनव्यापारको क्रियाकलाप चल्ने ठाउा हो ।
—-
एक झट्काले ती दृश्यहरू फालेपछि पुनः हिाड्यो । हिाडिरहृयो एक्लो । कानमा पारिवारिक कोरसको तोक आदेश गुन्जित थियो । आाखामा यस्ता दृश्य बिम्बित थिए । ऊ विकल्पहीन थियो ।
केही समय यता आएर ऊ बेतोडले बेरोजगार बनेको थियो । लोकतन्त्रभित्रको बेकारी लोकमान भनेसरिको ऊ भएको थियो । चारैतिर कामैकाम थियो । ऊ भने कामहीन थियो । उसका मान्छे असङ्ख्य थिए । ठाउा पनि अनेक देखिन्थे तर उसका लागि केही र कोही थिएन । न कुनै ठाउा न कुनै गाउा ।
यसैले ऊ घरमा बस्ता बाहिर भागूाभागूा भन्ने स्थितिमा जेलिन्थ्यो । बाहिर पुग्दा घरमा पुगेर कोचिएर बसूाबसूा लाग्थ्यो । यस्तै अल्झादो स्थितिमा ऊ जेलिएको थियो ।
—-
काम थिएन, परिवार थियो । आम्दानी थिएन, खर्च थियो । समाधान थिएन, समस्या थियो । शान्ति थिएन, देश थियो । संविधान थिएन, नेता थियो । चुनाव थिएन, निर्वाचन आयोग थियो । पेट्रोल थिएन, मोटर थियो । रकम थिएन, लुटपाट थियो । बजार थिएन, महङ्गी थियो । यस्तै आदि इत्यादि ‘थियो-थिएन’ हरूबीच ऊ थियो । एक्लो थियो । केही विक्षिप्त, केही उदासीन । केही निराशायुक्त, केही हताशाबद्ध । एक प्रकारले अधैर्यको अदृश्य रोगले आक्रान्त रोगीजस्तो भएको थियो ऊ । घरमा बस्ता बाबा रामदेवजस्तै आाखा चिम्लेर बटरˆलाई वा कपालभाती गरिरहन्थ्यो । पारिवारिक गुनासा र व्यङ्ग्य सजिलै सहने गरी बस्थ्यो । बाहिर हिाड्दा कहिले एकोहोरो, कहिले विक्षिप्त, कहिले पीडित, कहिले दिक्क भएर हिाड्थ्यो । स्वतन्त्र मुलुकको बन्धित पात्रजस्तै ऊ आˆनो स्वागतमा आफैा अल्भिmएको थियो ।
—-
त्यस्ता दिनहरूमध्ये आज पनि यस्तै भान बोकेर ऊ हिाडिरहेको थियो एकसुरमा । त्यहीबेला कसैले उसको एकोहोरोलाई टुक्राइदियो । कसैले पछाडिबाट बोलायो ।
– ए, श्रवणकुमार Û
– ऊ फर्कियो ।
– किन ?
असङ्ख्य पीडित नागरिकमध्ये एक थियो त्यो पनि ।
– अचेल कता त ?
त्यसको मुखमा प्रश्न कम हाासो बढी भएको भाव थियो ।
– कतै पनि होइन ।
उसको उत्तरमा चाहिा शुष्कता थियो ।
– किन, काम पाइएन अझै पनि ?
त्यसको प्रश्नमा निर्लिप्तता थियो वा अरू केही ? उसले बुझ्न चाहेन । उसलाई अरू केही बोल्ने जाागर र उत्साह थिएन तर त्यो उत्तर पर्खिरहेको थियो ।
– देशमा काम होइन, बेकारीको खााचो छ ।
– किन ?
– लोकतन्त्रमा बेकारी नभएर लोकतन्त्रको अर्थ हुादैन ।
– लोकतन्त्र हाम्रालागि होइन र ?
– हुन त हो तर हामी जुनसुकै तन्त्रमा पनि शासित नै हौा । शोषित नै छौा । यस्तोमा बेकारी रहनु भनेको जुनसुकै तन्त्रका लागि बलियो नारा हुने गर्छ । त्यो पनि केवल राजनीति गर्नका लागि, देशविकासका लागि होइन, बुझिस् त ?
त्यसले बुझ्यो वा बुझेन, यो त थाहा भएन तर एउटा कुरा के हो भने सधैा स्थिति भोग्नुपर्दा ऊ भने झन् दिक्क थियो । अब के भन्ने ? ऊ बाहिरिादा सधैा यस्तै भोग्नुपर्ने भइरहेको थियो । यसैले ऊ बाहिर निक्लन नै चाहादैनथ्यो तर गर्ने के ? घरमा पनि त ऊ बस्न सक्तैनथ्यो । घरमा पनि कस्तो हुन्थ्यो भने राति सुत्नै मन लाग्दैनथ्यो तर सुतेपछि बिहान उठ्नै मन लाग्दैनथ्यो । यस्तो अनौठो वा चिन्ताजनक स्थितिमा ऊ झुन्डिएको थियो । एक्लो थियो । उपाय थिएन । मान्छेहरू थिए । विकल्प थिएन ।
—-
हिाड्दाहिाड्दा ऊ एउटा यस्तो ठाउामा पुग्यो, जहाा एकान्तले व्याप्त थियो र शान्तिले छ्याप्प थियो । एकान्त र शान्तिको त्यस ठाउामा एउटा ढिस्को थियो, जहाा बसेर राजधानी सम्पूर्ण हेर्न सकिन्थ्यो । ऊ त्यहीा गएर बस्यो । मुटुभित्र मर्नु-बााच्नुको जुन दिक्कलाग्दो स्थिति थियो, त्यसले उसलाई साउती गरेर केही भन्दै थियो वा सङ्केत गर्दै थियो । अनि प्रारम्भ भयो स्वागत संवाद-
– मिस्टर श्रवणकुमार, यस क्रूर र स्वार्थले व्याप्त संसारमा तेरो बााच्नु र मर्नुको कुनै अर्थ छैन ।
– ता यतिसारो निर्धो छस्, कुनै पनि आख्यानमा तेरो लागि कुनै पनि पात्रता उपयुक्त भएन ।
– तेरो लागि यो संसार होइन, त्यस्तै यस संसारका लागि ता होइनस् ।
– ता हास्यास्पद पात्र मात्र होस् ।
– यस्तो स्थितिमा बााच्न खोज्नु तेरो महान् अहम् भने हो ।
उसले सोचेको थियो, कुनै दिन यस्तै एकलासेमा आत्महत्या गरुाला तर अहिले उसभित्र जुन द्वन्द्वात्मक भौतिकवादको विवाद थियो, त्यो समाप्त भएर एउटा शान्त तलाउको शीतल लहर चल्यो । अन्ततः निष्कर्षमा नै भनुा, उसको अहम्ले उसलाई बााच्नुको सङ्केतको प्रबलता प्रदान गर्यो । अनि मुटुभित्रको अशान्ति बिस्तारै चिसिादै गयो । आनन्दी पवनले उसलाई छोयो र ऊ लोलाउन लाग्यो । सााझसााझ पर्न लागेको थियो । झिसमिसे अाधेरो र्झन लागेको थियो । आकाश सफा र उज्यालो थियो । आकाशका छेउछाउमा सेता बादलका केही बुट्टाहरू आˆनो कलाकारिता देखाउादै थिए । छिनमै केही रूप, छिनमै केही रङ । लोलाएर ऊ प्रकृतिको मायावी रूप हेर्दै थियो । उसले त्यस क्षण अरू सबै बिर्सियो भनेर मान्दा केही फरक पर्दैन । घर, परिवार, देश, समाज, राजनीति, नारा, महङ्गी, दङ्गा, अभाव, समस्या आदि सबै त्यस्ता भाव बिर्सियो, जसबाट ऊ सधैा ग्रसित हुने गथ्र्यो ।
आकाश पर के होला ? प्रश्न होइन, मन त्यतातिर दौडायो । हेरिरहृयो । यो के ? बादलका बुट्टा हुन् वा त्यसबीच केही आकार वा कुनै मायावी रूप Û बिस्तारै त्यो आकार ठूलो भयो । स्पष्ट हुादै आयो । उसले देख्यो, घोडैघोडाको एउटा ठूलो रथ र त्यसमा एक अस्पष्ट आकृतिको रूप निर्माण भयो । त्यो रूप बिस्तारै उठेर सुइासुइाति दौडियो । दौडेर स्वार्र, यो के, ऊ भएकै ठाउातिर ताकिएर आयो । आयो आयो । आइपुग्यो । उसले देख्यो । एउटा विशाल रथ । विशाल उज्यालो । विशाल देवदूत ।
ऊ डर हो वा हताशले जड बन्यो । सम्मोहित भयो । त्यो रूप, देवदूतले केही सङ्केत गर्यो । ऊ वशीभूत नै उठ्यो र उठेर त्यस रथमा चढ्यो । अनि त्यो रथ जताबाट आएको हो, त्यतैतिर फर्कियो बेतोडले ।
—-
झल्याास । ऊ उठ्यो । ऊ अर्थात् श्रवणकुमार । आाखा मिच्यो । बिहान भइसकेको थियो । जीउभित्रका दैनिकी आर्तहरू शमन भएजस्तै अनुभव गर्यो । उठेर मुख धोयो । धोएर एउटा झोला च्याप्यो । परिवारका आाखा सधैाको जस्तो प्रश्नवत् आशङ्का व्याप्त थियो- कता ?
ऊ मुसुक्क हाास्यो । मुटुभित्र हलुको केही कुरो स्पर्शित हुादै थियो । ऊ बाहिरियो । बाहिर पसलमा मटीतेल र ग्यासको लाइन पर पुगिसकेको थियो । ऊ मौन त्यही लाइनमा मिसियो । लाइनमा लोकतन्त्र, देश, राजनीति, महङ्गी पनि एकसाथ उपस्थित थिए ।
(स्रोत : मधुपर्क )