~तुल्सी थापा~
पद्म र म फुटपाथमा निश्शब्द हिँडिरहेका छौँ । मनभित्र उफान छ- परिवेशको, अकर्मण्यताको । सडक लमतन्न तेर्सिएको छ- ट्राफिकको उछिनाउछिन भेलको गतिमा, यान्त्रिक ध्वनिमा । ती सबैको अनिच्छित सापेक्षताबाट पन्छिन हामी एउटा चिया पसलभित्र पस्छौँ । निरपेक्ष रहन केही क्षणः निश्शब्द
शब्द प्रस्तावः
पद्म भाइ, चिया पिऔँ एक, एक कप ।
साउनी दुई कप चिया ।
शब्द तत्परताः
कान्छा ! ए कान्छा ! एक किलो चिनी किनेर ल्याऊ त झट्टै ।
कुर्सीमा बस्दै निश्शब्द म !
चिनी गुलियो हुन्छ । गुलियोमा मिठास हुन्छ । त्यो मिठास जीवनमा हुनुपर्ने । कान्छाले चिनीसँगै जीवनको मिठास किनेर ल्याउन सक्ला ?
अघिल्तिर बस्दै शब्द ऊ -पद्म) ः
के लेख्दै हुनुहुन्छ आजकाल ?
शब्द म तत्क्षणः
चिनी � चिनीको जस्तै मिठास – जीवनमा । लेख्नुपर्ने त यही हो ।
आल्हादित हुँदै शब्द ऊः
र म कान्छा भएर, कान्छासँगै चिनी किन्न जानुपर्ने बजारमा । जीवनको मिठास किनेर र्फकनुपर्ने
शब्द ऊ र म दुवै उन्मुक्त, हाँसोमा ः
हा…हा…हा… ।
………..
सँगैको टेबुलबाट एक उत्सुक शब्दः
एक किलो मिठासलाई कति पर्ला ?
अर्को टेबुलबाट एक प्रबुद्ध शब्दः
एक किलो हैन, एक थोपा मिठासको मोल अन्दाज गर्नोस् ।
शब्द म ः
स्वागत छ । आगन्तुक शब्दहरूलाई ।
शब्द ऊ मीठा छन् शब्दहरू । चियामा चिनी नहाले पनि भो ।
शब्द बुद्धः
टर्रो चिया मीठो शब्द घोल्ने । प्रयोग नै हुने भो � एउटा यथार्थ, अर्को सपना ।
शब्द उत्सुकः
जिन्दगी आफैँमा एउटा सपना मात्र होइन र ?
अलिपर केही खासखुस शब्दहरूः
-तिनीहरू दार्शनिक जस्ता देखिन्छन् ।
-हैनन्, दार्शनिक हैनन् सन्काहा हुन् ।
ती शब्दहरू यता आइनपुग्दै आफैँमा अलप हुन्छन् ।
शब्द उत्सुकः
मिठास के हो ः
शब्द प्रबुद्ध तत्काल ः
मिठास मृगतृष्णा हो । दार्शनिक प्लेटोको युटोपिया हो । सत्ययुगको किंवन्दन्ति हो… । मिठास कान्छाले चिनीसँगै किनेर ल्याओस् भन्ने चाहना मात्र हो ।
शब्द उत्सुकः
अर्थात् त्यो कान्छाले बजारमा चिनी पाउने छैन ।
शब्द ऊः
अर्थात् जीवन मीठो हुँदैन ।
निःशब्द पाश्र्वभूमिमा शब्द शृङ्खला तैरिँदै, गासिँदै हाम्रो वरिपरि रुमलिरन्छ र हामीसँगै निःशब्द बसिरन्छ, यसैबीच बाहिर सडकका शब्दहरू हल्ला बनेर क्रमशः प्रवेश गरिरहन्छन् ।
प्रवेशी शब्दहरू आ-आ�नो धुनमाः
-भोक लागेको छ यार
-यसपालि पक्कै अनिकाल पर्छ ।
-तँसँग बन्दुक छ ?
-अब गिद्ध रमाउनेछन्
-हैन, सरकार छ कि छैन यो देशमा ?
-देश चाहिँ छ कि छैन खोज्नुपर्छ ।
-तेरो भिजा आयो ?
-तैले मन पराएको केटी अन्तै जाने भई ?
-बूढाबूढी मरेपछि आफैँ मसान घाटमा हिँडेर जानुपर्छ ।
शब्द म ः
बहिरो पनि भइएन । साउनी चुरोट छ ?
शब्द ऊः
यथार्थ मीठो हैन, तीतो हुने भो । कान्छाले झट्टै चिनी ल्याइदिए हुन्थ्यो ।
शब्द प्रबुद्धः
तिक्तता � तिक्तता हुनुपर्छ । अनि बल्ल मिठासको मह�व बढ्छ ।
शब्द ऊः
साउनी कान्छाले चिनी ल्याई पुर्याएन ?
थकित शब्दः
खै काँ हरायो, हरायो । भन्न साथै काँ पाउँछ र चिनी पनि कालो बजारी छ आजकाल ।
शब्द म ः
जिन्दगी पनि चिनीजस्तै अभावमा हुनु, जताततै माग बढ्नु, अनि कालो बजारमा बढी मोल तिरेर किन्नुपर्ने हुनु । छ्यासछ्यास्ती पाइन्छ जिन्दगी त �
शब्द उत्सुकः
आत्महत्या गर्न कति गाह्रो हुन्छ हँ ?
शब्द प्रबुद्धः
आत्महत्या गर्नेले हामीलाई आ�नो अनुभव सुनाउँनै पाउँदैन ।
खासखुस शब्दहरूः
यी सन्काहाहरू आत्महत्याको कुरा गर्दैछन् ।
चिनी लिन गएको कान्छाले थाहा पाए मुसा मार्ने औषधि ल्याउला नि ।
शब्द ऊः
ए साउनी � खै चिनी ल्याई पुर्याएन कान्छाले ?
शब्द अत्यासः
काँ गयो, गयो बेपत्ता पो भो ।
शब्द प्रबुद्धः
उसलाई बेपत्तै हुन दिनोस् देशै बेपत्ता छ ।
शब्द उत्सुकः
देश कहाँ छ सुन्न समाचार सुन्नुपर्छ । साउनी रेडियो खोल्नोस् न �
शब्द प्रबुद्ध ठम्याइका साथः
सुन्नै पर्दैन । बन्द, हडताल, धर्ना, घेराउ, अपहरण, बलात्कार, हत्या, हिँसा, दङ्गाफसाद, महँगी, भ्रष्टाचार, नारा, जुलूस, वार्ता, आश्वासन…. यिनै हुन् रेडियोले सुनाउने । सुन्नैपर्दैन ।
शब्द उत्सुकः
विचरा � प्यारो मातृभूमि के गर्दै होलिन् ।
शब्द प्रबुद्धः
त्यहीँ भित्रै निस्सासिएकी छिन् । कसले भेट्टाउने ? कसले उद्धार गर्ने ?
जिन्दगीको यस क्षणलाई चियाको मिठासमा चुस्की लिने सम्भावना अब रहेन । निरपेक्षता दौडिँदै भागिसकेको छ ।
शब्द ऊः
साउनी � कान्छा आइपुगेन अझै ?
अनपेक्षित शब्दः
कान्छा हैन, जुलुस आउँदैछ सडकमा ।
आगन्तुक शब्दः
जिन्दावाद � जिन्दावाद � मुर्दावाद � मुर्दावाद �
एकै हौँ । एकै हौँ । पाइँदैन � पाइँदैन �
खबरदार � खबरदार �
शब्द ऊः
अरे � चिनी किन्न गएको कान्छा त त्यही जुलूसभित्र छ नारा लगाउँदै उप|mँदैछ ।
अपनत्व शब्दः
मेरो कान्छा अन्याय सहँदैन । क्रान्तिकारी छ । कुनैदिन त्यो चिनी लिएर र्फकनेछ । ऊ नफर्केसम्म तपाईंहरू पर्खिबस्ने ?
हामी चिनी किन्न जाने कान्छाको पर्खाइमा यतिञ्जेल वाहियात भावुकता मात्र पोख्दै रहेछौँ । ती छताछुल्ल शब्दहरू निःशब्द हामीलाई धिकार्दै थिए । कान्छाको क्रान्तिकारीताले हामीलाई झस्काउँछ । हामी सबै जर्याकजुरुक उठ्छौँ, जुलुस भेट्टाउन हिँड्छौँ । निःशब्द तर जोशिलो उफानसहित ।
-हेटौँडा-११, मकवानपुर
(श्रोत : मधुपर्क फागुन, २०६५ )