चैतको अन्तिमसाता भए पनि भौगोलिक उचाइका कारण केही जाडो थियो । रामेछाप, डडुवा गाविस सुर्के–द्यौराली बुथमा संविधानसभाको चुनाव गराउन खटिएका थियौँ । तीनदिनअगाडि हामी बुथमा पुग्यौँ । सुरुमा हामीलाई बसोबासको समस्या प¥यो । सुरक्षाकर्मीलगायत सबै स्कुलमै सुत्ने भयौँ । वरिपरि पसल÷होटेल थिएनन् । दुईसयमिटर तल भकारीको छाप्रो बनाइएको रहेछ । बारीमा गाईवस्तु सारेको होला भन्ठान्यौँ, होइन रहेछ । अस्थायी होटेल बनाइएको रहेछ, चियानास्ताका लागि । बुथ वरिपरि विभिन्न पात्रहरू भेटिए, फरकफरक राजनीतिक पार्टीका । कतिपय मान्छे कुन्नि कस्तो अज्ञात भयले त्रसित भएभैmँ लाग्दथे । रातो फेटा बाँधेका मान्छेदेखि अरू मान्छे डराइरहेका थिए । हामी भकारीको छाप्रोमा गयौँ । त्यहाँ एउटी बूढी आमा र उनकी छोरी थिए । हामीले नाम सोध्यौँ । तिनले नाम बताइन्, ‘निरमाई थामी ।’ शिक्षाको ज्योति नपुग्न नसकेको थामी समुदाय भए पनि तिनले प्रौढकक्षासम्म पढेकी रहिछन् । उनी अलि सभ्य देखिन खोज्दै थिइन् । सभ्यता देखाउँदा उनीमा अतिशयोक्तिपूर्ण व्यवहार देखिइरहेको थियो ।
इतर मातृभाषा प्रयोग गर्दा उनको बोली अनौठो लाग्थ्यो । उनले भनिन्, ‘सर, मैले भुजा तयार गर्नु भो ।’ उनको वाक्यमा कर्ता र क्रियाबीच तालमेल भएको थिएन । ‘भुजा’ भनिरहनु पनि आवश्यक थिएन । निरमाया आधुनिक देखिन चाहन्थिन् तर जबर्जस्ती । सकेसम्म उनी हामीलाई सम्मान गर्न खोज्थिन् तर उनको व्यवहार झनै असभ्यजस्तो लाग्थ्यो । मोजै लगाउनुपर्ने जाडो थिएन तर निरमायाले मोजा लगाएकी थिइन् । मोजा प्वाल परेका थिए । कुर्कुच्चा चर्चरी फुटेका थिए । रातो मोजा काला भएका थिए । उनले मोजा होइन, मानौँ कालो कपडा खुट्टामा बेरेकी थिइन् ।
निरमायाले चुनाव अवधिभरिका लागि उभ्याएको भ्mयाल्टीलाई चलनचल्तीमा ‘हुटेल’ भन्न सकिन्थ्यो । उनको स्तरको होटेल नै थियो त्यो । निरमायाको होटेलको परिवेश बताउँदा शब्दद्वारा चित्रण गर्नुपर्ने हुन्छ । चित्रमा फरकफरक सिद्धान्तको लेप लागेका मानव जीव आउँथे । हामीलाई सहयोग गर्ने वचन दिन्थे । त्यस्मा चेतावनीको गन्ध पनि थियो । प्रतिक्रिया दिनु उचित थिएन । हामी अमूक बनेका थियौँ । मानौँ, हामीले बोल्न जानेका थिएनौँ । चुनावअवधिभर नै हामी कुनै एक दलको परोक्ष निगरानीमा बस्न बाध्य भयौँ । हाम्रो संसार बुथक्षेत्रभन्दा बाहिर जान सकेन । हामी जान पनि चाहेनौँ । जानु हाम्रा लागि खतरा थियो । एउटा स्कुलको चौगिर्दमा हामी कोचारिँयौँ । घरहरू स्कुलबाट अलि टाढै थिए । हामीले त्यही जीर्ण स्कुललाई सेल्टर बनायौँ । अर्को कुरा, हामीलाई कुनै दलविशेषलाई जिताउनु वा हराउनु थिएन । फेरि अर्को कुरा, हामीलाई आप्mनो दायित्व पूरा गर्नु थियो अर्थात् चुनाव सम्पन्न गराएर एकमुठी प्राण जहानपरिवारलाई सुम्पनु थियो ।
निरमाया पनि संत्रस्त थिइन् । तिनले डराउँदै त्यो भ्mयाल्टी ठड्याएकी रहिछन् । तिनले मलाई दाजुजस्तो मानिन् । भ्mयाल्टी ठड्याउन पनि उनलाई निकै गाह्रो परेको रहेछ । अवरोध गरिदिएका रहेछन् । निरमायाको खुलस्तीले हामीलाई त्यहाँको राजनीतिक वातावरण र बाहुल्यको आँकलन गर्न सहयोग ग¥यो । एककिसिमले हामी उनै निरमायाको सल्लाहमा चल्यौँ ।
दिउँसो घामले पोल्थ्यो भने राति जाडोले टिप्पा दिन्थ्यो । पाँच दिन बिताउन हामीलाई पाँच महिना बिताएभैmँ भयो । दिनमा आलस्यले सताउँथ्यो, रातमा संत्रासले । हुन त कुनै दलविशेषले हामी कर्मचारीलाई दुःखै दिने नियत त राखेका थिएनन् होला । हामीलाई आपूm खटिएको बुथमा चुनाव गराउनु थियो । कसैप्रति होचीअर्घेली देखाउनु थिएन । तर, चैत २८ हाम्रा लागि दुर्बासा, सुरसा, वृत्रासुर, वा बकासुर भएर पनि आउन सक्थ्यो ।
निरमाया हाम्रा लागि अत्यन्त सहयोगी भइन् । स्वास्थ्यसेविका पनि भएकीले उनका कुरा महिलामण्डलीले राम्ररी नै सुन्दा रहेछन् । आवेगमा आउनेहरूलाई उनी आप्mनो मातृभाषामा नै सम्झाउने प्रयास गर्थिन् । यद्दपि उनमा एकप्रकारको भयत्रस्तका कायमै देखिन्थ्यो । हामी सम्साँभैm चिनीमायाको होटेलमा एकत्रित हुन्थ्यौँ र भातको प्रतिक्षा गथ्र्यौँ । उनकी आमा हतारहतार भात, तरकारी तयार गरिहेकी हुन्थिन् । भात अधकल्चो हुन्थ्यो । कटमेरो हुन्थ्यो । आधा पाकेको र आधा काँचो । भोकले लखतरान भएका बखत त्यो हाम्रा लागि पाँचतारे होटेलको ‘भिआइपी’ खाना हुन्थ्यो । हामीलाई भात काँचो भएको भन्दा पनि कतिबेला गाँस टिपेर आप्mनो खोपीमा पुग्नुजस्तो हुन्थ्यो ।
देशमा संविधानसभाको चुनाव हुँदैथियो । संविधान लेख्ने प्रक्रियाको थालनी चुनावमार्पmत् हुँदैथियो । हामी एउटा पवित्र कार्यमा जुटिरहेका थियौँ । त्यस्तो शुभकार्यकार्यमा आप्mनो उपस्थिति हाम्रा लागि गर्वको अनुभूति पनि थियो । निरमायाले पनि हामीलाई राम्ररी सघाइरहेकी थिइन् । (त्यो ‘शुभकार्य’ होइन रहेछ । ‘अशुभ कार्य’ रहेछ । नेपाल र नेपालीका लागि चैत्र २८ ‘कालो दिन’ भएको प्रमाणित भइसकेको छ ।)
चुनावको अघिल्लो दिन म अरू साथीहरूभन्दा केही अगाडि निरमायाको होटेलमा पुगेँ । उनले विनम्रभाव देखाउँदै नमस्कार गरिन् । मैले फर्काएँ । तिनले आमालाई चिया बनाउन अर्डर गरिन् । निरमायाले नै मेरो हातमा चिया थमाइन् । गिलास हेरेँ । लेग्रैलेग्रा । दागैदाग । चियामा सिँगान तैरिएजस्तो केही तैरिएको थियो । चिया पिऊँ कि छाडूँ भयो । बेन्चीमा चिया राखेँ र पारिपट्टि हेर्न लागेँ । त्यो देखेर निरमायाले मलाई सोधिन्, ‘सर, चियामा चिनी लाग्नुभएनछ कि क्याहो ?’
मैले उत्तर दिइनँ । नखाऊँ सम्मानसाथ दिएको चिया, खाऊँ खाइसक्नु छैन । मलाई बडो दिगमिग लाग्यो । भनेँ, ‘बैनी, म बाहिर गएर चिया पिउँछु है !’ उठेँ र बारीको पाटातिर लागेँ । निरमायाको आँखा छलेर भर्खर टुसा उम्रिएको मकैबारीतिर चिया ढोलिदिएँ । चियामायाका अगाडि रित्तो गिलास ओठमा लाउँदै छोड्दै गरेँ । उनलाई परोस्, म चिया मिठो मानेर पिउँदै छु । मैले चिया पिइनँ, गिलास पिएँ ।
म फेरि होटेलभित्रै पसेँ । निरमायाले कुरा झिकिन्, ‘सर, यो गाउँमा त उर्दी छ । उनीहरूले भनेको ठाउँमा भोट हालेन भने कारबाही गर्छन् रे ।’ त्यसमा पनि म केही बोलिनँ । उनले मलाई अझ धर्मसंकटमा पारिन्, ‘सर, यसपालि केमा भोट दिने होला ? कुनमा दिए के हुन्छ, हामीलाई त केही पनि थाह छैन ।’ म अभैm केही बोलिनँ । शंकालु मनले भन्यो, ‘कतै कर्मचारीको सुराकी गर्न निरमायालाई खटाइएको त छैन ?’ निरमाया केके केके बोलरहिन् ।
पार्टीको चुनावचिन्ह अंकित टोपी लगाएका कार्यकर्ता देखिए । तिनीहरू वरिपरिको परिवेश आपूmआपूmमा बताइरहेका थिए । विपक्षी पार्टीहरूले गरेका बितण्डाको फेहरिस्त बताइरहेका थिए । ती मनजिकै आए र मसँग दह्रो मुठ्ठी कसेर अभिवादन गर्दै हात मिलाए । तिनले विपक्षी पार्टीले आचारसंहिता उल्लंघन गरेका घटना बताए । तर पनि मौन बसेँ । बोल्नु त्यहाँ किमार्थ उचित थिएन । त्यही सिँगाने चिया पिएर दह्रोसित हात मिलाउँदै मसँग छुट्टिए ।
निरमाया म्लान देखिइन् । एकछिनमा मौनता तोडिन्, ‘सर, म भोट हाल्न जाँन्दिन होला । सिकाइदिनू है ! तपार्इंले जेमा भन्नुहुन्छ, म त्यैमा भोट हाल्छु ।’ तिनले मलाई झनै संकटमा पारिन् । मलाई निरमायाको भोटले चिमोट्न थाल्यो । त्यो अन्तर्मनमा गएर कताकता च्वास्स बिभ्mयो । मैले निरमायाको शरीर तलदेखि माथिसम्म निहालेँ । कहिलेदेखि पानी नदेखेका लुगा । लट्टा परेको कपाल । खिया लागेका दाँत । बोलीमा भाषिक कठिनाइ । तथापि आधुनिक देखिने उनको चाहना उत्कट थियो ।
भोलि भयो । अर्थात् २०६४ साल चैत २८ गते । बिहानैदेखि बुथमा खट्नुपर्ने कारणले निरमायाको होटेलमा जान पनि भ्याइएन । कर्मचारीहरूलाई एउटा दलका कार्यकर्ताहरूले अघोषितरूपमा कब्जामै लिए । बुढाबुढी र महिलाको मतपत्र उनीहरूले नै लिएर स्वस्तिक छाप हानिदिए । उनीहरू कर्मचारीलाई पनि रिस गरिरहेका थिए । दसबजेतिर निरमाया मतदाता क्रमसंख्या लिएर लामो लाइन पार गर्दै मसामु देखा परिन् । मैले उनको ल्याप्चे लिएर हरियो मतपत्र च्यातेर दिएँ । उनले त्यही प्रश्न दोहोर्याइन्, जुन प्रश्नले मलाई पहिल्यै धर्मसंकटमा पारेको थियो । ‘सर, भोट केमा हालूँ ? तपाईं नै मेरो भोट राख्दिनू न । भोट बिग्रिनुहुन्छ कि !’ तिनले भोटलाई ‘तपाईं’ भनिन् । साथै निरमायाले मलाई अक्करबाट सोभैm चट्टानमा खँदारिन् । मैले उनका आँखामा पनि हेर्न सकिँन । मैले वास्ता नगरेपछि निरमाया मतपत्र लिएर हिँडिन् । रातो फेटा बाँधेको एउटा केटाले ‘यता लेऊ दिदी’ भनेर उनको मतपत्र खोस्यो र भ्mयामभ्mयाम छाप हान्यो । मतपेटिकामा खसालिदियो । रातो मतपत्रमा पनि त्यसै गर्यो । पछि थाह पाएँ, निरमायाले किन मलाई नै भोट हालिदिन भनेकी रहिछिन् ।
sayapatrim@gmail.com
(स्रोत : Commanderpost.com )