~हरिमाया भेटवाल~
हिँड्दा–हिड्दै शरीरभरी चिसो हावा खसेजस्तो
अलिपर पुगेपछि झिल्को आगो पसेजस्तो
अझ पर हिँड्दै जाँदा फूलमा मौरी बसेजस्तो
सम्बन्धले सम्बन्धलाई बिष घोली डसेजस्तो
कठै ! जीवन –
कहिले निलकाँडामा पसेजस्तो
कहिले बिउ बनी माटोमा खसेजस्तो–
कहिले खोस्टा बनी कन्टेनरमा बसेजस्तो
त्यसैले त भन्छु नि म–.
समिश्रण हो ‘जीवन’
अलिकति रातो चियामा चिनी पसेजस्तो ।।।
(स्रोत : Pallawa)