अनूदित कथा : शैतान र किसानको रोटी

~लियो टल्सटाय~
अनुवाद : दण्डपाणि जैसी

97i/43/huty/9230/09

आज पनि एकाबिहानै हलो जुवा काँधमा हालेर हर्कबहादुर टारीखेत जोत्न गयो। सधैझैं दिउसोको खाजाको लागि भनेर कोदोको रोटी साथमा लिएको थियो। जतन साथ उक्त रोटीको पोको नजिकैको झाडीमा सेखुले छोपेर लुकायो अनि गोरुका काँधमा जुवा लगायो, हल्लुँडमा हलो अड्यायो र जोत्न लाग्यो। दिउसोपख जब गोरुहरु पनि थाके र उसलार्इ पनि भोकले सतायो, हलो अड्याएर गोरुलार्इ पराल खान दियो र आफ्नो लागि रोटीको पोको लिन झाडी तिर गयो।

सेखु उठाएर हेर्दा पोको त्यहाँ थिएन। ‌ओल्टाइ पल्टाइ हेर्‍यो तर पोको गायब थियो।

मनमनै भन्यो, ‘अचम्म भयो बा! मैले कसैलार्इ यहाँ आएर पोको लगेकै देखिन, कसरी गायब भयोरु तर पक्कै पनि कोही यहाँ आएको हुनु पर्छ र मेरो खाजाको पोको लगेको हुनुपर्छ।‘

वास्तवमा त्यो पोको हर्केले खेत जोतिरहेको समयमा त्यहीँ नजिकको विफ्रे ओडारमा बस्ने शैतानको दुतले लुकाएको थियो । उसको उद्देश्य थियो कि भोकको बेला खान नपाएको झोकमा हर्केले गाली बकोस र सकेसम्मको शैतानी देखओस । यति गरेपछि हर्के आफ्नो मालिकको चेलो हुने कुरामा त्यो दुत विश्वस्त थियो ।

भोक लागेको बेला खान नपाएपछि हर्क बहादुरलार्इ दुःख त लाग्यो, तरपनि मनमनै भन्यो, ‘के गर्ने, हुने भइ हाल्यो,  आजको दिन खान नपाउँदैमा म मरि हालिने त होइन नी । जस्ले लगेको भएता पनि उसलार्इ रोटीको आवश्यकता भएर नै लग्यो होला । उसको कल्याण होस ।‘

हर्केले धारामा गएर पेटभरी पानी पीयो, एकक्षण आराम गर्‍यो र पुनः जोत्न गयो ।

हर्केलाइ गाली बकाउन नसकेकोमा दुतलार्इ पर्नुसम्मको पीर पर्‍यो र तुरुन्त आफ्नो मालिक शैतानलार्इ खबर गर्न पुग्यो ।

त्यति जाबो काम पनि गर्न नसकेको भनेर शैतानले दुतलार्इ हप्काउँदै भन्यो, ‘यदि त्यो किसानले असल काम गरेको हो भने त्यो तेरै कमजोरीले गर्दा भएको हो । यदि त्यस किसान र उस्की स्वास्नीले यस्तै प्रकारले राम्रो काम गर्दै रहे भने त हामीले डाडुमा पानी तताएर मरे भै हाल्यो नी । यो कुरालार्इ अब यत्तिकै छोड्नु हुदैन । तुरुन्तै गएर त्यस किसानलार्इ बिगारेर आइज । यदि अबका तीन बर्षमा त्यस किसानलार्इ हाम्रो विचारमा ल्याउन सकिनस भने मैले तँलाइ गंगाको पानीमा डुबाएर ठीक पार्नेछु ।‘

दुत निकै डरायो । शैतानको दुत भएर पवित्र गंगाजलमा डुब्नु सबैभन्दा ठूलो सजाय थियो । उ पुनः फर्किएर हर्केको गाउँमा पुग्यो र आफ्नो असफलतालार्इ कसरी सफल बनाउने भन्ने बारेमा सोच्न थाल्यो । अन्त्यमा उसले एउटा उपाय निकाल्यो ।

दुतले आफूलार्इ एउटा कामदारको रुपमा परिवर्तन गरेर हर्केको घरमा काम गर्न गयो । पहिलो बर्ष उसले हर्केलार्इ खोलाखेतमा मकै लगाउने अर्ती दियो । त्यस बर्ष खडेरीले गर्दा अन्य किसानहरुको मकैवाली सबै सुकेर गयो तर हर्केको मकैवाली भने लहलहाउँदो भएर आयो । त्यस बर्ष हर्केको भकारीमा अन्नको छेलोखेलो भयो । बर्ष भरीलार्इ खान पुगेर पनि निकै अन्न उभ्रीने भयो ।

अर्को बर्ष दुतले हर्केलार्इ माथी लेकमा मकै लगाउने सल्लाह दियो । त्यस बर्ष धेरै बर्षा भएर खोलाखेतमा लगाएको मकै विग्रियो । हर्केको बाली यसपटक पनि निकै सप्रियो । यस पटक पनि हर्केले पहिलेको भन्दा निकै मकै फलायो । अब हर्केका भकारीमा अन्नको छेलोखेलो थियो । यत्रो अन्न के गर्ने होला भनेर हर्केलाइ चिन्ता पर्‍यो ।

सधैं झैं यसपाली पनि दुतले हर्केलार्इ अर्ति दियो, ‘मालिक बढी भएको अन्नबाट रक्सी बनाउँ न ।‘

हर्केलार्इ उसको सुझाव मनसिब लाग्यो । मकैको रक्सी बनाएर आफु लगायत अन्य साथीभाइहरु मिलेर रक्सी पीउन लाग्यो ।

आज हर्केको घरमा धुमधामको भोज भतेर चल्दै छ । दुतले आफ्नो सफलता देखाउन शैतानलार्इ पनि सँगै लिएर  भोज हेर्न आएको छ । हर्के आफ्ना साथीहरुसँग मिलेर रक्सी पीउँदै छ । उस्की स्वास्नीले पाहुनाहरुलार्इ रक्सी बाँडीरहेकी छ । त्यतिकैमा गुन्द्रीमा खुट्टा अल्झीएर उसको हातबाट एउटा गिलास खसेर रक्सी पोखियो ।

हर्के आफनो स्वास्नीसँग निकै रिसायो र गाली गर्दै भन्यो, ‘अलच्छिनी १ तेरा आँखा फुटेका छन् रु माइतबाट ल्याएको तेरो बाउको सम्पति ठानेकी छस र पोखेकी?’

दुतले खुसी हुदै शैतानसँग भन्यो, ‘देख्नु भयो मालिक रु यो त्यही हर्के हो जस्ले परार साल मैले रोटीको पोको लुकाउँदा गाली गर्नुको साटो मलाइ उल्टै शुभ बचन बोलेको थियो ।‘

हर्केले स्वास्नीलार्इ गाली गर्दै पाहुनाहरुलार्इ आफै रक्सी थप्न थाल्यो । त्यतिकैमा काम गरेर फर्किदै गरेको एउटा गरीब किसान रक्सीको तलतल लागेर बिना निम्तो हर्केको दैलोमा आइपुग्यो । निकै बेर पर्खीदा पनि हर्केले उस्लार्इ रक्सी पिउन दिएन बरु त्यस किसानलार्इ ताना सुनाउँदै भन्यो, ‘बाटो हिड्ने एरे गैरे लार्इ सदावर्त लाउन भनेर बनाएको रक्सी छैन हामीसँग ।‘

हर्केका कुरा सुनेर शैतान निकै खुसी भयो । दुतले कुटील हाँसो हास्दै भन्यो, ‘यो त केही होइन मालिक हेर्दै जानुस न अझ के के हुन्छ ।‘

जति जति शैतानले हर्के र उसको साथीहरुको फतफत सुन्दै गयो उति उति खुला मनले आफ्नो दुतको प्रशंसा गर्यो ।

हर्के र उसका साथीहरुले पीउन सम्म रक्सी पीए अनि एकार्कालार्इ गाली गर्न शुरु गरे ।

शैतानले सुनेरै बस्यो अनि सफलताका लागि दुतलार्इ फेरी पनि स्वाबासी दियो ।

शैतानले भन्यो, ‘यति रक्सीले उनीहरुलार्इ स्याल जस्तो बनाएर आफ्नै साथीहरुलार्इ धोका दिन सक्ने बनाउन सक्यो है । मलाइ लाग्छ, अब छिटै यीनीहरु हाम्रो अधीनमा हुनेछन् ।‘

दुतले भन्यो, ‘पख्नुस न मालिक,  अरु एक गिलास मात्र पीउन त दिनुस,  अनि हेर्नुहोला उनीहरुको चर्तीकला । अहिले उनीहरु स्याल जस्तो व्यवहार गरीरहेका छन् त्यसपछि त उनीहरु जंगली ब्वाँसोको जस्तो व्यवहार गर्नेछन् ।‘

हर्केले पाहुनाहरुलार्इ एक गिलास रक्सी थप्यो । उनीहरुको बोली अझै जंगली हुँदै गयो । स्यालका जस्ता चिप्ला कुरा गर्न छोडेर अब उनीहरु एकार्कालार्इ गाली गलौज गर्न थाले । त्यसपछि उनीहरु मारपीटमा उत्रिए । हर्के समेत त्यो मारपीटमा सहभागी भयो र राम्रै सँग पीटीयो पनि ।

शैतानले यी सब कुरा बडो चाख मानेर हेरी रह्यो अनि खुसी हुँदै भन्यो, ‘यो त गजबै भयो बा !’

दुतले भन्यो, ‘तेस्रो गिलास त पीउन दिनुस मालिक, अझ राम्रो दृश्य त आउनै बाँकी छ । दोस्रो गिलासले ब्वाँसो भएका छन्, एक छिन पछि सुँगुर हुनेछन् ।‘

हर्केले आफु लगायत सबैलार्इ तेस्रो गिलास रक्सी थप्यो । अब उनीहरु पूर्ण रुपमा पशु बनी सकेका थिए । जताततै होहल्ला मात्र थियो । कसैले पनि अरुका कुरा सुनीरहेका थिएनन् । उनीहरु के को लागि हल्ला गरिरहेका थिए भन्ने कुरा उनीहरुलार्इ नै पत्तो थिएन ।

भोज भतेरको अन्त्य हुन लागिरहेको थियो । हर्केका पाहुनाहरु लडखडाउँदै कोही एक्लै, कोही दुइजना त कुनै तीन जना भएर तितरवितर हुन थालेका थिए । हर्के पनि आफ्ना पाहुनाहरुलार्इ विदाइ गर्न बाहिर आएको थियो तर नजिकैको हिलोमा घोप्टो परेर नाकका बलमा लड्यो । शिर देखी पाउसम्म हिलाम्मे भएर त्यस हिलोको आहालमा निकै बेर लडीरह्यो ।

यो सब दृश्य देखेर शैतान निकै खुसी भयो ।

उसले भन्यो, ‘तैंले त निकै राम्रो रक्सी बनाइछस् नी बाबै। परार साल गरेको गल्ती पनि सुधारिछस् । तर यस्तो रक्सी तैले बनाइस कसरी रु  मेरो बिचारमा तैंले रक्सीमा पहिले स्यालको रगत मिसाइस् होला जस्ले गर्दा पहिला उनीहरु स्याल जस्तै धुर्त कुरा गरिरहेका थिएस त्यसपछी तैले ब्वाँसोको रगत मिसाइस होला जस्ले गर्दा उनीहरु ब्वाँसोको जस्तै आपसमा लड्न थालेस त्यसपछि अन्त्यमा सुँगुरको रगत मिसाइस् होला जस्ले गर्दा उनीहरु सुँगुरको जस्तो व्यवहार गर्न थाले ।‘

दुतले भन्यो, ‘त्यस्तो केही होइन मालिक । मैले त त्यस किसानलार्इ उसको आवश्यकता भन्दा बढी मकै उब्जाउन मद्दत मात्र गरेको हुँ । पशुको रगत त मानिसहरुमा पहिले देखिनै रहेको हुन्छ । जब सम्म खान लाउन ठीक ठीकै हुन्छ तबसम्म त्यो पशुत्व उसको नियन्त्रणमा रहेको हुन्छ । त्यसैले परार साल मैले उसको रोटी लुकाउँदा पनि उसले मलार्इ गाली बोलेन । तर जब उसँग अन्नको प्रचुरता भयो उस्ले त्यसबाट आनन्द लिने उपायहरु खोज्न थाल्यो । त्यसपछि मैले उसलार्इ रक्सी पीएर आनन्द लिने यो बाटो देखाएको मात्रै हो । जब उस्ले भगवानले दिएको बरदान छोडेर आफ्नो आनन्दका लागि रक्सी पीउन थाल्यो तब उसमा रहेको स्याल, ब्वाँसो र सुँगुरको रगत बाहीर आउन थाल्यो । रक्सी पीएर बस्यो भने मात्र पनि उसले सधैं पशुवत ब्यवहार गरिरहनेछ ।‘

शैतानले आफ्नो दुतको मन खोलेर प्रशंसा गर्‍यो, पहिलेको गल्ती माफ गर्दै उसलार्इ माथिल्लो पदमा बढुवा गर्‍यो ।

(टल्सटायको कथा सिंचाइ मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर दण्डपाणि जैसीले भावअनुवाद गरेका हुन्।)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in अनूदित कथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.