~बुद्धि तेम्बे ‘माइला’~
तिम्रो गीत, गजल हुन्थ्यो।
मेरो आँखा, सजल हुन्थ्यो।
तिम्रो मेरो समागनमा,
सुन्दर यौटा, महल हुन्थ्यो।
मेरो विन्ती माने तिम्ले,
ढुङ्गा पनि, तरल हुन्थ्यो।
आज जीवनमा तिमी मेरो,
दुनियाँ सबै, सरल हुन्थ्यो।
तिम्रो सिउँदो रंगाउन पाए,
भविष्यको, पहल हुन्थ्यो।
January 9th, 2008
– बुद्धि तेम्बे “माइला”
(स्रोत : Hknepal.com)
