म गएँ है आमा भन्दै गयौ, फेरि फर्केर आएनौ
आसामायिक निधन भयो हामीलाई देख्न पाएनौ
कस्तो दशा यतिविधि धनजनको अपूरणिय क्षति
के विपत्ती आई परयो गुमाउदा भयो नि ठूलो खती
खाउँखाउँ लाउँलाउँ भन्ने बेला दुर्घटनामा पर्यौ
जीवनभर आँशुमा डुबाई हरे अकालमा नै मर्यौ
आँखा ओभाएका छैनन शोकले चेत खुलेको छैन
शोकलाइ शक्तिमा बदल्नलाई कोही सफल भैन
संयोग हो कि नियतीको खेल कालले खोसी लग्यो
हेर्दा हेर्दै ती जीवित शरीर सुनकोसीमा नै बग्यो
स्तब्ध पारी अचानक हरे कैलै नफर्कने गरी गयौ
विचल्ली पारेर आफन्तलाइ अनयास विछोड भयौ
सिंगो बस्ती नै आँशुमा डुब्यो शोकामग्न भयौ
अन्तिम श्रद्धान्जली चढाउदै भावविव्हल भै रोयौ
(सुकुटेमा भएको बस दुर्घटनामा सुनकोसीमा परी दिवंगत हुनेहरुलाई श्रद्धासुमनसहित)
(स्रोत : Dainikee.com)