कथा : गोबर्द्धनले बुझेको राष्ट्रवाद

~रोशन थापा ‘नीरव’~

अचेल उसलाई यस्तै भइरहेको थियो । कुनै कुरामा आशालाग्दो वा उत्साहजनक लागेको थिएन । देश, समाज, परिवार, समय, व्यवस्था, मित्र महङ्गी, जिन्दगी आदि यस्ता शब्दहरू थिए, जुन उसका लागि असहृय र त्तिक्त लाग्नेजस्ता भएर देखापरे ।

—-

ऊ बाहिरियो । बाहिरिादा घरबाट आज्ञा पनि पछिपछि लागेको थियो । आज्ञा यस्तो थियो ः

– कता ?

– बेपत्ता ।

– काम नभएको मान्छे धेरै घुम्ने होइन ।

– नघुमेर के गर्ने ?

– खुरुक्क ग्यास, चामल, मट्टतिेल, तरकारी ल्याउने ।

—-

उसले खल्ती छाम्यो । खल्तीमा हजार रुपियाा थियो । उहिल्यै भएको भए यही हजार रुपियााले गाउा किन्न पुग्थ्यो र हजारप्रति कहलाइन्थ्यो तर अचेल ? हजारपति त मझधारपतिभन्दा फरक थिएन । विकल्प थिएन । बाहिरियो । विकल्प खोज्न होइन, अरू नै केही भोग्न । के ? यो प्रश्न स्वाभाविक भए पनि उचित थिएन, किनभने यसको प्रश्नको उत्तर कुनै थिएन । बरू दक्षिण भने जल्दाबल्दा देखिन्थे ।

—-

ऊ सहरमाझ पुग्यो ।

सहर बलिरहेको थियो ।

आत्मदाह गर्न लागेको जस्तो देखिन्थ्यो ।

पसलहरू बन्द थिए ।

फाट्टफुट्ट मोटरहरू चल्दै थिए ।

मान्छेहरू कोहोलो गरेर दौडादै थिए ।

दौडिरहेका असङ्ख्य मान्छेमध्ये एकलाई उसले च्याप्प समायो र आˆनो उत्सुकता शमन गर्न नजिक तान्यो ।

– महोदय, यो दौडप्रतियोगिता किन ?

– दक्षिणमा कालाजार फैलियो रे !

– कहााबाट आयो त्यो साले कालाजार ?

– उही त हो हाम्रा दयालु दक्षिणी मित्रघर ।

– अब के हुने भयो त ?

अपसोच, प्रश्न त प्रश्न नै रहृयो । उत्तर दिने त्यो धावक शावकसरि मानव नदीसागै बगेर कता पुग्यो कता ? पुग्यो कता ? अब त्यस मानवनदीका कुनै छेउ कोही बााकी थियो त ऊ मात्रै एक्लो । अझै उसले बुझ्न सकेन, यो के भएको र किन भएको ?

—-

सहर बन्द थियो । सहरको पसल बन्द थियो । सडकका कतैकतै आगोले प्रज्वलित हुने दृश्यकारी क्षण आत्मदाह गरिरहेको प्रकरणजस्तो देखिँदै थियो । त्यसबीच पनि सहरका कुनाकुना, काप्चाकाप्चामा रहेका पम्पहरूमा भीड उमि्रएको थियो । पेट्रोल बाँड्ने रे ! ऊ त्यहाँ पुग्दा यस्तो देखियो । मान्छेहरू भोलि बिहान पााच बजे पेट्रोल पाउने आशातीत खबर बोकेर जम्मा भएका थिए । उसले देख्यो- भीडमा नानाथरीका मानवअनुहार उपस्थित थिए । कोही क्रूद्ध, कोही बुद्ध, कोही असुद्ध, कोही छुद्र । मोटरका बीचबीचमा नेपाली राष्ट्रिय होेम्योप्याथिक खेल पनि भइरहेको थियो । के गर्ने ? समय मार्नु थियो । समय मार्ने योजस्तो उत्तम उपाय अरू थिएन मुलुकमा । उसलाई त्यस खेलबारे उत्सुकता लाग्यो । आˆनो दिक्दारी र समस्याग्रस्त परिस्थिति उसले बिर्सेर त होइन, केहीछिनका लागि स्थगित गरेर ती महान् खेलाडीबीच उन्मुख भयो ।

– मित्रहरू, यो के खेल हो ?

– हजूर, यस खेललाई म्यारिज भनिन्छ ।

– यो खेलेर के हुन्छ ?

– समयको बचत र मनोरञ्जनको खपत ।

– ओहो, राम्रो….. ।

—-

ऊ त्यहाँबाट पनि पन्छियो । पन्छिँदा फेरि पारिवारिक आज्ञाको सम्झानाले सर्लक्कै आएर उसलाई घाँटी अँठ्याउने एसिडिटी जस्तो क्वाप्राक्क अँठ्यायो र ऊ झस्किएर दुख्न र उपायहीन छटपटिन थाल्यो । दौडादादौडादै ऊ दरबार हाइस्कुलनिर पुग्यो । त्यहाँ एक युवक मुखमा रुमाल बाँधेर केही बडबडाएर उभिरहेको थियो । त्यसको हातमा सिडीका केही चक्काको चाङ थियो । ऊ त्यहाँ पुग्दा त्यस युवकले उसको काननिरै साउती मार्‍यो-

– दाइ, लिने हो दस रुपियाँमा ?

– के भाइ ?

– फिल्मको चक्का ।

– कस्तो फिल्म ?

– विष्णुपुराण ।

उसले बुझेन । कान चिलायो र कोट्टयाउन लाग्यो । युवक झन् नजिक आयो र भजन गाउने मन्त्रसरि फुसफुसाउन थाल्यो । उसले बुझेको थिए ।

– के हो विष्णुपुराण ? धार्मिक फिल्म ?

– होइन, मार्मिक फिल्म ।

– कस्तो ?

– अब कस्तो नि, केटा र केटीका नाङ्गा एक्सन क्या त, ब्लु फिल्म ।

– ए रात्तै !

—-

ऊ उछिट्टिएर पर सर्‍यो । कामग्रस्त कुराले होइन, युग आदिमपरक आचरणलाई लिएर अत्याधुनिक भएको बोध भएर ऊ उछिट्टिएको हो । ऊ उछिट्टनि पनि, उसका ठाउँमा परबाट दुई किशोरी आएर सट्ट उभिए । उसले देख्यो । ती किशोरीका शरीरमा नीलो पाइन्ट, नीलो हाफ स्वीटर र आकाशे रङका सर्टमा नीलो धर्को बुट्टा थियो । देख्ता स्वतः चिनिन्थ्यो, तिनीहरू कुनै ‘दस जोड दुई’ अर्थात ‘प्लस टु’ का विद्यार्थी थिए । तिनीहरू आएर ती ‘ब्लु फिल्म’ का वितरकका अगाडि उभिए । मुसुक्क हाँसे । दुई गोरी किशोरी । रूप र शारीरिक गठनले देख्ता तिनीहरू ज्वारभाटा निर्माण गर्ने नवयौवना जस्ता थिए । वितरकले बुझ्यो ।

– दिदीहरूलाई चाहिएको हो ?

– हो तर अस्तिको त स्क्र्याच थियो ।

– आज राम्रो मात्र होइन, भीषणै छ ।

– आनन्दको छ त ?

– एकदम छ नि, एनिमल युज भएको ।

किशोरीहरू आनन्दित भए । झोलाबाट मोबाइल झिकेर गोरी चाहिा किशोरीले कुरा गर्न थाली ।

– युरेका, युरेका, हामीले पायौँ ।

– … … …. !

– हो, एनिमल युज भएको ।

– … … … !

तिमीहरूलाई पनि चाहिएको ? उसो भए यहाा ‘किङ्सवे’ मा आओ न त । वितरकले रुमाल सारेर ओठ सौन्दर्यशास्त्रीय ढङ्गले बाङ्गो पार्‍यो वा मुख नै बाङ्गो थियो । बाङ्गिएको मुखबाट सोझो वाक्य झार्‍यो ।

– होइन दिदी, यो त दरबार स्कुल हो ।

– ए हो र, युरेका, दरबार स्कुलको पेटीमा आइज न त ।

– एउटा बाजे कविको स्ट्याचु भएको ठाउँमा क्या त !

– दिदीहरू, अरूलाई भएको भए तीन सय परसिडीको, तपाईंहरूलाई दुइटाको दुई सय मात्र ।

– राम्रै छ, होइन त ?

—-

ती किशोरीहरूले सिडी किने र उर्लंदो बैँसलाई फैलाएर हिँडे हतारमा । देख्ता लाग्थ्यो, तिनीहरू तिर्खाले आकुलब्याकुल थिए । अब पानी प्राप्त भयो, मेट्नु छिट्टै पर्‍यो । उसले यी सबै दृश्य भानुभक्तको कान्तिपुरी कदमुनि उभिएर हेरिरहेको थियो । देश जलोस् वा बलोस्, बिचरी किशोरीहरूलाई के ? यौवनको बल्दो ताप पो खतरनाक । उसलाई लाग्यो यस्तै र ऊ पन्छियो ।

ऊ सडक पेटीपेटी हिाड्न थाल्यो । वीर हस्पिटल पुग्दा त्यहाा अनुहार कुच्चिएका केही नारी र काला रङले डढेका केही पुरुष वार्तालापमा मग्न थिए । मित्रहरूले भनेका थिए, त्यो जिउादा मासुको पसल सधैा उपस्थित भएर यौनव्यापारको क्रियाकलाप चल्ने ठाउा हो ।

—-

एक झट्काले ती दृश्यहरू फालेपछि पुनः हिाड्यो । हिाडिरहृयो एक्लो । कानमा पारिवारिक कोरसको तोक आदेश गुन्जित थियो । आाखामा यस्ता दृश्य बिम्बित थिए । ऊ विकल्पहीन थियो ।

केही समय यता आएर ऊ बेतोडले बेरोजगार बनेको थियो । लोकतन्त्रभित्रको बेकारी लोकमान भनेसरिको ऊ भएको थियो । चारैतिर कामैकाम थियो । ऊ भने कामहीन थियो । उसका मान्छे असङ्ख्य थिए । ठाउा पनि अनेक देखिन्थे तर उसका लागि केही र कोही थिएन । न कुनै ठाउा न कुनै गाउा ।

यसैले ऊ घरमा बस्ता बाहिर भागूाभागूा भन्ने स्थितिमा जेलिन्थ्यो । बाहिर पुग्दा घरमा पुगेर कोचिएर बसूाबसूा लाग्थ्यो । यस्तै अल्झादो स्थितिमा ऊ जेलिएको थियो ।

—-

काम थिएन, परिवार थियो । आम्दानी थिएन, खर्च थियो । समाधान थिएन, समस्या थियो । शान्ति थिएन, देश थियो । संविधान थिएन, नेता थियो । चुनाव थिएन, निर्वाचन आयोग थियो । पेट्रोल थिएन, मोटर थियो । रकम थिएन, लुटपाट थियो । बजार थिएन, महङ्गी थियो । यस्तै आदि इत्यादि ‘थियो-थिएन’ हरूबीच ऊ थियो । एक्लो थियो । केही विक्षिप्त, केही उदासीन । केही निराशायुक्त, केही हताशाबद्ध । एक प्रकारले अधैर्यको अदृश्य रोगले आक्रान्त रोगीजस्तो भएको थियो ऊ । घरमा बस्ता बाबा रामदेवजस्तै आाखा चिम्लेर बटरˆलाई वा कपालभाती गरिरहन्थ्यो । पारिवारिक गुनासा र व्यङ्ग्य सजिलै सहने गरी बस्थ्यो । बाहिर हिाड्दा कहिले एकोहोरो, कहिले विक्षिप्त, कहिले पीडित, कहिले दिक्क भएर हिाड्थ्यो । स्वतन्त्र मुलुकको बन्धित पात्रजस्तै ऊ आˆनो स्वागतमा आफैा अल्भिmएको थियो ।

—-

त्यस्ता दिनहरूमध्ये आज पनि यस्तै भान बोकेर ऊ हिाडिरहेको थियो एकसुरमा । त्यहीबेला कसैले उसको एकोहोरोलाई टुक्राइदियो । कसैले पछाडिबाट बोलायो ।

– ए, श्रवणकुमार Û

– ऊ फर्कियो ।

– किन ?

असङ्ख्य पीडित नागरिकमध्ये एक थियो त्यो पनि ।

– अचेल कता त ?

त्यसको मुखमा प्रश्न कम हाासो बढी भएको भाव थियो ।

– कतै पनि होइन ।

उसको उत्तरमा चाहिा शुष्कता थियो ।

– किन, काम पाइएन अझै पनि ?

त्यसको प्रश्नमा निर्लिप्तता थियो वा अरू केही ? उसले बुझ्न चाहेन । उसलाई अरू केही बोल्ने जाागर र उत्साह थिएन तर त्यो उत्तर पर्खिरहेको थियो ।

– देशमा काम होइन, बेकारीको खााचो छ ।

– किन ?

– लोकतन्त्रमा बेकारी नभएर लोकतन्त्रको अर्थ हुादैन ।

– लोकतन्त्र हाम्रालागि होइन र ?

– हुन त हो तर हामी जुनसुकै तन्त्रमा पनि शासित नै हौा । शोषित नै छौा । यस्तोमा बेकारी रहनु भनेको जुनसुकै तन्त्रका लागि बलियो नारा हुने गर्छ । त्यो पनि केवल राजनीति गर्नका लागि, देशविकासका लागि होइन, बुझिस् त ?

त्यसले बुझ्यो वा बुझेन, यो त थाहा भएन तर एउटा कुरा के हो भने सधैा स्थिति भोग्नुपर्दा ऊ भने झन् दिक्क थियो । अब के भन्ने ? ऊ बाहिरिादा सधैा यस्तै भोग्नुपर्ने भइरहेको थियो । यसैले ऊ बाहिर निक्लन नै चाहादैनथ्यो तर गर्ने के ? घरमा पनि त ऊ बस्न सक्तैनथ्यो । घरमा पनि कस्तो हुन्थ्यो भने राति सुत्नै मन लाग्दैनथ्यो तर सुतेपछि बिहान उठ्नै मन लाग्दैनथ्यो । यस्तो अनौठो वा चिन्ताजनक स्थितिमा ऊ झुन्डिएको थियो । एक्लो थियो । उपाय थिएन । मान्छेहरू थिए । विकल्प थिएन ।

—-

हिाड्दाहिाड्दा ऊ एउटा यस्तो ठाउामा पुग्यो, जहाा एकान्तले व्याप्त थियो र शान्तिले छ्याप्प थियो । एकान्त र शान्तिको त्यस ठाउामा एउटा ढिस्को थियो, जहाा बसेर राजधानी सम्पूर्ण हेर्न सकिन्थ्यो । ऊ त्यहीा गएर बस्यो । मुटुभित्र मर्नु-बााच्नुको जुन दिक्कलाग्दो स्थिति थियो, त्यसले उसलाई साउती गरेर केही भन्दै थियो वा सङ्केत गर्दै थियो । अनि प्रारम्भ भयो स्वागत संवाद-

– मिस्टर श्रवणकुमार, यस क्रूर र स्वार्थले व्याप्त संसारमा तेरो बााच्नु र मर्नुको कुनै अर्थ छैन ।

– ता यतिसारो निर्धो छस्, कुनै पनि आख्यानमा तेरो लागि कुनै पनि पात्रता उपयुक्त भएन ।

– तेरो लागि यो संसार होइन, त्यस्तै यस संसारका लागि ता होइनस् ।

– ता हास्यास्पद पात्र मात्र होस् ।

– यस्तो स्थितिमा बााच्न खोज्नु तेरो महान् अहम् भने हो ।

उसले सोचेको थियो, कुनै दिन यस्तै एकलासेमा आत्महत्या गरुाला तर अहिले उसभित्र जुन द्वन्द्वात्मक भौतिकवादको विवाद थियो, त्यो समाप्त भएर एउटा शान्त तलाउको शीतल लहर चल्यो । अन्ततः निष्कर्षमा नै भनुा, उसको अहम्ले उसलाई बााच्नुको सङ्केतको प्रबलता प्रदान गर्‍यो । अनि मुटुभित्रको अशान्ति बिस्तारै चिसिादै गयो । आनन्दी पवनले उसलाई छोयो र ऊ लोलाउन लाग्यो । सााझसााझ पर्न लागेको थियो । झिसमिसे अाधेरो र्झन लागेको थियो । आकाश सफा र उज्यालो थियो । आकाशका छेउछाउमा सेता बादलका केही बुट्टाहरू आˆनो कलाकारिता देखाउादै थिए । छिनमै केही रूप, छिनमै केही रङ । लोलाएर ऊ प्रकृतिको मायावी रूप हेर्दै थियो । उसले त्यस क्षण अरू सबै बिर्सियो भनेर मान्दा केही फरक पर्दैन । घर, परिवार, देश, समाज, राजनीति, नारा, महङ्गी, दङ्गा, अभाव, समस्या आदि सबै त्यस्ता भाव बिर्सियो, जसबाट ऊ सधैा ग्रसित हुने गथ्र्यो ।

आकाश पर के होला ? प्रश्न होइन, मन त्यतातिर दौडायो । हेरिरहृयो । यो के ? बादलका बुट्टा हुन् वा त्यसबीच केही आकार वा कुनै मायावी रूप Û बिस्तारै त्यो आकार ठूलो भयो । स्पष्ट हुादै आयो । उसले देख्यो, घोडैघोडाको एउटा ठूलो रथ र त्यसमा एक अस्पष्ट आकृतिको रूप निर्माण भयो । त्यो रूप बिस्तारै उठेर सुइासुइाति दौडियो । दौडेर स्वार्र, यो के, ऊ भएकै ठाउातिर ताकिएर आयो । आयो आयो । आइपुग्यो । उसले देख्यो । एउटा विशाल रथ । विशाल उज्यालो । विशाल देवदूत ।

ऊ डर हो वा हताशले जड बन्यो । सम्मोहित भयो । त्यो रूप, देवदूतले केही सङ्केत गर्‍यो । ऊ वशीभूत नै उठ्यो र उठेर त्यस रथमा चढ्यो । अनि त्यो रथ जताबाट आएको हो, त्यतैतिर फर्कियो बेतोडले ।

—-

झल्याास । ऊ उठ्यो । ऊ अर्थात् श्रवणकुमार । आाखा मिच्यो । बिहान भइसकेको थियो । जीउभित्रका दैनिकी आर्तहरू शमन भएजस्तै अनुभव गर्‍यो । उठेर मुख धोयो । धोएर एउटा झोला च्याप्यो । परिवारका आाखा सधैाको जस्तो प्रश्नवत् आशङ्का व्याप्त थियो- कता ?

ऊ मुसुक्क हाास्यो । मुटुभित्र हलुको केही कुरो स्पर्शित हुादै थियो । ऊ बाहिरियो । बाहिर पसलमा मटीतेल र ग्यासको लाइन पर पुगिसकेको थियो । ऊ मौन त्यही लाइनमा मिसियो । लाइनमा लोकतन्त्र, देश, राजनीति, महङ्गी पनि एकसाथ उपस्थित थिए ।

(स्रोत : मधुपर्क )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.