~रोहित खतिवडा~
उसको आँखाले मलाई उद्वेलित पार्छ, आन्दोलित पार्छ । उसको दृष्टि परेपछि सम्हाल्न सक्दीन म आपैmले आपैmलाई । कस्तो हेराई…………!!!
जतिबेला म उसलाई देख्दिन, म उसको आकृतिको ड्राफ्ट कोर्छु । मनमनै सम्झन्छु– उसको कपाल, उसको निदार, उसको नाक, उसका कान, उसका नशालु ओठहरु ! एकएक गरि ड्राफ्टमा निकाल्छु उसका यी अंगहरुको आकृति । फेरी बनाउँछु म उसको घाँटीको आकृति र यौवनको मात दिने बक्षस्थलहरु । यस्तै छाती र कम्मरसम्म ।
एउटा आकृति बन्छ उसको अर्धकदको । सबथोक हुन्छ त्यहाँ आँखाबाहेक ।
उसको आँखाको चित्र कोर्दासमेत मलाई उसको आँखाको ओजले उद्वेलित बनाउँछ । म एकरस, एकटक, निरन्तर घण्टौंसम्म हेरिरहन चाहन्थेँ उसलाई । लाग्थ्यो, संधैसंधै उसैलाई हेरीरहुँ ।
उ पनि मलाई यसैगरी हेर्ने गर्छे ? थाहा छैन ! सत्ते………..! धरोधर्म ! आजसम्म उसँग आँखा जुधाउन सकेको छैन । उसका आँखाले कहाँ हेर्छन, म नियाल्नै सक्दीन ।
एउटा भावना थियो उ प्रति मनमा सायद प्रेम ! एककोहोरो, अव्यक्त, मनखुशी । म ठान्थेँ उ संसारकै सबैभन्दा राम्री नारी हो ।
आज मैले जिन्दगीमा पहिलोपटक मदिरा पिएँ । म उन्मुक्ति खोज्दै थिएँ उसको दृष्टिबाट ।
पहिले म भागेर माथि लेकका एकान्त नागीतिर उन्मुक्ति खोज्न गएँ । त्यहाँ उन्मुक्ति थिएन ।
फेरी म भाग्दै एउटा पोखरीको डीलमा पुगेँ, अत्यन्तै सुन्दर थियो पोखरी । ठूलो क्षेत्रमा भरीभराउ पानी र वरीपरी ढकमक्क फूलेका जातजातका फूलहरु । त्यहाँबाहिर आँखाले भ्याएसम्मको चियाबारी । फूलहरुको प्रतिविम्ब सर्लक्कै पोखरीमा । साह्रै शान्त थियो त्यो पोखरी । एउटा ढुङ्गो टिपेँ र हाने कस्सीएर पोखरीको बिचमा । लहरहरु उठे त्यहाँ, आनन्द लिन खोजेँ तर सकिँन…………………
भाग्दै भाग्दै भर्खर हिउँ परेको पहाडको चुचुरोमा पुगेँ , त्यहीँ बसेर सेतो हिउँसँगै अर्थखोज्न थालेँ जिन्दगीको । हिँउ पग्लिन्थ्यो, बग्थ्यो, थोरै हुन्थ्यो सायद हाम्रो आयु जस्तै, समय घामको ताप भए ।
तर त्यही हिउँ भित्रबाट निस्कीदिन्थे उसका आँखाहरु ।
एकजोर आँखाहरु मलाई पछ्याएको पछ्याइछन् । मलाई खेदाइरहन्छन ।
चिलाउने कटुसका झाडीहरुले मलाई लुकाउन सकेनन् ती आँखाको दृष्टिबाट न बचाउन सके हिमालका उचाईहरुले । तराईका धानका फाँटहरुमा लुक्न खोजेँ । अहँ किन पछयाउँछन उसका यी आँखाहरु मलाई । म यी आँखाहरुबाट कहीँ बच्न सकिँन । त्यसैले आज मैले जिन्दगीमा पहिलो पटक रक्सी पिँए । मलाई आज मात्न मन लागेको छ ।
उसले आज पनि मलाई एकटकले हेरीरहेकी छ । उसलाई थाहा छ मैले मदिरा पिएको छु र थाहा छ म मातेको पनि छु । तर उ पनि चुपचाप छे ।
मैले आज पहिलो पटक उसको आँखामा आँखा जुधाएर हेरेँ ।
पहिले म बेस्सरी हाँसे । किन भागे होला म ऊ देखी………………. ???? मलाई थामी नसक्नु हाँस उठ्यो । म एककोहोरो हाँसी रहेँ । उ छक्क परी ।
फेरी मलाई आँफैदेखि रिस उठ्यो । किन भागेँ म उदेखि ? किन भागँे ? रिसले काम्न थालेँ म । काम्दाकाम्दै त्यहाँबाट उठेर हिँडे ।
उ मलाई एकटकले हेरिरहेकी थिई, आफ्नो विछ्यौनाबाट ।
म कोठामा पुगेँ र रक्सी कै सुरमा मैले उसको ड्राफ्ट बनाउन थालेँ । आज त आँखा सहितको ड्राफ्ट बनाइन्छ, जोस थियो (होस ?) मनमा । आज मैले बल्ल उसलाई धित मरुन्जेल हेर्न सकेँ ।
उसको ड्राफ्ट संधै भन्दा कति फरक बन्दै छ आज । सुनपाट झै केश, खेतका गरा जस्तो निदार, थैली जस्तो मुजा परेको गाला, सुकेका ओठहरु, टाँसेको जस्तो नाक, पाइप जस्तै घाँटी, झूम्राजस्ता बक्षस्थलहरु !!! छि ! कस्तो विरुप चित्र । मलाई भित्रै देखि घृणा जागेर आयो । यी निन्याउरा आँखाहरु ! खोइ ति ओजपुर्ण दृष्टि भएका एकजोर आँखा ?
सम्झिँए, अहिले केहीबेर आगाडी मेरा आँखाले देखेको यही दृश्य हो त ? यही अकृति हो त? धेरै पटक दाँजे मैले –आकृति र चित्रलाई । ठ्याक्कै छ, दुरुस्त उस्तै छ । म आजित भएँ ।
‘‘यसको जवानी गइसक्यो, यसका एकजोर आँखामा अब कुनै ओज छैन ।” कस्तो निर्दयी पराई टिप्पणी ।
च्यातिदिएँ मैले त्यो ड्राफ्टलाई ।
भोलिपल्ट बिहानै उठेर मैले हिजो उसलाई भेटेको ठाउँ तर्फ दौडिएँ । मलाई रक्सीले छोडिसकेको थियो, म मातेको थिइन । रक्सी नखाई उसको आँखामा आँखा जुधाएर हेर्ने रहर जागेको छ । हिाजे बेलुकी मैले बनाएको चित्रको ड्राफ्ट ठिक भयो कि भएन हेर्ने रहर जागेको छ ।
ती आँखामा अझै ओजपूर्ण दृष्टि छ की छैन ?
तर म त्यहाँ पुग्दा…………………………………..
ऊ सुतिरहेकी थिई । उसको केश लामो, कालो र फिजारीएको थियो । अनुहारको सुन्दरता अझ उस्तै थियो……..कस्तो नशालु ओठहरु ! खुल्लै थिए संधै ढाकिएका र ढाकिनुपर्ने वक्षस्थलहरु, च्यातिएका थिए उसले लगाएका कपडाहरु !
उफ ! कुनै बलत्कारीले बलत्कार गरेर उसको हत्या गरेछ ।
आजका पत्रिकका पाश्र्वपृष्ठहरु यहि खबरले भरिएका थिए, जताततै यहि समाचार छरिएको थियो । रेडियो, टीभी,चोकहरु । इमेल, इन्टरनेटका साइटहरु र फेसबुक । जताततै यहि खबर । पत्रिकाले प्रतिहरु बढाएका थिए एसएलसीको रिजल्ट छापेको दिन भैmँ ।
उसका लागि श्रद्धाञ्जलीहरु थिए । उसका बाल्यकालदेखि यौवनावस्था र लाश सम्मका ठूल्ठूला तस्वीरहरु थिए र स्केचहरु पनि ।
एउटा विश्लेषकले लेख्यो, ‘‘एउटा देशभक्तले सत्ताको मातले अलिकति देशको बलत्कार गरेर हत्या ग¥यो ।”
कसले मा¥यो उसलाई ? म उसको हत्यारालाई फाँसी दिन चाहन्छु ।
उसको नाम ? आज सम्म मैले उसलाई सोधेकै थिँइन । म खोज्न थालेँ उसको नाम ।
मैले कति सुनेका नाममहरु रहेछन् उसका –महाकाली, सुस्ता, कालापानी र श्रीअन्तु । यी सब उसैका नामहरु हुन ।
‘‘कसले मा¥यो उसलाई ?”