~विमल भौकाजी~
सधैँको झै आजको रात पनि- निस्पट्ट अन्धकारबीच मेरा आँखाहरू खुल्दा नेपथ्यमा कोही चिच्याइरहेको आवाज मेरा कानमा पर्नेछ । यो वाक्यलाई स्पष्टसाग अथ्र्याउनु पर्दा, अन्धकारको त्यो आवाजले मेरो निद्रा भङ्ग गर्नेछ ।
‘चन्द्रे हुा म चन्द्रे !……’ आवाज प्रस्ट बुझिनेछ ।
चचच
चन्द्रे !
मान्छेहरूका दृष्टिमा चन्द्रे एउटा बहुला थियो तर आफूले पाएको यो पहिचानलाई चन्दे्रले कहिले पनि विरोध नजनाएको देख्दा सामान्यतः सबैलाई आश्चर्य लाग्नु स्वाभाविक थियो । हुन पनि चन्द्रे चिच्याई चिच्याइकन भन्ने गथ्र्यो- “हो-हो म बहुला हुँ । किनकि….. म चन्द्रे हुँ ।”
उसको नाम चन्द्रे हुादैमा ऊ किन बहुला ?
प्रश्न जायज छ तर पाठकका लागि त्यसको जवाफ भने निक्कै रोमाञ्चक छ ।
यो रोमाञ्चकता महसुस गर्नका लागि सर्वप्रथम चन्द्रेको इतिहास हेर्न आवश्यक छ ।
चन्द्रे !
– को हो चन्द्रे ?
– चन्द्रे कुन जातको हो ?
– कुन धर्मको हो ?
चन्द्रे जोसुकै हुन सक्छ । चन्द्रे, चन्द्रे मात्रै होइन चन्द्रकुमार हुन सक्छ, चन्द्रप्रसाद हुन सक्छ, चन्द्रबहादुर हुन सक्छ, चन्द्रलाल हुन सक्छ, चन्द्रमान हुन सक्छ, चन्द्रसिं हुन सक्छ । त्यति मात्रै होइन, त्यस पछाडि पनि चन्द्रे चन्द्रे शर्मा हुन सक्छ, चन्द्रे क्षेत्री हुन सक्छ, चन्द्रे श्रेष्ठ हुन सक्छ, चन्द्रे विश्वकर्मा हुन सक्छ, चन्द्रे यादव हुन सक्छ, चन्द्रे गुरुङ हुन सक्छ, चन्द्रे लिम्बू हुन सक्छ, चन्द्रे मगर हुन सक्छ ।
तर चन्द्रेले आˆनो नामसाग कहिल्यै न कुनै उपनाम जोड्यो, न त आफूलाई कुनै जात धर्ममा सङकुचित गरायो । खुल्लारूपमा, सामाजिक विभेदका विरुद्ध चन्द्रेले विद्रोह गर्यो र बस् आˆनो एउटै परिचय स्थापना गर्यो- ‘चन्द्रे’ ।
चन्द्रेको व्यक्तित्व-
चन्द्रे शिक्षक थियो, विद्यालयस्तरको । यद्यपि एउटा सामान्य शिक्षकको रूपमा मात्रै उसको पेशा परिभाषित थिएन । मर्यादित थियो उसको पेशा, उसलाई सबैले एउटा आदर्श शिक्षकको रूपमा चिन्दथे । खास गरेर तीनवटा आदर्श थिए उसका –
– नैतिकता- पाठ घोकाइरहन्थ्यो ऊ नैतिकताको ।
– इमानदारी- गीत गाइरहन्थ्यो इमानदारीको ।
– कर्तव्यनिष्ठ- बोली बोलिरहन्थ्यो कर्तव्यनिष्ठताको ।
उसो त राजनीतिको बाङ्गो बाटोबाट उसको आदर्शलाई खल्बल्याउने कोसिस कैयौ पटक नगरिएको होइन तर अहा, ऊ आˆनो आदर्शबाट रत्तिभर विचलित भएन, एक नासले आˆनो मार्गबाट हिाडिरहृयो ऊ ।
विदेश गएर धन कमाउन देखाइएका थुप्रै सपनाका महलहरूलाई उसले भत्काइदिएको थियो । गाउामै निजी विद्यालय खोलेर शिक्षाको व्यापार गर्न बनाइएका थुप्रै योजनाहरूलाई उसले च्यातिदिएको थियो । समग्रमा, चन्द्रे देशको एक सच्चा नागरिक भएर बाचेको थियो ।
चन्द्रेको पारिवारिक स्थिति-
सानो परिवार थियो चन्द्रेको । चन्द्रे मनमनै सधैा आफैासाग भन्ने गथ्र्यो- मेरो परिवार संसारको सबैभन्दा सुखी परिवार हो ।
चन्द्रेकी एउटी सुन्दर श्रीमती थिइन् । आˆनी श्रीमतीको अनुहार हेरेर कताकता चन्द्रे कहिलेकाही पात्तिन्थ्यो, श्लीलरूपमा । उसको त्यो क्षणले उसलाई उक्साउादै भन्न लगाउाथ्यो- यत्ति राम्री नारी अर्को कोही हुन सक्दिन यो दुनिया मा, हुनै सक्दिन ।
तर……..। झण्डै दुई दशक लामो अत्यन्तै सफल दाम्पत्य जीवनलाई अचानक परित्याग गरिन् उसकी श्रीमतीले । हो, मरिन् उसकी श्रीमती ।
– कसरी मरिन् ?
– भोकले मरिन् कि ?
– कुनै दुर्घटनामा परेर मरिन् कि ?
– किन मरिन् ?
– केका लागि मरिन् ?
– कसैले सोध्यो भने चन्द्रे केवल यत्ति भन्थ्यो- ‘मरिन्, मेरी स्वास्नी मरिन्, सा च्चै मरिन् ।’
वास्तवमा लाक्षणिक अर्थमा मात्रै उसकी श्रीमती मरेकी थिइन् तर भौतिकरूपले मरेकी थिइनन् उनी ।
चन्द्रेलाई एउटै ओछ्यानमा सुतेको छोडेर रातारात गाउाकै अर्को एक लोग्ने मान्छेका साथ भागेकी थिइन् उसकी श्रीमती ।
बुझ्नसकेको थिएन चन्द्रेले- कि अनायास उसलाई छोडेर भागिन् उसकी श्रीमती ? कुन कारण थियो त्यस्तो- जसबाट उसकी श्रीमतीले अर्को लाग्नेमान्छेलाई रोज्नुपर्यो ? सोच्नै सकेको थिएन चन्द्रेले ।
अलिकति पनि असमझदारी थिएन । चन्द्रेको आˆनी श्रीमतीसाग । अचानक यसरी आफूलाई छाड्नुपर्ने कुनै सङ्केतसम्म दिएकी थिइनन् उसलाई उसकी श्रीमतीले । हुन पनि चन्द्रेले सदैव अनुभूत गरिरहेकै हुन्थ्यो- उसलाई आˆनो प्रेमबाट उसकी श्रीमतीले कहिल्यै विमुख राखेकी थिइन । उसले पनि कहिल्यै कम हुन दिएको थिएन आˆनी श्रीमतीप्रतिको प्रेमलाई- जुन प्रेममा प्रायसः शरीर पनि प्रासङ्गकि हुने गथ्र्यो । सायद, दुवैले सोच्ने गर्थे- शरीर प्रासङ्गकि नभएको प्रेम के प्रेम ?
आफ्नी श्रीमतीको अभावमा चन्द्रे साह्रै विक्षिप्त बन्यो । जब आˆनो पि्रय मान्छे आफूसाग छैन भने यो संसारको के अर्थ ? जत्ति गरे पनि मर्नु न बा च्नुको परिस्थितिप्रति उसले सम्झौता गर्न नसकेपछि आत्महत्या गर्न नखोजेको पनि होइन तर फेरि उसले त्यसो गर्न पनि सकेन । सट्टामा यही विक्षिप्त विवश रूप बोकेर ऊ बदलिादो परिचयमा बा च्यो । अर्थात् चन्द्रे बहुलायो ।
यही अवस्थाबीच उसको ठूलो भइसकेको छोरो पनि उसलाई छोडेर आˆना साथीहरूका साथ घर छोडेर सहर पस्यो ।
विक्षिप्त बाबुको हालतप्रति करुणा जाग्नुपर्ने कर्तव्यबाट च्युत छोरोको यस्तो व्यवहार खेपेर चन्द्रे झनै मर्माहत भयो । बेस्कन रन्थनियो ऊ । हो, चन्द्रे बहुलाउनुको यो पनि अर्को मुख्य कारकतìव थियो ।
त्यति मात्रै होइन उसको जीवनको परिचय बदल्ने अर्को प्रमुख कारण थियो उसकी छोरी । छोरोपछि जन्मिएकी दुई वर्ष कान्छी उसकी छोरी । चन्द्रेले आˆनी श्रीमतीसागको आपसी सम्झौतामा सानो र सुखी परिवारको अन्तिम बिन्दु मानेको थियो आˆनी छोरीलाई ।
त्यही छोरी एक्लै भएको समयमा घरमा बलात्कृत भई । त्यतिखेर विद्यालयको एउटा कक्षामा नारी उन्मुक्तिको पाठ पढाउादै थियो चन्द्रे ।
यस्तो अप्रत्याशित खबरले चन्द्रे एउटा निर्जीव मुढोझैा बन्यो ।
उफ्, के भयो यस्तो ?
चन्द्रेले आˆनो विगत सम्झ्यो, आˆनो आदर्शमय जीवनलाई हेर्यो । कुनै भेउ पाउन सकेन उसले- कसरी भताभुङ्ग भयो जीवन ?
– चन्द्रेले आˆनो नाक छाम्यो ।
– आाखाहरू छाम्यो ।
– निधार छाम्यो ।
– कानहरू छाम्यो ।
– एकसाथ, सम्पूर्ण अनुहार छाम्यो ।
सबै अङ्गहरू साविक स्थानमा थिए तर उसलाई महसुस भयो कुनै पनि अङ्गहरू उसका आˆना होइनन् । मानौ ऊ स्वयम् ऊ होइन, नाम मात्रैको चन्द्रे हो, लाग्यो- उसको परिचय बदलिइसकेको छ ।
एकएक तौलादै गयो चन्द्रेले आˆनो जीवनका दुर्घटित क्षणहरू…..
– नाप्नै नसक्ने गरेर कस्तरी अनैतिकताले सीमा तोड्यो ?
– भन्नै नसक्ने गरेर बेइमानीले कस्तो मार्ग रोज्यो ?
– पहिल्याउनै नसक्ने गरेर कर्तव्यहीनताले कति अग्लो शिखर उक्लियो ?
चचच
………आजको निस्पट्ट रातमा पनि म अचानक झस्केर ब्युँझनेछु र त्यसरी ब्यूाझदा मैले एउटा कहालीलाग्दो आवाज सुन्नेछु- ‘हो……..हो म बहुला हुा ।’
त्यो आवाजको मान्छे आˆनो परिचय दिइरहेको हो वा आˆनो स्वपरिचय खोजिरहेको हो……. छुट्याउनै नसक्ने गरेर चिच्याइरहेको हुनेछ- ‘चन्द्रे हुा म चन्द्रे……..! !’
-नयावानेश्वर, काठमाडौ ।
(स्रोत : मधुपर्क कथा बिशेषांक)